Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
समाज
  • Home
  • समाज
  • म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन्
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन् {फलो अप सिरिज - ११ }
नेपालकागज
नेपालकागज मंगलबार, जेठ १५, २०८१

दिपक मल्ल । हे न्यायलय, हे न्यायदाता, म ईलामुद्धिन बेहना म एक अपराधी । म देश छोडेर सानो उमेरमै श्रम गर्न भारत गएँ, जानुको कारण थियो, मेरो बुढु बुवा, आमा, सानो भाई र बहिनिहरू ।

जोतेर सिर्जना गरेर मल खाद हालेर प्रत्यक दिन पसिनाले सिँचेर मेरो बुवाले धान, गहुँ लगायतका वस्तुहरू उत्पादन गरेर परिवार पाल्न शरीरमा भएका १०९ हड्डीहरू खियाउँदा मेरो आँखाका आँसु थामिएन र म बिदेशिए, हे न्याय दाता के यही नै थियो मेरो अपराध । मेरो बुवालाई मैले मायाँ गर्नु प्रेमको भावनाले ओतप्रत भएर बुवाको साथ दिनु के यही मेरो अपराध हो । 

समाचार फलोअप सिरिज यो पनि पढ्नुहोस्  

नमस्ते सहकारीका वान्टेड लिस्टमा परेका सन्जीव महतोद्वारा दुई भूमि पुत्रको जग्गा हडप्न दलाल र माफियालाई प्रयोग वान्टेड सुचीमा रहेका तथा उनका मतियार बर्दियामा, लुकाउन सहयोग गर्ने ब्यक्ती पनि अपराधी हुने कानुनी मान्यता

अग्नु थारु र हबिब बेहनाको पिडा, कैले आउलान खुसीका दिन ? दलाल र मतियारका भण्डाफोर अभियान अग्नु थारु र हबिब बेहनाको पिडा, कैले आउलान खुसीका दिन ? दलाल र मतियारका भण्डाफोर अभियान 

वान्टेड सुचीमा रहेका तथा उनका मतियार बर्दियामा, लुकाउन सहयोग गर्ने ब्यक्ती पनि अपराधी हुने कानुनी मान्यता

बर्दिया मालपोतमा ललिता निवास काण्ड-२ हुँदै, कर्मचारी फस्ने, दलाल माफिया तथा नेता उम्कने उक्त बिबादित जग्गा पास गर्न सहयोग गर्ने सबै सिआइबी वा अख्तियारको नियन्त्रणमा पर्नेछन्

जनताको २७ करोड खाने बर्दियाका वान्टेड सन्जिव महतोलाई अदालतमा छिराएर संरक्षण गर्ने मतियार हुन वा होइनन् ?

दुई भुमिपुत्रको जग्गामा संघिय समानुपातिक संसदको पनि लोभ, फौजदारी ऐन अनुसार मतियारलाई सजाय

दुई भुमिपुत्रको जग्गामा आँखा लगाउने चक्करमा सांसद गीता बस्नेत फरार हुनुपर्ने अवस्था, पाप धुरीबाट कराउँछ

सांसद गीता बस्नेतलाई भुमिपुत्रको जग्गा हडप्न मतियार र दलालहरू प्रयोग गरेको आरोपसांसद गीता बस्नेतलाई भुमिपुत्रको जग्गा हडप्न मतियार र दलालहरू प्रयोग गरेको आरोप

नेपालको सिमाना बाचाउन म जाँदा कतिखेर मेरो आँगनको सिमाना मिचिएछ थाहानै भएन, ऐ सरकार तिम्रो राजनीतिमा म किन पिसिने ?म एक नेपाली, म एक ठूलो षड्यन्त्रको शिकार भएको घाइते नेपाली

राप्रपा सांसद बर्दियाकी गीता बस्नेतलाई हबिब बेहनाको अश्रु लाग्यो, मुद्दा चलाउन प्रहरीको सिफारिसबाँके बर्दिया सहकारी प्रकरण {फलो अप सिरिज - १०}

