Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
नेपालकागज
नेपालकागज मंगलबार, असोज १, २०८१

काठमाडौँ । कारबाहीमा परेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका निवर्तमान महामन्त्री डा मुकुल ढकालले जेल जाने पक्कापक्की भएपछि लाज शरम केहीको मतलब नगरी सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेले न्वारनदेखिको बल लगाएर क्लिन चिट पाएँ भनेर भ्रम फैलाएको बताएका छन् । 

सहकारी संस्थाको बचत दुरुपयोग सम्बन्धमा छानबिन गर्न सांसद सूर्य थापाको संयोजकत्वमा गठित संसदीय छानबिन विशेष समितिले पनि रविमाथि कारबाहीका लागि सिफारिस गरेका अवस्थामा रविसहित सिंगो रास्वपाका नेता कार्यकर्ताले रविले क्लिन चिट पाएको भ्रम फैलाएपछि मुकुलको यो प्रतिक्रिया आएको हो । 

मुलुकले जत्तिको त रास्वपाका अन्य नेताले पनि रविलाई चिन्दैनन् । तर तिनै मुकुलमाथि घात भएपछि उनले रविका कर्तुतहरु एक एक गरेर बाहिर ल्याउँदै आएका छन् । 

सोमबार छानबिन समितिले प्रतिनिधि सभामा पेश गरेको प्रतिवेदनलाई सभामुख देवराज घिमिरेलेसमेत कार्यान्वयनका लागि सरकारलाई रुलिङ गरेका छन् । 

जसमा सहकारीको रकम अपचलनको आरोप लागेका गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेलाई पनि कारबाहीका लागि सिफारिस गरिएको छ । 

तर रविको टिमले क्लिन चीट पाएको हल्ला फैलाएको छ । यस विषयमा मिडियामा सूर्य थापाले, 'गोर्खा मिडिया नेटवर्कमा ६५ करोड रुपैयाँ जुन गएको छ, त्यो सहकारीबाट मात्र गएको छ । सूर्यदर्शन, सुप्रिम, सहारा, स्वर्णलक्ष्मी र सानोपाइला गरी यी ५ वटा सहकारीबाट यति ठूलो रकम गएको छ । सहकारीबाट नगएको देखाउन त्यहाँ विभिन्न खालका कोसिसहरू भएका छन्। हामीले यी सबै तथ्य स्थापित गरेका छौँ । हाम्रो निष्कर्ष छ सहकारीबाट कम्पनीमा जुन पैसा गएको छ, त्यो गैरकानूनी छ ।'

त्यसैले त मुकुलले सामाजिक संजालमा लेखेका छन्, उनीलाई आफू बाहेक अरू कसैको केही मतलब छैन भन्ने कुरा फेरि पुष्टि भएको छ । यिनी आफू जेल जाने निश्चित भयो , छानबिन समितिले नामै किटान गरेर दोषी भनिसक्यो, कारबाही सिफारिस गरिसक्यो । कम्तीमा आफैँ पढ्ने आँट गर्नुहोस् , यी स्वार्थीले तपाईंहरूको जिन्दगीमाथि पनि सोझै खेलबाड गरिराखेका छन्, होस पुर्याउनु ।

उनले अगाडि लेखेका छन्, 'सहकारी ऐन २०७४ को दफा १२२ को (त) बमोजिम ‘सहकारी संस्थालाई हानि नोक्सानी पुर्‍याउने उद्देश्यले कसैले कुनै काम गराउन वा नगराउन, मोलाहिजा गर्न वा गराउन, कुनै किसिमको रकम लिन वा दिन, बिना मूल्य वा कम मूल्यमा कुनै माल, वस्तु वा सेवा लिन वा दिन, दान, दातव्य, उपहार वा चन्दा लिन वा दिन, गलत लिखत तयार गर्न वा गराउन, अनुवाद गर्न वा गराउन वा गैरकानुनी लाभ वा हानि पुर्‍याउने बदनियतले कुनै कार्य गरे वा गराएमा’ कसुर गरेको मानिने उल्लेख छ । ऐनको दफा १२४ को उपदफा (१) (घ) बमोजिम १० करोड रुपैयाँभन्दा बढी एक अर्ब रुपैयाँसम्म बिगो भए ६ वर्षदेखि ८ वर्षसम्म कैद’ हुने व्यवस्था छ। रवि लामिछानेको हकमा यी दफा लागू हुन्छ । तिवेदन लेखनका क्रममा यी दफा नै तोक्ने भन्दा , प्रचलित कानून भन्ने शब्दले रिप्लेस मात्र गरेको हो । कुरो त्यति मात्र हो । माथिको कारबाही बाहेक पनि कर छलि, कागजात कीर्ते लगायतमा पनि दोषी देखिएकाले त्यसमा थप कारबाही हुनेछ । भ्रममा नपर्नुहोस् । पढ्ने बानी बसाल्नुहोस् ।'


प्रकाशित मिति: मंगलबार, असोज १, २०८१  ११:१२
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै मंगलबार, असोज १, २०८१
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान मंगलबार, असोज १, २०८१
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा मंगलबार, भदौ १८, २०८१
विश्वप्रकाशलाई देउवाको जवाफ- कसैले भन्दैमा मैले प्रधानमन्त्री पद छोड्नुपर्छ भन्ने मलाई लाग्दैन
विश्वप्रकाशलाई देउवाको जवाफ- कसैले भन्दैमा मैले प्रधानमन्त्री पद छोड्नुपर्छ भन्ने मलाई लाग्दैन आइतबार, भदौ १६, २०८१
सहकारी ठगीको नालीबेली, हबिब बेहनाको सम्पत्तिमा रजाइँ गर्दा प्रशासन किन मौन ?(सिरिज-2)
सहकारी ठगीको नालीबेली, हबिब बेहनाको सम्पत्तिमा रजाइँ गर्दा प्रशासन किन मौन ?(सिरिज-2) शनिबार, जेठ १९, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्