Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
प्रदेश
  • Home
  • प्रदेश
  • प्रदेशमा प्रहरीलाई दुई ग्रेड थपको सुविधा दिने गृहको सोँच, प्रहरी नेतृत्वको पाँच ग्रेडमा अडान
प्रदेशमा प्रहरीलाई दुई ग्रेड थपको सुविधा दिने गृहको सोँच, प्रहरी नेतृत्वको पाँच ग्रेडमा अडान ३० वर्षे सेवाहदमा प्रहरीमा दुई धार, यस्तो छ प्रहरी समायोजन गर्ने गृहको सोँच
नेपालकागज
नेपालकागज आइतबार, फागुन ६, २०८०

शरद रिजाल (बाग्मती प्रदेश व्युरो), काठमाडाैँ ।
संघीय प्रहरी ऐनको मस्यौदा रोकेर गृह मन्त्रालयले सहसचिवको नेतृत्वमा पाँच सदस्यीय प्रहरी समायोजन समिति गठन गरेको छ । 

गृह मन्त्रालयले प्रशासन महाशाखाका सहसचिवको नेतृत्वमा समायोजन समिति गठन गरेको छ । सो प्रशासन महाशाखा शान्ति–सुरक्षा समन्वय महाशाखाकै सहसचिव नारायणप्रसाद भट्टराईले नै सम्हाल्दै आएका छन् । 

समितिमा नीति तथा योजना महाशाखाका सहसचिव थानेश्वर गौतम सहसंयोजक र नेपाल प्रहरीका डिआइजी राजेश बास्तोला र मन्त्रालयका उपसचिव विश्व न्यौपाने सदस्य छन् । मन्त्रालयकै प्रहरी प्रशासन शाखाका उपसचिव रामबहादुर शाहीलाई सदस्यसचिव तोकिएको छ । प्रहरी समायोजनको तयारीका लागि गठन भएको समितिमा प्रहरीका एकजनाको मात्र प्रतिनिधित्व छ । 

नयाँ संविधान जारी भएको आठ वर्ष बित्दा पनि प्रहरी ऐन नआउँदा समायोजनअघि संघ र प्रदेश सरकारको क्षेत्राधिकार तोक्ने प्रहरी ऐनमा मन्त्रालयको प्राथमिकता छैन ।  समायोजन रोकिँदै आएको छ । 

मन्त्रालयले सहसचिवको नेतृत्वमा पाँच सदस्यीय समायोजन समिति गठन गरेको बारे गृह मन्त्रालयका सह-सचिब तथा प्रवक्ता नारायणप्रसाद भट्टराईसँग बुझ्दा के कुरोमा किन र के कारणले समायोजन प्रक्रिया नमिलेकोहो भनी सोध्दा उनले भने, "चेन अफ कमान्डमा कसरी तालमेल मिलाउने भन्नेलगायत केही विषय मिलाउन बाँकी छ । यससम्बन्धी सबै ऐनमा एकरुपता ल्याउन छलफल भइरहेको छ । ऐनको विधेयक अब छिट्टै परामर्शका लागि पठाउँछौँ । प्रहरी समायोजन ऐनअनुसार सो समिति गठन भएको र संघीय प्रहरी ऐनलाई पनि सँगै अघि बढाउने हो । कानुन तथा कार्यविधि संशोधनका विषयमा पनि यस समितिले काम गर्ने  छ ।"

किन गृहमै रोकियो प्रहरी ऐनको मस्यौदा ? 

सचिब तथा प्रवक्ता नारायणप्रसाद भट्टराईले अगाडि भने, "संघ र प्रदेश प्रहरीबीच तालमेल र समन्वयको विषयमा केही कुरा टुंगिन बाँकी रहेको छ । चेन अफ कमान्डमा कसरी तालमेल मिलाउने भन्नेलगायतका केही विषय मिलाउन बाँकी छ । यससम्बन्धी सबै ऐनमा एकरुपता ल्याउन छलफल भइरहेको छ । ऐनको विधेयक अब छिट्टै परामर्शका लागि पठाउँछौँ ।"

गृह मन्त्रालयले गत पुसदेखि नै प्रहरी समायोजनको तयारीलाई तीव्रता दिएको थियो । संघीय प्रहरी ऐनलाई माघभित्रै अन्तिम रूप दिइने गृह नेतृत्वले बताएको थियो । तर, ऐन गृहबाट अघि बढ्न सकेको छैन । 

सरकारले प्रहरी कर्मचारी समायोजन ऐन २०७६ र नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्यसम्पादन, सुपरिवेक्षण र समन्वय) ऐन २०७६ यसअघि नै जारी गरिसकेको छ ।

