Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
प्रदेश
  • Home
  • प्रदेश
  • प्रभु बैंकका अप्रेसन इन्चार्ज नीरजविक्रम बेपत्ता, सवा करोड अपचलन भएको प्रहरीको भनाइ
प्रभु बैंकका अप्रेसन इन्चार्ज नीरजविक्रम बेपत्ता, सवा करोड अपचलन भएको प्रहरीको भनाइ पायल्सको अप्रेसन छ, एक दिनका लागि भए पनि बिदा दिनुपर्‍यो, नेपालगन्ज जानु छ भनेर शाह सम्पर्कविहीन
नेपालकागज
नेपालकागज आइतबार, माघ २८, २०८०

रुकुम पश्चिम । प्रभु बैंकका अप्रेसन इन्चार्ज नीरजविक्रम शाह ६ दिनदेखि बेपत्ता भएका छन् ।रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको राडी बजारस्थित प्रभु बैंकका अप्रेसन इन्चार्ज शाहलाई बैंकमा बचत गर्न पैसा दिएको र बचत गरेको नक्कली भौचरबाट झुक्याएर पैसा अपचलन गरेर भागेको आरोप लागेको छ । आफ्नो बचत रकम हिनामिना गरेर शाह बेपत्ता भएको भन्दै बचतकर्ताहरू हरेक दिन शाखा कार्यालयमा भेला हुने गरेका छन् । 

आठबिसकोट नगरपालिका– १३ का शंकर पुनले आफ्नो खातामा रहेको १० लाख रुपैयाँ थाहा नै नदिएर अर्कैको खातामा ट्रान्सफर भएको बताए । बैंकमा गएर बुझ्दा आफ्नो खातामा रहेको पैसा अन्यत्रै पठाएको बताए । बैंकमा बचत गर्न पैसा दिएको र बचत गरेको नक्कली भौचर दिएर झुक्याइएको बचतकर्ताहरूको गुनासो छ । बचतकर्ताहरू आफ्नो रकम फिर्ताको माग गर्दै भेला हुने गरेका छन् । 

शंकास्पद देखिएपछि आन्तरिक अनुसन्धान थालिएको छ । बैंकको कर्णाली प्रदेशबाट आएका दुईजनाको टोलीले अनुसन्धान गरिरहेको शाखा प्रमुख डम्बर गौतमले जानकारी दिए । अनुसन्धान चलिरहेको छ, गडबडी भए–नभएको अनुसन्धान सकिएपछि मात्र थाहा हुन्छ ।’ अनुसन्धानका लागि केन्द्रको टोलीसमेत आउन लागेको उनले बताए । 

पायल्सको अप्रेसन छ, एक दिनका लागि भए पनि बिदा दिनुपर्‍यो, नेपालगन्ज जानु छ भनेर शाह सम्पर्कविहीन भएको उक्त बैंकका शाखा प्रमुख गौतमको भनाइ छ । उनले बचतकर्ताको खाताबाट पैसा निकालेको भन्ने हल्ला मात्र भएको दाबी पनि गरे । ‘कुनै पनि बचतकर्ताको खाताबाट पैसा निकालेको देखिएको छैन, यसमा सत्यता छैन । तर, हामी अनुसन्धानमा छौँ,’ उनले भने । 

शाहमाथि व्यक्तिगत कारोबारको आशंका गरिएको उनले बताए । केही व्यक्तिले शाहलाई ऋण दिएको र एकाएक बेपत्ता भएको थाहा पाएपछि आत्तिएको हुन सक्ने शाखा प्रमुख गौतमको भनाइ छ । सोमबारसम्ममा अनुसन्धान सकिने र त्यसपछि यसबारेमा थप जानकारी दिने उनको भनाइ छ ।

यता सवा करोड अपचलन भएको प्रारम्भिक जानकारी आइपुगेको प्रहरीले बताएको छ । 
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले यो मुद्दा उच्च अदालतले हेर्ने भएका कारण सुर्खेत प्रहरीअन्तर्गत रहने जनाएको छ । यो मुद्दा उच्च अदालतको कार्यक्षेत्रभित्र पर्ने भएकाले उच्च अदालत रहेको जिल्ला सुर्खेत प्रहरीले हेर्ने जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नमराज भट्टराईले जानकारी दिए । प्रारम्भिक जानकारी अनुसार एक करोड ३५ लाख अपचलन भएको देखिएको छ । बैंकको प्रदेश कार्यालयले अहिलेसम्मको अनुसन्धानबाट उक्त परिमाणको रकममा अपचलन भएको देखिएको जानकारी गराएको डिएसपी भट्टराईले बताए ।


प्रकाशित मिति: आइतबार, माघ २८, २०८०  १२:५६
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य मंगलबार, भदौ १८, २०८१
चिसापानीको कर्णाली पुलमा भयङ्कर आगलागी, अनुसन्धानमा खुल्यो आगलागीको रहस्य....
चिसापानीको कर्णाली पुलमा भयङ्कर आगलागी, अनुसन्धानमा खुल्यो आगलागीको रहस्य.... मंगलबार, फागुन २९, २०८०
बर्दियाको चार्ज सम्हाले दुई एसपीले, रणनिती र कार्यनिती यस्तो छ......
बर्दियाको चार्ज सम्हाले दुई एसपीले, रणनिती र कार्यनिती यस्तो छ...... बिहीबार, फागुन १०, २०८०
प्रदेशमा प्रहरीलाई दुई ग्रेड थपको सुविधा दिने गृहको सोँच, प्रहरी नेतृत्वको पाँच ग्रेडमा अडान
प्रदेशमा प्रहरीलाई दुई ग्रेड थपको सुविधा दिने गृहको सोँच, प्रहरी नेतृत्वको पाँच ग्रेडमा अडान आइतबार, फागुन ६, २०८०
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा शुक्रबार, माघ २६, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्