काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद गीता बस्नेतलाई जिल्ला अदालत नवलपुरले पक्राउ गर्न आदेश दिएपछि प्रहरीले खोजी कार्य सुरु गरेको छ ।
सहकारी ठगीको कसुरमा बस्नेतलाई पक्राउ गर्न प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । प्रहरीले जिल्ला अदालत नवलपुरबाट पक्राउ पुर्जी जारी गर्ने अनुमति लिएको छ ।
छानबिनका क्रममा रकम हिनामिनामा सांसद बस्नेत परेकी छिन् । उनी विरुद्ध प्रशस्त प्रमाणहरू प्रहरीले सङ्कलन गरेको जनाएको छ ।
सांसद बस्नेतले चितवनको सनसाइन सहकारीबाट २० करोड, बर्दियाको नमस्ते सहकारीबाट ७ करोड र नवलपुरको कावासोतीको छिपछिपे उपभोक्ता सहकारीबाट १ करोडभन्दा धेरै रकम अपचलन गरेको अनुसन्धानमा खुलेको प्रहरी भनाइ छ ।
जिल्ला अदालत नवलपुरले सांसद बस्नेतलाई सहकारी कसुरमा पक्राउ गर्न अनुमति दिएको हो ।
समाचार फलोअप सिरिज यो पनि पढ्नुहोस्
वान्टेड सुचीमा रहेका तथा उनका मतियार बर्दियामा, लुकाउन सहयोग गर्ने ब्यक्ती पनि अपराधी हुने कानुनी मान्यता
बर्दिया मालपोतमा ललिता निवास काण्ड-२ हुँदै, कर्मचारी फस्ने, दलाल माफिया तथा नेता उम्कने उक्त बिबादित जग्गा पास गर्न सहयोग गर्ने सबै सिआइबी वा अख्तियारको नियन्त्रणमा पर्नेछन्
जनताको २७ करोड खाने बर्दियाका वान्टेड सन्जिव महतोलाई अदालतमा छिराएर संरक्षण गर्ने मतियार हुन वा होइनन् ?
दुई भुमिपुत्रको जग्गामा संघिय समानुपातिक संसदको पनि लोभ, फौजदारी ऐन अनुसार मतियारलाई सजाय
दुई भुमिपुत्रको जग्गामा आँखा लगाउने चक्करमा सांसद गीता बस्नेत फरार हुनुपर्ने अवस्था, पाप धुरीबाट कराउँछ
प्रहरी कार्यालय कावासोतीसहितको छानबिनमा रकम हिनामिनामा सांसद बस्नेतको समेत संलग्नता रहेको खुलेको थियो । सांसद बस्नेत अहिले फरार रहेको र उनको खोजी कार्य जारी राखेको प्रहरीले जनाएको छ ।
सांसद बस्नेतले चितवनको सनसाइन सहकारीबाट २० करोड, बर्दियाको नमस्ते सहकारीबाट ७ करोड र नवलपुरको कावासोतीको छिपछिपे उपभोक्ता सहकारीबाट १ करोड भन्दा बढी रकम अपचलन गरेको अनुसन्धानमा खुलेको छ । सोही प्रकरणमा थप अनुसन्धान गर्न उनी विरुद्ध पक्राउ पुर्जी जारी भएको हो । सांसद बस्नेत अहिले फरार रहेको र उनको खोजी कार्य जारी राखेको प्रहरीले जनाएको छ।
सांसद बस्नेतको नवलपुर जिल्ला कावासोतीमा रहेको छिपछिपे सहकारीको १६ करोड ६९ लाख रकम हिनामिना गर्ने मुख्य योजनाकार रहेका योगेन्द्र पाण्डे र नगेन्द्र बहादुर रिमालसँगको अवैध कारोबार र संलग्नता देखिएपछि प्रहरीले अनुसन्धानलाई पेचिलो बनाउँदै लगेको थियो ।
