Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
समाज
  • Home
  • समाज
  • दाङमा व्यावसायिक बाख्रापालन गरेर आम्दानी गर्दै महिला
दाङमा व्यावसायिक बाख्रापालन गरेर आम्दानी गर्दै महिला
नेपालकागज
नेपालकागज बिहीबार, भदौ २, २०७९

रञ्जिता अधिकारी, देउखुरी । दाङको लमही नगरपालिका–९ हर्दवाकी कृष्णीकुमारी बुढा पाँच वर्षअघि उहाँँ लमही बजारमा बस्नुहुन्थ्यो । कमाइ केही थिएन । उहाँँका श्रीमान् पदमबहादुर विसी कमाइको खोजीमा मलेसिया जानुभएको थियो ।

उहाँले सिलाइकटाइ तालिम लिनुभयो र कपडा सिलाउन थाल्नु भयो तर त्यसबाट भनेजति कमाइ हुन सकेन । उहाँले हर्दवामा रहेको माइती घरमा जानुभयो र त्यहीँ बाख्रापालन थाल्नुभयो । चार बाख्राबाट सुरु गरेको व्यवसाय बढ्दै गएपछि गाउँमै उहाँ रमाउन थाल्नुभयो । अहिले उहाँँको फार्ममा ८० बाख्रा छन् । उहाँले विसं २०७८ को दसैँमा रु दुई लाखका खसीबोका बिक्री गर्नुभयो । बाख्राबाटै वार्षिक रु चार लाखभन्दा बढी कमाइ हुने गरेको छ ।

यही कमाइबाटै उहाँँले छ कट्ठा जग्गा किनिसक्नुभएको छ । “सुरुमा माइतीले दिएको एक कट्ठामा बाख्रा पाल्न सुरु गरेकी थिएँ, अहिले कमाएर जग्गा थपेँ”, कृष्णीकुमारीले भन्नुभयो, “बाख्राबाट राम्रो कमाइ हुन थालेपछि श्रीमान् पनि यही फर्कनुभएको छ, दुवैजना मिलेर बाख्रापालन गरेका छौँ ।” अर्काको भूमिमा पसिना बगाउनुको साटो आफ्नै गाउँ घरमै प्रशस्त कमाइ भएपछि श्रीमान्श्रीमती मिलेर काम गरेको उहाँँले बताउनुभयो ।

लमही–९ रिहारकी हुमा वलीले २०७२ सालबाट व्यावसायिक रुपमा बाख्रा पालन गर्नुभएको छ । रिहारस्थित कर्मठ महिला सामाजिक उद्यमी सहकारी संस्था लिमिटेडले दिएका तीन बाख्राबाट व्यवसाय सुरु गरेकामा अहिले उहाँसँग  ५० बाख्रा छन् । उहाँका श्रीमान् मानसिंह वली वैदेशिक रोजगारीका लागि साउदी जानुभएको थियो । गाउँमा बाख्रा पालनबाट राम्रो आम्दानी हुन थालेपछि हुमाले श्रीमान्लाई घरमै बाख्रा पालन गरौँला भनेर बोलाउनुभयो । 

अहिले उहाँँसँग १५ खसी, १३ माउ र साना पाठापाठी २३ छन् । गत दसैँमा रु दुई लाख ९१ हजारका खसी बिक्री भएका थिए । यसपाली पनि १२ खसी दसँैमा बिक्री गर्ने भनेर पालेको उहाँँले बताउनुभयो । घरमा पालेका खसी बढीमा ४० किलोसम्मका बिक्री गर्न उहाँ सफल हुनुभएको छ ।

गत वर्षका ३० खसी रोगै पत्ता नलागेर मरे तर पनि हरेस नखाएर काममा लागेको उहाँँको भनाइ छ । उहाँको पाँच जनाको परिवार छ । “सबैले मिलेर घरको काम गर्ने गरेका छौँ”, उहाँले भन्नुभयो, “घरको छेउमा सुपरनेपियर, किमु, जिगट र मकैचरी घाँस रोपेका छौं, बाख्रालाई खुवाउन सजिलो भएको छ ।” 

बाख्रामा खासै लगानी गरिएको छैन तर आम्दानी भने नसोँचेको भएको उहाँको भनाइ छ । उहाँका अनुसार सहकारीको सहयोगमा व्यावसायिक हुन पाइएको छ । लमही–९ हर्दवाकी गङ्गा घर्र्तीले पनि व्यावसायिक रुपमा बाख्रा पाल्नुभएको छ । अरु समयमा पनि बाख्रा बिक्री हुन्छ, तर २०७८ सालको दसैँमा मात्रै खसीबोका बेचेरै उहाँले रु तीन लाख कमाउनुभएको हो ।

उहाँसँग ५५ बाख्रा छन् । उहाँ वर्षमा रु चार लाख ५० हजारभन्दा बढी आम्दानी गर्ने गरेको बताउनुहुन्छ । “अहिले त जुनी नै फेरिएजस्तो भएको छ, पहिले भैँसी पालेर खान मात्र ठिक्क हुन्थ्यो”, उहाँले भन्नुभयो, “अहिले कमाइ छ, अरुलाई सापट दिनसक्ने भएकी छु ।” 

