Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
विकास निर्माण
  • Home
  • विकास निर्माण
  • समयमै निर्माण सम्पन्न नहुँदा बुटवल सडक अस्तव्यस्त
समयमै निर्माण सम्पन्न नहुँदा बुटवल सडक अस्तव्यस्त
नेपालकागज
नेपालकागज बिहीबार, साउन २६, २०७९

समयमै निर्माण सम्पन्न नहुँदा बुटवल सडक अस्तव्यस्त

रुपन्देही । रुपन्देहीका व्यवसायी समुन्द्र जिसीलाई बुटवलको मुख्य सडकमा यात्रा गर्दा विकटको गाउँ याद आउँछ । हिउँदमा धुलो र वर्षात्मा पानीले सडक अस्तव्यस्त भएपछि यात्रा गर्न निकै कठिन भएको उहाँको दुःखेसो छ ।

बुटवलको मुख्यमन्त्री कार्यालयमा कार्यरत कर्मचारी प्रियान्स भण्डारीले पनि सडकका खाल्डाखुल्डी, धुलो र हिलोका कारण दैनिक कार्यालय जाँदा हैरानी खेप्नुपरेको छ ।

“बाटो हिँडेपछि थकाइ लाग्छ, ज्यान दुख्छ । सहरमा बस्ने अनि बाटोमा त्यो पनि सवारीसाधनमा हिँड्दा थकाइ लाग्यो भन्न लाज लाग्छ, धुलोको कुइरीमण्डलमा ठूला गाडीले कति बेला कहाँ पु¥याइदिने हुन् भन्ने डर लाग्छ”, उहाँले भन्नुभयो ।

बिहान कार्यालय जाँदा लगाएको कपडामा हिलो छ्यापिएपछि फेरि घरमा गएर फेर्नुपर्छ । सडक निर्माण समयमै सम्पन्न नहुँदा गाडी चालक, यात्रु तथा व्यापार व्यवसायीलाई समस्या भएको छ । दैनिक समाचार सङ्कलनका लागि ओहोरदोहोर गर्नुपर्ने भएकाले पत्रकारहरूले समेत हैरानी खेप्नुपरेको छ । “रेडियोको कार्यालय लक्ष्मीनगर भएकाले दैनिक यात्रा गर्दा साह्रै समस्या भएको छ । एकपटक खाल्डोमा परेर आफैँ दुर्घटनामा परेकी छु”, पत्रकार अस्मिना पाण्डेले गुनासो गर्नुभयो ।

सडकको दुरावस्थाले बुटवलमा यात्रा गर्ने जो–कोहीलाई पनि दिक्क बनाएको छ । “बुटवलबाट मुक्तिनाथ सपरिवार मोटरसाइकलमा जाँदा बरु त्यति अप्ठेरो लागेन, जति भुड्कीचोकबाट लक्ष्मीनगर गेटसम्म जाँदा लाग्छ”, सञ्चारकर्मी सञ्जय सौगात भन्नुहुन्छ ।

साढे दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरिएको सडक निर्माणको काम छ वर्षसम्म पनि पूरा नभएपछि बुटवलको मुख्य सडकको अवस्था लथालिङ्ग छ । सडक समयमा निर्माण सम्पन्न नभएपछि जनस्तरबाट दबाब बढे पनि बुटवलको सडक निर्माणको ठेक्का लिएको द कञ्चनजङ्घा बिरुवा जेभी कन्स्ट्रक्शन प्रालि भने ठेक्का सम्झौताको म्याद थप्न लागिपरेको छ ।

बुटवल–बेलहिया सडक निर्माण आयोजनाका अनुसार सडक निर्माणको अन्तिम म्याद विसं २०७९ असार ३० गतेसम्म रहे पनि निर्माण कम्पनीले साउन ८ गते म्याद थपका लागि आयोजनामा निवेदन दिएको थियो ।

बुटवलको मुख्य बजारभित्र रहेको राजमार्ग चौराहबाट चिडियाचौकीसम्मको साढे तीन किलोमिटर सडक निर्माणमा ढिलासुस्ती गर्ने ठेकेदार कम्पनीलाई अहिले फेरि ठेक्काको एक वर्ष म्याद थप गर्न मिल्ने गरी सार्वजनिक खरिद ऐन संशोधन भएको छ ।

