Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
प्रदेश
  • Home
  • प्रदेश
  • बर्दियाको चार्ज सम्हाले दुई एसपीले, रणनिती र कार्यनिती यस्तो छ......
बर्दियाको चार्ज सम्हाले दुई एसपीले, रणनिती र कार्यनिती यस्तो छ...... यी दुई राम्रा छवि भएका एसपीले के-कस्ता काम गर्नेछन् त्यो त हनिमुन पिरेड (३ महिना) पछि
अनोज थारु
अनोज थारु बिहीबार, फागुन १०, २०८०

बर्दियाको चार्ज सम्हाले दुई एसपीले, रणनीति र कार्यनीति यस्तो छ......

अनोज थारु, सुरज श्रेष्ठ, (गुलरिया, नेपालगन्ज) । जिल्ला प्रहरी कार्यालय बर्दियाका एसपी प्रवीण धिताल र सशस्त्र प्रहरी बल बर्दियाका एसपी चित्रांगत दाहालले बर्दियाको कार्यभार आधिकारिक रूपमा सम्हालेका छन् । यस अघिका एसपी सुधीर राज शाही र प्रवीण धितालबिच बरबुझारथ भएको छ भने एसपी हर्क शाही र चित्रांगत दाहालबिच पनि बरबुझारथ भएको छ । एसपी प्रवीण धितालको घर दाङको तुल्सिपुर हो । उनले डिएसपी हुँदा विभिन्न ग वर्गका जिल्ला र इलाका सम्हालेको अनुभव छ भने उनी २०७७ वैशाख १० बुधवार प्रहरी प्रधान कार्यालयमा बसेको बढुवा समितिको बैठकले २४ जना प्रहरी नायव उपरीक्षक(डिएसपी) लाई एसपी पदमा बढुवाको सिफारिस गर्दा उनी एसपीमा बढुवा भएका थिए । 

उनले नेपाल प्रहरी विशेष सुरक्षा गण कोहलपुर बाँकेको कमान्ड सम्हाली सकेका छन् भने मङ्गलवार, माघ ११, २०७८ मा सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियामा प्रमुखको रूपमा काम गरेको अनुभव छ । त्यस्तै नेपाल कागजको सर्भरमा रहेको फाइलका अनुसार बझाङमा पनि प्रहरी प्रमुख भएर एसपी प्रवीण धितालले काम गरेका छन् । त्यस्तै वि.सं.२०८० असोज २६ शुक्रवार भन्दा केही अघि देखी सर्लाहीमा हिन्दु र मुस्लिम समुदायको बिचमा विवाद भएको थियो । 

यस विवादले उग्र रूप लिन पुगेपछि गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयले काज सरुवा गरी असोज बिहीबार सर्लाहीमा एसपी प्रवीण धिताललाई जिल्ला प्रहरी प्रमुखका रूपमा सरुवा गरेको थियो । त्यहाँ उनले राम्रो काम गरेर देखाउन सफल भएका थिए । त्यहाँ उनको ट्वाइसीका रूपमा प्रहरी प्रवक्ता एवं डिएसपी दीपेन्द्र पंजियार थारु थिए । त्यस्तै उनलाई केही पीत पत्रकारिता (एल्लो जर्नलिजम) गर्ने सबै नभएर केही पत्रकारले स्वार्थवश विवादमा तान्ने प्रयास गरेका थिए तर पनि उनलाई सङ्गठनले विश्वास गरेको थियो । अब उनले कस्तो काम बर्दियामा गरेर देखाउने छन् त्यो त समयले नै देखाउला तर समग्रमा उनलाई केही पत्रकारले दुःख दिएको र अनावश्यक विवादमा पार्ने प्रयास गरेको हामीले बुझेका छौँ । बर्दियाले राम्रो दक्ष अनुभव भएका एसपीको रूपमा धिताललाई पाएको छ । उनले काम गरेर देखाउन सक्ने धेरै ठाउँहरू रहेका छन् । ती काम उनले कसरी गर्ने छन् त्यो समयले देखाउने छ नै तर समग्रमा उनी समन्वयकारी भूमिका निर्वाह गर्न सक्ने दक्ष प्रहरी अधिकारीको रूपमा हामीले लिएका छौँ ।

त्यस्तै अब कुरा गरौँ सशस्त्र प्रहरी बल बर्दियाका एसपी चित्रांगत दाहालको । उनले करीब ६ महिना बाकेको नेपालगन्जमा रहेको भन्सार कार्यालय मातहतमा रहेर काम गरेको अनुभव छ । तस्करी नियन्त्रण र भन्सार चोरी पैठारी रोक्न रोकाउन उनले नेपालगन्जमा खेलेको भूमिका आफैमा सम्मान योग्य छ । पाठक वर्गहरूले के बुझ्नुपर्छ भने अपराधलाई न्यूनीकरण गर्न सकिन्छ तर शून्यमा ल्याउन सकिन्न भन्ने युनिभर्सल ट्रुथ अर्थात् ध्रुव सत्य हो । तसर्थ अहिले बर्दियाले दुई जना एसपी पाएको छ जसले आपसी समन्वयमा राम्रो काम गरेर देखाउन सक्छन् । यस अघि रहेका हर्क शाहीले पनि बर्दियामा राम्रो काम गरेकै थिए तर अहिले दाहाल आएपछि सीमा नाका पुरै कडा गरिएको छ । सामान्य घरायसी सामान बाहेक अरू सामान भन्सार छली हुन सक्ने वस्तुहरूमा रोक लगाएको छ । उनले आफू आएपछि क्यारिङ्ग गर्नेहरूको रुट पत्ता लगाएर उक्त रुटमा समेत सशस्त्र प्रहरी परिक्षालन गरेका छन् । दुवै एसपीको बानि व्यवहार कस्तो छ भनेर कनिष्ठ प्रहरीहरूले पर्ख र हेरको अवस्थामामा बसेको दुवै सङ्गठनमा रहेका विश्वस्त स्रोतले जानकारी दिए । केही प्रहरी अधिकारीहरूका अनुसार जिप्रका एसपीले फरार प्रतिवादीलाई कानुनको दायरामा ल्याउन र सजाय पाएर भागेका फरार अपराधीहरूलाई न्यायपालिकामा उपस्थित गराइ अपराध नियन्त्रण गर्न पहिलो कदम चालेको जानकारी हामीले पाएका छौँ । 