हाल जिल्ला प्रहरी कार्यालय चितवनमा समेत सनईराज सहकारीको मुद्दा अनुसन्धान भई रहेकोमा विशेष ऐन हुँदाहुँदै सहकारी ऐन २०७४ बमोजिम मुद्दा दर्ता नगराई चितवन प्रहरीले बस्नेतलाई मुक्ति दिने प्रपञ्चमा भरतपुर महानगरपालिकाको साँठगाँठमा ठगी मुद्दा दर्ता गरी अनुसन्धान गरेको भन्दै पीडित बचतकर्ताहरूले विरोध जनाई रहेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रतिनिधिसभा सदस्य सांसद गीता बस्नेतलाई सहकारी कसुरको अनुसन्धानका लागि पक्राउ पुर्जी जारी भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुर कावासोतीले जिल्ला अदालत नवलपुरबाट सांसद बस्नेतलाई सहकारी कसुरको आरोपमा पक्राउ गर्नका लागि अनुमति लिएको हो ।
यति बेला देश कैं गृहमन्त्री रवि लामिछाने पनि सहकारी ठगीको मुद्दामा विवादित बन्दै आइरहेका छन् । गृहमन्त्री लामिछानेको संलग्नताको बारेमा पनि छानबिन हुनु पर्ने माग उठिरहेको छ । पछिल्लो समय प्रतिनिधिसभा सदस्य बस्नेत पनि मुछिए पछि सहकारी ठगीमा ठुलै गिरोहको संलग्नता रहेको प्रस्ट देखिन्छ ।
प्रहरी कार्यालय कावासोती र वित्तीय विश्लेषक तथा छानबिनकर्ता निर्मल गौतमले अनुसन्धान गरेको छानबिन प्रतिवेदनले सांसद बस्नेतको संरक्षणमा रकम हिनामिना गरेको तथ्य खुलेको थियो । राप्रपा सांसद बस्नेतलाई वैशाख १४ गते पक्राउका लागि अनुमति लिइएकोमा हालसम्म उनी फरार रहेकी छिन् ।
सांसद बस्नेतले चितवनको सनसाइन सहकारीबाट २० करोड, बर्दियाको नमस्ते सहकारीबाट ७ करोड र नवलपुरको कावासोतीको छिपछिपे उपभोक्ता सहकारीबाट १ करोड भन्दा बढी उनका ज्वाइँ नगेन्द्रबहादुर रिमाल र उनीहरूका साथी मार्फत रकम निकासी गरेको अनुसन्धानका क्रममा खुलेको थियो ।
सांसद बस्नेतको नवलपुर जिल्ला कावासोतीमा रहेको छिपछिपे सहकारीको १६ करोड ६९ लाख रकम हिनामिना गर्ने मुख्य योजनाकार रहेका योगेन्द्र पाण्डे र नगेन्द्र बहादुर रिमालसँगको अवैध कारोबार र संलग्नता देखिएपछि प्रहरीले अनुसन्धानलाई पेचिलो बनाउँदै लगेको थियो ।
सांसद बच्चाउन प्रहरीकै चलखेल, यसरी बच्चाउने प्रयास, आखिर उनी जस्तो जनता मारा अहिले सम्मा किन पक्राउ परेनिन त ? यसको फलो अप सिरिज हामीले करीब एक महिना देखी निकाली रहेका छौँ । पूर्ण विवरण हेर्न सिरिज पनि पढ्दा धेरै कुरा थाहा हुनेछ ।
हाल जिल्ला प्रहरी कार्यालय चितवनमा समेत सनराईज सहकारीको मुद्दा अनुसन्धान भई रहेकोमा विशेष ऐन हुँदाहुँदै सहकारी ऐन २०७४ बमोजिम मुद्दा दर्ता नगराई चितवन प्रहरीले बस्नेतलाई मुक्ति दिने प्रपञ्चमा भरतपुर महानगरपालिकाको साँठगाँठमा ठगी मुद्दा दर्ता गरी अनुसन्धान गरेको भन्दै पीडित बचतकर्ताहरूले विरोध जनाई रहेका छन् ।
