Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • सहकारी ठगीको नालीबेली, हबिब बेहनाको सम्पत्तिमा रजाइँ गर्दा प्रशासन किन मौन ?(सिरिज-2)
सहकारी ठगीको नालीबेली, हबिब बेहनाको सम्पत्तिमा रजाइँ गर्दा प्रशासन किन मौन ?(सिरिज-2) सहकारी ठगीको नालीबेली, हबिब बेहनाको सम्पत्तिमा रजाइँ गर्दा प्रशासन किन मौन ?(सिरिज-2)
नेपालकागज
नेपालकागज शनिबार, जेठ १९, २०८१

दिपक मल्ल, बर्दिया । सुनसरीको धरानमा सहकारीले आफ्नो पैसा फिर्ता नदिएको भन्दै वचतकर्ताहरूले प्रदर्शन गरे ।

सरकारले कुनै समय बजेटमै नारा ल्याएर प्रवर्द्धन गरेका सहकारी संस्थाहरूले ठगी गरेको भन्दै बचतकर्ताहरूले केही सहकारीविरुद्ध प्रदर्शन गरिरहेका छन्।

नेपालमा सञ्चालन अनुमति लिएका ३०,००० सहकारी संस्थाहरूमा ७३ लाख मानिसहरूको चार खर्ब ७८ अर्ब रुपैयाँ बचत रहेको नियामक सहकारी विभागले जनाएको छ।

विभागका अनुसार पछिल्लो एक वर्षको अवधिमा सहकारीले बचतको रकम नदिएको विषयमा ३०० भन्दा बढी उजुरी विभागमा परेका थिए।

हाम्रो घर वा पसलमा पैसा सङ्कलन गर्न आउने सहकारीमा हामीले राखेको पैसा कति सुरक्षित छ? सहकारीमा जम्मा गरिएको रकम ठगी हुनबाट कसरी बच्न सकिन्छ?

आफूले बचत गर्ने सहकारी संस्थाबारे केही आधारभूत जानकारी राखेर मात्रै कारोबार गर्दा आफ्नो पैसा तथा सम्पत्ति गुम्न सक्ने जोखिमबाट बच्न सकिने उनीहरूको भनाइ छ।

सहकारी विभागका उपरजिस्ट्रार तथा सूचना अधिकारी टोलराज उपाध्याय अधिकांश सहकारीहरूमा गरिने बचत सुरक्षित नै हुने बताउँछन्।

तर नियामक निकायको निगरानी र कानुनी संरचनाका दृष्टिले सहकारीहरूमा हुने बचत ब्याङ्कमा जति सुरक्षित भने नहुने उनले बताए।

नेपालमा रहेका अधिकांश सहकारी संस्थाहरूमा राखिएको बचत सुरक्षित नै रहे पनि केही संस्थाहरूमा भने सर्वसाधारणको बचत जोखिममा पर्ने गरेको अधिकारीहरू बताउँछन्।

सहकारी विभागतस्बिर स्रोत,DEOC NEPAL
"सदस्यहरूमा आधारित रहेर सहकारी चलेको छ भने त्यस्तो सहकारी सुरक्षित हुन्छ। राम्रो साख कमाएर बसेका सहकारीहरू पनि छन्," उनले भने।

"तर ब्याङ्कहरूको जस्तो सहकारीहरूको नियमन र नियन्त्रण गर्ने अधिकार सहकारी विभागलाई पनि छैन र सहकारीहरूको हितमा पनि यो हुँदैन।"

विभागका पूर्वरजिस्ट्रार सुदर्शन ढकाल बैङ्कहरूमा जस्तै सहकारीहरूमा पनि बचत सुरक्षा कोषको व्यवस्था नगरिएसम्म सहकारीमा राखिएको सर्वसाधारणहरूको रकमको अधिकतम सुरक्षा नहुने बताउँछन्।

"विकसित देशमा साना वित्तीय संस्थामा पनि बचतको बिमा हुन्छ। हाम्रोमा ब्याङ्कहरूमा पनि निश्चित रकमसम्मको बचत सुरक्षाका लागि स्थिरीकरण कोषको व्यवस्था गरिएको छ," उनले भने।

