Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
देश
  • Home
  • देश
  • काष्ठकलामा सात पुस्तादेखिको विरासत जोगाउँदै भीमबहादुर
काष्ठकलामा सात पुस्तादेखिको विरासत जोगाउँदै भीमबहादुर
नेपालकागज
नेपालकागज बुधबार, चैत ८, २०७९

खेमराज गौतम, गलकोट । काठबाट निर्माण गरिएका झ्याल, तोरण, टुँडाल र ढोका हेर्दा निकै सुन्दर देखिन्छन् । यी सुन्दरमात्र होइनन, टिकाउ पनि उत्तिकै हुन्छन् । तर काष्ठकला निर्माणमा लाग्ने खर्च र मेहनत भने कम्ता छैन । 

यसबारे अनुमान लगाउन मुश्किल पर्छ । मठ, मन्दिर, सत्तल, पाटी पौवा तथा घरलाई आकर्षक र कलात्मक बनाउन काष्ठकलामा संलग्नले काठमा पोखेको कलामा नेपाली सभ्यता र संस्कृति झल्किन्छ ।

पछिल्लो समय काष्ठकलाप्रति युवाको आकर्षण घट्दै गएको पाइन्छ । काष्ठकला पुस्तान्तरणसमेत हुन नसक्दा कलाकारको मात्र होइन, काठबाट निर्माण गरिएका सामग्री अभाव हुन थालेको छ । 

यी विविध समस्याबीच पनि बागलुङ नगरपालिका–३ का भीमबहादुर विश्वकर्माले भने आफ्ना सात पुस्ताले अँगालेको काष्ठकला पेसालाई धान्दै आउनुभएको छ ।

खर्च र समय बढी लाग्ने भएकाले पछिल्लो पुस्ताले काठबाट निर्मित टुँडाल, झ्याल र ढोकाको प्रयोग न्यूनरुपमा गर्न थालेको विश्वकर्मा बताउनुहुन्छ । “धेरै समस्या छन्, तर मैले पुर्खाको पेसालाई जोगाइराखेकै छु”, उहाँले भन्नुभयो । 

बागलुङमा घरमा भन्दा पनि मठ–मन्दिरमा काष्ठकलाको प्रयोग बढी हुने गरेको छ  । गत भदौदेखि विश्वकर्मा बागलुङ कालिका मन्दिरमै बास बसेर मन्दिरलाई कलात्मक बनाउन लागिपर्नुभएको छ । उहाँसँगै  कान्छा छोरा विकास पनि मन्दिरमै बुवासँगै काष्ठकलामा लाग्नुभएको छ ।

कालिका मन्दिरलाई कलात्मक बनाउने काष्ठकलाको जिम्मा ६० वर्षीय विश्वकर्माले लिनुभएको छ । विश्वकर्माको जीवन काष्ठकलामै बित्यो । आफ्नो सात पुस्तादेखि नै मुख्य पेसा काष्ठकला नै रहेको उहाँ बताउनुहुन्छ । बुवा मोतिलालले विभिन्न मन्दिरको टुँडाल तथा भगवान्का आकृति बनाएको देखेरै १५ वर्षको उमेरदेखि विश्वकर्मा काष्ठकलातर्फ आकिर्षत हुनुभएको हो । 

हाल रु आठ लाखमा कालिका मन्दिरको हवन कुण्ड, शिवालय मन्दिर र गणेश मन्दिरका लागि आवश्यक टुँडाल, आँखीझ्याल तथा विभिन्न भगवान्का आकृति तयार गरिराख्नुभएका विश्वकर्माले काष्ठकला व्यवसाय आफ्नो परिवारमा पुस्तान्तरण हुँदैआएको बताउनुभयो ।

विश्वकर्मासित काष्ठकलासहित तामाले छाउने कार्यको समेत ज्ञान छ । उहाँले काठलाई विभिन्न घरेलु औजारले महिनौँ कुँदेर विभिन्न आकृतिमा निर्माण गर्दै आउनुभएको छ । 

