Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
देश
  • Home
  • देश
  • पत्रकारका सदस्यता शुद्धीकरण प्रमुख एजेण्डा
पत्रकारका सदस्यता शुद्धीकरण प्रमुख एजेण्डा
नेपालकागज
नेपालकागज बुधबार, चैत १५, २०७९

बुटवल । नेपाल पत्रकार महासङ्घले लुम्बिनीमा आयोजना गर्न लागेकोे राष्ट्रिय मिडिया सम्मेलनमा सदस्यता शुद्धीकरणलाई प्रमुख एजेण्डाको रुपमा अगाडि सारिएको छ ।

यही चैत १७ गते लुम्बिनीमा आयोजना गरिने सम्मेलनमा सदस्यता शुद्धीकरण, पत्रकारका समस्या र मिडियामा देखिएको आर्थिक सङ्कट तथा पत्रकारितासँग सम्बन्धित कानुनका विषयलाई प्रमुख एजेण्डाको रुपमा अगाडि सारिने बुधबार बुटवलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले बताउनुभयो । 

“महासङ्घमा सदस्यता शुद्धीकरणको मुद्दा सधैँ उठ्ने गरेकाले सदस्यताको प्रारम्भ र अन्त्यसम्म शाखाको भूमिका हुन्छ”, उहाँले भन्नुभयो, “शाखाले नै निर्णय लिनसक्ने हो भने केही न केही गर्न सकिन्छ भन्ने हाम्रो विश्वास हो ।’ पत्रकारको समस्या र मिडियामा आर्थिक सङ्कटका सम्बन्धमा पनि कुरा उठाइने अध्यक्ष पोखरेलले बताउनुभयो । 

पछिल्लो समयमा मुलुकमा आर्थिक सङ्कट सिर्जना भएको र त्यसकारण वा अन्य कारणबाट पत्रकारमा परेको समस्या पहिचान गरिने र समाधानका लागि पहल गरिनाका साथै मिडिमा उत्पन्न आर्थिक सङ्कट समाधानका लागि के गर्न सकिन्छ भन्नेबारे समेत खोजी गर्न लागिएको उहाँको भनाइ थियो । 

यसैगरी अहिले सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारबाट पत्रकार र मिडियासँग सम्बन्धित विधेयक तयार गर्न लागिएको र  कतिपय विधेयक तयार भइसकेकाले तयार भइसकेका विधेयकका पत्रकारको हित विपरीतका विषय केलाउने र तयार हुने क्रममा रहेका विधेयकलाई कसरी पत्रकार र मिडियामैत्री बनाउन सकिन्छ भन्ने विषयमा बहस गरिने अध्यक्ष पोखरेलले उल्लेख गर्नुभयोे । 

उक्त सम्मेलनमा ४० शाखाका अध्यक्ष, प्रदेश समितिका अध्यक्ष र महासचिव, केन्द्रीय समितिका पदाधिकारी तथा सल्लाहकार, मिडिया क्षेत्रका विज्ञ, प्रतिनीधिमूलकरुपमा मिडियाका लगानीकर्ता र सरकारी निकायका प्रतिनिधि गरी दुई सय भन्दा बढीको सहभागिता रहने भएको छन् । 

सूचना तथा सञ्चारमन्त्री रेखा शर्मा  प्रमुख आतिथि रहनुहुने उक्त सम्मेलनमा  सङ्घीय सरकारका अन्य मन्त्रीहरु तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री पनि सहभागी हुनुहुने महासचिव रोशन पुरीले जानकारी गराउनुभयो । 

नेपाल पत्रकार महासङ्घको बिहीबार ६८औंँ स्थापना दिवस मनाइँदै छ । महासङ्घले यस पटक उपत्यका बाहिर स्थापना दिवस मनाउने तयारी गरेको हो । 

स्थापना दिवसका अवसरमा भोलि बिहानै परासीमा प्रभातफेरी कार्यक्रम दिउँसो पूर्ण बैठक र साँझ गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा दीप प्रज्वलन गरिने गरिने उहाँले जानकारी गराउनुभयो । 

स्थापना दिवसकै अवसर  पारेर लुम्बिनीमा राष्ट्रिय मिडिया सम्मेलन गर्न लागिएको हो  । पत्रकार सम्मेलनमा महासङ्घका जिल्लाशाखा अध्यक्ष रामराज पोख्रेलले सदस्यता सुद्धिकरणको अभियानमा जिल्ला शाखा महासंघसँगै रहेको बताउनुभयो ।


प्रकाशित मिति: बुधबार, चैत १५, २०७९  १७:१३
#चौथो अंग
प्रतिक्रिया दिनुहोस्
थप देश
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना बिहीबार, असोज १७, २०८१
ब्रेक नै नभएका, लाइटहरूनै नभएका ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही
ब्रेक नै नभएका, लाइटहरूनै नभएका ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही सोमबार, जेठ ७, २०८१
एक महिनामा नौ जिल्लाका एसपी कारबाहीमा, बाँकेका एसपी बोहरा तानिनुको कारण यस्तो......
एक महिनामा नौ जिल्लाका एसपी कारबाहीमा, बाँकेका एसपी बोहरा तानिनुको कारण यस्तो...... मंगलबार, वैशाख २५, २०८१
अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न  
अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न   मंगलबार, वैशाख ४, २०८१
नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA
नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA मंगलबार, चैत २७, २०८०
बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत
बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत सोमबार, चैत २६, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्