Top Navigation
  • Home
  • About Us
    • History
    • Background
  • Advertisementes
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • History
    • Background
  • Advertisementes
  • Our Team
  • Contact
बुधबार, असोज १०, २०८० १२ : ०७ : २२
Logo
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Trending
  • #बर्दिया
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • स्वास्थ्य मन्त्रीलाई क्यान्सरका बिरामीका आफन्तको गुनासो : समयमै उपचार र औषधि पाइएन
स्वास्थ्य मन्त्रीलाई क्यान्सरका बिरामीका आफन्तको गुनासो : समयमै उपचार र औषधि पाइएन
नेपालकागज
बुधबार, भदौ २७, २०८० नेपालकागज

नारायण अधिकारी, चितवन । चितवनस्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचारका लागि आएका बिरामी र  आफन्तले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतसँग अस्पतालमा हुने गरेका समस्या राखेका छन् । 

उनीहरूले मङ्गलबार अस्पताल निरीक्षण गर्न पुग्नुभएका मन्त्री बस्नेतलाई अस्पतालको प्रशासन कार्यालय अगाडि भेटेर समयमा उपचार नपाएको गुनासो गरेका हुन् ।  

मोरङबाट उपचारका लागि यहाँ आउनुभएकी दिव्या तिमिल्सिनाले अस्पतालमा पर्याप्त उपकरण नहुँदा उपचारका लागि बाहिर जानुपर्ने बाध्यता रहेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “सरकारी अस्पताल भनेर आउने तर उपचारका लागि बाहिर जानुपर्ने हो ।” 

यस्तै पर्वतबाट श्रीमतीको उपचारका लागि आउनुभएका बलराम सुवेदीले अस्पतालका चिकित्सकले बिरामीलाई उपचारका लागि बाहिर पठाउने गरेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “अस्पतालमा शय्या खाली हुँदा पनि पालोमा राखिने गरेको छ । त्यससँगै समयमा उपचारका लागि निजी अस्पताल पठाउने गरिएको छ ।” स्वास्थ्य बिमाबाट पाउने गरेको सेवा–सुविधासमेत अस्पतालबाट नपाएको उहाँले गुनासो गर्नुभयो । 

मन्त्री बस्नेत आएको जानकारी पाएर अस्पतालको प्रशासन भवन अगाडि जम्मा भएका बिरामीका आफन्तले बिमाबाट अस्पतालको फार्मेसीमा पाउनुपर्ने औषधिसमेत नपाएको गुनासो गरेका थिए ।  सुवेदीले थप्नुभयो, “बिमाबाट सिटामोलसमेत पाउन सकिएन मन्त्रीज्यू”, बाहिरी जिल्लामा बिमाबाट भएको उपचार र पाएको औषधि यहाँ बाहिर किन्नुपरेको उहाँको गुनासो थियो ।

गुल्मीबाट बिरामी लिएर आउनुभएका कृष्णप्रसाद न्यौपानेको पनि गुनासो उस्तै थियो । सरकारले दिएको सेवा–सुविधासमेत अस्पतालबाट पाउन नसकेको भन्दै उहाँले मन्त्रीका सामु आक्रोश पोख्नुभयो । बिरामी र बिरामीका आफन्तलाई अस्पतालका कर्मचारीले हेयका दृष्टिले हेर्ने गरेको गुनासो राख्दै उहाँले भन्नुभयो, “कर्मचारीले बिरामीका आफन्तलाई बुझ्ने भाषामा बुझाउने हो कि झर्कनेफर्कने हो ।”

सर्लाहीबाट उपचारका लागि आएकी एक महिलाले पैसाको अभावमा उपचार गर्न नसक्ने अवस्था आएको पीडा सुनाउनुभयो । उहाँले भन्नुभयो, “गाउँलेको सहयोगमा उपचार गराइरहेकी छु, अब कति दुःख दिनु”, गाउँबाट सहयोग गरिरहने दिदीले काठमाडौँ जानुपर्ने भयो भन्नुभयो अब कसरी उपचार गर्ने उहाँको गुनासो थियो । अस्पतालमा बिजुलीदेखि खानेपानी, शौचालयसम्म र चमेना गृहसम्मको गुनासो मन्त्री बस्नेतलाई बिरामीका आफन्तले राखेका थिए ।