म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन् {फलो अप सिरिज - ११ }

अत्यन्तै गरीब भएर कबाडको काम गरेर घरघरमा गएर अपमानित हुँदै गाली खाँदै त्यही कबाड बेच्नु के यही मेरो र मेरो बुवाको अपराध थियो । सानोमा शिक्षा पाएन तर भाईलाई शिक्षित बनाउँछु भनेर बिदेशमा अर्काको घरमा मजदुरी गरेर पाइपाइको मोहताज मेरो परिवारलाई साथ दिनु के यही मेरो अपराध हो ।

मेरो बाबुबाजेले कमाएको त्यत्ती २३ कठ्ठा जग्गामा मेरो पुरै परिवार मिलेर सुखदुखमा हाँस्दै नाच्दै रुँदै कराउँदै दुखसुखका भावना साट्दै सगंसगै हामी अगाडी बढीरहेका थियौं  तर एक दिन यस्तो दलाल नामक ग्रह लग्यो, त्यो ग्रह मलाई नलाग्नु पर्ने मैले कस्को के खाईदिएको थिए वा बिगार्दिएको थिए र ।

म एक अल्पसंख्यक मुस्लिम समुदायको मान्छे मेरो बुवालाई विविन्न रोग लागेको अवस्था छ । तर एक जना पापी त्यो दुष्ट व्यक्ति जो म नभएको बेला मेरो बुवालाई प्रयोग गरेर दुखी बिरामी मेरो भाई जसलाई क्यान्सर थियाे ।

उहीँ मेरो प्यारो भाईको उपचारको लागि पैसा निकाल्न नमस्ते सहकारी मा जग्गा राखेको त कति ठुलो संजाल रैछ घर को घर बाट राजिनामा पास भाे। यस कारण त्यो समय राजिनामा पास हुने सम्पूर्ण मान्छेहरुलाई पाप को दायरा भित्र राख्न चाहान्न तर धेरै पत्रकार र समाजसेवी तथा अधिकारकर्मी हुने गएँं कतै बाट ढाडस वा सहयोग पाइन, कोहि पनि मेरो लागि दुश्मनी कमाउन चाहँदैन थिए तर मलाई यो पत्रीकाको सम्पर्क नम्बर केही पत्रकारहरुले नै दिनुभयो र आज आफ्ना दुखका व्यथा सुनाउँदै छु ताकी अरु कसैले यो युगना यति धेरै षड्यन्त्र हेर्न र देख्न नपरोस र न्यायको आश पलाओस । मेरो बुवा आत्महत्या गर्न गएको बेला फर्काएर ल्याएको छु । यदि मेरो बुवाले आत्महत्या गरेको भए जिवनभर यो सत्ता र न्याय प्रती विश्वास गर्दैन थिव तर यो पत्रीका सरहरूले सम्झाउनु भयो र भन्नुभयो "बाबू यो समय आउँछ जान्छ तर हिम्मत सदैव एउटै पुनरताजगी र पुनर रफ्तारका साथ राखिराख ।" भावना मेरा होलान शब्द मैले बोल्न नजाने हुँला तर उहाँहरूको अनुसन्धान भयो र वास्तवमै म पिडित हो भन्ने विश्वास गर्नुभयो । 

अर्को कुरा म पत्रकारलाई नै सोध्न चाहान्नछु। के तपाईंहरू हामी जस्तो आवाज बिहिन को आवज होइन र ?आज हामी यति पीडित भएका छौ  न नमस्ते सहकारी  भेटिएको छ जहाँ जग्गा राखेका थियौं । न त यसकओ उत्तर दिने निमाय । नमस्ते सहकारीबाट कसरी रजिनमा पास भयो त्यो पनि थाह छैन ।नेपाल सरकार को wanted  (वान्टेड)लिस्ट मा परेको अपराधी अदालत भित्र आएर अधिकृत बिक्रेतानामा वारेसनामा गर्छ भने हाम्रो सिस्टम हाम्रो नेपाल  सरकार कति सम्म कमजोर रैछ हाम्रो प्रहरी पुलिसप्रशासन अहिलेका नाई त्यो बेलाका कति कमजोर र घटिया रहेछन यहाँ बाट थाहा हुन्छ । अहिलेका वकिल ,न्यायाधीश  ,सिडियाे,र प्रहरीको प्रमुखहरुको  कुनै गल्ती छैन ।

