Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
देश
  • Home
  • देश
  • जलचराको प्रजाति बढ्दै सङ्ख्या भने घट्दै
जलचराको प्रजाति बढ्दै सङ्ख्या भने घट्दै
नेपालकागज
नेपालकागज बिहीबार, माघ १९, २०७९

वासुदेव पौडेल, गण्डकी । “उड्थ्यौ चट्ट परेर चञ्चल भई स्वच्छन्द आकासमा

पुग्थ्यौ चाख्न मिठामिठा फलहरू साथी लिई साथमा । 

छैनन् पल्लवयुक्त वृक्ष वनमा सिध्याइए वल्लरी

क्रीडा गर्न नपाइने छ धरती बाँच्छ्यौ चरी केगरी ।।”

कवि वासुदेव पाण्डेयको प्रकृतिपरक कविता संग्रह ‘दुलही’ को बाँच्छ्यौ चरी केगरी शीर्षकको यस कवितांशमा भनिए जस्तै पछिल्लो समयमा बस्ती विकासको क्रम बढ्दा चराहरूको वासस्थान पनि नासिँदै गएका छन् । 

बर्सेनि चराहरूको सङ्ख्या घट्दै गएको छ । बर्सेनि हुने गणनामा चराको सङ्ख्या घट्दो क्रममा देखाइएको छ । 

विश्वव्यापीरुपमा प्रत्येक वर्ष जनवरीको पहिलो हप्तादेखि तेस्रो हप्तासम्म जलचराको गणना गरिने पोखरा पक्षी समाजका अध्यक्ष मनशान्त घिमिरेले जानकारी दिनुभयो । 

पोखरामा पनि प्रत्येक वर्ष जलचराको गणना गर्दै आइएकामा यसवर्ष जनवरीको १२, १३ र १४ तारिखमा तिनको गणना गरिएको उहाँले बताउनुभयो ।

तालैतालको सहर पोखरामा रहेका नौओटा ताल रामसारमा सूचीकृत छन् । पोखराको बीचभाग भएर बग्ने सेती नदी, फुस्रेखोला हुँदै दक्षिण भेगस्थित सुरौदीलगायत खोलानाला महत्वपूर्ण जलाधार क्षेत्र हुन् ।

पोखरा आसपासका क्षेत्रका साथै हिमालपारिको जिल्ला मुस्ताङहुँदै बग्ने कालीगण्डकीसहित विभिन्न जल सम्पदाका कारण पोखरा मात्र नभइ समग्र गण्डकी प्रदेश नै चराचुरुङ्गीका लागि आकर्षक वासस्थानमा मानिन्छ । 

अध्यक्ष घिमिरेका अनुसार पोखरामा यसवर्षको जलचरा गणना लेखनाथका सात ताल, विजयपुर खोला र फेवाताल आसपासका क्षेत्रमा गरिएको थियो । 

बर्सेनि चराको सङ्ख्या घट्दै जानु यतिखेर चुनौतीका रुपमा देखिएको छ । पछिल्ला तीन वर्षको तथ्याङ्कले पोखरा र आसपासका क्षेत्रमा जलचराको सङ्ख्या घट्दो क्रममा देखिएको छ । सन् २०२१ को गणनामा पोखरा र आसपासमा ४६ प्रजातिका जलचरा भेटिएका थिए । 

त्यस वर्ष कूल चराको सङ्ख्या तीन हजार ८५ गणना गरिएको थियो । सन् २०२२ को गणनामा ४५ प्रजातिका  तीन हजार आठ चरा भेटिएका थिए । 

यस वर्ष(सन् २०२३)को गणनामा प्रजाति थपिएर ५४ पुगे पनि सङ्ख्या भने घटेर दुई हजार ६२२ पुगेको उहाँले जानकारी दिनुभयो । 

पछिल्ला वर्षमा पोखरा र आसपासमा चरा हेर्न पर्यटक आउनेक्रम बर्सेनि बढ्दै गए पनि चराको सङ्ख्या घट्दै जानु चुनौतीका रुपमा लिइएको छ । 

नेपालमा आउने विदेशी पर्यटकमध्ये आठ प्रतिशत पर्यटक चरा हेर्नकै लागि आउने गरेका छन् । पोखरा आसपासमा विभिन्न प्रजातिका चरा पाइने भएकाले यो चरा पर्यटनका लागि पनि उत्तिकै आकर्षक गन्तव्य भएको यस क्षेत्रका अन्वेषकले बताए । 

विशेषतः जाडो छल्न चीन, मङ्गोलिया, साइबेरियालगायत स्थानबाट पोखराका तालतलैयामा हिउँदे चरा आउने गरेका छन् । 