बिरामी र बिरामीका आफन्तको गुनासो सुनिसकेपछि मन्त्री बस्नेतले अस्पतालमा आएका बिरामी बाहिर पठाउन नपाउने तथा त्यस्तो गरेमा अस्पताल प्रशासन र चिकित्सकलाई कारबाही गरिने बताउनुभयो । मन्त्री बस्नेतले भन्नुभयो, “योभन्दा सेवा–सुविधा भएको अस्पताल कुन हुनसक्छ । यहाँबाट बिरामी बाहिर पठाउने काम बन्द हुनुपर्छ । बिरामी बाहिर पठाए कारबाहीको भागिदार बन्नुपर्ने छ ।” 

अस्पताल प्रशासनलाई निर्देशन दिँदै उहाँले थप्नुभयो, “अस्पताल आएका बिरामी को कहाँ कति सिफारिस भए, के कारणले भए मलाई मासिक विवरण पठाउनुहोला ।” सरकारी अस्पतालमा आएका बिरामीलाई उपचारका लागि निजीमा पठाउने छुट कसैलाई नभएको उहाँको भनाइ थियो । 

“कान्ति बाल अस्पतालमा चिकित्सकको लापरवाहीले बालकको मृत्यु भयो । त्यसको सजाय सम्बन्धित चिकित्सकले पाउनेछन् । त्यसैगरी यहाँ पनि कारबाही हुन्छ”, अस्पताल प्रशासनलाई निर्देशन दिँदै मन्त्री बस्नेतले भन्नुभयो– “सहजै हुने सुधार १५ दिनभित्र गर्नु र अन्यको प्रक्रिया अघि बढाउनु । बिरामीले दुःख पाउनु भएन ।” तीन महिनाभित्र नतिजा दिने गरी काम गर्न उहाँले अस्पतालका चिकित्सक कर्मचारीलाई निर्देशनसमेत दिनुभयो । उहाँले भन्नुभयो, “नतिजा आउने गरी काम गर्नुस् । आवश्यक सहयोग म गर्छु ।”

हुँदा खाने वर्गको पहुँचमा स्वास्थ्य सेवा पुर्याउन आफू लागिपरेको उल्लेख गर्दै मन्त्री बस्नेतले अहिले आठ सयभन्दा बढी चिकित्सकको काज सरुवा बदर गरी गाउँ पठाइएको जानकारी दिनुभयो । अहिले सरकारले तीन हजार पाँच सय २३ शय्या निःशुल्क गरेको र यसलाई अझै प्रभावकारीरूपमा अघि बढाउने उहाँले बताउनुभयो । 

पैसाको अभावमा उपचार गर्न नपाएको गुनासो गरेकी सर्लाहीकी महिलालाई मन्त्री बस्नेतले रु पाँच हजार नगद सहयोग गर्दै निःशुल्क उपचारका लागि अस्पताल प्रशासनलाई निर्देशनसमेत दिनुभयो ।

मन्त्री बस्नेतका साथमा रहनुभएका बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले भनसुनका आधारमा उपचार नभई सबैलाई एउटै तवरले व्यवहार गर्न कर्मचारीलाई निर्देशन दिनुभयो । मानवीयतासँग जोडिएको कुरामा खेलवाड गर्ने छुट कसैलाई नभएको भन्दै उहाँले अस्पताललाई क्षति हुने गरी काम गर्न छुट कसैलाई छैन भन्नुभयो ।
  
अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलले अस्पतालमा अहिले दैनिक एक हजार एक सय १५ सम्म बिरामी बहिरङ्ग सेवामा आउने गरेको जानकारी दिनुभयो । जसमध्ये दुई सय २६ बिरामी नयाँ र अन्य नियमित जाँचका लागि आउने गरेको उहाँले बताउनुभयो । 

अस्पतालमा अहिले चार सय ५० शय्या सञ्चालनमा रहेको बताउँदै उहाँले यहाँको सेवालाई अझै प्रभावकारी बनाउँदै लैजानेतर्फ प्रशासन लागिपरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अस्पतालमा आएका बिरामीलाई गुणस्तरीय स्वास्थ्य सेवा यही दिने गरी हामीले काम अघि बढाएका छौँ ।”

सो अवसरमा अस्पताल सञ्चालक समितिका अध्यक्ष डा विजय न्यौपानेले लामो समयदेखि अस्पतालमा कार्यकारी निर्देशक नहुँदा झेल्नुपरेको समस्या र त्यसबाट उत्पन्न विभिन्न बाधा विस्तारै हल हुँदै गएको बताउनुभयो । 

