Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
देश
  • Home
  • देश
  • अष्टिम्की पर्व मनाउँदै थारु समुदाय
अष्टिम्की पर्व मनाउँदै थारु समुदाय
नेपालकागज
नेपालकागज शुक्रबार, भदौ ३, २०७९

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–३ का विश्राम चौधरी अष्टिम्की (कृष्ण जन्माअष्टमी) का लागि चित्र कोर्नमा व्यस्त छन् । उहाँले छ घरमा भगवान् श्रीकृष्णसहित मानव जातिको जन्मदेखि मृत्युसम्मका क्रियाकललाप दर्शाउने चित्र कोर्नुभएको छ । 

अझै धेरै घरमा चित्र कोर्नका लागि उहाँलाई निम्ता आएको छ । थारु समुदायमा अष्टिम्कीका अवसरमा घरघरमा पूजा गर्नका लागि परापूर्वकाल देखिनै चित्र कोर्नुपर्ने चलन चल्दै आएको छ । 

कसैले परम्परागत तरिकाले तयार गरेको रङ र कसैले बजार बाट खरिद गरेर ल्याएको रङको प्रयोग गरी चित्र बनाउने गर्दछन । थारु समुदायका घरघरमा रहेका बैठक कोठामा अष्टिम्कीका अवसरमा मानव जातिको जन्मेखि मृत्युसम्म गर्ने क्रियाकलापको चित्रको माध्यमबाट देखाउने गरिएको उहाँले बताउनुभयो । महिला पुरुष दुवै जनाले चित्र कोर्ने गरेका छन् । 

विशेष गरी बर्तालु महिलालाई चित्र बनाउनमा बेफुर्सदीला बनेका छन । “ब्रह्मा मुहर्तमा दर खाएपछि घरमा रहेको बर्‍ही(बैठक) कोठमा बर्तालु थारु महिलाले आफ्नै हातले कान्हाअर्थात् भगवान् श्रीकृष्णको चित्रसहित अन्य लोक चित्र बनाउने कार्य गर्दै आएका छन्”, उहाँले भन्नुभयो, “महिलाले बनाउन नजानेको ठाउँमा पुरुषले गएर चित्र कोर्ने गर्दछौँ ।”

चित्र बनाउँदा पश्चिमतर्फ चन्द्रमा, पूर्वमा सूर्य, माछा, लठ्ठी, गङ्गटा, सर्प, कुकुर, रुखमा बसेका बाँदर गड्यौला, कछुवा, हात्ती, घोडा, गोरु, उट, कुखुरा, मयुर, बिच्छी, वासुकि नागलगायतका जलचर र थलचर प्राणीका चित्र बनाइने गरिन्छ । चित्र बनाउने बिच भागमा दुलही अनमाउँदा दुलहीलाई लैजाने डोलेसहितको डोलीको समेत चित्रका माध्यमले देखाउने गरिन्छ ।

अन्न राख्ने भाँडो र दिवालमा यी चित्र बनाइने गरिएको गीता चौधरीले बताउनुभयो । पहिले महिलाले मात्रै अष्टिम्कीका बेला चित्र बनाउने गर्दथे उहाँले भन्नुभयो, “हाल पुरुषले समेत चित्र बनाउने गरेका छन् ।” सिलौटामा पिँधेको चामल, धानको भुुसको प्रयोग गरी डेहरीमा पोतेपछि परम्परागत तरिकाले बाँसको सिन्कामा कपास लगाई रङमा डुबाइ चित्र बनाइने गरिने भए पनि हाल बजारमा पाइने रङमा कुचीको प्रयोग गरी चित्र बनाइने गरिएको उहाँको भनाइ रहेको छ । 

सृष्टिको रचनादेखि मानव जातिलाई बाच्नका लागि आवश्यक पर्ने बस्तुबारे चित्रका माध्यमले व्यक्त गरिने भएकाले थारु समुदायको लोक चित्रकलाको निकै महत्व रहेको छ । थारु समुदाय प्रकृति पुजारीका रुपमा रहेकाले पाँच हजार वर्ष अघिदेखि चित्र बनाउने कलाको सुरुआत भएको दानसिंह दहित बताउनुहुन्छ । 