त्यस्तै नेपालकागजले सिरिज नै चलाएपछी केहिको सरुवा समेत भएको छ भने अर्को कारण भारतीय नाका क्रस गरेर मतदान स्थल पुग्ने एक ब्यक्ती कसरी पुग्यो भन्ने आरोप लाग्यो र सिडियोको सरुवा भयो । त्यसैले सांसद ज्यु एक अल्पसंख्यक वृद्धको जग्गा हडपेर खान को को लागेको छ । हामी ती नाम पुन समाचारमा प्रकाशित गर्नेछौँ । नेपालको वान्टेड ब्यक्तिलाई संरक्षण दिने तपाईं कलंकी ओर्लिनुस मेरा साथीहरु आउँछ्न अनि प्रेस काउन्सिलमा १० वर्ष मुद्दा लड्नुस गल्ती भए मिडियाले सार्वजनिक माफी गल्ती नभए उल्तो तपाईं पक्राउ पर्नुहुनेछ । एक बालकको र उनको बुवामाथी रजगज गर्दा मजा त अहिले हिरासत कक्षको चिसो छिँडिमा सुत्तदा आउनेछ । तदर्थवादमा उभिनुभएका सांसद लगायत सम्पूर्ण दलालले के बुझ्नुस भने कसैले सडकमा ल्याउने गरि प्रपन्च रच्छ भने उक्त ब्यक्ती आफै फस्छ ।

राप्रका सांसस्द तथा प्रवक्ता ज्ञानेन्द्र साहीलाई के हो हिजो अस्ति प्रचार गर्ने पेड मिडियालिएर हिँडर भाषण ठोकेर एमसीसीको चर्को बिरोध गर्न ब्यक्ती आज तंपाइकै समानुपातिक सांसदले यस्तो गरिन । चुनावी खर्चपनी उठाएको सुनियो तँपाइहुनि कति आयो भनी प्रश्न गर्दा उनले भने" केको पेड मिडिया सम्पूर्ण मिडियाको मलाई साथ छ । दुर्भाग्य त्यस्ता ब्यक्तिलाई महिला कोटाबाट समानुपातिक सांसद बनाइयो, यो प्रतिज्ञा हो म आफै आफ्नो सांसदको कारबाहीको माग गर्दै सदनमा कुरा उठाउने छु ।
 
अब सुरु हुन्छ काण्ड बर्दियाको नमस्ते सहकारी र छिपछिपे सहकारीको पैसा अपचलन गरेर गुलरियाको कृष्णसार रिसोर्त बनाइएको छ । जनता मारा साना साना मज्दुरले जम्मा गरेको पैसा खाँदा लाज लागेन सांसद ज्यु । के तँपाइलाई लाग्छ म भन्दा शक्तिशाली कोहि छैन । तर तँपाइले यो बुझ्नुभएनकी तँपाइको बर्दियामा प्रभाव होला तर अहिले जहाँ हुनुहुन्छ त्यहाँ यहि कलमले पुर्‍याएको हो ।
माथि सहकारी ऐनको दफा १२२ को ‘त’ र १२४ (१) को ‘घ’ दफा लगाएर प्रहरीले मुद्दा दायर गर्न सरकारी वकिलको कार्यालयलाई सिफारिस गरेको छ । जुन मुद्दामा कम्तीमा ४ वर्षदेखि १० वर्षसम्म कैद सजाय हुन सक्छ ।

सांसद बस्नेत सहकारीको बचतकर्ता, सदस्य वा सञ्चालक भएका कारण मुद्दा चलाउन सिफारिस गरिएको नभएर सहकारीको रकम लगेर रिसोर्टमा लगानी गरी हिनामिना गरेको आरोपमा मुख्य प्रतिवादी बनाइएको पूर्वी नवलपरासीका प्रहरी उपरीक्षक (एसपी) नरहरि रेग्मीले जानकारी दिए ।