समायोजन ऐनअनुसार प्रदेशका प्रहरी एसएसपी तहसम्म मात्र हुन पाउँछन् । प्रदेशको प्रहरी प्रमुखमा डिआइजी संघबाट खटिने प्रावधान छ । अर्काेतर्फ गृहले प्रमुख जिल्ला अधिकारी संघबाटै खटाउने तयारी गरेको छ । प्रहरी प्रमुख प्रदेशको र सिडिओ संघको हुँदा प्रहरी प्रमुखले दुई निकायबाट फरक आदेश आएमा कसको आदेश मान्ने भन्ने समस्या रहने अवस्था छ । 

अर्काेतर्फ, अपराध अनुसन्धानमा पनि विवाद हुन सक्ने प्रहरी अधिकारीको चिन्ता छ । नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्यसञ्चालन, सुपरिवेक्षण तथा समन्वय) ऐन, २०७६ ले गम्भीर किसिमका अपराधको अनुसन्धान नेपाल प्रहरीले गर्ने उल्लेख छ । जसमा राज्यविरुद्धको कसुर, नागरिकता र राहदानीसम्बन्धी कसुर, संगठित अपराधसम्बन्धी कसुर, आतंकवादसम्बन्धी कसुर, मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी तथा साइबर अपराध प्रहरीले अनुसन्धान गर्ने उल्लेख छ । 

त्यस्तै, एकभन्दा धेरै प्रदेशको क्षेत्राधिकार हुने कसुर, सीमापार अपराध र प्रदेश प्रहरीले अनुरोध गरी पठाएका कसुरमा संघीय प्रहरीले अनुसन्धान गर्ने उल्लेख छ । यस्ता अपराधको अनुसन्धानमा प्रदेश प्रहरी र संघ प्रहरीबीच विवाद आउन सक्ने भएकाले यसलाई थप प्रस्ट बनाउनुपर्ने प्रहरीको जोड छ । 

समायोजन र समन्वय ऐन संशोधनको तयारी 
संघीय प्रहरी ऐनको तयारीसँगै प्रहरी कर्मचारी समायोजन ऐन २०७६ र नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्यसम्पादन, सुपरिवेक्षण र समन्वय) ऐन २०७६ को पनि संशोधनको तयारी छ । ऐनका कतिपय प्रावधानले सुरक्षा निकायलाई कमजोर बनाउने प्रहरी चिन्ता छ । दुवै ऐन संशोधनका बारेमा छलफल भइरहेको प्रवक्ता भट्टराई बताउँछन् । 

समन्वय ऐन दफा १३ को प्रावधानले राष्ट्रिय सुरक्षामै जोखिम हुन सक्ने प्रहरी अधिकारी बताउँछन् । उक्त दफामा कुनै प्रदेशमा गम्भीर अशान्ति भए प्रदेश सरकारले नेपाल सरकारलाई अनुरोध गर्न सक्ने उल्लेख छ । तर, संघ सरकार र प्रदेश सरकारबीच राम्रो सम्बन्ध नभएको अवस्थामा गम्भीर अशान्ति भएमा पनि संघमातहतको प्रहरीलाई अनुरोध नगर्न सक्ने त्यस्तो अवस्थामा राष्ट्रिय सुरक्षा र अखण्डतामै जोखिम आउन सक्ने भएकाले यसलाई संशोधन गर्न लागिएको छ । गम्भीर अशान्तिको अवस्थामा केन्द्र सरकारबाट सीधै हस्तक्षेप गर्न सक्ने प्रावधान राख्न प्रस्ताव गरिएको छ । 

यसअघि नै ऐन संशोधन गरी काठमाडौं उपत्यकामा भने केन्द्रीय प्रहरी परिचालन गर्ने प्रावधान राखिएको छ । तर, यससम्बन्धी संविधानमा केही उल्लेख छैन । त्यसकारण संविधानसँग बाँझिने अवस्था छ । समायोजन हुने प्रहरी केन्द्रमा आउन पाउने–नपाउने मुख्य विषय सम्बोधन भएको छैन । प्रदेशमा समायोजन हुने गरी प्रोत्साहनस्वरूप ग्रेड थप लिएर जाने र फेरि संघमा आउँदा आफ्नै ब्याचभन्दा सिनियर हुन सक्ने अवस्था छ । त्यसकारण निश्चित पदमा आन्तरिक प्रतिस्पर्धाबाट बढुवा गर्नुपर्ने प्रहरी प्रस्ताव छ । 

हालको समायोजन ऐनमा प्रदेशमा समायोजन हुने प्रहरीलाई दुई ग्रेड थपको सुविधा दिने प्रावधान छ । प्रहरी नेतृत्वले कम्तीमा पाँच ग्रेड थप दिएर समायोजनमा प्रोत्साहित गर्नुपर्ने अडान राखेको छ । यसअघि निजामती कर्मचारीलाई समायोजन गर्दा एक तह नै बढुवाको सुविधा दिइएको थियो । 