उहाँका अनुसार थारु समुदायले अष्टिम्कीका बेला बनाउने चित्रका लागि सिमीको पातबाट हरियो, खयरबाट कत्थइ, पवैको गेँडाबाट रातो, सुकेको लौका आगोमा डढाएर कालो रङ बनाउने गर्दथे । उहाँका अनुसार चित्रमा लगाइने रङको समेत आ–आफ्नै महत्व रहेको छ । 

कालो रङ शून्यताको प्रतीक, रातो रङ जीवनको उमङ्गता, हरियो रङ धैर्यताको प्रतीक, पहेँलो रङ बुद्धिमताको प्रतीक, खैयर रङ शरीरको संवेगात्मक अवस्थाको प्रतीक र नीलो रङलाई परम्परा र मूल्यमान्यताको प्रतीकका रुपमा लिइने गरिन्छ ।

थारु संस्कृतिका जानकारका अनुसार अष्टिम्कीको चित्रमा अत्यधिक मात्रामा ज्यामितीय रुवरुपहरुको प्रयोग गरिन्छ । थारु लोक चित्रकारले शिर र रोदनका लागि अण्डाकार शरीरका लागि घनाकार वा त्रिभुजाकार हात र खुट्टाका लागि शङ्कु आकारको प्रयोग गर्दछन् । यी चित्र सरल तरिका आकर्षकरुपमा बनाइने गरिन्छ । 

अष्टिम्कीको चित्र बनाउने र पूजा सामग्री तयार गर्ने कार्य गरिएपछि महिलाले निरहार बसी भोको पेटमा परम्परागत आभूषण र पहिरनमा सजिएर चामल, फलफूल, दियो, धानको बोट, कागतीको हाँगा र जोडा फल लिई पूजा गर्ने गरेको कालुराम चौधरीले बताउनुभयो । 

पूजा गर्दा घरका सबै सदस्य पूजा गर्ने ठाउँमा जम्मा हुने गर्दछन् उहाँले भन्नुभयो, “ बर्तालु महिला चोखो गरी पकाएको खाना र फलफूल ग्रहण गर्दछन् ।” अष्टिम्कीको रातभरि जाग्राम बसी घरका सबै जनाले कान्हा (श्रीकृष्ण)को परम्परागत लोक भाखामा गीत गाउने गर्दछन् । 

अष्टिम्कीको दोस्रो दिनको बिहानै पूजा गरी पूजा गरिएको सामग्रीसहित चालमसहितको दियो बनाएर नदी तलाउमा विर्सजन गरी स्नान गरेर सबैजना घर फर्कने गर्दछन् । घरमा बनाइएका पकवानको केही भाग भगवान्लाई अर्पण गरी बर्तालु महिलाले भोजन ग्रहण गर्दछन् । 


प्रकाशित मिति: शुक्रबार, भदौ ३, २०७९  १३:३३
#संरक्षण
प्रतिक्रिया दिनुहोस्
थप देश
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना बिहीबार, असोज १७, २०८१
ब्रेक नै नभएका, लाइटहरूनै नभएका ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही
ब्रेक नै नभएका, लाइटहरूनै नभएका ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही सोमबार, जेठ ७, २०८१
एक महिनामा नौ जिल्लाका एसपी कारबाहीमा, बाँकेका एसपी बोहरा तानिनुको कारण यस्तो......
एक महिनामा नौ जिल्लाका एसपी कारबाहीमा, बाँकेका एसपी बोहरा तानिनुको कारण यस्तो...... मंगलबार, वैशाख २५, २०८१
अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न  
अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न   मंगलबार, वैशाख ४, २०८१
नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA
नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA मंगलबार, चैत २७, २०८०
बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत
बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत सोमबार, चैत २६, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्