त्यस्तै एपीएफका एसपी दाहाल सशस्त्र प्रहरी बलका १६ जना प्रहरी उपरीक्षक (सप्रउ) बढुवाका लागि सिफारिसमा परेर बढुवा भएका हुन । सशस्त्र प्रहरी मुख्यालय हल चोकले सोमबार, ५ माघ २०७७ मा १६ जना प्रहरी नायब उपरीक्षकलाई बढुवा सिफारिस गर्दा चित्रांगत दाहाल पहिलो नम्बरमा परेका थिए । तत्कालीन समयमा बढुवा समितिको बैठकले वरिष्ठतम प्रहरी नायब उपरीक्षकहरूलाई बढुवा सिफारिस गरेको थियो जसको बोधार्थ गृहमा पठाइएको थियो । सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ३९ को उपनियम (१) ग बमोजिम बढुवा समितिको माघ ५ गतेको निर्णय अनुसार बढुवा सिफारिसमा परेका दाहाल परेका थिए । उनले बर्दियाको चार्ज सम्हाले लगत्तै नेपाल भारत सिमानाकामा हुनसक्ने अपराधकी क्रियाकलाप रोक्न तदारुकताकारसाथ लाग्न निर्देशन दिएको हाम्रो स्रोतले जानकारी दियो । त्यस्तै दहलाले निर्वाचनको बेला खेलेको समन्वयकारी भूमिकाका कारण सङ्गठनले उनलाई विश्वास गर्छ । आइतबार, ०१ जेठ २०७९ का बखत स्थानीय निर्वाचनमा दुई पार्टीका कार्यकर्ताबिच झडप हुँदा जुम्लाको शङ्कर माविमा रहेको मतदान केन्द्रमा मतदान स्थगित भएको थियो । त्यस बेला सशस्त्र प्रहरी ३३ नम्बर गणका गणपति चित्रांगत दाहाल लगायत अन्य सुरक्षा निकायको पहलमा मतदान सुचारु गर्दै सहायक निर्वाचन अधिकृत रबी भण्डारीलाई आक्रमण हुनबाट आफै खटेर बचाएका थिए । त्यस बेला प्रमुख जिल्ला अधिकारी विजयकुमारी प्रसाईँ रहेकी थिइन ।   

समग्रमा भन्दा दुवै एसपी, राष्ट्रिय अनुसन्धान विभाग, सेनाको इन्टेलिजेन्स विभाग अन्तर्गतको डिएमआई र सिडिओको तालमेल र समन्वय भएमा बर्दियाको शान्ति सुरक्षा, अपराध नियन्त्रण, चोरीका बढ्दो घटना, तस्करीलाई न्यूनीकरण गर्ने प्रबल भरपुर सम्भावना देखिन्छ । राष्ट्रिय अनुसन्धान विभाग, सेनाको इन्टेलिजेन्स विभाग अन्तर्गतको डिएमआईको प्रत्यक्ष संलग्नता नहुने भएकोले यी दुई राम्रा छवि भएका एसपीले के-कस्ता काम गर्नेछन् त्यो त हनिमुन पिरेड (३ महिना) पछि हाम्रा पाठक वृन्द लाई जानकारी गराउने नै छौँ ।      


 


प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  १४:२६
#बर्दिया #सुरक्षा
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य मंगलबार, भदौ १८, २०८१
चिसापानीको कर्णाली पुलमा भयङ्कर आगलागी, अनुसन्धानमा खुल्यो आगलागीको रहस्य....
चिसापानीको कर्णाली पुलमा भयङ्कर आगलागी, अनुसन्धानमा खुल्यो आगलागीको रहस्य.... मंगलबार, फागुन २९, २०८०
प्रदेशमा प्रहरीलाई दुई ग्रेड थपको सुविधा दिने गृहको सोँच, प्रहरी नेतृत्वको पाँच ग्रेडमा अडान
प्रदेशमा प्रहरीलाई दुई ग्रेड थपको सुविधा दिने गृहको सोँच, प्रहरी नेतृत्वको पाँच ग्रेडमा अडान आइतबार, फागुन ६, २०८०
प्रभु बैंकका अप्रेसन इन्चार्ज नीरजविक्रम बेपत्ता, सवा करोड अपचलन भएको प्रहरीको भनाइ
प्रभु बैंकका अप्रेसन इन्चार्ज नीरजविक्रम बेपत्ता, सवा करोड अपचलन भएको प्रहरीको भनाइ आइतबार, माघ २८, २०८०
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा शुक्रबार, माघ २६, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्