काठमाडौं । विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता फिफा विश्वकप २०२६ आगामी जुन ११ देखि सुरु हुँदैछ। अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्ने यो विश्वकप इतिहासकै सबैभन्दा ठूलो संस्करण हुनेछ। विश्वकपको यो २३औँ संस्करण पहिलो पटक ४८ राष्ट्रको सहभागितामा आयोजना हुन लागेको हो।
यसअघि विश्वकपमा ३२ टोली सहभागी हुने व्यवस्था रहेकामा यस संस्करणबाट टोली संख्या बढाएर ४८ पुर्याइएको छ। प्रतियोगिता जुन ११ देखि जुलाई १९ सम्म अमेरिका, क्यानडा र मेक्सिकाका १६ शहरमा सञ्चालन हुनेछ।
उद्घाटन खेल जुन ११ मा मेक्सिको सिटीस्थित मेक्सिको सिटी स्टेडियममा आयोजक मेक्सिको र दक्षिण अफ्रिकाबीच हुनेछ। सोही दिन समूह ‘ए’ अन्तर्गत दक्षिण कोरिया र चेकियाबीच अर्को खेल हुनेछ।
प्रतियोगितामा ४८ टोलीलाई १२ समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ देखि ‘एल’ सम्मका टोलीहरूले समूह चरणमा प्रतिस्पर्धा गर्नेछन्। समूह विजेता, उपविजेता तथा उत्कृष्ट तेस्रो स्थानका टोलीहरू नकआउट चरणमा प्रवेश गर्नेछन्।
समूह चरणका खेलहरू जुन २७ सम्म चल्नेछन् भने नकआउट चरण जुन २८ बाट सुरु हुनेछ। राउण्ड अफ ३२, अन्तिम १६, क्वार्टरफाइनल, सेमिफाइनल हुँदै प्रतियोगिताको फाइनल जुलाई १९ मा न्युयोर्क–न्यु जर्सी स्टेडियममा हुनेछ।
सेमिफाइनल खेलहरू जुलाई १४ र १५ मा क्रमशः डलास र एटलान्टामा हुनेछन्। तेस्रो स्थानका लागि हुने खेल जुलाई १८ मा मियामीमा आयोजना गरिनेछ।
५ पटकको विश्वकप विजेता ब्राजिल, ३ पटकको अर्जेन्टिना, ४ पटकको जर्मनी, २ पटकको उरुग्वे, २ पटकको फ्रान्स, एक पटकको विजेता स्पेन र एक पटक विश्वकप विजेत इंग्ल्यान्ड र फुटबलका हस्ती राष्ट्र पोर्चुगल, नेदरल्यान्ड्स, बेल्जियमजस्ता शक्तिहरूसहित नयाँ टोलीहरूको सहभागिताले विश्वकप थप प्रतिस्पर्धात्मक बन्ने अपेक्षा गरिएको छ।
फिफाका अनुसार विश्वकप २०२६ मा हालसम्मकै धेरै खेल खेलाइनेछ। प्रतियोगितामा कुल १०४ खेल हुनेछन्, जसले यसलाई विश्वकप इतिहासकै सबैभन्दा ठूलो संस्करण बनाउनेछ।
कुन टोली को सँग खेल्नेछन् ? यस्तो छ खेल तालिका
समूह ‘ए’
जुन ११ : मेक्सिको vs दक्षिण अफ्रिका — मेक्सिको सिटी स्टेडियम
जुन ११ : दक्षिण कोरिया vs चेक रिपब्लिक — एस्टाडियो ग्वाडालाहारा
जुन १८ : चेक रिपब्लिक vs दक्षिण अफ्रिका — एटलान्टा स्टेडियम
जुन १८ : मेक्सिको vs दक्षिण कोरिया — एस्टाडियो ग्वाडालाहारा
जुन २४ : चेक रिपब्लिक vs मेक्सिको — मेक्सिको सिटी स्टेडियम