चार वर्षअघि नै केन्द्र र प्रदेशको संगठन तथा व्यवस्थापन सर्वेक्षण भइसकेको छ । जसले केन्द्रमा २४ हजार आठ सय २१ र सात प्रदेशमा ५४ हजार सात सय २० जनशक्ति रहने तय गरेको छ । 

प्रहरी समायोजनका लागि गृह मन्त्रालयले सफ्टवेयरसमेत बनाइसकेको छ । ऐनले कार्यरत पदको ज्येष्ठता, कम्तीमा एक वर्षदेखि कार्यरत प्रदेश, स्थायी बसोवासको ठेगाना, नागरिकतामा उल्लेख ठेगाना र उमेरको ज्येष्ठता गरी पाँच आधारमा समायोजन गर्ने उल्लेख गरेको छ । यिनै पाँच आधारमा सफ्टवेयरमार्फत नै कुन प्रहरीलाई कुन प्रदेश वा संघमा समायोजन गर्ने टुंगो लाग्नेछ । कानुनी आधार तय भएपछि गृहले अनलाइनमार्फत नै आवेदन माग्ने तयारी गरेको छ । आवेदनअनुसार नै विश्लेषण गरेर सफ्टवेयरले समायोजन हुने प्रदेश वा केन्द्रबारे टुंगो लगाउनेछ । 

प्रदेश सरकारको दबाबपछि सरकारले समयोजनको काम अघि बढाएको हो । यद्यपि, संसद्बाट ऐन नबनी आवेदनको काम भने सुरु नहुने गृह मन्त्रालयका अधिकारी बताउँछन् । 

प्रहरीसम्बन्धी ऐनसँगै स्थानीय प्रशासन ऐन २०२८ लाई पनि मन्त्रालयले संशोधन गर्न लागेको छ । सो ऐनले प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी तय गर्छ । संघीय शासन प्रणालीमा शान्ति–सुरक्षा प्रमुख चुनौती हुन सक्ने भएकाले यसमा धेरै छलफलको आवश्यक रहेको गृह मन्त्रालयका अधिकारी बताउँछन् । 

३० वर्षे सेवाहदमा प्रहरीमा दुई धार 
गृह मन्त्रालयले तयार गरेको संघीय प्रहरी ऐनको मस्यौदामा ३० वर्षे सेवाहदको प्रावधान हटाउने प्रस्ताव छ । सेवाहदले प्रहरीमा नेतृत्व विकास प्रभावित बनेको, अनुभवी प्रहरी अधिकारीले छिट्टै अवकाश पाउने गरेको र राज्यलाई पेन्सनको भार बढेको भन्दै हटाउन लागिएको छ । 

विस्तृत अध्ययनविना सेवाहद हटाउँदा केही ब्याचका प्रहरी अधिकारीमाथि भने मर्का पर्ने अवस्था छ । जसका कारण वृत्ति विकासको योजना बनाएर मात्र सेवाहद हटाउन ती प्रहरी अधिकारीले दबाब दिएका छन् । 

०८१ सालमा सेवाहदको प्रावधानले दर्जनौैँ उच्च प्रहरी अधिकारीले अवकाश पाउने भएकाले उनीहरू सामूहिक रूपमा सेवाहद हटाउन लागेका छन् । गृहमन्त्री नारायणकाजी श्रेष्ठले पनि बारम्बार सेवाहद हटाउने बताउँदै आएका छन् । संघीय प्रहरी ऐनमार्फत सेवाहद हटाउने उनको तयारी छ । यस विषयमा प्रहरीमा दुई धार हुँदा सहमति जुट्न सकेको छैन । 
 


प्रकाशित मिति: आइतबार, फागुन ६, २०८०  १७:०६
#सुरक्षा
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य मंगलबार, भदौ १८, २०८१
चिसापानीको कर्णाली पुलमा भयङ्कर आगलागी, अनुसन्धानमा खुल्यो आगलागीको रहस्य....
चिसापानीको कर्णाली पुलमा भयङ्कर आगलागी, अनुसन्धानमा खुल्यो आगलागीको रहस्य.... मंगलबार, फागुन २९, २०८०
बर्दियाको चार्ज सम्हाले दुई एसपीले, रणनिती र कार्यनिती यस्तो छ......
बर्दियाको चार्ज सम्हाले दुई एसपीले, रणनिती र कार्यनिती यस्तो छ...... बिहीबार, फागुन १०, २०८०
प्रभु बैंकका अप्रेसन इन्चार्ज नीरजविक्रम बेपत्ता, सवा करोड अपचलन भएको प्रहरीको भनाइ
प्रभु बैंकका अप्रेसन इन्चार्ज नीरजविक्रम बेपत्ता, सवा करोड अपचलन भएको प्रहरीको भनाइ आइतबार, माघ २८, २०८०
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा शुक्रबार, माघ २६, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्