Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
देश
  • Home
  • देश
  • ‘चिल गाडी कैले आउन्या ओ’
‘चिल गाडी कैले आउन्या ओ’
नेपालकागज
नेपालकागज आइतबार, चैत २६, २०७९

कृष्ण अधिकारी, कालीकोट । ‘चिल गाडी चड्न त हाम्मा लागि गाडै कुडा हो । तैपुनि आम्मै खुन पसिनाले बुनाएको चौड (मैदान) माथि घँगाडी (चिल गाडी) उड्न लाग्याको हेन्ने खाँती (धोको) थियो, खै कैले पूरा हुन्याओ ?’’ 

नरहरिनाथ गाउँपालिका–२ का काले दमै (७९ वर्ष) को धोको अझै पूरा भएको छैन । तीस वर्षअघि गाउँमा चिल गाडी (जहाज) आउने सपना बोकेर घरमा भएको कुटो कोदालो बोकी दिनहुँ सुनथरालीमा विमानस्थल निर्माण गर्न पसिना बगाएका उहाँलाई नजिकबाट जहाज हेर्ने ठूलो चाहना छ । 

अहिलेसम्म जहाज नदेखेका सोही ठाउँमा ठुमा विष्टलाई एकपटक हेरेर मर्न पाए आफूले बगाएको पसिनाको फल पाएको अनुभूति हुने थियो । आकासमा उडेको देख्दा कतै आफूले खनेको मैदानमा आउने हो कि भन्ने लाग्छ उहाँलाई । यतिका वर्षसम्म पनि जहाज नआएको देख्दा निरास हुँदै उहाँ भन्नुहुन्छ, “चिल गाडी नदेखिकनै मन्न्या हौँ कि ?” 

गाउँको विमानस्थलमा जहाजको सुविधा भए बिरामी हुँदा समयमै ठाउँमा लगेर उपचार होला, सुत्केरीले अकालमै मर्न पर्दैन कि भन्ने वडा नं ३ का शेरबहादुर विष्टको आशा रहेको छ । सडक यातायात नहुँदा समयमै उपचारको अभावमा बर्सेनि सयौँको अकालमै ज्यान जाने गरेको उहाँ बताउनहुन्छ । उदयराम उपाध्याय भन्नुहुन्छ, “हामी त डाँडामाथिका जुनबेल (जुनघाम) जस्ता भइजेयुँ । हाम्मा ट्वाटीकी (छोराछोरी) ले हाम्मो जस्तो दुःख पाउँनैन् कि ।” 

विसं २०४२ देखि निर्माण सुरु भएको यस सुनथराली विमानस्थल विसं २०७९ पुसमा सम्पन्न भए पनि हालसम्म जहाज नआउँदा केटाकेटीले खेल्ने ठाउँ, विभिन्न निकायले कार्यक्रम आयोजना गर्ने थलो बनेको छ । निर्माण सम्पन्न भइसक्दा पनि उडान हुने निश्चय नहुँदा स्थानीयवासी निरास छन् । तैपनि कोटबाडावासी सुनथराली विमानस्थलमा जहाज उड्ने दिन कुरिरहेका छन् । 

नियमित उडानका लागि दबाब दिनकै लागि गाउँपालिकाले गत माघ ७ गते विमानस्थलको धावनमार्गमा गाउँसभा आयोजना गरेको थियो भने नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेशको साधारणसभा पनि यही चैत २१ र २२ गते धावनमार्गमै आयोजना गरिएको थियो । 

तत्काल नियमित उडानका लागि दाबाब दिने उद्देश्यले धावनमार्गमा कार्यक्रम आयोजना गरिएको महासङ्घ कालीकोटका अध्यक्ष भरतराज विष्टले बताउनुभयो । 

जिल्लाको एकमात्र विमानस्थल निर्माण कार्य पूरा भएपछि पनि नियमित उडान गराउनेतर्फ सरकारी निकाय र विमान कम्पनीले कुनै चासो नदेखाएको उहाँको भनाइ छ । 

साविकको कर्णाली अञ्चलका पाँचवटै जिल्लामा एक÷एक वटा विमानस्थल निर्माण गर्ने गरी एकैपटकजसो शिलान्यास गरिएको थियो तर अन्य चारवटै जिल्लामा पहिले नै विमानस्थल निर्माण भई नियमित सञ्चालन हुँदा पनि कालीकोटमा अझै सञ्चालनमा आउन सकेको छैन । मुगु, डोल्पा, जुम्ला र हुम्लामा विमानस्थल समयमै सञ्चालन भइसकेका छन् । सदरमुकामभन्दा टाढा हुनाले राज्यको प्राथमिकतामा नपरेको स्थानीयको भनाइ छ । 

पञ्चायतकालमा निर्माण थालिएको यो विमानस्थललाई बहुदलीय व्यवस्था हुँदै अहिलेको लोकतान्त्रिक गणतन्त्रसम्म आउँदा पनि राजनीतिक दलहरुले यसलाई केवल चुनावी एजेण्डा मात्र बनाउँदै आएको स्थानीयवासीको आरोप छ । 