काठमाडौँ र पूर्वी नवलपरासी र बर्दियाको सहकारीको रकम निजी कम्पनीमा लगी अपचलन गरेको अभियोगमा राप्रपाकी समानुपातिक सांसद गीता बस्नेतलाई मुख्य प्रतिवादी बनाई मुद्दा चलाउने सिफारिस सहितको प्रतिवेदन प्रहरीले सरकारी वकिलको कार्यालय नवलपरासीमा बुझाएको छ ।

जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपुरका एसपी नरहरि रेग्मीले कावासोतीस्थित छिपछिपे सहकारीको रकम अपचलनको मुद्दामा सांसद बस्नेतसहित १२ जनालाई मुख्य प्रतिवादी किटान गरेर ३५ जनाविरुद्ध बिगो, कैद र जरिवानाको मागदाबीसहित शुक्रबार अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाइएको बताए । ‘सांसद बस्नेतले सहकारीको रकम लगेर बर्दियाको कृष्णसार रिसोर्टमा लगानी गरी हिनामिना गरेको आरोपमा मुख्य प्रतिवादी बनाइएको हो,’ उनले भने ।

प्रहरीका अनुसार प्रतिवादी बनाइएका ३५ मध्ये १० जना हिरासतमा छन् भने सांसद बस्नेतसहित अन्य प्रतिवादी फरार छन् । प्रहरीले १६ करोड ५६ लाख ९१ हजार ३१ रुपैयाँ बिगो मागदाबी गरेको छ ।

‘तथ्यबाट प्रतिवादी गीता बस्नेतले सहकारी ऐन २०७४ को दफा १२२ को देहाय (त) बमोजिम कसुर गरेको पुष्टि भएकाले बिगो रकमसहित सहकारी ऐनमा उल्लेखित व्यवस्थाबमोजिम सहकारी विभागबाट जारी मापदण्डबमोजिम कर्जाको सन्दर्भ ब्याजदरको अधिकतम सीमा बराबर कायम हुने ब्याजसमेत क्षतिपूर्तिसरह गणना गरी सोही ऐनको दफा १२४ को उपदफा (१) को घ बमोजिम बिगो भरी सजाय हुने मागदाबी लिइएको छ,’ प्रहरीले सरकारी वकिलको कार्यालयमा बुझाएको प्रतिवेदनमा भनिएको छ ।

सांसद बस्नेतले तीन सहकारीबाट बचतकर्ताको रकम अपचलन गरेको आरोपमा सांसद बस्नेतमाथि मुद्दा दायरको सिफारिस प्रहरीले गरेको हो ।

त्यस्तै राप्रपाले आफ्नो पार्टी सांसद बस्नेत जोडिएको सहकारी बचत हिनामिना प्रकरणमा स्वतन्त्र छानबिनसँगै अनुसन्धान र अभियोजनको माग समेत गरेको छन्त्याल ।

गत वैशाख १८ देखि २० सम्म भएको राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठकले बस्नेतमाथि सरकारको जिम्मेवार निकायबाट निष्पक्ष छानबिन माग गर्दै अनुसन्धान हुनुपर्ने राप्रपा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले बताए ।

‘सहकारीको रकम कम्पनीमा लगेर अपचलन गरेको विषय बाहिरिएपछि हामीले हाम्रो सांसदलाई यो विषयको छानबिन प्रक्रियामा सहयोग गर्नू भन्ने निर्देशन गरेका छौं । प्रहरीलाई पनि निष्पक्ष छानबिन गर्न र यसै प्रकृतिको अपचलनमा मुछिएका अरूलाई पनि यसै ढंगले कारबाही गर्नु भनेका हौं,’ उनले भने

सरकारी वकिलको कार्यालबाट प्राप्त प्रतिवेदनअनुसार राप्रपा सांसद बस्नेतलाई मुख्य प्रतिवादी बनाइएको छ । योगेन्द्र पाण्डे सहितको समूहले चितवनको सनराइज, पूर्वी नवलपरासी (नवलपुर) को छिपछिपे र बर्दियामा सञ्चालन गरेको नमस्ते सहकारीबाट सांसद बस्नेतले बर्दियामा सञ्चालन गरेको कृष्णसार रिसोर्टमा १६ करोड ५८ लाख रुपैयाँ बिनोधितो लगिएको प्रहरी अनुसन्धानले देखाएको छ । 

