Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
देश
  • Home
  • देश
  • महिला यौनाङ्ग छेदनको विषयमा बन्यो ‘क्रस्ड विङ्स’
महिला यौनाङ्ग छेदनको विषयमा बन्यो ‘क्रस्ड विङ्स’
नेपालकागज
नेपालकागज सोमबार, चैत २७, २०७९

काठमाडौँ । चलचित्रसँग सम्बन्धित अन्तर्राष्ट्रिय अवार्डमा अब्बल साबित भइरहेको ‘क्रस्ड विङ्स’ उठान गरिएको विषयका कारण चर्चामा छ । 

नेपाली मूलका बेलायतवासी ललित भुसालले निर्देशन गर्नुभएको चलचित्रको विषय महिला यौनाङ्ग छेदन (एफजीएम÷बाल शोषण) सँग सम्बन्धित छ । 

सांस्कृतिक कुरीतिको नाममा विश्वभरि फैलिँदै गएको बाल शोषण एफजीएमको कठोर यथार्थतर्फ समाज तथा व्यक्तिको आँखा खोल्ने विश्वास निर्देशक भुसालको छ । “यो कुसंस्कारका विषयमा चलचित्र बनेको थाहा पाइनँ । बलिउड र हलिउड जस्ता ठूला उद्योगले यसलाई नसमेटेका कारण विषयबारे ज्ञान नभएको हो कि जस्तो लाग्यो”, निर्देशक भुसालले भन्नुभयो, “यसबारे गहिरो अनुसन्धानपछि चलचित्र निर्माण र निर्देशन गरेको हुँ । अध्ययन गर्ने क्रममा यसबारे धेरै घटनाक्रमसँग साक्षात्कार हुन पाएँ । नेपालमा समेत यसखालको कुरीति रहेको हुन सक्छ । हामीले अध्ययन गर्नु जरुरी छ ।”

उहाँले विशेषतः एफजीएम हुने समुदायमै यसबारे कमै ज्ञान रहेको पाउनुभयो । चलचित्रमा अध्ययन गर्ने समुदायसँग जोडिएका अधिकांशले यसको विरोध गरेको उहाँले बताउनुभयो । “मैले चलचित्रमार्फत यसको विरुद्ध आवाज उठाउने जानकारी दिएपछि सोही समुदायसँग जोडिएका कलाकारले समेत साथ दिनुभएको छ । म यहाँ समुदायभन्दा पनि कुरीतिको विरुद्धमा छु”, निर्देशक भुसालले भन्नुभयो । 

निर्देशकसँगै लेखक र निर्मातासमेत आफैँ रहनुभएको भुसालले सोमबार चलचित्रसँग जोडिएको नेपाली कलाकार तथा प्राविधिकका लागि प्रदर्शनी गर्नुभयो । अङ्ग्रेजी भाषामा रहेको चलचित्रलाई नेपालका चलचित्रकर्मीलाई देखाउने उहाँको योजना छ । “सार्वजनिक प्रदर्शनीका लागि सोच बनाएको छैन । किनकि म आत्मनिर्भर चलचित्रकर्मी हुँ । तामझाम गरेर सार्वजनिक प्रदर्शनमा ल्याउन सक्दिनँ”, निर्देशक भुसालले भन्नुभयो, “यो चलचित्र अहिले धेरै डिजिटल प्लेटफर्ममा उपलब्ध छ । त्यहाँबाट भने सजिलै हेर्न सकिन्छ ।”

बेलायत, भारत र नेपालका विभिन्न स्थानमा छायाङ्कन गरिएको ‘क्रस्ड विङ्स’ को कथा एसियाको कुनै गाउँमा हुर्किरहेकी सानी बालिका रियाको दुर्भाग्यपूर्ण जीवन यात्रा वरपर घुम्छ । उनी सात वर्षकी हुँदा कुरीतिको सिकार हुन्छिन् । रिया जस्ता अनेकौँ देशका पीडित बालिकाको तीतो भोगाइमा आधारित चलचित्रको कथाले बाल शोषणको वास्तविकता र यसले पार्ने शारीरिकका साथै मानसिक असर उजागर गरेको छ । 

यसमा रोशिनी भण्डारी, तानिया स्टेट, भाष्कर पटेल, जितेन्दर सुमन, निसारो करिम, नोमाना रोज, गोमा पाण्डे, परिक्षित विक्रम राणा, प्रदीप ढकाल, कमल देवकोटा, लिजा ब्लिस्सिट, हिबो वार्डेर, मन्सुर वाजिद अभिनय रहेको छ । 

यो चलचित्र ५० बढी अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा आधिकारिक छनोट भई विभिन्न विधामा पुरस्कृत भएको छ । सानै छँदा बालिकाको संवेदनशील अङ्ग काटिदिने कुप्रथासँग सम्बन्धित यो विश्वकै पहिलो चलचित्र भएको निर्देशक भुसालले दावी गर्नुभएको छ । 

यस चलचित्रले पेरिसमा आयोजित इन्टरनेसनल चिल्ड्रेन केयर फिल्म फेस्टिभल २०२२ मा अडियन्स अवार्ड, एडोल्फ जुकोर इन्टरनेसनल फिल्म फेस्टिभल हङ्गेरी २०२२ मा अडियन्स अवार्ड, द ग्लेडिएटर फिल्म फेस्टिभल इस्तानबुल टर्की २०२१ मा वेस्ट ड्रामा चलचित्र अवार्ड, सान डिएगो मुभी अवार्ड्स अमेरिका २०२२ मा बेस्ट फिचर चलचित्र, ब्रिज फेस्ट भ्यानकोभर क्यानडा २०२१ मा बेस्ट चलचित्र अवार्ड, गोल्डेन हार्भेस्ट फिल्म फेस्टिभल जापान २०२१ मा बेस्ट फिचर चलचित्र अवार्ड, ग्लोबल इन्डी फिल्म फेस्टिभल स्कटल्यान्ड यूके २०२२ मा ब्रोन्ज अवार्ड, ड्रामाटिका फिल्म फेस्टिभल बार्सिलोना स्पेन २०२१ मा बेस्ट ड्रामा चलचित्र अवार्डलगायत विभिन्न विधामा पुरस्कार पाइसकेको छ । 


प्रकाशित मिति: सोमबार, चैत २७, २०७९  १८:२४
प्रतिक्रिया दिनुहोस्
थप देश
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना बिहीबार, असोज १७, २०८१
ब्रेक नै नभएका, लाइटहरूनै नभएका ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही
ब्रेक नै नभएका, लाइटहरूनै नभएका ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही सोमबार, जेठ ७, २०८१
एक महिनामा नौ जिल्लाका एसपी कारबाहीमा, बाँकेका एसपी बोहरा तानिनुको कारण यस्तो......
एक महिनामा नौ जिल्लाका एसपी कारबाहीमा, बाँकेका एसपी बोहरा तानिनुको कारण यस्तो...... मंगलबार, वैशाख २५, २०८१
अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न  
अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न   मंगलबार, वैशाख ४, २०८१
नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA
नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA मंगलबार, चैत २७, २०८०
बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत
बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत सोमबार, चैत २६, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्