काठमाडौं । प्रहरीले देशका विभिन्न जिल्लाबाट अवैध लागुऔषधसहित ३५ जनालाई पक्राउ गरेको छ।प्रहरीको कारबाहीमा बर्दियाको राजापुर नगरपालिका–१० कोठियाघाट पुलबाट एक जनालाई लागुऔषधसहित पक्राउ गरिएको छ।
यस्तै सुनसरीको बराहक्षेत्र नगरपालिका–६ ठाकुरबारीबाट छ जना, इनरुवा नगरपालिका–४ बसचोकबाट तीन जना, बराहक्षेत्र नगरपालिका–७ सोमबारेबाट दुई जना, धरान उपमहानगरपालिका–१३ आदर्शनगरबाट एक जना, इटहरी उपमहानगरपालिका–१७ पकलीबाट पाँच जना र इटहरी–१७ बाट एक जना पक्राउ परेका छन्।
कञ्चनपुरको पुनर्वास नगरपालिका–११ अमरबस्ती मसानघाटबाट तीन जना, नुवाकोटको विदुर नगरपालिका–९ बाघटारबाट दुई जना तथा सिराहाको गोलबजार नगरपालिका–६ गुम्बाटोलबाट एक जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
यसैगरी काठमाडौंको टोखा नगरपालिका–९ गोङ्गबुबाट ब्राउनसुगरसहित दुई जना पक्राउ परेका छन्। झापाको गौरीगञ्ज गाउँपालिका–२ बाट दुई जना, मेचीनगर नगरपालिका–६ पुरानो मेचीपुलबाट एक जना तथा बिर्तामोड नगरपालिका–४ कञ्चनजङ्घा टोलबाट दुई जना पक्राउ परेका छन्।
भक्तपुरको सूर्यविनायक नगरपालिका–५ कटुन्जे चोकबाट एक जना, मध्यपुरथिमि नगरपालिका–९ बोडेबाट एक जना तथा मध्यपुरथिमि नगरपालिका–५ राधेराधेमा डेरा गरी बस्ने जुम्ला घर भएका एक जनालाई पनि लागुऔषधसहित पक्राउ गरिएको छ।
नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार पक्राउ परेका सबैमाथि सम्बन्धित प्रहरी कार्यालयबाट आवश्यक अनुसन्धान भइरहेको छ।