प्रहरी र सहकारी रजिस्ट्रार कार्यालयको अनुसन्धानबाट रकम हिनामिनाको मुख्य योजनाकारका रूपमा सहकारीका हालका व्यवस्थापक योगेन्द्र पाण्डेलाई किटान गरेको छ । उनी सात वर्षसम्म सहकारीको अध्यक्ष र व्यवस्थापक रहेका थिए । बिनाधितो र कमसल धितोमा कर्जा लिने र ऋण प्रवाह गर्ने समितिका सदस्यहरूलाई पनि प्रहरीले प्रतिवादीको सूचीमा राखेको छ ।

प्रतिवेदनमा सांसद बस्नेतले सहकारीका कर्मचारीसँग मिलेमतो गरी सहकारीको सम्पत्ति विभिन्न माध्यमको प्रयोग गरी आफ्ना व्यक्तिगत कारोबार मिलान गर्न, आफूले सञ्चालन गरेको कृष्णसार रिसोर्टको जग्गाजमिन, भवन, संरचना, डेकोरेसन लगायतका काममा प्रयोग गर्न, चुनावी खर्चका लागि प्रयोग गर्न र निजी सम्पत्ति आर्जन गर्न प्रयोग गरी लगेको उल्लेख छ ।

यस्तो कार्य गर्नेलाई सहकारी ऐन–२०७४ को दफा १२२ ले कसुर गरेको मानिने व्यवस्था छ । ‘सहकारी संस्थालाई हानिनोक्सानी पुर्‍याउने उद्देश्यले कसैले कुनै काम गराउन वा नगराउन, मोलाहिजा गर्न वा गराउन, कुनै किसिमको रकम लिन वा दिन, बिनामूल्य वा कम मूल्यमा कुनै माल, वस्तु वा सेवा लिन वा दिन, दान, दातव्य, उपहार वा चन्दा लिन वा दिन, गलत लिखत तयार गर्न वा गराउन, अनुवाद गर्न वा गराउन वा गैरकानुनी लाभ वा हानि पुर्‍याउने बदनियतले कुनै कार्य गरे वा गराएमा’ कसुर गरेको मानिने ऐनमा उल्लेख छ ।

यस्तो कसुर गरेकालाई ऐनको दफा १२४ को उपदफा (१) को घ बमोजिम कारबाहीको व्यवस्था छ । ‘दस लाख रुपैयाँसम्म बिगो भएमा एक वर्षसम्म कैद, दस लाख रुपैयाँभन्दा बढी पचास लाख रुपैयाँसम्म बिगो भएमा दुई वर्षदेखि तीन वर्षसम्म कैद, पचास लाख रुपैयाँभन्दा बढी एक करोड रुपैयाँसम्म बिगो भएमा तीन वर्षदेखि चार वर्षसम्म कैद, एक करोड रुपैयाँभन्दा बढी दस करोड रुपैयाँसम्म बिगो भएमा चार वर्षदेखि ६ वर्षसम्म कैद, दस करोड रुपैयाँभन्दा बढी एक अर्ब रुपैयाँसम्म बिगो भए ६ वर्षदेखि आठ वर्षसम्म कैद र एक अर्बभन्दा बढी जतिसुकै रुपैयाँ बिगो भए पनि आठ वर्षदेखि दस वर्षसम्म कैद’ हुने लगायतका व्यवस्था छ ।

 


प्रकाशित मिति: शनिबार, जेठ १९, २०८१  १४:३१
#बर्दिया
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै मंगलबार, असोज १, २०८१
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान मंगलबार, असोज १, २०८१
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन् मंगलबार, असोज १, २०८१
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा मंगलबार, भदौ १८, २०८१
विश्वप्रकाशलाई देउवाको जवाफ- कसैले भन्दैमा मैले प्रधानमन्त्री पद छोड्नुपर्छ भन्ने मलाई लाग्दैन
विश्वप्रकाशलाई देउवाको जवाफ- कसैले भन्दैमा मैले प्रधानमन्त्री पद छोड्नुपर्छ भन्ने मलाई लाग्दैन आइतबार, भदौ १६, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्