काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो चाड तिहारको अन्तिम दिन मनाइने भाइटीकामा दाजुभाइ तथा दिदीबहिनीबीच उपहार आदानप्रदान गर्ने परम्परा पुरानै हो। तर समयसँगै उपहार दिने शैली र छनोटमा परिवर्तन आउन थालेको छ।
परम्परागत मिठाई, कपडा र अन्य सामग्रीसँगै अहिले प्रविधिजन्य उपकरण पनि भाइटीकाका आकर्षक उपहार बन्न थालेका छन्।
बदलिँदो जीवनशैलीसँगै दैनिक प्रयोगमा उपयोगी हुने सामग्री उपहार दिने चलन बढ्दै गएको छ। दाजुभाइ तथा दिदीबहिनीको रुचि, आवश्यकता र जीवनशैलीलाई ध्यानमा राखेर उपहार छनोट गर्ने प्रवृत्तिले भाइटीकाको उपहार संस्कृतिमा नयाँपन थपेको छ।
यही परिवर्तित सोचलाई लक्षित गर्दै प्रविधि ब्रान्ड HONOR ले यस वर्षको भाइटीकाका लागि ‘यसपालीको भाइटीका, केही फरक उपहार’ अभियान सञ्चालनमा ल्याएको छ। अभियानमार्फत कम्पनीले आफ्ना स्मार्टफोन, ट्याब्लेट, ल्यापटप तथा AIoT उत्पादनलाई भाइटीकाका लागि उपयोगी र आधुनिक उपहारका रूपमा प्रस्तुत गरेको छ।
कम्पनीका अनुसार पढाइमा व्यस्त भाइबहिनीका लागि HONOR का ट्याब्लेट र ल्यापटप अध्ययन सामग्री पढ्न, डिजिटल नोट बनाउन, असाइनमेन्ट तयार गर्न तथा अनलाइन कक्षामा सहभागी हुन उपयोगी हुन सक्छन्।
त्यस्तै, संगीतमा रुचि राख्नेहरूका लागि HONOR Earbuds X10 Lite र Earbuds A Pro तथा फिटनेस र दैनिक गतिविधिमा ध्यान दिनेहरूका लागि HONOR Watch X5i उपहारका विकल्पका रूपमा प्रस्तुत गरिएको छ।
प्रविधिजन्य सामग्री उपहार दिँदा चाडपर्वको खुसीसँगै दैनिक जीवनमा समेत उपयोगिता थपिने कम्पनीको विश्वास छ। यस्ता उपहारले पढाइ, काम, मनोरञ्जन तथा व्यक्तिगत गतिविधिमा सहयोग पुर्याउन सक्ने भएकाले पछिल्लो समय आकर्षण बढ्दै गएको देखिन्छ।
HONOR को यस अभियानले भाइटीकाको परम्परागत आत्मीयतालाई कायम राख्दै उपहार दिने शैलीमा नयाँपन थप्ने प्रयास गरेको छ। उपहारको महत्त्व त्यसको मूल्यभन्दा पनि त्यसले दिने माया, सम्झना र उपयोगितामा रहने सन्देश अभियानले दिएको छ।
यस वर्षको भाइटीकामा परम्परागत मायासँगै प्रविधिको साथ जोड्ने उद्देश्यसहित HONOR ले ‘यसपालीको भाइटीका, केही फरक उपहार’ अभियान अघि सारेको हो।