Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
समाज
  • Home
  • समाज
  • आगलागीको प्रकोप र नियन्त्रणका उपाय, यो वर्ष मात्रै सयभन्दा धेरैको मृत्यु दुई अर्बको भौतिक क्षति
आगलागीको प्रकोप र नियन्त्रणका उपाय, यो वर्ष मात्रै सयभन्दा धेरैको मृत्यु दुई अर्बको भौतिक क्षति आगलागीका अन्य कारण तथा बच्ने उपाय.....
नेपालकागज
नेपालकागज बिहीबार, वैशाख ६, २०८१

आगलागीको प्रकोप र नियन्त्रणका उपाय, यो वर्ष मात्रै सयभन्दा धेरैको मृत्यु दुई अर्बको भौतिक क्षति
कुलचन्द्र अर्याल (बागमती प्रदेश), बर्दिया (लुम्बिनी प्रदेश), काठमाडौँ । हामीले धेरै बौद्धिक व्यक्तित्व तथा यश क्षेत्रमा राम्रो दक्खल राख्ने वनकार्यालयका प्रमुखहरो, प्रदेश स्तरीय वन मन्त्रालय, केन्द्रिय वन मन्त्रालय तथा डिभिजन वन कार्यालयका डिभिजनल प्रमुखहरू जो बौद्धिक दक्षता राख्दछ त्यसको आधारमा रिपोर्ट तयार गरिएको हो ।यो रिपोर्ट मात्र होइन यसम्मा आफू कसरी बच्ने, आगलागी कसरी हुन सक्छ, वार्षिक कति मानिस आगलागीबाट ज्यान गुमाए लगायतका अपनाउनुपर्ने साबधानीका विषयमा विभिन्न ब्यक्तित्वसँग गरेको कुराकानीमा आधारित रिपोर्ट ।

हिउँद लागेसँगै सुक्खा र खडेरीको याममा चरम बन्ने आगलागी र डढेलोको प्रकोप नेपालमा वर्षायाम सुरु नहुन्जेलसम्म चलिरहन्छ । देशमा आगलागीमा परेर यो वर्ष मात्रै एक सयभन्दा धेरैको मृत्यु भइसकेको छ भने दुई अर्ब रुपियाँभन्दा धेरैको भौतिक क्षति भएको गृह मन्त्रालयको विपत् पोर्टलमा उल्लेख छ । वन डढेलोले खरानी पार्ने अमूल्य जैविक विविधताको लेखाजोखा नै छैन । बर्सेनि डढेलोबाट हजारौँ हेक्टर वनक्षेत्र सखाप हुने गरेको छ ।

वन तथा वातावरण मन्त्रालयका प्रवक्ता बद्रिराज ढुंगानाका अनुसार आगो मानिसका लागि तापको स्रोत हो र यो अनिवार्य र उपयोगी छ । आगोको प्रयोगमा सावधानी अपनाउन सकिएन र यो नियन्त्रणबाहिर गयो भने त्यो मानिस मात्रै नभएर सम्पूर्ण वातावरणकै लागि अभिशाप बन्छ । भनिन्छ, एउटा रुखबाट लाखौँ सलाईका काँटी बन्छन् तर एउटा सलाईको काँटी लाखौँ रुख जलाउन सक्षम हुन्छ । यसबाट पनि आगोप्रतिको असावधानी कति महँगो साबित हुन्छ भन्ने प्रस्ट हुन्छ ।

अक्सिजन र इन्धनसँग घर्षण वा ताप मिसिँदा हुने रासायनिक प्रतिक्रियाबाट उत्पन्न हुने तापीय शक्ति नै आगो हो । आगो उत्पत्ति हुँदा रासायनिक प्रतिक्रिया भए जस्तै आगो बलिरहँदा पनि रासायनिक प्रतिक्रिया चलिरहन्छ । इन्धनमा भएको कार्बन तत्व अक्सिजनसँग मिसिएर कार्बनडाइअक्साइड बन्छ; जुन धुवाँका रूपमा निस्किन्छ । त्यसबाहेक अँगार, ध्वाँसो, खरानी तथा कार्बन मोनोअक्साइड, नाइट्रोजनडाइअक्साइड र हाइड्रोजन सल्फाइड जस्ता वातावरणीय विकार र विषाक्त तत्व पनि निस्किन्छन्; जो वातावरणीय प्रदूषणका मुख्य कारण बन्छन् । 

