Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
अपराध
  • Home
  • अपराध
  • नमस्ते सहकारीका वान्टेड लिस्टमा परेका सन्जीव महतोद्वारा दुई भूमि पुत्रको जग्गा हडप्न दलाल र माफियालाई प्रयोग 
नमस्ते सहकारीका वान्टेड लिस्टमा परेका सन्जीव महतोद्वारा दुई भूमि पुत्रको जग्गा हडप्न दलाल र माफियालाई प्रयोग  वान्टेड सुचीमा रहेका तथा उनका मतियार बर्दियामा, लुकाउन सहयोग गर्ने ब्यक्ती पनि अपराधी हुने कानुनी मान्यता
अनोज थारु
अनोज थारु बुधबार, चैत १४, २०८०

बर्दिया । कहानीको सुरुवात हुन्छ  २०७९-०७-१९ गते, नमस्ते सहकारीका सञ्चालक समितिका अध्यक्ष तथा प्रबन्धक एकाएक सम्पर्कविहीन हुन्छन तर सञ्चालक समितिका अध्यक्ष तथा प्रबन्धकले बर्दियाको गुलरियामा सुविधा सम्पन्न कृष्णसार रिसोर्ट नामक होटेल सञ्चालन गरिरहेकाहुन्छन । अन्य जिल्लामा पनि सो संस्थाको नाममा भवन तथा जग्गा रहेको बताइएको छ । लामो समयदेखि नमस्ते बचत तथा ऋण सहकारी संस्था लिमिटेडले गुलरियामा मुख्य कार्यालय स्थापना गरी काम गर्दै आइरहेको थियो सञ्चालकदेखि अन्य कर्मचारी सबै स्थानीय स्तरका छन् । बर्दियाको गुलरियामा मुख्य कार्यालय तथा बार बर्दियाको जयनगरमा शाखा कार्यालय राखेको सो सहकारीले करोडौँ रुपैयाँ हिनामिना गरेको आरोप लागेको छ । बर्दिया प्रहरीका अनुसार रकम कति हिनामिना भएको हो त्यसको यकिन विवरण नआए पनि बचतकर्ताहरूबाट प्रहरीमा उजुरी आएपछि सञ्चालक तथा प्रबन्धकको खोजी भइरहेको छ ।

संस्थाका अध्यक्ष र प्रबन्धक भागेको थाहा पाएपछि पीडितहरूले प्रशासनमा उजुरी दिएको थिए । उक्त सहकारीले जिल्लाको राजापुर र मगरागढी लगायत ठाउँमा सेवा केन्द्र सञ्चालन गरेको छ । उक्त सेवाकेन्द्रबाट पनि बचत संकलन गरेको र त्यहाँका बचतकर्तालाई पनि ठगेको स्थानीय पीडितको आरोप छ ।

लुम्बिनी प्रदेश अर्थ तथा सहकारी मन्त्रालयले गुलरिया नगरपालिका-६, स्थित नमस्ते बचत तथा सहकारी संस्था लिमिटेडको कागजात नियन्त्रणमा लिई छानबिन सुरु गरेको वर्षौँ बितिसक्यो ।

सदस्यबाट सङ्कलन गरेको सेयर र बचत रकम हिनामिना भएको भन्दै मन्त्रालयले छानबिन सुरु गरेको हो । संस्थाका अध्यक्ष नगेन्द्र रिजाल र प्रबन्धक संजिव कुमार महतो प्रहरीको वान्टेड लिस्टमा छन् । उक्त सहकारीको कुल वासलात २७ करोड रुपैयाँ रहेको  बुझिएको  केन्द्रिय अनुसन्धान व्युरो (सिआइबी)का प्रमुख प्रहरी अतरिक्त महानिरिक्षक (एआइजी) श्याम ज्ञवालीले बताउनुभयो । 

उक्त रकम मध्य कति रकम लगानी भएको छ भन्ने यकिन तथ्यांक सहकारीसँग छैन । केही फर्जी धितो बिनाको रकम झिकेको प्रारम्भिक अध्ययनमा भेटिएको त्यस्तै ३ करोड रकम विभिन्न शिर्षकमा कर्मचारीले झिकेको समेत प्रारम्भिक अध्ययनबाट भेटिएको थियो ।

अध्यक्ष र प्रबन्धक छिमेकी मुलुक भारत पुगेको आशङ्का प्रहरी प्रशासनको छ । दुवै जनालाई प्रहरीले खोजी कार्य गरिरहेको छ । तर उनका मतियार खुलेआम गुलरियामा घुमिरहेका छन् ।

