Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
देश
  • Home
  • देश
  • नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA
नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA
नेपालकागज
नेपालकागज मंगलबार, चैत २७, २०८०

सन्दिप योगी, काठमाडौँ । नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै गएका छन् अमेरिकाका सम्पूर्ण NRNA । विभिन्न बाध्यता, रोजगारीको अवसरको अभाव, देशको तत्कालीन द्वन्द्व, अस्थिर राजनीति लगायतका अनेकौँ दुख भोगेका नेपाली दाजुभाइ-दिदीबहिनी र आमाबुबाहरू नेपालमा नभएता पनि नेपालको सान-मान, भाषा-संस्कृति नेपालीपनलाई विश्वसामु चिनाउन अग्रसर हुनुहुन्छ । 

वाल्मीकि रामायणको "जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी", एक प्रसिद्ध संस्कृत श्लोक हो। यो नेपालको राष्ट्रिय आदर्श वाक्य पनि हो । यो श्लोक भेटिन्छ र दुई रूपहरूमा भेटिन्छन् ।

पहिलो रूप: यसमा भारद्वाज ऋषिले रामलाई सम्बोधन गर्दै भन्नुहुन्छ ।

मित्राणि धन धान्यानि प्रजानां सम्मतानिव ।
जननी जन्म भूमिश्च स्वर्गादपि गरीयसी ॥
नेपाली अनुवाद : "मित्र, धन्य, धान्य आदिको संसारमा उच्च सम्मान गरिन्छ। तर आमा र मातृभूमिको स्थान स्वर्गभन्दा पनि माथि छ।"

अर्को रूप: यसमा रामले लक्ष्मणलाई भन्छन् -

अपि स्वर्णमयी लङ्का न मे लक्ष्मण रोचते ।
जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी ॥
अनुवाद  : "लक्ष्मण"! यो लंका सुनले बनेको भए पनि मलाई यसमा कुनै रुचि छैन। किनकि जननी र जन्मभूमि स्वर्गभन्दा पनि महान् छन्।

किन अमेरिकी NRNA ले नेपाललाई धेरै माया गर्छन् त ? यसको उत्तर यस्तो छ घरको गेटबाट छिर्ने बित्तिकै आँखाले खोज्ने पहिलो व्यक्ति– आमा । छक्क पर्दा उच्चारण गर्ने शब्द– आमा । दुःखमा पुकार्ने शब्द पनि– आमा । वाचा–कसम खाँदा प्रयोग गरिने शब्द– आमा । बोली फुट्दा पहिलो उच्चारण हुने शब्द– आमा । स्रष्टा हुन्, धर्ती माता हुन् । यिनले नै बीजलाई नौ महिनासम्म आफ्नो गर्भमा राखेर अनेक कष्ट सहेर जीवन अङ्कुराउँछिन् । ती आमाको पनि आमा नेपाल आमाको सम्मानलाई उच्च राख्न अमेरिकाको सुन्दर सहर क्यालिफोर्नियाको सान फ़्रांसिस्कोमा 'नेपाल डे परेड' हुन लागेको छ ।

अमेरिका स्थित सम्पूर्ण नेपालीहरूको विशेष पर्वको रूपमा लिइने 'नेपाल डे परेड' सान फ़्रांसिस्कोमा यही 2024 अप्रिल 14 मा हुने भएको छ । उक्त कार्यक्रममा विश्वको अग्लो शिखर सगरमाथा आरोहण गर्ने अमेरिका भरिका आरोहीहरू जम्मा हुने, नेपालका चर्चित क्रिकेट खेलाडी पारस खड्का समेत सहभागी हुने USA NRNA ले जानकारी दिएको छ । त्यस्तै उक्त कार्यक्रम भन्दा एक दिन अघि अप्रिल १३मा अमेरिकाका NRNA को केन्द्रीय कमिटी बैठक सन फ्रान्सिकोमा  हुने भएको छ ।

संयुक्त राज्य अमेरिकामा नेपाली डायस्पोराको फैलावट अत्यन्तै तीव्र गतिमा भएको देखिन्छ। डायस्पोराभित्र मान्छेको सङ्ख्या मात्र नभएर उसको मौलिक पहिचान पनि पर्ने हुनाले बोली, भाषा, खानेकुरा, लगाउने कपडा, मान्ने चाडपर्व, चालचलन, परम्परा, संस्कृति, संस्कार आदि धेरै कुरा पर्दछन्। नेपाली स्थायी अस्थायी रूपमा अमेरिकामा बसोबास गर्न थालेको लामो समय भएको छ। नेपाली आफ्नो देशलाई छोडेर र नागरिकता नै त्यागेर स्थायी बसोबास गर्ने तरिकाले नै अमेरिका आएको पनि देखिन्छ।

अहिले नेपाल जस्तो विकासोन्मुख देशबाट नेपाली बाहिरिनुको प्रमुख कारण भनेको रोजगारीका लागि नै देखिन्छ। सायद प्रजातन्त्रको पुनः बहालीपछि नेपालमा राजनीतिक स्थिरता कायम भई विकासले एउटा गोरेटो लिएको भए आज यति धेरै नेपाली बिदेसिनुपर्ने बाध्यता थिएन।

जे होस् नेपाली रगत र पसिना बगाउन जहाँसुकै पुगुन् आफ्नो पहिचान बिर्सेका भने छैनन्। अमेरिकी नेपालीको जीवनयापनलाई नियाल्दा उनीहरूमा नेपाली संस्कार र संस्कृति मेटिएको छैन। नेपालीहरू अरू बेला व्यस्त भए पनि सप्ताहान्तमा भेटघाट गर्ने, वनभोज जाने, रमाइला रमाइला नेपाली मौलिक गीतहरू गाउने र बजाउने, नाचगान गर्ने, नेपाली मौलिक परिकारहरू जस्तै: दाल–भात–तरकारी, सेल रोटी, अचार, चटनी, खीर आदि बनाउने र खाने गर्छन्।