नौ वर्षअघि ग्रामीण महिला उत्थान केन्द्रबाट उपहार पाएका दुई बाख्राबाट उहाँले व्यवसाय सुरु गर्नुभएको हो । उहाँले भन्नभयो, “अझै बढाउने योजना छ ।” महिला सहकारीबाट बिना धितो ऋण, बाख्रा उपहार र तालिम, डालेघाँसको बीउ, प्राविधिक सेवा दिन थालेपछि हौसला बढेको घर्तीले बताउनुभयो ।

राम्रो आम्दानी भएपछि महिलाहरू बाख्रापालन व्यवसायमा आकर्षित भइरहेको लमही–९ रिहारस्थित कर्मठ महिला सामाजिक उद्यमी सहकारी संस्था लिमिटेडका अध्यक्ष देवीमाया थापाले बताउनुभयो । “सहकारीबाट व्यवसाय गर्न चाहने महिलालाई ऋण दिने, तालिम दिने, सरकारी अनुदानमा सहयोग गर्नेजस्ता काम गर्दै आएका छौँ”, उहाँले भन्नुभयो, “धेरै महिलाको बैंकमा धितो राख्ने दर्ता जग्गा छैन, त्यस्तो बेला सहकारी नै जमानी बसेर बैंकबाट महिलालाई ऋण निकालिदिएका छौँ ।” 

सहकारीका एक हजार २०० सदस्यमध्ये ५० बढीले बाख्रापालन गर्दै आएको उहाँले बताउनुभयो । सहकारी संस्थाले संस्थामा आवद्ध सदस्यलाई तीन देखि चार बाख्रा दिएर सहयोग गर्ने गरेको अध्यक्ष थापाले बताउनुभयो । 

आफूले उत्पादन गरेको बस्तु बिक्री गर्न सजिलो होस् भनेर सहकारीले खसीबोका खरिद गर्ने गरेको छ । गत दसैँमा सहकारीले जिउँदो २० देखि २६ किलोसम्मको खसीको प्रतिकिलो रु चार सय २० निर्धारण गरिएको थियो । त्यस्तै सहकारीले गत दसैँमा २७ देखि ३५ किलोसम्मका खसीलाई प्रतिकिलो रु चार सय ९० र ३५ किलोभन्दा माथिका जिउँदो खसीलाई प्रतिकिलो रु पाँच सय मूल्य निर्धारण गरेर किसानसँग खरिद गरेको थियो ।

 त्यस्तै बोका २५ किलोभन्दा कम तौल भएकालाई प्रतिकिलो जिउँदो रु चार सय ३० र सोभन्दा माथिकालाई प्रतिकिलो रु चार सय ५० मूल्य निर्धारण गरेर खरिद गरेको अध्यक्ष थापाले बताउनुभयो  ।

लमही–९ रिहारमा रहेको कर्मठ सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडमा एक हजार तीन सय ३५ सदस्य रहेका छन् । यो संस्था २०७० सालमा स्थापना भएको हो । यसको कार्यक्षेत्र लमही–८ र ९ राजपुर गाउँपालिकाको ६ र ७ नम्बर वडामा रहेको छ । 

संस्थाले बचत तथा ऋण कारोबार, रासायनिक मल खरिद बिक्री, खसीबोका तथा माउ बाख्रा सङ्कलन गरी बिक्री, बाख्राको दानाको बजारीकरण, पशु बीमा गर्नेलगायत काम गर्ने गरेको सहकारीका व्यवस्थापक हरिनारायण चौधरीले जानकारी दिनुभयो । सहकारी संस्थामा आवद्ध २३ महिलाले फर्म नै दर्ता गरेर व्यवसायिक रुपमा बाख्रा पाल्दै आउनुभएको छ । सहकारीले संस्थामा आबद्ध सदस्यलाई तीनदेखि चार माउ बाख्रा वितरण गरेर सहयोग गर्ने गरेको छ । 
 
समूहमा आवद्ध महिलाले पालेका खसीबोका सहकारीले खरिद गरेर बिक्री गर्ने गरेको छ । यसरी खरिद गरिएका खसीबाख्रा तुलसीपुर, बुटवल, काठमाडौँका खसी व्यापारीले खरिद गर्ने गरेको उहाँको भनाइ छ । दसैँमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई प्रत्यक वर्ष खसीबाख्रा बिक्री गर्ने गरिएको छ । सहकारीले आर्थिक वर्ष २०७८÷७९मा दुई हजार ५० खसीबोका बिक्री गरेको हो । 


प्रकाशित मिति: बिहीबार, भदौ २, २०७९  १४:३५
#दाङ
प्रतिक्रिया दिनुहोस्
थप समाज
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा मंगलबार, असोज १, २०८१
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु आइतबार, भदौ २३, २०८१
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन सोमबार, भदौ १७, २०८१
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम आइतबार, भदौ १६, २०८१
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन्
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन् मंगलबार, जेठ १५, २०८१
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी 
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी  शनिबार, जेठ ५, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्