नेताहरुले विमानस्थल सञ्चालन गर्ने वाचा गरे पनि हालसम्म यो विमानस्थल सञ्चालनमा आउन नसकेको स्थानीय अविलाल विष्ट बताउनुहुन्छ । “चुनावका बेला सबैले विमानस्थल बनाउने वाचा गर्छन्”, उहाँले भन्नुभयो, “तर पनि जहाज उड्ने गरी कसैले पनि काम गरेनन् ।” 

सशस्त्र द्वन्द्व तथा राजनीतिक दलका स्थानीय नेताबीचको खिचातानीका कारण विमानस्थल ३९ वर्षसम्म पनि निर्माण सम्पन्न हुन सकेको थिएन । विसं २०४२ मा जिल्ला विकास समितिको रु एक लाखको लागतमा विमानस्थलको काम थालनी गरिएको थियो । माओवादी जनयुद्धका कारण २०५८ देखि २०६३ सालसम्म यो आयोजनाको कुनै पनि काम अघि बढ्न सकेन । 

लामो समय निर्माणको जिम्मा लिने ठेकेदारसमेत नपाएको यो आयोजनाका लागि जिल्ला विकास समितिले रकम छुट्याए पनि दुर्गम भेगमा भएका कारण इञ्जिनियर नजाने, नबस्ने गरेकाले पनि लामो समय यसको निर्माण अवरुद्ध भयो । 

विसं २०६३ पछि मात्रै स्थानीय समिति निर्माण गर्दै यो आयोजना अघि बढाउने कार्य थालिए पनि बीचबीचमा दलबीचको आन्तरिक किचलोका कारण काम राम्ररी अगाडि बढ्न सकेन । दलका प्रतिनिधिको किचलोका कारण २०७१ सालसम्म अवरुद्ध बनेको यो विमानस्थलको निर्माण २०७१ साउनदेखि मात्रै अघि बढेको थियो । 

कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले सुनथराली विमानस्थलमा नियमित उडानका लागि विभिन्न निकायसँग छलफल भएको र आगामी वैशाखदेखि उडान भर्ने सहमति भएकाले नयाँ वर्षमा कालिकोटवासीको जहाज चढ्ने सपना पूरा हुने बताउनुहुन्छ । 

उहाँ भन्नुहुन्छ, "कर्णालीको पर्यटन क्षेत्रको विकासका लागि विमानस्थलको आवश्यकता पर्दछ ।" कालिकोटका सांसद तथा कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाही कर्णालीको पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनबाट मात्रै कर्णाली समृद्ध हुनसक्ने बताउनुहुन्छ । 

यहाँका बासिन्दाका लागि विकासको लाइफलाइन बनेको यो विमानस्थल जतिसक्दो छिटो सञ्चालनमा ल्याउनु जरुरी छ । उहाँ भन्नुहुन्छ, "हरेक निर्वाचनमा मतदाताले मन्त्री हुनुहोस् र यो विमानस्थलमा जहाज ल्याउनुहोस् भन्दै मत दिने गरेका छन् ।"

बडिमालिका र अछामको रामारोशनका लागि छोटो बाटो पर्दछ । योगी नरहरिनाथ जन्मेको साविकको कोटवाडा, द्वन्द्वको सुरुआत भएको मालकोट, लालु, रुप्सा र कुमालगाउँ मिलाएर यो गाउँपालिका बनेकाले यसको ऐतिहासक, सांस्कृतिक, प्राकृतिक र धार्मिक महत्व रहेको छ । 

विमानस्थल निर्माण सुरु गर्दा मुख्य गरी यातायातका लागि भनिएको थियो तर अहिले निर्माण सम्पन्न हुँदा यसको औचित्यमा परिवर्तन भएको छ । अब पर्यटकीय सम्भावनालाई आधुनिक विकाससँग जोड्न जरुरी रहेको स्थानीय नेता भरत वम बताउनुहुन्छ । 

नरहरिनाथ गाउँपालिका–१ मा रहेको सुनथराली विमानस्थल निर्माण सुरु भएको ३३ वर्षपछि २०७३ साल माघ २९ गते तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाहीले परीक्षण उडान गराउनुभएको थियो । 

त्यतिबेला घाँसे मैदानमा परीक्षण उडान गरिएको थियो । त्यसपछि त्यो विमानस्थलमा जहाज आएको छैन । त्यतिबेला उहाँले यस विमानस्थल सञ्चालनपछि जिल्लाको मात्र नभई कर्णाली प्रदेशकै विकासमा सहयोग पुग्ने बताउनुभएको थियो । 