गत असार २० गतेमात्र ल्याइएको सार्वजनिक खरिद ऐनको १२औँ संशोधनमा गरिएको व्यवस्थाअनुसार असार मसान्तसम्म निर्माण कार्य पूरा गर्ने गरी ठेक्का सम्झौता गरिएको आयोजनाको ठेक्का अवधि अझै एक वर्ष म्याद थप्न मिल्ने प्रावधान राखिएको छ ।

बुटवल सडक निर्माणको जिम्मा लिएको बुटवल–बेलहिया सडक निर्माण आयोजनाका अनुसार असार २० गते आएको १२औँ संशोधनले असार मसान्तसम्म निर्माण सम्पन्न गर्नुपर्ने भए पनि म्याद सकिएको २१ दिनभित्र निवेदन लिने र उक्त निवेदनलाई म्याद थप प्रक्रिया अगाडि बढाउन सकिने प्रावधान राखिएको छ ।

राजमार्ग चौराहबाट बेलहियासम्मको सडक निर्माण पूरा हुनै लाग्दा विसं २०७३ चैत १७ गते राजमार्ग चौराहबाट चिडियाचौकीसम्मको सडक निर्माणको ठेक्का सम्झौता गरिएको थियो । सम्झौताअनुसार विसं २०७६ असोज १२ गतेसम्म काम सक्नुपर्ने समयसीमा तोकिए पनि सुरूआती समयमा सडक क्षेत्राधिकार मिचेर घर बनाएकाहरूको अवरोधले अगाडि बढ्न नसकेको काम अदालतको आदेश पनि भने ठेकेदार कम्पनीको ढिलासुस्तीले अगाडि बढ्न सकेको छैन ।

विसं २०७३ मा ठेक्का सम्झौता गरिए पनि अदालतको अन्तरिम आदेशका कारण रोकिएको सडक विस्तारको काम विसं २०७५ वैशाख १२ गते अदालतको आदेशले बाटो खुलेपछि विसं २०७७ जेठमा पूरा गर्ने गरी पहिलोपटक म्याद थप भएको थियो । तर निर्माण कम्पनीले काम गर्न नपाएको भन्दै दोस्रोपटक २०७७ पुस १० गते मन्त्रिपरिषद् बैठकले २०७९ असार मसान्तसम्मका लागि म्याद थप गरेको थियो । तर निर्माण व्यवसायीको ढिलासुस्तीका कारण ठेक्का अवधि पूरा हुँदा पनि सडकको निर्माणको काम भने ३० प्रतिशतमात्रै पूरा भएको छ ।

विसं २०७३ मा ठेक्का सम्झौता गर्दा भ्याटसमेत गरी रु ४७ करोड २७ लाखमा ठेक्का सम्झौता गरिए पनि गत वर्ष नाली निर्माणको काम समेत थप गरी रु ५३ करोड ९७ लाख पुगेको छ । उक्त रकममध्ये निर्माण कम्पनीले अहिलेसम्म भ्याटसमेत गरी रु १३ करोड ६४ लाख भुक्तानी लगिसकेको छ । जुन कुल ठेक्का रकमको २५ प्रतिशत हो ।

यसअघि जेठ १० गते डिभिजन सडक कार्यालय, बुटवल उपमहानगरपालिका र व्यापारिक मार्ग विस्तार आयोजनासामु असार मसान्तसम्म पुष्पलाल पार्क, राजमार्ग चौराह र ट्राफिकचोकमा सबभन्दा बढी सडक बिग्रिएको र उक्त सडक ढलान गर्ने तथा नाली निर्माणको काम पूरा गर्ने लिखित सहमति गरे पनि निर्माण कम्पनीले सहमति लत्याउँदै आएको छ ।

अहिले अस्पताल लाइनको पूर्वतर्फको साढे चार सय मिटरको सडक कालोपत्र गरिए पनि पश्चिमतर्फको सडकमा खाडल परेर हिँड्न मिल्ने अवस्था छैन ।  त्यस्तै नाली खनेर र खाल्डा पारेर अलपत्र अवस्थामा रहेको सडक अहिले वर्षायाममा हिलाम्य छ । केही क्षण घाम लाग्दा धुलाम्य हुने सडक पानी पर्दा हिलोले हिँड्न नमिल्ने अवस्थामा पुग्ने गरेको छ ।