जुन २४ : दक्षिण अफ्रिका vs दक्षिण कोरिया — एस्टाडियो मोन्टेरे
समूह ‘बी’
जुन १२ : क्यानडा vs बोस्निया एन्ड हर्जेगोभिना — टोरोन्टो स्टेडियम
जुन १३ : कतार vs स्विट्जरल्यान्ड — सान फ्रान्सिस्को बे एरिया स्टेडियम
जुन १८ : स्विट्जरल्यान्ड vs बोस्निया एन्ड हर्जेगोभिना — लस एन्जलस स्टेडियम
जुन १८ : क्यानडा vs कतार — बीसी प्लेस, भ्यानकुभर
जुन २४ : स्विट्जरल्यान्ड vs क्यानडा — बीसी प्लेस, भ्यानकुभर
जुन २४ : बोस्निया एन्ड हर्जेगोभिना vs कतार — सियाटल स्टेडियम
समूह ‘सी’
जुन १३ : हैटी vs स्कटल्यान्ड — बोस्टन स्टेडियम
जुन १३ : ब्राजिल vs मोरक्को — न्युयोर्क–न्युजर्सी स्टेडियम
जुन १९ : ब्राजिल vs हैटी — फिलाडेल्फिया स्टेडियम
जुन १९ : स्कटल्यान्ड vs मोरक्को — बोस्टन स्टेडियम
जुन २४ : स्कटल्यान्ड vs ब्राजिल — मियामी स्टेडियम
जुन २४ : मोरक्को vs हैटी — एटलान्टा स्टेडियम
समूह ‘डी’
जुन १२ : अमेरिका vs पाराग्वे — लस एन्जलस स्टेडियम
जुन १३ : अष्ट्रेलिया vs टर्की — बीसी प्लेस, भ्यानकुभर
जुन १९ : टर्की vs पाराग्वे — सान फ्रान्सिस्को बे एरिया स्टेडियम
जुन १९ : अमेरिका vs अष्ट्रेलिया — सियाटल स्टेडियम
जुन २५ : टर्की vs अमेरिका — लस एन्जलस स्टेडियम
जुन २५ : पाराग्वे vs अष्ट्रेलिया — सान फ्रान्सिस्को बे एरिया स्टेडियम
समूह ‘ई’
जुन १४ : आइभरी कोस्ट vs इक्वेडर — फिलाडेल्फिया स्टेडियम
जुन १४ : जर्मनी vs कुरासाओ — ह्युस्टन स्टेडियम
जुन २० : जर्मनी vs आइभरी कोस्ट — टोरोन्टो स्टेडियम
जुन २० : इक्वेडर vs कुरासाओ — कान्सास सिटी स्टेडियम
जुन २५ : कुरासाओ vs आइभरी कोस्ट — फिलाडेल्फिया स्टेडियम
जुन २५ : इक्वेडर vs जर्मनी — न्युयोर्क–न्युजर्सी स्टेडियम
समूह ‘एफ’
जुन १४ : नेदरल्यान्ड्स vs जापान — डलास स्टेडियम
जुन १४ : स्विडेन vs ट्युनिसिया — एस्टाडियो मोन्टेरे
जुन २० : नेदरल्यान्ड्स vs स्विडेन — ह्युस्टन स्टेडियम
जुन २० : ट्युनिसिया vs जापान — एस्टाडियो मोन्टेरे
जुन २५ : जापान vs स्विडेन — डलास स्टेडियम
जुन २५ : ट्युनिसिया vs नेदरल्यान्ड्स — कान्सास सिटी स्टेडियम
समूह ‘जी’
जुन १५ : इरान vs न्युजिल्यान्ड — लस एन्जलस स्टेडियम
जुन १५ : बेल्जियम vs इजिप्ट — सियाटल स्टेडियम
जुन २१ : बेल्जियम vs इरान — लस एन्जलस स्टेडियम
जुन २१ : न्युजिल्यान्ड vs इजिप्ट — बीसी प्लेस, भ्यानकुभर
जुन २६ : इजिप्ट vs इरान — सियाटल स्टेडियम
जुन २६ : न्युजिल्यान्ड vs बेल्जियम — बीसी प्लेस, भ्यानकुभर
समूह ‘एच’
जुन १५ : साउदी अरेबिया vs उरुग्वे — मियामी स्टेडियम
