Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
विकास निर्माण
  • Home
  • विकास निर्माण
  • सात दिनभित्र सवारी अनुमति पत्र दिने कार्ययोजना बन्दैछ : उपप्रधानमन्त्री श्रेष्ठ
सात दिनभित्र सवारी अनुमति पत्र दिने कार्ययोजना बन्दैछ : उपप्रधानमन्त्री श्रेष्ठ
नेपालकागज
नेपालकागज सोमबार, चैत १३, २०७९

काठमाडौँ । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले नागरिकलाई सात दिनभित्र सवारी चालक अनुमतिपत्र प्रदान गर्ने तयारी गरिएको बताउनुभएको छ । 

आफूले मन्त्रालय सम्हालेको तीन महिना नाघेका सन्दर्भमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले अबको आठ महिनापछि तीनदेखि सात दिनभित्र सवारी चालक अनुमतिपत्र दिने कार्ययोजना निर्माण गरिरहेको जानकारी दिनुभयो । 

हाल सेवाग्राहीले सवारी चालक अनुमतिपत्र लिन झन्डै एक वर्ष कुर्नुपर्छ । मागअनुसार चालक अनुमतिपत्र छाप्न नसक्दा वितरणमा समस्या भएको उहाँको भनाइ छ । 

अहिले दैनिक छ हजार चालक अनुमतिपत्रको माग छ । तर दैनिक चार हजार अनुमतिपत्र मात्र छपाइ हुँदै आएको छ । अझै आठ लाख अनुमतिपत्र छाप्न बाँकी रहेको यातायात व्यवस्था विभागले जनाएको छ । 

सवारी अनुमतिपत्र वितरण सहज बनाउन सरकारले अर्को ‘मास प्रिन्टर’ खरिद गर्ने तयारी गरेको छ । “अब हामी छिट्टै मास प्रिन्टर खरिद गर्ने तयारीमा छौँ, बोलपत्र आह्वान भइसकेको छ”, उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो, “आठ महिनापछि तीनदेखि सात दिनभित्र सवारी अनुमतिपत्र प्राप्त गर्ने वातावरण बनाउन हामी प्रतिबद्ध छौँ, आठ महिनामा लाइसेन्स छपाइको सम्पूर्ण समस्या समाधान हुन्छ ।” 

सम्बन्धित प्रदेशमा चालक अनुमतिपत्रको मागअनुसार प्रिन्टर खरिद गर्न प्रदेश सरकारसँग पनि छलफल गरिरहेको उहाँको भनाइ छ । 

अहिले बागमती र लुम्बिनी प्रदेशमा चालक अनुमतिपत्रको माग उच्च छ । “मागअनुसार लाइसेन्स उपलब्ध गराउन नसकी सेवाग्राहीले भोगेको सास्ती, कठिनाइ दृष्टिगत गरी छपाइसँग सम्बन्धित स्मार्ट कार्ड, प्रिन्टर खरिद प्रक्रियाको कार्यायोजना मन्त्रालयले अगाडि बढाएको छ”, मन्त्री श्रेष्ठले भन्नुभयो । 

बाह्र लाख स्मार्ट कार्ड आपूर्तिका लागि अन्तर्राष्ट्रिय बोलपत्रमार्फत छनोट भएको जर्मनीको कम्पनीसँग गत फागुन १० गते सम्झौता भई शीघ्र आपूर्तिको पहल भइरहेको उहाँले जानकारी दिनुभयो । 

विभागले सवारी अनुमपतिपत्र छपाइमा देखापरेको समस्याको स्थायी समाधान नभएसम्म विदेश जाने कामदार, विद्यार्थी, शान्ति मिसनमा जाने सेना, प्रहरी र कूटनीतिज्ञलाई अनलाइन निवेदन दिएको तेस्रो दिनभित्र स्मार्ट कार्ड छपाइ गरी उपलब्ध गराउँदै आएको छ । 

उपप्रधानमन्त्री श्रेष्ठले इम्बोस्ड नम्बर नेपालीमा राख्ने योजना बनाइरहेको बताउनुभयो । 

“इम्बोस्ड अङ्ग्रेजी भाषामा छ, यो नेपाली भाषामा पनि राख्नुपर्छ भनेर बहस भइरहेको छ”, उहाँले भन्नुभयो, “मन्त्रालयले इम्बोस्ड नम्बरलाई नेपाली राख्ने योजना अगाडि बढाइएको छ ।”

इम्बोस्ड नम्बर ‘रिड’ गर्न दुई स्थानमा ‘गेट’ निर्माण गरिने छ । उक्त नम्बर जडान गर्दा लाग्ने शुल्क पनि कम गर्ने तयारी गरिएको उपप्रधानमन्त्री श्रेष्ठको भनाइ छ । 

“नम्बर जडान गर्दा लाग्ने शुल्क केकति उपभोक्ताबाट लिने भन्नेबारेमा छलफल भइरहेको छ”, उहाँले भन्नुभयो ।


प्रकाशित मिति: सोमबार, चैत १३, २०७९  १७:३७
प्रतिक्रिया दिनुहोस्
थप विकास निर्माण
घर जग्गा लिलाम नगर्न र कालोसूचीमा नराख्न गरिएको निर्णय अभियानको आंशिक सफलता - प्रवक्ता पन्त 
घर जग्गा लिलाम नगर्न र कालोसूचीमा नराख्न गरिएको निर्णय अभियानको आंशिक सफलता - प्रवक्ता पन्त  मंगलबार, असार १२, २०८१
सरकारीस्तरबाट नै जापानमा कामदार जाने ढोका खुल्यो, यी १४ क्षेत्रमा दक्ष कामदार जापान जान पाउँछन्
सरकारीस्तरबाट नै जापानमा कामदार जाने ढोका खुल्यो, यी १४ क्षेत्रमा दक्ष कामदार जापान जान पाउँछन् सोमबार, फागुन १४, २०८०
मेलम्चीमा एक अर्ब ६३ करोड भ्रष्टाचार, एक खर्ब ४४ करोड बिगो दाबी, यसरी भएको थियो भ्रष्टाचार......
मेलम्चीमा एक अर्ब ६३ करोड भ्रष्टाचार, एक खर्ब ४४ करोड बिगो दाबी, यसरी भएको थियो भ्रष्टाचार...... सोमबार, फागुन ७, २०८०
सञ्चारमन्त्रीलाई सम्बोधन गर्दै टिकटकको नेपाल सरकारलाई पत्र, यस्तो छ पाँचबुँदे प्रतिबद्धता
सञ्चारमन्त्रीलाई सम्बोधन गर्दै टिकटकको नेपाल सरकारलाई पत्र, यस्तो छ पाँचबुँदे प्रतिबद्धता मंगलबार, फागुन १, २०८०
प्रभु बैंकका अप्रेसन इन्चार्ज नीरजविक्रम बेपत्ता, सवा करोड अपचलन भएको प्रहरीको भनाइ
प्रभु बैंकका अप्रेसन इन्चार्ज नीरजविक्रम बेपत्ता, सवा करोड अपचलन भएको प्रहरीको भनाइ आइतबार, माघ २८, २०८०
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा शुक्रबार, माघ २६, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्