Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
देश
  • Home
  • देश
  • आफैँ डुङ्गा चलाएर भक्तजनलाई मन्दिर पुर्‍याउँदै पुजारी
आफैँ डुङ्गा चलाएर भक्तजनलाई मन्दिर पुर्‍याउँदै पुजारी
नेपालकागज
नेपालकागज सोमबार, माघ १६, २०७९

सदूरपश्चिम । तालको बीच भागमा रहेको गङ्गामाता मन्दिरका पुजारी भोजलाल चौधरी डुङ्गा चलाएर भक्तजनलाई मन्दिरसम्म पुर्‍याउँदै गरेको भेटिनुभयो । 

कैलालीको बेहडाबाबा धाम परिसरको महादेवा तालको बीचमा रहेको यो मन्दिरमा पूजापाठ गर्ने र भक्तजनलाई डुङ्गामार्फत मन्दिरसम्म पुर्‍याउनुपर्ने उहाँको दैनिकी हुन्छ । 

उहाँले भन्नुभयो, “साँझ बिहान पूजापाठ गर्नुुपर्छ, अन्य समयमा मन्दिरमा पूजा र दर्शनका लागि आउने भक्तनलाई डुङ्गामार्फत ओसार्न ठिक्क हुन्छ ।”

मन्दिरसम्म ओहोरदोहोर गर्ने भक्तजनबाट प्रतिव्यक्ति रु ४० शुल्क तोकिएको छ । मन्दिरमा आउने भक्तजनको भेटी रकम, डुङ्गा चलाएबापत हुने आम्दानी नै पुजारीको कमाइ हो । 

भक्तजनको चहलपहलअनुसार आफ्नो मासिक आम्दानी पनि घटबढ हुने उहाँले बताउनुभयो । बेहडाबाबाको दर्शनका लागि पुग्ने भक्तजन गङ्गामाताको मन्दिरको समेत दर्शन र पूजा गर्ने गर्छन् । 

बेहडाबाबा मन्दिर व्यवस्थापन समितिका पूर्व अध्यक्ष खेमबहादुर चन्दले भारतबाट आउने भक्तजन यसै तालको जल लिएर बेहडाबाबा धामको शिव शिलामा चढाएर पूजा गर्ने गरेको बताउनुभयो । 

“बेहडाबाबा खासगर सीमापारि भारतबाट आउने भक्तजनका कुल देवता हुन्”, उहाँले भन्नुभयो, “उनीहरु हरेक वर्ष आफ्नो घरको नयाँ अन्न(धान, गहुँ) बेहडाबाबालाई चढाएर पूजा र दर्शन गरेर फर्किन्छन् ।”

धनगढीदेखि झण्डै १८ किलोमिटरको दूरीमा रहेको यो क्षेत्र धार्मिक पर्यटनको मुख्य गन्तव्य क्षेत्रका रुपमा  देखिन थालेको छ । पछिल्ला वर्षमा नेपाल र भारतबाट आउने भक्तजन बढ्दै जाँदा यो धाम मुख्य गन्तव्य बन्न थालेको हो । झण्डै ३० बिघा क्षेत्रफलमा फैलिएको १५ फिट गहिरो यो प्राकृतिक ताल वरिपरि सडक निर्माण कार्य भइरहेको छ । 

बेहडाबाबा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पदमराज जोशीले तालको संरक्षणसहित बेहडाबाबा धामलाई प्रमुख धार्मिक गन्तव्य क्षेत्र बनाउनका लागि प्रयास भइरहेको बताउनुभयो । आउने चैतबाट तालको सरसफाइ गरी भक्तजनका लागि नियमितरुपमा दुई डुङ्गा चालाउने तयारी छ । 

उहाँले थप्नुभयो, “केन्द्र सरकारको सहयोगमा ताल वरिपरि एक हजार दुई सय मिटर सडक र ¥यालिङ लगाउनेकाम गर्न लागेका छौँ, यसले थप पर्यटकको आवागमन बढ्ने अपेक्षामा छौँ ।” 

बेहडाबावा धाममा हरेक वर्ष लाग्ने मेलामा नेपालीको तुलनामा सीमापारि भारताट आउने भक्तजनको घुइँचो लाग्ने गर्छ । यहाँ गङ्गा दशहरा, मकर सङ्क्रान्तिलगायतका दिन ठूलो मेला लाग्छ । 

भारतीय नागरिकले बेहडाबाबा (भगवान् शिव)लाई आफनो कुल देवताको रुपमा पुज्ने गरेकोले लाग्ने मेलामा उनीहरुकै बढी घुइँचो देखिने गरेको हो । धाम परिसरमा भगवान् शिवको मन्दिर छ । मन्दिरभित्रको शिवलिङ्गलाई भक्तजनले स्वयम्भूको स्वरुपको रुपमा लिन्छन् । यो स्वयम्भू लिङ्गको उचाइ हरेक वर्ष बढ्दै जाने गरेको विश्वास गरिएको कारण यो क्षेत्रको धार्मिक महत्व पनि बढ्दै गएको हो । 

भगवान् बेहडाबाबाको दर्शन पूजाआजा गरेमा सोचेको मनोकांक्षा पूरा हुने जनविश्वास छ । प्राचीनकालमा तपोभूमिका रुपमा रहेको यो क्षेत्रमा नेपालीको बस्ती नरहेको र अहिर जातिका भारतीयको बसोबास रहेको बताइन्छ । 

अहिलकोे बेहडाबाबा धाम रहेको जङ्गल क्षेत्रमा गाईवस्तु चराउँदै गरेका भारतका एक ग्वाला (गोठाला)ले आफूले चराउने गरेको एक गाईले आफ्नो दूध नियमितरुपमा यसै ठाउँमा रहेको शिवजीको शिलामा खसाउने गरेको घटनापछि यो क्षेत्र शिब भगवानको वासस्थानको रुपमा चिनिएको विश्वास गरिन्छ । 

“गाईले भुँइमा दूध खसाउनुको कारण पत्ता लगाउँदै जाँदा उक्त स्थानमा शिवलिङ्ग फेला पारेको विश्वास गरिन्छ”, मन्दिर व्यवस्थापन समितिका पूर्वअध्यक्ष चन्दले भन्नुभयो, “त्यसै समयदेखि नै त्यस क्षेत्रमा बेहडाबाबा मन्दिर निर्माण गरी शिवलिङ्गको पूजाअर्चना गरिँदै आएको हो ।”


प्रकाशित मिति: सोमबार, माघ १६, २०७९  १०:४९
#संरक्षण
प्रतिक्रिया दिनुहोस्
थप देश
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना बिहीबार, असोज १७, २०८१
ब्रेक नै नभएका, लाइटहरूनै नभएका ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही
ब्रेक नै नभएका, लाइटहरूनै नभएका ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही सोमबार, जेठ ७, २०८१
एक महिनामा नौ जिल्लाका एसपी कारबाहीमा, बाँकेका एसपी बोहरा तानिनुको कारण यस्तो......
एक महिनामा नौ जिल्लाका एसपी कारबाहीमा, बाँकेका एसपी बोहरा तानिनुको कारण यस्तो...... मंगलबार, वैशाख २५, २०८१
अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न  
अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न   मंगलबार, वैशाख ४, २०८१
नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA
नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA मंगलबार, चैत २७, २०८०
बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत
बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत सोमबार, चैत २६, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्