जुन १५ : स्पेन vs काबो भेर्डे — एटलान्टा स्टेडियम
जुन २१ : उरुग्वे vs काबो भेर्डे — मियामी स्टेडियम
जुन २१ : स्पेन vs साउदी अरेबिया — एटलान्टा स्टेडियम
जुन २६ : काबो भेर्डे vs साउदी अरेबिया — ह्युस्टन स्टेडियम
जुन २६ : उरुग्वे vs स्पेन — एस्टाडियो ग्वाडालाहारा
समूह ‘आई’
जुन १६ : फ्रान्स vs सेनेगल — न्युयोर्क–न्युजर्सी स्टेडियम
जुन १६ : इराक vs नर्वे — बोस्टन स्टेडियम
जुन २२ : नर्वे vs सेनेगल — न्युयोर्क–न्युजर्सी स्टेडियम
जुन २२ : फ्रान्स vs इराक — फिलाडेल्फिया स्टेडियम
जुन २६ : नर्वे vs फ्रान्स — बोस्टन स्टेडियम
जुन २६ : सेनेगल vs इराक — टोरोन्टो स्टेडियम
समूह ‘जे’
जुन १६ : अर्जेन्टिना vs अल्जेरिया — कान्सास सिटी स्टेडियम
जुन १६ : अस्ट्रिया vs जोर्डन — सान फ्रान्सिस्को बे एरिया स्टेडियम
जुन २२ : अर्जेन्टिना vs अस्ट्रिया — डलास स्टेडियम
जुन २२ : जोर्डन vs अल्जेरिया — सान फ्रान्सिस्को बे एरिया स्टेडियम
जुन २७ : अल्जेरिया vs अस्ट्रिया — कान्सास सिटी स्टेडियम
जुन २७ : जोर्डन vs अर्जेन्टिना — डलास स्टेडियम
समूह ‘के’
जुन १७ : पोर्चुगल vs कंगो डीआर — ह्युस्टन स्टेडियम
जुन १७ : उज्बेकिस्तान vs कोलम्बिया — मेक्सिको सिटी स्टेडियम
जुन २३ : पोर्चुगल vs उज्बेकिस्तान — ह्युस्टन स्टेडियम
जुन २३ : कोलम्बिया vs कंगो डीआर — एस्टाडियो ग्वाडालाहारा
जुन २७ : कोलम्बिया vs पोर्चुगल — मियामी स्टेडियम
जुन २७ : कंगो डीआर vs उज्बेकिस्तान — एटलान्टा स्टेडियम
समूह ‘एल’
जुन १७ : घाना vs पनामा — टोरोन्टो स्टेडियम
जुन १७ : इंग्ल्यान्ड vs क्रोएसिया — डलास स्टेडियम
जुन २३ : इंग्ल्यान्ड vs घाना — बोस्टन स्टेडियम
जुन २३ : पनामा vs क्रोएसिया — टोरोन्टो स्टेडियम
जुन २७ : पनामा vs इंग्ल्यान्ड — न्युयोर्क–न्युजर्सी स्टेडियम
जुन २७ : क्रोएसिया vs घाना — फिलाडेल्फिया स्टेडियम
नकआउट चरणको तालिका
राउण्ड अफ ३२
जुन २८
खेल ७३ : समूह ‘ए’ उपविजेता vs समूह ‘बी’ उपविजेता — लस एन्जलस स्टेडियम
जुन २९
खेल ७४ : समूह ‘ई’ विजेता vs उत्कृष्ट तेस्रो स्थान (ए/बी/सी/डी/एफ) — बोस्टन स्टेडियम
खेल ७५ : समूह ‘एफ’ विजेता vs समूह ‘सी’ उपविजेता — एस्टाडियो मोन्टेरे
खेल ७६ : समूह ‘सी’ विजेता vs समूह ‘एफ’ उपविजेता — ह्युस्टन स्टेडियम
जुन ३०
खेल ७७ : समूह ‘आई’ विजेता vs उत्कृष्ट तेस्रो स्थान (सी/डी/एफ/जी/एच) — न्युयोर्क–न्युजर्सी स्टेडियम
खेल ७८ : समूह ‘ई’ उपविजेता vs समूह ‘आई’ उपविजेता — डलास स्टेडियम