अदालतबाट सेटिङ मिलाएर बिक्रेतानामा हुन्छ भने पछि जुन ठाउमा न्याय मिल्ने हो त्यो ठाउँमा  बिक्रेतानामा कसरी भयो । फौजदारी ऐन अन्तर्गत नेपाल सरकार ले रेड कर्नर नोटिस जारी गरि सकेको नेपाल सरकारले खोजीमा राखेको ब्यक्ति चाहे ठुलो होस या सानो त्यो ब्याक्ती अदालत भित्र गएर कोलाई कति रुपैया खुवाएर त्यो अधिकृतबिक्रेतानामा भयो र त्यो दण्डहीनता र दुससाहस गर्ने कर्मचारीको नि छानबिन हुनुपर्छ र ती अदालत भित्र बसेर घुस खाने भ्रष्टाचारीहरूलाई भ्रष्टाचारको विरुद्ध अब तपाईंहरूले अवाज उठाएर भ्रष्टाचारको मुद्दामा हाल्नुपर्छ यस्तो खाले किराहरु र धमिराहरु ले गर्दा हामी पहाडि र नेपाली भनेर उचाल्लिने र राजनीतिक स्वार्थ लिने र त्यहा मार्बल फ्याक्टरी बनेकाले  तिनीहरुले थाह पाएर अब त्यो जग्गा महँगो हुन्छ भनेर यस्तो भएको रहेछ । श्री नयायपालिका मलाई मेरो न्यायलयमाथी विश्ववास छ । न्याय पाम सरकार ।
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, घटना हुँदा १६ वर्ष ।

प्रहरी कार्यालय कावासोतीसहितको छानबिनमा रकम हिनामिनामा सांसद बस्नेतको समेत संलग्नता रहेको खुलेको थियो । सांसद बस्नेत अहिले फरार रहेको र उनको खोजी कार्य जारी राखेको प्रहरीले जनाएको छ ।

सांसद बस्नेतले चितवनको सनसाइन सहकारीबाट २० करोड, बर्दियाको नमस्ते सहकारीबाट ७ करोड र नवलपुरको कावासोतीको छिपछिपे उपभोक्ता सहकारीबाट १ करोड भन्दा बढी रकम अपचलन गरेको अनुसन्धानमा खुलेको छ । सोही प्रकरणमा थप अनुसन्धान गर्न उनी विरुद्ध पक्राउ पुर्जी जारी भएको हो । सांसद बस्नेत अहिले फरार रहेको र उनको खोजी कार्य जारी राखेको प्रहरीले जनाएको छ। 

सांसद बस्नेतको नवलपुर जिल्ला कावासोतीमा रहेको छिपछिपे सहकारीको १६ करोड ६९ लाख रकम हिनामिना गर्ने मुख्य योजनाकार रहेका योगेन्द्र पाण्डे र नगेन्द्र बहादुर रिमालसँगको अवैध कारोबार र संलग्नता देखिएपछि प्रहरीले अनुसन्धानलाई पेचिलो बनाउँदै लगेको थियो ।