पछिल्लो समय सहकारी ठगीका घटनालाई ढाकछोप गरी अपराधीलाई उन्मुक्ति दिन सरकारले महान्यायाधिवक्ता कार्यालयबाट समेत सहकारी ऐन २०७४ को दफा १२४ बमोजिम सजाय नगरी आपराधिक घटनालाई मेलमिलाप मार्फत सजाय मुक्त गर्न परिपत्र भएको थियो ।
कसुर अनुसन्धान गर्नुपर्ने मुद्दाको प्रकृतिमा ठगी मुद्दा चलाई राजनैतिक दलका व्यक्ति र पहुँचवालालाई उन्मुक्ति दिने उद्देश्यले जिल्ला प्रहरी कार्यालय चितवन सक्रिय रहेको घटनाक्रमले पुष्टि भएको छ । तर जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले भने विशेष ऐन बमोजिम नै सहकारी रजिस्ट्रारबाट आएको पत्रको आधारमा अनुसन्धान अघि बढाई रहेको छ ।
छानबिनकर्ता निर्मल गौतम समेत सो मुद्दा अनुसन्धानमा प्रहरीलाई राय दिन उपलब्ध भएकोमा उनीसँग यो विषयमा थप बुझ्न खोज्दा उनले कुनै पनि प्रतिक्रिया दिन मानेनन् । उनले भने–‘अहिले अनुसन्धानको क्रममा भएकोले केही जानकारी दिँदा अनुसन्धान प्रभावित हुन सक्छ । त्यसैले सबै तथ्य सरकारी वकिलको कार्यालयको अभियोजनमा आउँछ, मैले केही भन्न मिल्दैन ।’
जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रमुख एसपी नरहरि रेग्मीसँग सो विषयमा बुझ्न खोज्दा प्रहरी अनुसन्धान सकिएपछि सबै संलग्नहरूको तथ्य एकै पटक बाहिर ल्याउने र अब १/२ दिनमा नै पत्रकार सम्मेलन गरेर सोको जानकारी गराउने तयारी भइरहेको बताए ।
सहकारीका सम्बन्धमा मुद्दा अनुसन्धान गर्ने अधिकार प्रहरीलाई भएकोले विशेष वा सामान्य ऐन कुनबाट गर्ने भन्ने विवेक सहीं ढंगले प्रयोग गर्न सकेको अवस्थामा मात्र कसुरबाट आर्जित सम्पत्ति के कसको नाममा लुकाई राखेको छ, सो तथ्यलाई समेत अनुसन्धानको दायरामा ल्याई काम गर्नुपर्ने देखिन्छ ।
पछिल्लो समय सहकारी ठगीका घटनालाई ढाकछोप गरी अपराधीलाई उन्मुक्ति दिन सरकारले महान्यायाधिवक्ता कार्यालयबाट समेत सहकारी ऐन २०७४ को दफा १२४ विपरीत आपराधिक घटनालाई मेलमिलाप मार्फत सजाय मुक्त गर्न विभिन्न जिल्ला सरकारी वकिलको कार्यालयमा समेत परिपत्र भएको थियो ।
सहकारी ठग्नेहरूमा धेरै एमाले, काँग्रेस लगायत गृहमन्त्री रवि लामिछाने समेत जोडिएकोले उनीहरूलाई उन्मुक्ति दिन तत्कालीन काँग्रेस माओवादी गठबन्धन तोडी एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र माओवादी गठबन्धन बनेको थियो ।
सहकारी ऐन २०७४ को दफा १२४ बमोजिम सजाय नगरी बचतकर्ताको रकम मात्र भुक्तान गरेर सो रकम बाहेक अन्य हिनामिना गरेको रकम र कैद सजाय छुट दिने प्रपञ्च मिलाउन सरकार लागिपरेको छ ।