अब सुरु हुन्छ नयाँ कहानी करिब ३ वर्ष पहिले रमाइ थारुको घरमा र हबिब बेहनाको घरमा हाल प्रहरीको वान्टेड सुचीमा रहेका तथा सहकारी ठगी गरी जघन्य अपराध गर्दै जनता ठगेर भाग्ने उनै सन्जिव महतो पुग्छन, उनले सहकारीबाट ऋण निकाल्न भन्दै २३ कठ्ठा र १७ कठ्ठा जग्गा नमस्ते सहकारीमा भन्दै ८५ वर्षीय रमै थारुको घरमा गएर एकलाई १५ लाख अर्कालाई ५ लाख दिए तर अपराधीक क्रियाकलापमा सलग्न उनै सन्जीव महतोले सहकारीको कागज भन्दै राजिनामा पास गरे आफ्नो नाममा ।

त्यस्ता फरार व्यक्ती अहिले बर्दियामा नै छन् उनलाई पछिल्लो पटक शीतला बजारमा देखिएको थियो । ती महतोको माफिया सञ्जालमा रहेका केही मतियारहरू अहिले मालपोतमा ती भुमीपुत्रको जग्गा अधिकृत नामा गरेर आफ्नोमा ल्याउन लागेका छन् ।

जिल्ला अदालतले अधिकृत नामा कसरी गर्‍यो त्यो नै अन्योल छ जबकि महतोले ठगेर झुक्काएर जालसाँझी गरेर ल्याएको जग्गा अर्कालाई कसरी दिए । यसको मतलब उनले अदालतलाई झुक्काए । अदालतमै उनको मुद्दा छ तर त्यही अदालतलाई गुमराहमा राखेर जग्गा दलालको प्रयोग गरेर गरीब भुमीपुत्र थारु समुदायका तथा मधेसी मुस्लिम समुदायका जो हुन उनलाई आज आएर बल्ल षड्यन्त्रको खुलासा भयो, त्यो पनि आफ्नो नमस्ते सहकारीमा भएको जग्गा केही ब्यक्तीहरु आएर नापजाँच गर्दा बल्ल थाहा भयो ।

फौजदारी ऐन र बितिए ठगी ऐन अनुसार वान्टेड लिस्टमा परेका व्यक्तिको सम्पर्कमा रहेर जग्गा दलाली गर्छन् भने उक्त व्यक्ति मतियार हुन जान्छ । बर्दियाका प्रहरीले खोजी गरिरहेका फरार अपराधीसँग सङ्गत भएका व्यक्ति मालपोतमा भेटिन्छन् भने ती किन केरकारमा पर्दैनन् त्यो अर्को प्रश्न । उक्त विवादित जग्गाको पूर्ण अनुसन्धान गर्नुपर्ने देखिन्छ किनकी यो घटनाले सम्बन्धित निकाय आँफैमा दोहोरो चरित्रको संघर्षमा देखिन्छन ।

फरार नेपाल सरकारको वान्टेड सुचीमा रहेका व्यक्तिको सूचना दिनुपर्नेमा उसैलाई लुकाएर केही व्यक्ति मालपोत छिरेका छन् भने प्रहरी प्रशासनले के हेरिरहेको छ । यो गम्भीर प्रश्न उठेको छ जसको अनुसन्धान प्रहरी र प्रशासनले गर्नुपर्ने देखिन्छ । त्यसै गरी यो मुद्धा आँफैमा अन्तरविरोधी रहेको छ । त्यस्तै थप् अनुसन्धान पछी उक्त दलाल माफिया तथा फौजदारी मुद्धा लागेका व्यक्तिलाई भेटेर पनि लुकाउने वा प्रहरी प्रशासनलाई जानकारी नगराउनेको नाम हामी ८ वटा मिडिया मार्फत सार्वजनिक गर्ने छौँ । यो सञ्जालमा आबद्ध व्यक्ती तथा मतियारको नाम प्रकाशित गर्ने छौँ ।


प्रकाशित मिति: बुधबार, चैत १४, २०८०  १३:१३
#बर्दिया
प्रतिक्रिया दिनुहोस्
थप अपराध
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ बुधबार, असोज २, २०८१
कैलाली कारागारका एक कैदीको मृत्यु
कैलाली कारागारका एक कैदीको मृत्यु मंगलबार, असोज १, २०८१
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद मंगलबार, भदौ १८, २०८१
युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा दुई कर्मचारीसहित तीन पक्राउ
युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा दुई कर्मचारीसहित तीन पक्राउ आइतबार, भदौ १६, २०८१
रामबहादुर बम्जन बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर
रामबहादुर बम्जन बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर मंगलबार, असार १२, २०८१
मालपोत कार्यालय बर्दियामा करोडौँको सेटिङ्गमा भ्रष्टाचार, प्रति कित्ता ७० हजार रेट   
मालपोत कार्यालय बर्दियामा करोडौँको सेटिङ्गमा भ्रष्टाचार, प्रति कित्ता ७० हजार रेट    आइतबार, असार १०, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्