Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
विकास निर्माण
  • Home
  • विकास निर्माण
  • कोहलपुर-सुर्खेत १३२ केभी निर्माणमा ढिलाइ: कैलाली-सुर्खेत ३३ केभी प्रशारण लाइन विस्तार हुँदै
कोहलपुर-सुर्खेत १३२ केभी निर्माणमा ढिलाइ: कैलाली-सुर्खेत ३३ केभी प्रशारण लाइन विस्तार हुँदै
नेपालकागज
नेपालकागज बुधबार, असार १, २०७९

सुर्खेत । कोहलपुर–सुर्खेत १३२ केभी प्रशारणलाइन निर्माणमा ढिलाइ हुने भएपछि नेपाल विद्युत प्राधिकरणले वैकल्पिक प्रशारणलाइन विस्तारको योजना अघि बढाएको छ । 

प्राधिकरणको कर्णाली प्रादेशिक कार्यालयका अनुसार कैलालीको चिसापानीबाट ३३ केभी क्षमताको प्रशारणलाइन विस्तार गरी वीरेन्द्रनगरमा जडान हुने भएको हो । 

कम क्षमताको प्रशारण लाइनका कारण कर्णालीमा पटक–पटक विद्युत अवरुद्ध हुने समस्याका कारण उपभोक्ता मर्कामा छन् । 

प्राधिकरणका प्रादेशिक कार्यालय प्रमुख शम्भु यादवले कोहलपुर–सुर्खेत प्रशारणलाइन अन्तर्गत पर्ने बर्दिया राष्ट्रिय निकुञ्जमा रुख कटानसम्बन्धी प्रक्रियामा ढिलाइ हुँदा वैकल्पिक प्रशारण लाइनको प्रक्रिया अघि बढाइएको बताउनुभयो । 

“कैलाली–सुर्खेत ३३ केभी प्रशारणलाइन विस्तारका लागि ठेक्का आव्हान भइसकेको छ, ठेकेदारलाई सम्झौताका लागि बोलाइएको छ,” उहाँले भन्नुभयो, “यही असार १५ गतेसम्म सम्झौता गरी ठेकेदार कम्पनीलाई परिचालन गर्नेछौं ।” 

कैलालीको चिसापानी–सोल्टा हुँदै सुर्खेतको बाबियाचौर सब–स्टेशन तथा त्यहाँबाट बड्डीचौर–बांगेसिमल हुँदै वीरेन्द्रनगरस्थित बुदबुदी सब–स्टेशनमा उक्त विद्युत जोडिनेछ । 

कैलालीको मोहन्याल गाउँपालिकाको सोल्टासम्म ३३ केभीलाइन यसअघि विस्तार भइसकेको छ । 

सोल्टाबाट बाबियाचौरसम्म लाइन विस्तारका लागि २४ किमी पोल र तार विस्तार गर्न थालिएको हो । 

बाबियाचौरमा सब–स्टेशन तीन वर्ष अघि नै निर्माण भइसकेको थियो । प्राधिकरणले सोल्टा–बाबियाचौर विद्युत विस्तारका लागि रु. ६ करोड बजेट छुट्याएको छ ।

प्राधिकरणको कर्णाली प्रादेशिक कार्यालयले पश्चिम सुर्खेतमा ठूलो जनसंख्या विद्युत सेवाबाट बञ्चित रहेको, सुर्खेत लगायत कर्णालीका जिल्लामा ‘लो भोल्टेज’ का कारण पटक–पटक विद्युत अवरुद्ध हुने समस्या हुनु, पश्चिम सुर्खेतमा बेतन कर्णाली जलविद्युत आयोजना र सूर्यतारा सिमेन्ट उद्योग निर्माणका लागि ३३ केभी प्रशारणलाइन आवश्यक रहेको जनाएको छ । 

कर्णालीमा तीन दशक अघि निर्माण गरिएका जीर्ण र कम क्षमताका संरचनाका कारण विद्युत सेवा अनियमित छ ।


प्रकाशित मिति: बुधबार, असार १, २०७९  १४:५५
#सुर्खेत
प्रतिक्रिया दिनुहोस्
थप विकास निर्माण
घर जग्गा लिलाम नगर्न र कालोसूचीमा नराख्न गरिएको निर्णय अभियानको आंशिक सफलता - प्रवक्ता पन्त 
घर जग्गा लिलाम नगर्न र कालोसूचीमा नराख्न गरिएको निर्णय अभियानको आंशिक सफलता - प्रवक्ता पन्त  मंगलबार, असार १२, २०८१
सरकारीस्तरबाट नै जापानमा कामदार जाने ढोका खुल्यो, यी १४ क्षेत्रमा दक्ष कामदार जापान जान पाउँछन्
सरकारीस्तरबाट नै जापानमा कामदार जाने ढोका खुल्यो, यी १४ क्षेत्रमा दक्ष कामदार जापान जान पाउँछन् सोमबार, फागुन १४, २०८०
मेलम्चीमा एक अर्ब ६३ करोड भ्रष्टाचार, एक खर्ब ४४ करोड बिगो दाबी, यसरी भएको थियो भ्रष्टाचार......
मेलम्चीमा एक अर्ब ६३ करोड भ्रष्टाचार, एक खर्ब ४४ करोड बिगो दाबी, यसरी भएको थियो भ्रष्टाचार...... सोमबार, फागुन ७, २०८०
सञ्चारमन्त्रीलाई सम्बोधन गर्दै टिकटकको नेपाल सरकारलाई पत्र, यस्तो छ पाँचबुँदे प्रतिबद्धता
सञ्चारमन्त्रीलाई सम्बोधन गर्दै टिकटकको नेपाल सरकारलाई पत्र, यस्तो छ पाँचबुँदे प्रतिबद्धता मंगलबार, फागुन १, २०८०
प्रभु बैंकका अप्रेसन इन्चार्ज नीरजविक्रम बेपत्ता, सवा करोड अपचलन भएको प्रहरीको भनाइ
प्रभु बैंकका अप्रेसन इन्चार्ज नीरजविक्रम बेपत्ता, सवा करोड अपचलन भएको प्रहरीको भनाइ आइतबार, माघ २८, २०८०
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा शुक्रबार, माघ २६, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्