Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
देश
  • Home
  • देश
  • आफैलाई जोगाउन नसकेको त्यो दिन...
आफैलाई जोगाउन नसकेको त्यो दिन...
नेपालकागज
नेपालकागज आइतबार, साउन १४, २०८०

बलेवा । यही साउन ८ गते प्रहरी चौकी भिमगिठेको कार्यक्षेत्रमा पर्ने बडिगाड खोलामा ढुङ्गागिट्टी अवैध बालुवाको उत्खनन् भइरहेको खबर प्रहरी चौकीमा आयो । उक्त सूचनाका आधारमा चौकी इञ्चार्जसमेत रहनुभएका वरिष्ठ प्रहरी नायब निरीक्षक उज्वल पौडेल केही प्रहरी जवानसहित खोलातर्फ लाग्नुभयो । 

खोलामा अवैध उत्खनन् भइरहेको सूचना भने गलत निस्कियो । यद्यपि गाउँपालिकाले केही दिन पहिला प्रहरीलाई पत्राचार गरी खोला किनारको कडा निगरानीका लागि आग्रह गरेको थियो । सोही दिन गाउँपालिकाले सामाजिक सुरक्षावापतको भत्ता वितरण गर्दै थियो । 

गाउँपालिकाकै दुर्गम ठाउँ वडा नं १० को दर्लिङमा बैंकसँगको सहकार्यमा गाउँमै भत्ता वितरण हुँदै थियो । ठूलो परिमाणमा नगदसहित गाउँ पुगेका बैंक र गाउँपालिकाका कर्मचारीलाई सुरक्षा दिने जिम्मेवारी पनि भिमगिठे प्रहरी चौकीकै थियो । 

खोला किनारबाट फर्किएपछि पौडेलले सामाजिक सुरक्षा भत्ता वितरण भइरहेको ठाउँमा प्रहरी जवान खटाउनुभयो । भत्ता वितरणको काम साँझ पाँच  बजेतिर सकियो । चौकीमा आकस्मिक काम भने चलिरहेकै थिए तर औपचारिक काम सकिएकाले जिम्मेवारी हल्का भएको थियो । 

नयाँ आर्थिक वर्ष सुरु भएकाले गाउँपालिकाले कुनै पनि नदी तथा खोला किनार र बगरको ढुङ्गागिट्टी बालुवा ठेक्कामा लगाएको छैन । त्यसै पनि हरेक वर्ष जेठको १५ देखि असोजको १ गतेसम्म खोला तथा नदी किनारको उत्खनन् गर्न नपाइने व्यवस्था छ । त्यही कानुनी व्यवस्था कार्यान्वयन गर्दै प्रकृति जोगाउन खोला चाहरेको वरिष्ठ प्रहरी नायब निरीक्षक पौडेलको टोली नागरिकलाई सामाजिक सुरक्षा वितरणमा खटिएको थियो । 

दिनभरी प्रकृति र नागरीकको सुरक्षामा खटिनुभएका पौडेलले रात परेपछि आफ्नै प्राण भने जोगाउन सक्नुभएन् । साउन ८ गते बागलुङको बढीगाड गाउँपालिका–६ मा रहेको आशा होटलको तल्लो तलामा उहाँको दुःखद निधन भयो । 

“उहाँ बालबालिका, युवादेखि वृद्धवृद्धा सबैसँग मिलनसार व्यवहार गर्नुहुन्थ्यो”, भीमगिठेका युवा दिनेश शर्माले भन्नुभयो, “उहाँको मृत्युको खबरले त्यो दिन खाल बजार भरिभराउ भएको थियो, सबैको मन अशान्त देखिन्थ्यो ।”

आशा होटलमा उहाँ पहिलो पटक जानुभएको भने होइन । प्रायः औपचारिक काम सकिएपछि उहाँ खाजा खानका लागि त्यहाँ पुग्ने गरेको स्थानीयवासी बताउँछन् । सधैँ भोक मेट्ने होटलमा नै उहाँको देहलिला मेटियो । “काममा निकै इमान्दार हुनुहुन्थ्यो, तर मैले राम्रोसँग भने संगत गरिन”  बडिगाड गाउँपालिकाका उपाध्यक्ष भीमसेन वनले पौडेललाई सम्झँदै भन्नुभयो ।

प्रहरी अधिकृतनै मृत भेटिनु, हत्याको आशङ्का गरिनुलगायतका कारणले यतिबेला जिल्लाको वडिगाड गाउँपालिकालगायत मध्यपहाडी लोकमार्ग क्षेत्र आशङ्काको भूमरीमा छ । होटलमा खाजा खान जानुभएका प्रहरी चौकी इञ्चार्ज पौडेलको हत्याको विषयमा नागरिकमा प्रश्न छन् । पौडेलको हत्या भएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ । 

पक्राउ परेका होटल सञ्चालक आशा कुँवर तथा उनका छोरा विमल कुँवरको बयानको आधारमा हत्या भएको भन्न सकिने प्रमाण भेटिएको प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्का बताउनुहुन्छ । यद्यपि हत्याको कारण भने खुलेको छैन । 

“सामान्य विवादपछि टाउकोमा प्रहार गरेको, ढलेपछि छातिमा लात्तिले हानेको र पर्दाले घाँटी थिचेर मारेको देखिन्छ”, प्रहरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ । हत्यापछि समेत आरोपीले निकै चलाखीपूर्ण तरिकाले सुनको सिक्री लुकाउने वडाध्यक्षलाई खबर गर्ने र आफै मृत्यु भएको बनाउने प्रयत्न गरेको एक प्रहरी अधिकृतले बताउनुभयो । उहाँको शवको परीक्षणका लागि गण्डकी अस्पताल पोखरामा गरिएको थियो । 

“शव परीक्षणको रिपोर्ट दुई हप्तामा आउँछ, त्यति बेलासम्म अनुसन्धानका अन्य पाटाबाट पनि धेरै खुल्ने छ”, प्रहरी निरीक्षक राजाराम खड्काले भन्नुभयो, “हत्या किन गरियो भन्ने विषय खोजीको विषय हो ।” पर्वतको कुश्मा नगरपालिका–९ स्थायी घर हुनुभएका पौडेलको श्रीमती र बच्चा काठमाडौँमा बस्दै आउनुभएको छ । पौडेलको मृत्युपछि परिवार शोकमा डुबेको छ ।

केही समय राष्ट्रियसभा अध्यक्षको सुरक्षामासमेत खटिनुभएका पौडेल केही समय अघि मात्रै बागलुङ फर्किनुभएको थियो । 


प्रकाशित मिति: आइतबार, साउन १४, २०८०  १५:५७
#सुरक्षा
प्रतिक्रिया दिनुहोस्
थप देश
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना बिहीबार, असोज १७, २०८१
ब्रेक नै नभएका, लाइटहरूनै नभएका ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही
ब्रेक नै नभएका, लाइटहरूनै नभएका ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही सोमबार, जेठ ७, २०८१
एक महिनामा नौ जिल्लाका एसपी कारबाहीमा, बाँकेका एसपी बोहरा तानिनुको कारण यस्तो......
एक महिनामा नौ जिल्लाका एसपी कारबाहीमा, बाँकेका एसपी बोहरा तानिनुको कारण यस्तो...... मंगलबार, वैशाख २५, २०८१
अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न  
अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न   मंगलबार, वैशाख ४, २०८१
नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA
नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA मंगलबार, चैत २७, २०८०
बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत
बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत सोमबार, चैत २६, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्