लुम्बिनी प्रदेश सरकार वन,वातावरण,पर्यटन तथा खानेपानी मन्त्रालय लुम्बिनी प्रदेश सचिव मोहनराज काफ्लेका अनुसार आगलागी वा डढेलोले भौतिक र जैविक क्षति मात्र पुर्‍याउने होइन, त्यसले दीर्घकालीन रूपमा वातावरणको क्षयीकरण गरिरहेको हुन्छ । आगो लागिसकेपछि निस्कने धुलो, धुवाँ तथा खरानी तथा विषाक्त ग्यासले श्वास प्रश्वासको क्रममा मानव स्वास्थ्यमा ठुलो असर पु¥याउँछ । ग्रीष्मयाममा लागेको डढेलोले जम्मा गरेको खरानी र फोहोर वर्षायाममा बगेर पानीका विभिन्न स्रोतमा मिसिन पुग्छ र जलप्रदूषण गराउँछ । डढेलोबाट निस्कने कार्बनडाइअक्साइड, नाइट्रोजनअक्साइड जस्ता ग्यास हरित गृह प्रभाव र ओजन तहको विनाशका लागि जिम्मेवार मानिन्छन् । 

डिभिजन वन कार्यालय बर्दियाका डिभिजनल प्रमुख प्रबिण बिडारीका सुझाव र आगलागीका अन्य कारण तथा बच्ने उपाय यस्ता छन .....  

अक्सिजन, इन्धन र ताप वा घर्षणको संयोजनबाट रासायनिक प्रतिक्रिया हुन गई आगो उत्पन्न हुन्छ । यस्तो संयोजन प्रकृतिमा आफैँ पनि हुन सक्छ र मानवीय कारणले पनि आगलागी हुन सक्छ । यस अर्थमा आगलागी प्राकृतिक वा मानवीय दुई कारणले हुन्छ । 

प्राकृतिक कारण 

    चट्याङका कारण आगो उत्पन्न भएर हुने आगलागी ।
    भुइँचालोलगायतका प्रकोपका कारण चट्टानमा घर्षण हुने वा प्रज्वलनशील पदार्थ पोखिने वा मिसिने कारण उत्पन्न हुने आगलागी । 
    सुकेका रुखका हाँगा एक आपसमा रगडिएर आगो उत्पन्न भई हुने आगलागी ।
    पानीको सतह वा चम्किलो ढुङ्गालगायतका वस्तुले लेन्सका रूपमा सूर्यको किरण परावर्तन गरी लगातार कुनै सुकेको वस्तुमा ठोक्किएर आगो उत्पन्न भएर पनि आगलागी हुन सक्छ । 
चिहान क्षेत्र अथवा मरेका जीवजन्तु फ्याँकिने क्षेत्रमा रहेका हड्डीमा पाइने फोस्फोरस, क्याल्सियम जस्ता तìवहरू रातको समयमा अक्सिजनको उपस्थितिमा रासायनिक प्रतिक्रिया भई आफैँ बल्न सक्छन् र आगो उत्पन्न हुन गई आगलागी हुन सक्छ ।  हुरीबतासले एक ठाउँको आगो अर्को ठाउँमा फैलाएर । 
मानवीय कारण 

आगोको प्रयोग मासिनले ढुङ्गे युगदेखि नै गर्न थालेको हो र यो मानव जीवनका लागि अत्यावश्यक छ । मात्र यसको असावधानीपूर्ण प्रयोग हानिकारक र ध्वंसात्मक हुन्छ । 