सरकारले नियुक्त गरेका महान्यायाधिवक्ता र सो कार्यालयबाट नै अपराधीहरूलाई सहकारी ऐन २०७४ को दफा १२४ बमोजिम सजाय नगरी बचतकर्ताको रकम मात्र भुक्तान गरेर सो रकम बाहेक अन्य हिनामिना गरेको रकम र कैद सजाय छुट दिने प्रपञ्च मिलाउन सरकार लागिपरेको देखिएको छ ।
जिल्ला सरकारी वकिलहरूले पनि सहकारी ऐनको परिभाषित कसुर बमोजिम अनुसन्धान गर्न निर्देशन नगरी सङ्गठित अपराध तथा ठगीमा मुद्दा दर्ता गराई न्यायको उपहास गरिरहेको बेलामा नवलपुर प्रहरीले भने विशेष ऐन बमोजिम नै कसुर अनुसन्धान गरिरहेको छ ।
सहकारीको रकम हिनामिना भइरहेको सम्बन्धमा अनुसन्धान विज्ञका रूपमा निर्मल गौतमले पोखराको मित्र मिलन सहकारी र विन्दवासिनी सहकारी, बागलुङको इमेज सहकारी, लमजुङको कालिका सहकारी, पर्वतको तपाई हाम्रो सहकारी, ग्रामीण सहकारी र माता पाथीभरा सहकारीको मुद्दामा नेपाल प्रहरीलाई राय दिदैं आइरहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका गृहमन्त्री रवि लामिछानेलाई पनि सहकारीको रकम ठगी गरेको अभियोग लागेको छ । लामिछानेमाथि संसदीय छानबिन समितिको माग गरेर प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले संसद् अवरोध गर्दै आएको छ ।
गृहमन्त्री लामिछानेले तत्कालीन समयमा ग्यालेक्सी फोरके टेलिभिजन सञ्चालन गर्न गितेन्द्रबाबु राई (जीवी) अध्यक्ष रहेको गोर्खा मिडियामा सहकारीको करिब २ अर्ब रकम ठगी गरेर ल्याइ अपचलन गरेको आरोप छ । जीवी राई फरार छन् । ग्यालेक्सी टेलिभिजनका तत्कालीन निर्देशक लामिछाने गृहमन्त्री छन् ।
पछिल्लो समय प्रतिनिधिसभा सदस्य बस्नेत पनि मुछिए पछि सहकारी ठगीमा ठुलै गिरोहको संलग्नता रहेको प्रस्ट देखिन्छ ।
महान्यायाधिवक्ता कार्यालयबाट समेत सहकारी ऐन २०७४ को दफा १२४ बमोजिम सजाय नगरी आपराधिक घटनालाई मेलमिलाप मार्फत सजाय मुक्त गर्न विभिन्न जिल्ला सरकारी वकिलको कार्यालयमा समेत परिपत्र
सांसद बस्नेतले चितवनको सनसाइन सहकारीबाट २० करोड, बर्दियाको नमस्ते सहकारीबाट ७ करोड र नवलपुरको कावासोतीको छिपछिपे उपभोक्ता सहकारीबाट १ करोड भन्दा बढी उनका ज्वाइँ नगेन्द्रबहादुर रिमाल र उनीहरूका साथी मार्फत रकम निकासी गरेको अनुसन्धानका क्रममा खुलेको थियो ।
जिल्ला सरकारी वकिलहरूले पनि सहकारी ऐनको परिभाषित कसुर बमोजिम अनुसन्धान गर्न निर्देशन नगरी सङ्गठित अपराध तथा ठगीमा मुद्दा दर्ता गराई न्यायको उपहास गरिरहेको बेलामा नवलपुर प्रहरीले भने विशेष ऐन बमोजिम नै कसुर अनुसन्धान गरिरहेको छ ।