Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
विकास निर्माण
  • Home
  • विकास निर्माण
  • हटिया–ताराखोला सडक : म्याद सकियो, सकिएन कालोपत्रे
हटिया–ताराखोला सडक : म्याद सकियो, सकिएन कालोपत्रे
नेपालकागज
नेपालकागज सोमबार, चैत १३, २०७९

गलकोट । निर्माण व्यवसायीले सरसर्ती सडकको काम गरेको भए अहिले गलकोट हुँदै ताराखोलाको यात्रा निकै सहज हुन्थ्यो । 

गलकोट नगरपालिकाको केन्द्र हटियादेखि गाईघाट हुँदै ताराखोला जोड्ने रणनीतिक सडक म्याद सकिँदासम्म कालोपत्रे हुन सकेको छैन । 

डेढ वर्षअघिनै कालोपत्रे सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेकोमा दुई पटक म्याद थप गर्दासमेत उक्त सडकको कालोपत्रे सम्पन्न हुन नसकेको हो । समयमै कालोपत्रे नहुँदा गलकोट नगरपालिकाको केन्द्र हुँदै ताराखोला पुग्ने यात्रुलाई सास्ती भएको छ । 

ठेकेदार कम्पनीको लापर्बाहीका कारण सडक समयमै नसकिएको गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले बताउनुभयो । “गलकोटको गौदीखोला पुलदेखि गलकोट नगरपालिकाको कार्यालयअघि हुँदै ताराखोला पुग्ने सडक चार वर्ष पुगिसक्दासमेत कालोपत्रे भएन”, उहाँले भन्नुभयो, “दुई पालिका जोड्ने सडक कालोपत्रे भएमा गलकोट र ताराखोलाको सिमानामा रहेको गाइघाट झरनामा पुग्ने पर्यटकलाई समेत सहज हुने थियो, अहिले गलकोट नगरपालिकाको कार्यालय अघि कालोपत्रेका लागि ढिलै भए पनि ग्राभेल गरेको छ ।”

ताराखोलालाई केन्द्र बनाएर गलकोट नगरपालिका र म्याग्दी जोड्ने उक्त रणनीतिक सडक म्याद सकिएको डेढ वर्ष भइसकेको छ । म्याद सकिएपछि दुई पटक म्याद थप्दासमेत कालोपत्रे नभएको पूर्वाधार कार्यालय बागलुङले जनाएको छ । 

पूर्वाधार कार्यालय बागलुङका प्रमुख गणेश सुवेदीले निर्माण व्यवसायीको ढिलासुस्तीका कारण सडक कालोपत्रेमा समस्या भएको जानकारी दिनुभयो । 

“यो ठेक्का आर्थिक वर्ष २०७५÷०७६ लगाइएको थियो, आगामी म्याद सकिएपछि पुन दुई पटक थपियो, पुससम्म ठेक्का म्याद छ, त्यो म्यादभित्र सडक कालोपत्रे सक्न निर्देशन दिएका छौँ, अहिले ग्राभेलको काम गरिरहेको छ तर गाईघाट झरनाभन्दा माथि भौगोलिक जटिलताको कारण देखाउँदै काम ढिलो गरेको छ”, उहाँले भन्नुभयो, “अहिले पाँच किलोमिटर सडकमा ग्राभेल गरेको छ त्यही गतिमा काम गरे मात्रै पुससम्म सम्भव होला नत्र अहिले कायम भएको मितिभित्र समेत सडक कालोपत्रे सकिँदैन ।”

उहाँका अनुसार कोरोना महामारी र आर्थिक वृद्धिदरको कारण देखाउँदै ठेकेदार कम्पनीले काममा ढिलाइ गरेको हो । अहिले बिछ्याएको ग्राभेलमा समेत त्रुटि देखिएकाले सच्चाउन लगाइएको छ ।

झन्डै ४० किलोमिटर लामो रणनीतिक सडकमध्ये अहिले गलकोटको हटियादेखि सयपत्री जलविद्युत् आयोजनासम्म १० किलोमिटर मात्रै कालोपत्रेको लागि एपेक्स खड्का कृष्ण संयुक्त निर्माण कम्पनीसँग रु २४ करोडमा ठेक्का सम्झौता भएको थियो । 
 