पोखराको फेवासहित यहाँका बेगनास, रुपा, खास्टे, कमलपोखरी, गुदे, निउरेनी, दिपाङ र मैदीतालमा प्रत्येक वर्ष पाहुना चरा आउने गरेका छन् ।

पछिल्ला वर्षमा सिमसार र आसपासका क्षेत्रमा विचरण तथा प्रजनन गर्ने चराका प्रजाति वातावरण प्रदूषण एवम् सिमसारमा हुने गरेको अतिक्रमणले सङ्कटमा पर्दै गएको पोखरा पक्षी समाजका सचिव हेमन्त ढकालले बताउनुभयो । 

पोखरा र आसपासमा चराका वासस्थान विभिन्न कारणले सङ्कुचन हुँदै गएको उल्लेख गर्दै उहाँले नवनिर्मित पोखरा विमानस्थल र आसपासमा बस्ने गरेका प्राय मांशाहारी प्रजातिका चरा आफ्नो वासस्थान हराएसँगै वरपरका विभिन्न स्थानमा वासस्थान खोज्दै गएको बताउनुभयो । 

पोखराको फेवातालबाट लेखनाथ तालमा चरा विचरणका लागि आवतजावत गर्ने गरेको पनि सचिव ढकालले बताउनुभयो । सामान्यतः बिहानको समयमा फेवातालबाट ठूलै समूहमा चरा लेखनाथका तालमा चर्न जाने र बेलुका फर्कने गरेको उहाँको भनाइ थियोे । 

हिउँद सुरु भएसँगै चीन, मङ्गोलिया, साइबेरियालगायत स्थानबाट हिमालपारिको जिल्ला मुस्ताङको जोमसोम, कागबेनी हुँदै पोखरा र आसपासमा क्षेत्रमा आउने गरेका  क¥याङकुरुङ पछिल्ला वर्षमा कम देख्न थालिएको यहाँका बुढापाकाले बताए  ।

ठूला ठूला झुण्डमा आउने कर्‍याङकुरुङ पोखरा र  कालीगण्डकी उपत्यका पार गर्दै भारतको राजस्थानलगायत स्थानमा पुग्ने गर्दछन् । 

कास्की र आसपासका क्षेत्रमा कर्‍याङकुरुङ आउँदा र फर्कदा उनीहरूको झुण्डलाई हेर्दै लहरेबाली लगाउने हो भने त्यसले राम्रो उत्पादन दिने जनविश्वास अझै पनि कायमै रहेको स्थानीयवासी रामचन्द्र सुवेदीले बताउनुभयो । 

स्याङ्जाको भीरकोट नगरपालिका–३ स्थित देवपूजे ढुङ्गालाई प्रत्येक वर्ष कर्‍याङकुरुङ आउँदा र जाँदा अनिवार्य घुमेर जाने गरेको त्यहाँका वासिन्दाको भनाइ थियो ।

विगतमा खोला किनारा र अन्य जलाशयमा पाइने चरा पनि अहिले पाउन छोडिएको छ । लेखनाथ क्षेत्रस्थित रुपातालमा १०-१२ वर्ष अघिसम्म देखिने गरेको दाह्रे हाँस (रजहाँस) र सेतोहाँस अहिले पाउन छोडिएको छ । 

पछिल्ला वर्षमा पोखरा र आसपासका जलाधार क्षेत्रमा पहेँला टाउके हाँस, सुन्जुरे हाँसलगायत चराका प्रजाति साथै सङ्ख्या पनि कम हुँदै गएको अध्ययनले देखाएको छ । 


प्रकाशित मिति: बिहीबार, माघ १९, २०७९  १४:०२
#संरक्षण
प्रतिक्रिया दिनुहोस्
थप देश
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना बिहीबार, असोज १७, २०८१
ब्रेक नै नभएका, लाइटहरूनै नभएका ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही
ब्रेक नै नभएका, लाइटहरूनै नभएका ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही सोमबार, जेठ ७, २०८१
एक महिनामा नौ जिल्लाका एसपी कारबाहीमा, बाँकेका एसपी बोहरा तानिनुको कारण यस्तो......
एक महिनामा नौ जिल्लाका एसपी कारबाहीमा, बाँकेका एसपी बोहरा तानिनुको कारण यस्तो...... मंगलबार, वैशाख २५, २०८१
अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न  
अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न   मंगलबार, वैशाख ४, २०८१
नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA
नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA मंगलबार, चैत २७, २०८०
बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत
बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत सोमबार, चैत २६, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्