हाल जिल्ला प्रहरी कार्यालय चितवनमा समेत सनईराज सहकारीको मुद्दा अनुसन्धान भई रहेकोमा विशेष ऐन हुँदाहुँदै सहकारी ऐन २०७४ बमोजिम मुद्दा दर्ता नगराई चितवन प्रहरीले बस्नेतलाई मुक्ति दिने प्रपञ्चमा भरतपुर महानगरपालिकाको साँठगाँठमा ठगी मुद्दा दर्ता गरी अनुसन्धान गरेको भन्दै पीडित बचतकर्ताहरूले विरोध जनाई रहेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रतिनिधिसभा सदस्य सांसद गीता बस्नेतलाई सहकारी कसुरको अनुसन्धानका लागि पक्राउ पुर्जी जारी भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुर कावासोतीले जिल्ला अदालत नवलपुरबाट सांसद बस्नेतलाई सहकारी कसुरको आरोपमा पक्राउ गर्नका लागि अनुमति लिएको हो ।

यति बेला देश कैं गृहमन्त्री रवि लामिछाने पनि सहकारी ठगीको मुद्दामा विवादित बन्दै आइरहेका छन् । गृहमन्त्री लामिछानेको संलग्नताको बारेमा पनि छानबिन हुनु पर्ने माग उठिरहेको छ । पछिल्लो समय प्रतिनिधिसभा सदस्य बस्नेत पनि मुछिए पछि सहकारी ठगीमा ठुलै गिरोहको संलग्नता रहेको प्रस्ट देखिन्छ ।

प्रहरी कार्यालय कावासोती र वित्तीय विश्लेषक तथा छानबिनकर्ता निर्मल गौतमले अनुसन्धान गरेको छानबिन प्रतिवेदनले सांसद बस्नेतको संरक्षणमा रकम हिनामिना गरेको तथ्य खुलेको थियो । राप्रपा सांसद बस्नेतलाई वैशाख १४ गते पक्राउका लागि अनुमति लिइएकोमा हालसम्म उनी फरार रहेकी छिन् ।

सांसद बस्नेतले चितवनको सनसाइन सहकारीबाट २० करोड, बर्दियाको नमस्ते सहकारीबाट ७ करोड र नवलपुरको कावासोतीको छिपछिपे उपभोक्ता सहकारीबाट १ करोड भन्दा बढी उनका ज्वाइँ नगेन्द्रबहादुर रिमाल र उनीहरूका साथी मार्फत रकम निकासी गरेको अनुसन्धानका क्रममा खुलेको थियो ।

सांसद बस्नेतको नवलपुर जिल्ला कावासोतीमा रहेको छिपछिपे सहकारीको १६ करोड ६९ लाख रकम हिनामिना गर्ने मुख्य योजनाकार रहेका योगेन्द्र पाण्डे र नगेन्द्र बहादुर रिमालसँगको अवैध कारोबार र संलग्नता देखिएपछि प्रहरीले अनुसन्धानलाई पेचिलो बनाउँदै लगेको थियो ।

सांसद बच्चाउन प्रहरीकै चलखेल, यसरी बचाउने प्रयास, आखिर उनी जस्तो जनता मारा अहिले सम्मा किन पक्राउ परेनिन त ? यसको फलो अप सिरिज हामीले करीब एक महिना देखी निकाली रहेका छौँ । पूर्ण विवरण हेर्न सिरिज पनि पढ्दा धेरै कुरा थाहा हुनेछ ।   

हाल जिल्ला प्रहरी कार्यालय चितवनमा समेत सनराईज सहकारीको मुद्दा अनुसन्धान भई रहेकोमा विशेष ऐन हुँदाहुँदै सहकारी ऐन २०७४ बमोजिम मुद्दा दर्ता नगराई चितवन प्रहरीले बस्नेतलाई मुक्ति दिने प्रपञ्चमा भरतपुर महानगरपालिकाको साँठगाँठमा ठगी मुद्दा दर्ता गरी अनुसन्धान गरेको भन्दै पीडित बचतकर्ताहरूले विरोध जनाई रहेका छन् ।

