Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
देश
  • Home
  • देश
  • बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत
बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत
नेपालकागज
नेपालकागज सोमबार, चैत २६, २०८०

बर्दिया ।  नेपाल-भारत सीमा सुरक्षा मामिलामा छलफल भएको छ । बर्दिया —नेपाल -भारतका सीमा जिल्लाका सुरक्षा अधिकारीको निरन्तर भैरहेको समन्वय बैठकमा भारतमा हुन लागेको लोकसभा निर्वाचनमा सुरक्षा सवाल, लागूऔषध नियन्त्रण, सीमा क्षेत्रका सुरक्षाकर्मीले गर्ने व्यवहार लगायतका सवालमा छलफल भएको हाम्रो गोप्य स्रोतले बतायो ।

'भारतमा १३ मे मा हुन लागेको लोकसभा निर्वाचनका क्रममा सीमा सुरक्षा प्रबन्धका सवालमा प्रमुख चासोका साथ छलफल भयो,' हाम्रा स्रोतले भने, '७२ घण्टा अगाडिदेखि सीमामा आवतजावत बन्द गर्ने तर अत्यावश्यकीय मानवीय सेवाका साधन तथा वस्तुहरु भने निगरानीमा संचालन गर्ने कुरा भएको छ ।'

बर्दियाका प्रजिअ बेद प्रसाद खरेल, जिल्ला प्रहरी कार्यालय बर्दियाका एसपी प्रविण धिताल ,सशस्त्र प्रहरी बर्दियाका प्रमुख चित्रांगत दहाल पक्षले लागूऔषधको कारोबार तथा प्रयोगको नियन्त्रणलाई प्रमुख चासोका साथ उठाएको र भारतीय सुरक्षा अधिकारीहरु त्यसमा सहमत गराउन सफल भएको जानकारी प्राप्त भएको छ । खुला छलफल पछि बसेको गोप्य काउन्टरपार्ट्स मिटिङमा लागूऔषध कारोबारमा निरुत्साहित गर्न दुवै पक्षले सर्च अपरेशनलाई थप प्रभावकारी बनाउने समझदारी भएको छ भने नेपालको बर्दिया  पक्षले कारोबारीहरुको सूची तयार गरेर कारबाही सशक्त रुपमा अगाडी बढाउन दमदार माग उठाएको थियो ।

त्यति मात्र होइन हाम्रो सुरक्षा संगठनका अधिकारीले कुन ठाउँ, कुन गाउँ, र ब्यक्तिकै लिस्ट बनाएर देखाइदिएपछी भारतिय पक्ष लचक भएको थियो । भारतिय एक पत्रकारका अनुसार बर्दियाको सम्पूर्ण सुरक्षा संगठनले गरेको तयारीका कारण भारतीय पक्ष पहिलो पटक दबाबमा परेको थियो किनकी नेपाली पक्षले पिन प्वाइन्ट लोकेसन नै लागूऔषध कारोबारीको देखाइदिएको थियो । 

साथै, दुवै देशका सीमा क्षेत्रका सुरक्षा अधिकारीको बैठकमा सीमा नाकामा सुरक्षाकर्मीहरुले गर्ने व्यवहारबारे पनि गम्भीर समीक्षा भएको छ । भारतबाट फर्किने क्रममा वा जाने क्रममा सीमा नाकामा भारतीय सुरक्षाकर्मीहरुले गर्ने दुर्व्यवहारका सवालमा पनि गम्भीरतापूर्वक कुरा उठेको छ । बर्दियाका प्रमुख जिल्ला अधिकारी बेद प्रसाद खरेलले सीमामा दुवै देशका नागिरकमाथि मानवीय व्यवहारबारे संवेदनशील हुनु पर्ने आवश्यकता औंल्याएका थिए । खासगरी भारतीय पक्षका सुरक्षाकर्मीबाट दुर्व्यवहार खेप्नु परेका गुनासाहरुप्रति बर्दिया प्रजिअ र दुबै सुरक्षा संगठनका प्रमुखको मुख्य चासो थियो ।

बैठकमा प्रमुख जिल्ला अधिकारी, जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीहरु, नेपाल प्रहरी र सशस्त्र प्रहरीका जिल्ला प्रमुखहरु सहभागी थिए ।

पहिलो पटक दुवै जिल्लाका वन अधिकृतहरु, आन्तरिक राजस्व कार्यालय प्रमुखहरु र भन्सार प्रमुखहरुलाई पनि बैठकम सहभागी गराइएको विश्वस्त स्रोतको दाबी छ । सीमा क्षेत्रमा वनजन्य वस्तु र वन्यजन्तुको चोरी तस्करी नियन्त्रण, भन्सार तथा राजस्व छली एवं ओसारपसारका सन्दर्भहरुमा पनि दुवै पक्षका सम्बन्धित निकायका अधिकारीहरुबीच छलफल गरी आवश्यक समन्वयको समझदारी भएको छ । यस सुरक्षा समन्वय बैठकको आयोजना भारतीय पक्षका सुरक्षा निकायले गरेका हुन् ।

बैठकमा भारतीय पक्षले सम्युक्त गस्ती गर्ने नेपालका तर्फबाट निर्वाचन नजिकिँदा सहयोग गर्ने, आपराधिक गतिबिधिमा संलग्नलाई निरिक्षण नियन्त्रण वा रेकीमा राख्ने । भारतमा अपराध गरेर नेपाल भाग्न सक्ने भएकाले उक्त विषयलाई गम्भीरता साथ उठाएका थिए । समग्रमा नेपाली  पक्षको दमदार प्रस्तुतिमा बर्दियाका अधिकारीहरू सम्मानका हकदार छन् ।


प्रकाशित मिति: सोमबार, चैत २६, २०८०  १९:०९
#बर्दिया
प्रतिक्रिया दिनुहोस्
थप देश
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना बिहीबार, असोज १७, २०८१
ब्रेक नै नभएका, लाइटहरूनै नभएका ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही
ब्रेक नै नभएका, लाइटहरूनै नभएका ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही सोमबार, जेठ ७, २०८१
एक महिनामा नौ जिल्लाका एसपी कारबाहीमा, बाँकेका एसपी बोहरा तानिनुको कारण यस्तो......
एक महिनामा नौ जिल्लाका एसपी कारबाहीमा, बाँकेका एसपी बोहरा तानिनुको कारण यस्तो...... मंगलबार, वैशाख २५, २०८१
अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न  
अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न   मंगलबार, वैशाख ४, २०८१
नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA
नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA मंगलबार, चैत २७, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्