“सात पुस्ता काष्ठकलामै समर्पित भयो, बुवासँग २०४८ सालमा कालिका मन्दिरको गजुर मिलाउने, झ्याल तथा ढोका कुँद्ने काम गरेको थिएँ, अहिले बुवाले बनाएकै आँखीझ्याल तथा टुडाँल कालिका मन्दिरमा छन्, बुवा बित्नुभएकै २० वर्ष भयो”, उहाँले भन्नुभयो–“अहिले पुनः कालिका मन्दिर क्षेत्रमा निर्माण गरिने हवन कुण्ड, शिवालय र गणेश मन्दिरमा मैले आफ्नो कला पोख्ने अवसर पाएको छु ।”

विश्वकर्माका पुर्खाले बागलुङ, गुल्मी, पर्वत, म्याग्दीलगायत ठाउँमा राजाको दरबार, मठ–मन्दिरलगायतमा काष्ठकलाको काम गरेका थिए । गुल्मीको रिडीस्थित रिडेश्वर मन्दिर पनि उहाँकै पुर्खाले बनाएको विश्वकर्माको भनाइ छ । 

कालिका मन्दिरको मुख्यद्वार नजिकै  बुवाको नाम देखाउँदै उहाँले भन्नुभयो । “काष्ठकलाकै कामले जीवन चलाउँदै आएको छु”, उहाँले भन्नुभयो । पञ्चकोट, कारिकोट, तित्याङ मनकामनालगायत प्रसिद्ध मन्दिरको ढोका तथा विभिन्न आकृतिमा झ्याल निर्माण गरिसकेको उहाँले बताउनुभयो । 

सानैदेखि बुवासँग काष्ठकलाको काम सिकाले अहिले सहज भएको विश्वकर्माको भनाइ छ । कान्छो छोरा विकासले काष्ठकलाको काम सिकिसकेकाले पुस्तान्तरण भएको उहाँको ठम्याइ छ । 

पछिल्लो समय कृत्रिम र विद्युतीय उपकरकणको सहायताले काष्ठकलाको काम थालिएको छ । घरेलु हतियारले निर्माण गरेको काठको छुट्टै महत्व रहेको उहाँ बताउनुहुन्छ । कालिका मन्दिरको हवन कुण्डमा नाग देवता, भगवती, बुद्ध भगवान्, विष्णु, देवी र जलदेवतालगायत आकृतिमा काठ कुँदेर निर्माण गरिएको उहाँले जानकारी दिनुभयो । 

विश्वकर्माले कलात्मक ढङ्गले कँुदिएको ढोकालाई अहिलेको बजारभाउ रु एक लाख ८० हजार पर्ने बताउनुभयो । उहाँले पुस्ताले एक स्थानमा बनाएको आकृति अर्को स्थानमा नबनाउँदा उक्त मन्दिरको कलात्मक महत्व बढेर जाने बताउनुभयो । उहाँले काष्ठकलामा लागेर पुर्खाले बिर्ता पाएको समेत सुनाउनुभयो । अहिले काष्ठकलाबाट जीवन गुजरामात्रै चलाउन ठिक्क भएको बताउनुभयो ।

“कहिलेकाँही काष्ठकलाको काम लगातार पाउँदा आम्दानी राम्रै हुन्छ, कतिबेला भने  खाली हात बस्नुपर्ने बाध्यता हुन्छ”, विश्वकर्माले भन्नुभयो । उहाँले बालभैरव मन्दिर, तित्याङ मनकामना मन्दिर, विभिन्न कूल मन्दिर तथा कयौँ व्यक्तिगत घरका टुडाँल, झ्याल तथा ढोका बनाइसकेको बताउनुभयो । 


प्रकाशित मिति: बुधबार, चैत ८, २०७९  १०:१८
#संरक्षण
प्रतिक्रिया दिनुहोस्
थप देश
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना बिहीबार, असोज १७, २०८१
ब्रेक नै नभएका, लाइटहरूनै नभएका ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही
ब्रेक नै नभएका, लाइटहरूनै नभएका ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही सोमबार, जेठ ७, २०८१
एक महिनामा नौ जिल्लाका एसपी कारबाहीमा, बाँकेका एसपी बोहरा तानिनुको कारण यस्तो......
एक महिनामा नौ जिल्लाका एसपी कारबाहीमा, बाँकेका एसपी बोहरा तानिनुको कारण यस्तो...... मंगलबार, वैशाख २५, २०८१
अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न  
अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न   मंगलबार, वैशाख ४, २०८१
नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA
नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA मंगलबार, चैत २७, २०८०
बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत
बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत सोमबार, चैत २६, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्