पछिल्लो समय सहकारी ठगीका घटनालाई ढाकछोप गरी अपराधीलाई उन्मुक्ति दिन सरकारले महान्यायाधिवक्ता कार्यालयबाट समेत सहकारी ऐन २०७४ को दफा १२४ बमोजिम सजाय नगरी आपराधिक घटनालाई मेलमिलाप मार्फत सजाय मुक्त गर्न परिपत्र भएको थियो ।

कसुर अनुसन्धान गर्नुपर्ने मुद्दाको प्रकृतिमा ठगी मुद्दा चलाई राजनैतिक दलका व्यक्ति र पहुँचवालालाई उन्मुक्ति दिने उद्देश्यले जिल्ला प्रहरी कार्यालय चितवन सक्रिय रहेको घटनाक्रमले पुष्टि भएको छ । तर जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले भने विशेष ऐन बमोजिम नै सहकारी रजिस्ट्रारबाट आएको पत्रको आधारमा अनुसन्धान अघि बढाई रहेको छ ।

छानबिनकर्ता निर्मल गौतम समेत सो मुद्दा अनुसन्धानमा प्रहरीलाई राय दिन उपलब्ध भएकोमा उनीसँग यो विषयमा थप बुझ्न खोज्दा उनले कुनै पनि प्रतिक्रिया दिन मानेनन् । उनले भने–‘अहिले अनुसन्धानको क्रममा भएकोले केही जानकारी दिँदा अनुसन्धान प्रभावित हुन सक्छ । त्यसैले सबै तथ्य सरकारी वकिलको कार्यालयको अभियोजनमा आउँछ, मैले केही भन्न मिल्दैन ।’

जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रमुख एसपी नरहरि रेग्मीसँग सो विषयमा बुझ्न खोज्दा प्रहरी अनुसन्धान सकिएपछि सबै संलग्नहरूको तथ्य एकै पटक बाहिर ल्याउने र अब १/२ दिनमा नै पत्रकार सम्मेलन गरेर सोको जानकारी गराउने तयारी भइरहेको बताए ।

सहकारीका सम्बन्धमा मुद्दा अनुसन्धान गर्ने अधिकार प्रहरीलाई भएकोले विशेष वा सामान्य ऐन कुनबाट गर्ने भन्ने विवेक सहीं ढंगले प्रयोग गर्न सकेको अवस्थामा मात्र कसुरबाट आर्जित सम्पत्ति के कसको नाममा लुकाई राखेको छ, सो तथ्यलाई समेत अनुसन्धानको दायरामा ल्याई काम गर्नुपर्ने देखिन्छ ।

पछिल्लो समय सहकारी ठगीका घटनालाई ढाकछोप गरी अपराधीलाई उन्मुक्ति दिन सरकारले महान्यायाधिवक्ता कार्यालयबाट समेत सहकारी ऐन २०७४ को दफा १२४ विपरीत आपराधिक घटनालाई मेलमिलाप मार्फत सजाय मुक्त गर्न विभिन्न जिल्ला सरकारी वकिलको कार्यालयमा समेत परिपत्र भएको थियो ।

सहकारी ठग्नेहरूमा धेरै एमाले, काँग्रेस लगायत गृहमन्त्री रवि लामिछाने समेत जोडिएकोले उनीहरूलाई उन्मुक्ति दिन तत्कालीन काँग्रेस माओवादी गठबन्धन तोडी एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र माओवादी गठबन्धन बनेको थियो ।

सहकारी ऐन २०७४ को दफा १२४ बमोजिम सजाय नगरी बचतकर्ताको रकम मात्र भुक्तान गरेर सो रकम बाहेक अन्य हिनामिना गरेको रकम र कैद सजाय छुट दिने प्रपञ्च मिलाउन सरकार लागिपरेको छ । 

सरकारले नियुक्त गरेका महान्यायाधिवक्ता र सो कार्यालयबाट नै अपराधीहरूलाई सहकारी ऐन २०७४ को दफा १२४ बमोजिम सजाय नगरी बचतकर्ताको रकम मात्र भुक्तान गरेर सो रकम बाहेक अन्य हिनामिना गरेको रकम र कैद सजाय छुट दिने प्रपञ्च मिलाउन सरकार लागिपरेको देखिएको छ ।