ठेक्का लिएको १० किलोमिटरमध्ये साढे पाँच किलोमिटर सडकमा बेस राखेर ग्राभेल भरे पनि बाँकी खण्डमा काम  ढिलो भएको छ । उक्त सडकको हालसम्मको प्रगति  ५० प्रतिशत मात्रै भएको छ । अहिलेसम्म रु १२ करोडभन्दा धेरै रकम भुक्तानीसमेत भइसकेको छ । 

सडक कालोपत्रेमा ढिलाइ हुँदा गलकोट नगरपालिका वडा नं ५ र ६ तथा ताराखोला गाउँपालिका वडा नं १ र ३ का बासिन्दाले सास्ती खेप्दै आएका छन् । 

सडक निर्माणको जिम्मा पाएको एपेक्स खड्का कृष्ण संयुक्त निर्माण कम्पनीका इन्जिनियर रामु कँडेलले कोरोना महामारी, विद्युतीय पोल र मूल्यवृद्धिका कारण समयमै काम नसकिएको जिकिर गर्नुभयो । 

उहाँले पुस मसान्तसम्म सात किलोमिटर सडक कालोपत्रे गरिसक्ने बताउँदै पूर्वाधारको काम अन्तिम चरणमा पुगेको बताउनुभयो । 

“अहिले धमाधम सडक ग्राभेल गर्ने कार्य भइरहेको छ, गाईघाट झरनादेखि माथि पहिरोले निर्माण गरेको पूर्वाधारमा क्षति पुग्दा समस्या भयो, अहिले विद्युत्का पोलसमेत सार्न थालिएको छ”, उहाँले भन्नुभयो, “अब कामले गति लिन्छ समस्याग्रस्त क्षेत्रमा कालोपत्रे नगरेर ढलान गर्नका लागि छलफल भइरहेको छ ।”

हटियादेखि गाईघाट झरनासम्म ६३ पोल सार्नका लागि ठेक्कामार्फत अहिले काम भइरहेको नेपाल विद्युत् प्राधिकरण बागलुङ शाखाका प्रमुख दिलीप मरासिनीले जानकारी दिनुभयो । 

उहाँका अनुसार विद्युत्का पोल सार्ने काम केही दिनमै सकिने जनाउँदै निर्माण व्यवसायीलाई छिटो सडक कालोपत्रे गर्न सुझाव दिनुभयो । 


प्रकाशित मिति: सोमबार, चैत १३, २०७९  ०९:५९
प्रतिक्रिया दिनुहोस्
थप विकास निर्माण
घर जग्गा लिलाम नगर्न र कालोसूचीमा नराख्न गरिएको निर्णय अभियानको आंशिक सफलता - प्रवक्ता पन्त 
घर जग्गा लिलाम नगर्न र कालोसूचीमा नराख्न गरिएको निर्णय अभियानको आंशिक सफलता - प्रवक्ता पन्त  मंगलबार, असार १२, २०८१
सरकारीस्तरबाट नै जापानमा कामदार जाने ढोका खुल्यो, यी १४ क्षेत्रमा दक्ष कामदार जापान जान पाउँछन्
सरकारीस्तरबाट नै जापानमा कामदार जाने ढोका खुल्यो, यी १४ क्षेत्रमा दक्ष कामदार जापान जान पाउँछन् सोमबार, फागुन १४, २०८०
मेलम्चीमा एक अर्ब ६३ करोड भ्रष्टाचार, एक खर्ब ४४ करोड बिगो दाबी, यसरी भएको थियो भ्रष्टाचार......
मेलम्चीमा एक अर्ब ६३ करोड भ्रष्टाचार, एक खर्ब ४४ करोड बिगो दाबी, यसरी भएको थियो भ्रष्टाचार...... सोमबार, फागुन ७, २०८०
सञ्चारमन्त्रीलाई सम्बोधन गर्दै टिकटकको नेपाल सरकारलाई पत्र, यस्तो छ पाँचबुँदे प्रतिबद्धता
सञ्चारमन्त्रीलाई सम्बोधन गर्दै टिकटकको नेपाल सरकारलाई पत्र, यस्तो छ पाँचबुँदे प्रतिबद्धता मंगलबार, फागुन १, २०८०
प्रभु बैंकका अप्रेसन इन्चार्ज नीरजविक्रम बेपत्ता, सवा करोड अपचलन भएको प्रहरीको भनाइ
प्रभु बैंकका अप्रेसन इन्चार्ज नीरजविक्रम बेपत्ता, सवा करोड अपचलन भएको प्रहरीको भनाइ आइतबार, माघ २८, २०८०
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा शुक्रबार, माघ २६, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्