आगलागीका कृत्रिम कारण

    विस्फोटक पदार्थबाट हुने आगलागी ।
    विद्युतीय वाइरिङमा गडबडी तथा मुख्य लाइनमै तार सर्ट हुँदा आगो लाग्न सक्छ । 
    जङ्गलका जुका मार्न वा नयाँ पालुवा पलाउँछ भन्दै मानिस आफैँले जङ्गलमा आगो लगाउने प्रवृत्ति । 
    आवास, उद्योग कलकारखानालगायतका क्षेत्रमा विभिन्न कारणले आगो सल्किनु ।
    प्रज्वलनशील पदार्थ तथा सलाई, लाइटर जस्ता आगो बाल्न प्रयोग हुने वस्तु सुरक्षित नराख्नु; जसका कारण केटाकेटीले जथाभावी प्रयोग गरेर आगो लाग्न सक्छ । 
आगलागी नियन्त्रण 

प्राकृतिक कारणले हुने आगलागी नियन्त्रण गर्न कठिन हुन्छ तर पनि सचेतना अपनाउने हो भने कृत्रिम तबरले हुने आगलागी र सबै प्रकारका आगलागीको जोखिम घटाउन सकिन्छ । सुक्खा तथा हुरीबतासको समय, खास गरी फागुनदेखि वैशाखसम्मको समय आगलागी हुने मुख्य समय हो । आगो लागेर निभाउनुभन्दा आगो लाग्नै नदिनु उत्तम उपाय हो । त्यसका लागि यी निम्न उपाय अवलम्बन गर्नु पर्छ : 

    सतर्कताका साथ आगोको प्रयोग गर्ने र काम सकिएपछि निभाउने ।
    हुरी बतास चलेको बेला आगो नबाल्ने, चुरोट बिँडीका ठुटा जथाभावी नफाल्ने र निभाएर मात्रै फ्याँक्ने । 
    सलाई, लाइटर, मटितेल, पेट्रोल, ग्यास जस्ता आगो लगाउने वा प्रज्वलनशील पदार्थलाई केटाकेटीले नभेट्ने गरी सुरक्षित ठाउँमा राख्ने ।
    आगो वा टुकी बाल्दा घरको छानो वा प्रज्वलनशील पदार्थको नजिक नबाल्ने । 
    घरको विद्युत् वायरिङ ठिक छ/छैन प्राविधिकलाई जचाइरहने । 
    घर वरपरको घु¥यान सफा गर्ने । 
    जङ्गलमा जथाभावी आगो नलगाउने । 
आगो लागिहालेमा के गर्ने ?

    सम्भव र सुलभ ठाउँ भएमा दमकललाई तत्काल बोलाउने । 
    आगो नियन्त्रणका लागि प्रहरी र रेडक्रसलाई खबर गर्ने । 
    आगो लागेको जानकारी सबैमा गराउन झ्याली पिट्ने वा कराउने र आगो नियन्त्रणका लागि जनसहभागिता जुटाउने ।
    पानी, हरिया बोटबिरुवा (सेउला), बालुवा तथा माटो जस्ता पदार्थ ओसार्ने र आगलागी भएको ठाउँमा आगो निभाउन प्रयोग गर्ने ।
    डढेलो नियन्त्रणका लागि जङ्गलमा अग्निरेखा बनाउने तर जथाभावी डढेलो फैलिएको क्षेत्रमा नपस्ने, आगो र हावाको दिशा हेरेर मात्रै आगो निभाउनतिर लाग्ने ।
    आगो लागेको घरभित्र फसेका वा आगलागीमा परेका मानिसलाई सुरक्षित बाहिर निकाल्न प्रयास गर्ने । 
    आगलागीपीडितको उद्धार तथा राहतमा सहयोग गर्ने । 
नेपालमा हुने प्रमुख प्रकोपजन्य घटनामध्ये आगलागी पनि एक हो । नेपालमा हरेक वर्ष आगलागीमा परेर दर्जनौँ मानिसको ज्यान जाने गरेको छ । धेरैले घरबारविहीन हुनु परेको छ । आगोले नष्ट गर्ने भौतिक सम्पत्तिको मूल्याङ्कन गर्न सकिन्छ, आगोमा परी ज्यान गुमाउने मानिसको गणना गर्न सकिएला तर आगोले नष्ट पार्ने अथाह जैविक विविधताको मापन गर्नै सकिन्न । सुक्खायाममा बर्सेनि डढेलोले सखाप पार्ने वनजङ्गल तथा त्यहाँका प्राणी र वनस्पतिको क्षतितर्फ उति सारो चासो दिइएको पाइँदैन । डढेलोलाई फगत एक प्राकृतिक प्रक्रियाका रूपमा मात्रै लिइने गरेको पाइन्छ । 