जिल्ला सरकारी वकिलहरूले पनि सहकारी ऐनको परिभाषित कसुर बमोजिम अनुसन्धान गर्न निर्देशन नगरी सङ्गठित अपराध तथा ठगीमा मुद्दा दर्ता गराई न्यायको उपहास गरिरहेको बेलामा नवलपुर प्रहरीले भने विशेष ऐन बमोजिम नै कसुर अनुसन्धान गरिरहेको छ ।

सहकारीको रकम हिनामिना भइरहेको सम्बन्धमा अनुसन्धान विज्ञका रूपमा निर्मल गौतमले पोखराको मित्र मिलन सहकारी र विन्दवासिनी सहकारी,  बागलुङको इमेज सहकारी, लमजुङको कालिका सहकारी, पर्वतको तपाई हाम्रो सहकारी, ग्रामीण सहकारी र माता पाथीभरा सहकारीको मुद्दामा नेपाल प्रहरीलाई राय दिदैं आइरहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका गृहमन्त्री रवि लामिछानेलाई पनि सहकारीको रकम ठगी गरेको अभियोग लागेको छ । लामिछानेमाथि संसदीय छानबिन समितिको माग गरेर प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले संसद् अवरोध गर्दै आएको छ ।

गृहमन्त्री लामिछानेले तत्कालीन समयमा ग्यालेक्सी फोरके टेलिभिजन सञ्चालन गर्न गितेन्द्रबाबु राई (जीवी) अध्यक्ष रहेको गोर्खा मिडियामा सहकारीको करिब २ अर्ब रकम ठगी गरेर ल्याइ अपचलन गरेको आरोप छ । जीवी राई फरार छन् । ग्यालेक्सी टेलिभिजनका तत्कालीन निर्देशक लामिछाने गृहमन्त्री छन् ।

पछिल्लो समय प्रतिनिधिसभा सदस्य बस्नेत पनि मुछिए पछि सहकारी ठगीमा ठुलै गिरोहको संलग्नता रहेको प्रस्ट देखिन्छ ।

महान्यायाधिवक्ता कार्यालयबाट समेत सहकारी ऐन २०७४ को दफा १२४ बमोजिम सजाय नगरी आपराधिक घटनालाई मेलमिलाप मार्फत सजाय मुक्त गर्न विभिन्न जिल्ला सरकारी वकिलको कार्यालयमा समेत परिपत्र

सांसद बस्नेतले चितवनको सनसाइन सहकारीबाट २० करोड, बर्दियाको नमस्ते सहकारीबाट ७ करोड र नवलपुरको कावासोतीको छिपछिपे उपभोक्ता सहकारीबाट १ करोड भन्दा बढी उनका ज्वाइँ नगेन्द्रबहादुर रिमाल र उनीहरूका साथी मार्फत रकम निकासी गरेको अनुसन्धानका क्रममा खुलेको थियो ।

जिल्ला सरकारी वकिलहरूले पनि सहकारी ऐनको परिभाषित कसुर बमोजिम अनुसन्धान गर्न निर्देशन नगरी सङ्गठित अपराध तथा ठगीमा मुद्दा दर्ता गराई न्यायको उपहास गरिरहेको बेलामा नवलपुर प्रहरीले भने विशेष ऐन बमोजिम नै कसुर अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१  १९:०८
#बर्दिया #बाँके #अपराध #राप्रपा सांसद गीता बस्नेत
प्रतिक्रिया दिनुहोस्
थप समाज
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा मंगलबार, असोज १, २०८१
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु आइतबार, भदौ २३, २०८१
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन सोमबार, भदौ १७, २०८१
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम आइतबार, भदौ १६, २०८१
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी 
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी  शनिबार, जेठ ५, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्