द कञ्चनजङ्गा बिरूवा जेभी कन्स्ट्रक्शन प्रालिले अलपत्र बनाएको बुटवलको सडकमात्र होइन, यसअघि पनि यही कम्पनीले निर्माणको जिम्मा लिएको बेलहिया–बुटवल व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गत भैरहवा अञ्चलपुरबाट लखनचोकसम्म र भन्सार नाका बेलहियाबाट डण्डाखोला पुलपारिसम्मको सडक पनि अझै अलपत्र अवस्थामा छ ।

व्यापारिक मार्ग विस्तार आयोजना प्रमुख दीपक झाले सडक निर्माणको काम समयमा नभएपछि स्पष्टीकरण सोधिएकाले सन्तोषजनक काम र जवाफ नआए कारबाही गर्ने बताउनुभयो । सडक निर्माणमा भइरहेको ढिलासुस्तीले बुटवलको व्यवसायमा समेत प्रभाव परेको छ । चौतर्फी गुनासो बढेपछि बुटवल उपमहानगरपालिकाले सरोकारवालाहरूसँग छलफल गरी समाधानको बाटो खोज्न आग्रह गरेको छ ।

बुटवलमा सोमबार भएको छलफलमा सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–बेलहिया सडक निर्माणको कामको अनुगमन गर्न दुईवटा विशेष अनुगमन सहजीकरण समिति बनाइएको छ ।

सडक समयमा निर्माण नहुँदा चौतर्फी आलोचना भएपछि निर्माण कम्पनीले भने भदौदेखि काम अघि बढाउने जनाएको छ । निर्माण कम्पनीका ठेकेदार सुवित श्रेष्ठले भदौ असोजसम्म अस्पताल लाइन क्षेत्रको सडकको काम पूरा गर्ने र अरु काम पनि अघि बढाउने बताउनुभयो ।


प्रकाशित मिति: बिहीबार, साउन २६, २०७९  १७:१५
#लुम्बिनी प्रदेश
प्रतिक्रिया दिनुहोस्
थप विकास निर्माण
घर जग्गा लिलाम नगर्न र कालोसूचीमा नराख्न गरिएको निर्णय अभियानको आंशिक सफलता - प्रवक्ता पन्त 
घर जग्गा लिलाम नगर्न र कालोसूचीमा नराख्न गरिएको निर्णय अभियानको आंशिक सफलता - प्रवक्ता पन्त  मंगलबार, असार १२, २०८१
सरकारीस्तरबाट नै जापानमा कामदार जाने ढोका खुल्यो, यी १४ क्षेत्रमा दक्ष कामदार जापान जान पाउँछन्
सरकारीस्तरबाट नै जापानमा कामदार जाने ढोका खुल्यो, यी १४ क्षेत्रमा दक्ष कामदार जापान जान पाउँछन् सोमबार, फागुन १४, २०८०
मेलम्चीमा एक अर्ब ६३ करोड भ्रष्टाचार, एक खर्ब ४४ करोड बिगो दाबी, यसरी भएको थियो भ्रष्टाचार......
मेलम्चीमा एक अर्ब ६३ करोड भ्रष्टाचार, एक खर्ब ४४ करोड बिगो दाबी, यसरी भएको थियो भ्रष्टाचार...... सोमबार, फागुन ७, २०८०
सञ्चारमन्त्रीलाई सम्बोधन गर्दै टिकटकको नेपाल सरकारलाई पत्र, यस्तो छ पाँचबुँदे प्रतिबद्धता
सञ्चारमन्त्रीलाई सम्बोधन गर्दै टिकटकको नेपाल सरकारलाई पत्र, यस्तो छ पाँचबुँदे प्रतिबद्धता मंगलबार, फागुन १, २०८०
प्रभु बैंकका अप्रेसन इन्चार्ज नीरजविक्रम बेपत्ता, सवा करोड अपचलन भएको प्रहरीको भनाइ
प्रभु बैंकका अप्रेसन इन्चार्ज नीरजविक्रम बेपत्ता, सवा करोड अपचलन भएको प्रहरीको भनाइ आइतबार, माघ २८, २०८०
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा शुक्रबार, माघ २६, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्