खेल ७९ : समूह ‘ए’ विजेता vs उत्कृष्ट तेस्रो स्थान (सी/ई/एफ/एच/आई) — मेक्सिको सिटी स्टेडियम
जुलाई १
खेल ८० : समूह ‘एल’ विजेता vs उत्कृष्ट तेस्रो स्थान (ई/एच/आई/जे/के) — एटलान्टा स्टेडियम
खेल ८१ : समूह ‘डी’ विजेता vs उत्कृष्ट तेस्रो स्थान (बी/ई/एफ/आई/जे) — सान फ्रान्सिस्को बे एरिया स्टेडियम
खेल ८२ : समूह ‘जी’ विजेता vs उत्कृष्ट तेस्रो स्थान (ए/ई/एच/आई/जे) — सियाटल स्टेडियम
जुलाई २
खेल ८३ : समूह ‘के’ उपविजेता vs समूह ‘एल’ उपविजेता — टोरोन्टो स्टेडियम
खेल ८४ : समूह ‘एच’ विजेता vs समूह ‘जे’ उपविजेता — लस एन्जलस स्टेडियम
खेल ८५ : समूह ‘बी’ विजेता vs उत्कृष्ट तेस्रो स्थान (ई/एफ/जी/आई/जे) — बीसी प्लेस, भ्यानकुभर
अन्तिम १६ (Round of 16)
जुलाई ३
खेल ८६ : समूह ‘जे’ विजेता vs समूह ‘एच’ उपविजेता — मियामी स्टेडियम
खेल ८७ : समूह ‘के’ विजेता vs उत्कृष्ट तेस्रो स्थान (डी/ई/आई/जे/एल) — कान्सास सिटी स्टेडियम
खेल ८८ : समूह ‘डी’ उपविजेता vs समूह ‘जी’ उपविजेता — डलास स्टेडियम
जुलाई ४
खेल ८९ : खेल ७४ को विजेता vs खेल ७७ को विजेता — फिलाडेल्फिया स्टेडियम
खेल ९० : खेल ७३ को विजेता vs खेल ७५ को विजेता — ह्युस्टन स्टेडियम
जुलाई ५
खेल ९१ : खेल ७६ को विजेता vs खेल ७८ को विजेता — न्युयोर्क–न्युजर्सी स्टेडियम
खेल ९२ : खेल ७९ को विजेता vs खेल ८० को विजेता — मेक्सिको सिटी स्टेडियम
जुलाई ६
खेल ९३ : खेल ८३ को विजेता vs खेल ८४ को विजेता — डलास स्टेडियम
खेल ९४ : खेल ८१ को विजेता vs खेल ८२ को विजेता — सियाटल स्टेडियम
जुलाई ७
खेल ९५ : खेल ८६ को विजेता vs खेल ८८ को विजेता — एटलान्टा स्टेडियम
खेल ९६ : खेल ८५ को विजेता vs खेल ८७ को विजेता — बीसी प्लेस, भ्यानकुभर
क्वार्टरफाइनल
जुलाई ९
खेल ९७ : खेल ८९ को विजेता vs खेल ९० को विजेता — बोस्टन स्टेडियम
जुलाई १०
खेल ९८ : खेल ९३ को विजेता vs खेल ९४ को विजेता — लस एन्जलस स्टेडियम
जुलाई ११
खेल ९९ : खेल ९१ को विजेता vs खेल ९२ को विजेता — मियामी स्टेडियम
खेल १०० : खेल ९५ को विजेता vs खेल ९६ को विजेता — कान्सास सिटी स्टेडियम
जुलाई १२ र १३ मा कुनै खेल नहुने
सेमिफाइनल
जुलाई १४
खेल १०१ : खेल ९७ को विजेता vs खेल ९८ को विजेता — डलास स्टेडियम
जुलाई १५
खेल १०२ : खेल ९९ को विजेता vs खेल १०० को विजेता — एटलान्टा स्टेडियम
तेस्रो स्थानका लागि
जुलाई १८
खेल १०३ : खेल १०१ का पराजित vs खेल १०२ का पराजित — मियामी स्टेडियम
फाइनल
जुलाई १९
खेल १०४ : खेल १०१ को विजेता vs खेल १०२ को विजेता — न्युयोर्क–न्युजर्सी स्टेडियम