जङ्गलमा लागेको डढेलो मानव बस्तीमा पस्न थाल्यो भने मात्रै आगो निभाउन जाने चलन छ । डढेलोले जैविक विविधता र वातावरणमा पु¥याउने दीर्घकालीन क्षतिप्रति धेरै अनभिज्ञ छन् त कतिले जानेरै बुझ पचाइरहेका छन् । जलवायु परिवर्तनका कारण तापमानमा भइरहेको वृद्धि, बढ्दो सुक्खा र खडेरी तथा पानीका स्रोतको क्षयीकरणलगायतका कारणले पनि आगोलागी वा डढेलोजन्य प्रकोप बढिरहेका छन् ।

हाम्रो वनजङ्गल पनि अधिकांश पतझड प्रकृतिको रहेको, हिउँदका महिना सुक्खा रहने र झरेका पातपतिङ्गरलाई आगोले टिप्ने सम्भावना बढिरहेका कारण डढेलो लाग्ने गर्छ । अझ गर्मीयाममा चुरे र महाभारत क्षेत्रभित्रका धेरै पानीका मूल सुक्ने हुनाले डढेलोले फैलिने मौका पाउँछ । हुन त नियन्त्रित डढेलो पारिस्थितिक पद्धतिका लागि अनिवार्य जस्तै हुन्छ तर पनि हामीकहाँ लाग्ने डढेलो निकै अनियन्त्रित र जथाभावी प्रकारको हुन्छ; जसले वनस्पति र वन्यजन्तुलाई फाइदाभन्दा धेरै घाटा नै पु¥याउँछ । 

आगो अत्यावश्यक वस्तु हो र यसको जनतपूर्ण प्रयोग आवश्यक हुन्छ । उपयोगी आगोले आगलागी र डढेलोको रूप लियो भने त्यो अभिशाप बन्छ । आगोको क्षति बढाउन मानवीय क्रियाकलाप नै बढी जिम्मेबार हुन्छन् । आगलागीको दर र क्षति घटाउने काममा पनि मानवीय अग्रसरता महत्वपूर्ण रहन्छ । नेपाल प्राकृतिक प्रकोपको दृष्टिकोणले विश्वमै अति जोखिमपूर्ण मुलुकमा पर्छ तर पनि जोखिम न्यूनीकरण तथा विपत् व्यवस्थापनलगायतका क्षेत्रमा अग्रसरता र जनचेतनाको अभाव देखिन्छ । 

आगोजन्य विपत्को न्यूनीकरण तथा व्यवस्थापनको क्षेत्रमा पनि सम्बन्धित निकायको उति सारो ध्यान पुग्न सकेको छैन । धेरै सर्वसाधारणमा आगलागीबाट कसरी बच्ने ?  डढेलोका असर के के हुन् ? डढेलो नियन्त्रण कसरी गर्ने ? भन्ने जस्ता न्यूनतम चेतनाको समेत अभाव छ । जसको कारण आगलागी र डढेलोले पु¥याउने क्षतिमा बढोत्तरी भइरहेको छ । त्यसैले बर्सेनि दोहोरिइरहने आगलागी र डढेलोको भयानकता तथा विध्वंसबाट जोगिन सर्वसाधारणमा चेतनाको अभिवृद्धि गर्नै पर्छ । तब मात्रै आगोले गर्ने धनजनको क्षति मात्र होइन, अमूल्य जैविक विविधताको विनाश पनि रोक्न सकिन्छ ।


प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१  १८:४९
#बर्दिया
प्रतिक्रिया दिनुहोस्
थप समाज
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा मंगलबार, असोज १, २०८१
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु आइतबार, भदौ २३, २०८१
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन सोमबार, भदौ १७, २०८१
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम आइतबार, भदौ १६, २०८१
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन्
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन् मंगलबार, जेठ १५, २०८१
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी 
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी  शनिबार, जेठ ५, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्