अमेरिकामा नेपाली संस्कार र संस्कृतिलाई थप सशक्त र संवर्द्धन गर्न NRNA ले महत्त्वपूर्ण योगदान दिएका छन्। अमेरिकाका NRNA सदस्य अध्यक्ष लगायतका पदाधिकारीको आयोजनामा नेपाली माया र जन्मभूमि सम्झँदै अमेरिका स्थित सम्पूर्ण नेपालीहरूको विशेष पर्व 'नेपाल डे परेड' सुन्दर सहर क्यालिफोर्नियाको सान फ़्रांसिस्कोमा यही 2024 अप्रिल 14 मा हुने र  विश्वको अग्लो शिखर सगरमाथा आरोहण गर्ने अमेरिका भरिका आरोहीहरू जम्मा हुने तथा नेपालका चर्चित क्रिकेट खेलाडी पारस खड्का समेत सहभागी हुने जानकारी प्राप्त भएको छ ।

अमेरिकाका NRNA ले एक प्रेस विज्ञप्ति जारी गर्दै सम्पूर्ण जानकारी दिएको छ ।

BISHNU K.C.(KHATRI) West regional committee CHiar (NRNA NCC USA ) द्वारा जारी विज्ञप्तिमा भनिएको छ, "नेपाल डे परेड तपाई हाम्रो सानो उपस्थितिले नेपालीहरूको पहिचानलाई विश्वसामु विशेष गरी विभिन्न जात भाषा सिँगारेर आ -आफ्नो कल्चर प्रदर्शन गर्ने  दिन भएकोले अप्रिल १४ विशेष महत्त्व दिन  भएकोले अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ।अप्रिल 12 र 13 मा नेपालका अन्तर्राष्ट्रिय भलिबल खेलाडीहरूको महाभिडन्त NRNA volleyball Cup पनि हाम्रै सहर सान फ़्रांसिस्को क्यालिफोर्नियामा हुने भएको ब्यहोरा पनि जानकारी गराउन चाहन्छौ I धन्यवाद ।"

समग्रमा भन्दा नेपोलियन बोनापार्टले पनि आमा सन्दर्भमा त्यसै भनेका होइनन् – मलाई एउटी असल आमा देऊ र म तिमीलाई एउटा राष्ट्र दिनेछु । आमाको महिमा जति गाए पनि सकिँदैन किनभने आमा उपमा नै छैन । यस्ती आमा पनि कतै कतै दुःख कष्टमा दिन बिताइरहेको देखिन्छ । किन होला भन्ने प्रश्नको जबाफ कसले देला ? आमाको विशाल महिमालाई यथावत् राख्न विद्यालयहरूमा नैतिक शिक्षाको पाठ प्रदान गर्नुपर्ने आवश्यकता आजको बदलिँदो समयको माग हो । नैतिक शिक्षाले मात्रै अहिलेका युवाहरूमा जन्मदिने आमा र जन्मेको माटालाई माया गर्ने, सद्भाव गर्ने र सहयोगात्मक भावना सहित सत्कर्ममा लीन हुने पाठ सिकाउन नेपाल आमाको मायालाई छातीको दर्पणमा सजाएर राख्न अमेरिकी NRNA सफल भएको छ ।

अन्तिममा कृष्ण निल कार्की (असम)को यो कविता/ गजललाई सापटी लिँदै अमेरिकी एनआरएनएले नेपाली र नेपालकोलागि गरेको यस्ता महान् कामको उच्च सम्मान गर्दै म उहाँहरूलाई स्याल्युट/सलाम गर्छु । किनकि म त्यहाँ रिपोर्टिङ गर्न नगएपनी त्यहाँका डायस्पोराले गरेको कामको तारिफ लेखेर लेख्न सकिँदैन, बोलेर पनि सकिँदैन । तसर्थ एउटा गजल सापट लिएर उहाँहरूलाई सम्मान गर्न चाहन्छु।
“अरू होइन मलाई माया गर्ने आमा चाहिन्छ
सुख दुःखमा सधैँ अघि सार्ने मेरी आमा चाहिन्छ ।
आजीवन उनको ऋणी छु म, मृत्युपश्चात् पनि
मेरा दुःखमा नयन भिज्ने आँसु झर्ने आमा चाहिन्छ ।”  धन्यवाद ।

योगी सन्दिप नाथ
facebook id- Yogi sandeep nath
लेखक विभिन्न मिडियामा आबद्ध वरिष्ठ पत्रकार, पशु संरक्षणकर्मी, मानवाधिकारवादी तथा सक्रिय क्रियाशील पत्रकार तथा राष्ट्रिय सुरक्षा तथा अपराध बिटका अनुसन्धान मूलक पत्रकारितामा आबद्ध हुनुहुन्छ ।


प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  १८:४४
#सम्पादकीय
प्रतिक्रिया दिनुहोस्
थप देश
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना बिहीबार, असोज १७, २०८१
ब्रेक नै नभएका, लाइटहरूनै नभएका ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही
ब्रेक नै नभएका, लाइटहरूनै नभएका ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही सोमबार, जेठ ७, २०८१
एक महिनामा नौ जिल्लाका एसपी कारबाहीमा, बाँकेका एसपी बोहरा तानिनुको कारण यस्तो......
एक महिनामा नौ जिल्लाका एसपी कारबाहीमा, बाँकेका एसपी बोहरा तानिनुको कारण यस्तो...... मंगलबार, वैशाख २५, २०८१
अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न  
अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न   मंगलबार, वैशाख ४, २०८१
बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत
बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत सोमबार, चैत २६, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्