अस्पतालमा कार्यकारी निर्देशक नियुक्तिमा भएको ढिलाइले औषधि खरिददेखि अन्य काम रोकिएको भन्दै उहाँले अब यी काम छिट्टै पूरा हुने बताउनुभयो । चार महिना रिक्त रहेपछि गत सातामात्रै अस्पतालले कार्यकारी निर्देशक पाएको हो ।


प्रकाशित मिति: बुधबार, भदौ २७, २०८०, १०:२४:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
क्यान्सरविरुद्धको खोप अभियान असोज ५ गतेसम्म जारी रहने
क्यान्सरविरुद्धको खोप अभियान असोज ५ गतेसम्म जारी रहने मंगलबार, असोज २, २०८०
३८ दिनदेखि जारी चिकित्सा शिक्षा सङ्घर्ष समितिको अनशन तोडियो
३८ दिनदेखि जारी चिकित्सा शिक्षा सङ्घर्ष समितिको अनशन तोडियो सोमबार, असोज १, २०८०
बालिका मृत्यु प्रकरणका दोषीमाथि कारबाही हुन्छ :  मन्त्री बस्नेत
बालिका मृत्यु प्रकरणका दोषीमाथि कारबाही हुन्छ : मन्त्री बस्नेत आइतबार, भदौ २४, २०८०
आँखा पाक्ने रोगको सङ्क्रमणका कारण धमाधम विद्यालय बन्द
आँखा पाक्ने रोगको सङ्क्रमणका कारण धमाधम विद्यालय बन्द शुक्रबार, भदौ १, २०८०
भर्खरै
तस्कर राज र भ्रष्टाचार, तथाकथित 'घुमुवा डन'को आतंक
तस्कर राज र भ्रष्टाचार, तथाकथित 'घुमुवा डन'को आतंक सन्दिप नाथ योगी
चीनतर्फ पनि बिजुली व्यापारको ढोका खुल्यो, उच्च क्षमताको प्रसारण लाइन निर्माण हुने
चीनतर्फ पनि बिजुली व्यापारको ढोका खुल्यो, उच्च क्षमताको प्रसारण लाइन निर्माण हुने नेपालकागज
सुन तस्करीका घटनामा दोषीलाई कारबाही गराउने गरी आयोग गठन हुनुपर्छ : अध्यक्ष ओली
सुन तस्करीका घटनामा दोषीलाई कारबाही गराउने गरी आयोग गठन हुनुपर्छ : अध्यक्ष ओली नेपालकागज
दुई देशको सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ– चिनियाँ प्रधानमन्त्री
दुई देशको सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ– चिनियाँ प्रधानमन्त्री नेपालकागज
नेपालमा लगानी गर्न चिनियाँ लगानीकर्तालाई प्रधानमन्त्रीको आग्रह
नेपालमा लगानी गर्न चिनियाँ लगानीकर्तालाई प्रधानमन्त्रीको आग्रह नेपालकागज
लोकप्रिय समाचार
  • Week
  • Month
तस्कर राज र भ्रष्टाचार, तथाकथित 'घुमुवा डन'को आतंक
तस्कर राज र भ्रष्टाचार, तथाकथित 'घुमुवा डन'को आतंक
दुर्गमको विद्यालयमा तीन दशक बिताउँदा...
नेपालद्वारा विविएनजे सम्झौतामा हस्ताक्षर
चीनतर्फ पनि बिजुली व्यापारको ढोका खुल्यो, उच्च क्षमताको प्रसारण लाइन निर्माण हुने
काठमाडौँ महानगरका शिक्षकले सडकमै हाजिर गरे
तस्कर राज र भ्रष्टाचार, तथाकथित 'घुमुवा डन'को आतंक
तस्कर राज र भ्रष्टाचार, तथाकथित 'घुमुवा डन'को आतंक
गैह्रीगाउँ हत्या प्रकरण : चारमध्ये तीन जना एकै परिवारका, सबैको सनाखत
स्कुल नजिकैबाट दुई थान पेस्तोल र एक राउण्ड गोलीसहित माझी पक्राउ
भ्यानमा मरेका सात गाईसहित दुई व्यक्ति पक्राउ
पाँच वर्षभित्र प्रमाणपत्रमा उमेर, नाम र जात सच्याउन पाइने
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: ne[email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© Nepal Kagaj-2023 All rights reserved. Powered by: SoftNEP