यस क्षेत्रमा बडीमालिका, त्रिवेणी पाटन, खप्तड रारा, रामरोशनजस्ता थुप्रै पर्यटकीय सम्पदा रहेकाले त्यहाँसम्म पुग्न यो विमानस्थल हुँदै थुप्रै स्वदेशी र विदेशी पर्यटकलाई आकर्षित गर्न सकिने सम्भावना छ । 

यो विमानस्थल कालीकोट जिल्ला सदरमुकाम खडचक्रबाट तीन किलोमिटर उत्तर पश्चिममा अवस्थित छ । समुन्द्र सतहबाट दुई हजार १०० मिटरको उचाइमा रहेको यो विमानस्थल छ, धावनमार्गको लम्बाइ छ सय ४० मिटर छ । राज्यको करोडौँ लगानीमा लामो धावनमार्ग, टर्मिनल भवन, सुरक्षा गार्ड भवन र प्रशासनिक भवन निर्माण भएको छ । 

हाल विमानस्थलको धावनमार्ग कालोपत्र भइसकेको छ भने रिपिटर टावरमा उपकरण जडान हुन बाँकी छ । यस विमानस्थलमा नियमित जहाज उडान भएका खण्डमा स्थानीय उत्पादनको बजारीकरणसँगै पर्यटन प्रवद्र्धन, रोजगारी सिर्जना र प्रदेश राजधानीसँग सिधा पहुँच हुने आशामा कालीकोटवासी छन् । 

जहाज चढ्ने गरी नागरिकको आयस्तर वृद्धिमा जोड दिन आवश्यक रहेको बताउँदै सांसद शाहीले नागरिकको आयवृद्धिसँगै पहुँच विस्तार जरुरी छ र यसका लागि केबुलकार एकमात्र विकल्प रहेकामा जोड दिनुभएको छ । यस विमानस्थलमा नियमित उडानका लागि केबुलकार निर्माण गर्नु आवश्यक छ । 

सदरमुकामबाट विमानस्थलसम्म केबुलकार निर्माण गर्नका लागि विस्तृत अध्ययन प्रतिवेदन पनि तयार भएको छ । कोटवाडा–मान्मा केबुलकार निर्माण भएमा अहिलेको झण्डै ५५ किमीको दूरीमा पाँच घण्टाको जोखिमपूर्ण यात्रालाई जम्मा पाँच मिनेटमा छोट्याउन सकिने रोपे वे एण्ड केबलकार प्रालिका अधयक्ष गुणराज ढकाल बताउनुहुन्छ । 

यसका लागि आवश्यकपर्ने करिब रु एक अर्ब १५ करोड लगानीको स्रोत जुट्न नसक्दा केबलकार निर्माण कार्य अगाडि बढाउन नसकिएको उहाँको भनाइ छ । 

यो विमानस्थल निर्माण गर्ने क्रममा ज्यान गुमाएका ३५ जना मजदूरको स्मरणमा गाउँपालिकाले शालिक निर्माण गर्ने भएको छ ।

गाउँपालिका अध्यक्ष नगेन्द्रबहादुर विष्टले भन्नुभयो, “यो विमानस्थल तिनै मजदुरको चिहानमाथि बनेको छ । विमानस्थल निर्माण गर्नेक्रममा बलिदान दिने मजदुरको सम्मानमा स्मारक बनाउन शिलान्यास गरिसकेका छौँ र यसका लागि पालिकाले यस वर्ष रु १० लाख बजेट छुट्याएको छ ।” 

अध्यक्ष विष्टका अनुसार नुहादेव र देहडु देवताको स्थल रहेको ठाउँलाई उठाएर विमानस्थल बनाइएको हो । यी दुवै देवतालाई रातो चन्दन चल्दैन तर यहाँ ३६ जनाको रगत बगेको छ । 

विमानस्थल निर्माण गर्ने क्रममा २०५८ फागुन १३ गते कोटवाडामा माओवादीको आरोपमा सेनाको कारबाहीमा विमानस्थलमा कार्यरत ३५ जना मजदुरको हत्या भएको थियो । मारिनेमा २६ जना धादिङको जोगिमाराका मजदुर रहेका थिए ।


प्रकाशित मिति: आइतबार, चैत २६, २०७९  १३:१५
प्रतिक्रिया दिनुहोस्
थप देश
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना बिहीबार, असोज १७, २०८१
ब्रेक नै नभएका, लाइटहरूनै नभएका ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही
ब्रेक नै नभएका, लाइटहरूनै नभएका ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही सोमबार, जेठ ७, २०८१
एक महिनामा नौ जिल्लाका एसपी कारबाहीमा, बाँकेका एसपी बोहरा तानिनुको कारण यस्तो......
एक महिनामा नौ जिल्लाका एसपी कारबाहीमा, बाँकेका एसपी बोहरा तानिनुको कारण यस्तो...... मंगलबार, वैशाख २५, २०८१
अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न  
अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न   मंगलबार, वैशाख ४, २०८१
नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA
नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA मंगलबार, चैत २७, २०८०
बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत
बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत सोमबार, चैत २६, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्