Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
विकास निर्माण
  • Home
  • विकास निर्माण
  • हरेक वर्ष बर्खामा डुब्ने कपन...
हरेक वर्ष बर्खामा डुब्ने कपन...
नेपालकागज
नेपालकागज मंगलबार, असार ७, २०७९

आदित्य दाहाल, काठमाडौँ । हरेक वर्ष बर्खा सुरु भएसँगै कपनका विभिन्न स्थान डुबानमा परेको खबर बारम्बार सुन्ने गरिन्छ । 

वर्षेनी यो समस्या कपनवासीका लागि नियति नै बन्न पुगेको छ । 

कपन क्षेत्रदेखि गोपीकृष्ण, मिलनचोक, भृकुटीचोक, तेन्जिङचोकलगायतको क्षेत्र हरेक वर्ष डुब्ने गरेको छ । विकासको नाममा स्काभेटर प्रयोग गर्दा हरेक वर्ष जताततै यी क्षेत्रमा ठूला–ठूला खाल्डा र जताततै भत्किएको छ । 

कहिले सडक, कहिले ढल, कहिले खानेपानीको नाममा कपनबासीले  अव्यवस्थित ढलसँगै आएको बाढीको समस्या बेर्होदै आइरहेका छन् । 

अव्यवस्थित ढल र ढलसँगै बग्ने पानीको मात्रा धेरै भएपछि ढलको बिर्को भत्किएर जताततै दुर्गन्धितसमेत हुँदै आएको छ । 

मिलनचोक, गोपीकृष्ण हल सरस्वतीनगरलगायत आसपास क्षेत्र बर्सेनि डुबानमा पर्ने गरेका छन् । वर्षासँगै आउने  बाढीले यस क्षेत्रका अधिकांश सडक पोखरी बन्ने गरेका हुन् । 

वर्षासँगै बगेको पानीको उचित कटान नहुनु तथा ढल व्यवस्थापनमा धेरै त्रुटि भएका कारणले पनि यस क्षेत्र जलमग्न बन्ने गरेको हो । 

पानी परेपछि चाबहिलको मालपोत कार्यालय नजिक ढल भत्किएर सडकबाट पानीको मुस्लो निस्कने गरेको छ । त्यहाँ नहरमा झैँ पानी बग्ने गरेको छ । मालपोत कार्यालयले नै यो दुर्दशा वर्षौंदेखि खेप्दै आइरहेको छ । 

कालोपत्र गरेको सडक ढलको पानीले भत्काइसकेको छ । कपन प्रवेश गर्ने गोपीकृष्णसँगैको सडकको मुखैमा ठूला–ठूला खाल्डो बनेका छन् । 

अव्यवस्थित ढलका कारण गत असोजमा बूढानीलकण्ठ नगरपालिका–१० को सिमानामा रहेको तरकारी बजार नजिकैको ढलमा खसेका १० वर्षीय उज्ज्वल विकको मृत्युसमेत भएको थियो । 

बालकको शव पाँच दिनपछि ललितपुरको वाग्मती गाउँपालिका–१ घुसेलको वाग्मती नदी किनारमा फेला परेको थियो ।अव्यवस्थित ढल कपनवासीको लागि पासो बन्ने गरेको छ । 

कहिलेसम्म हामीले यो नियति भोग्नुपर्ने हो कपनका व्यवसायी दीपक नेपालीको प्रश्न छ । त्यतिमात्रै होइन वर्षासँगै आउने भेलका कारण मिलनचोकले धेरै मोटरसाइकल, साइकल र टेम्पो बगाएको छ । 

धेरैले तरकारी, कपडा, जुत्ताचप्पलको व्यवसाय गर्दै आएका ठेलगाडा पनि बगाएको छ । मिलनचोकमा पानि परेपछि सडक र पसलबाट खोलो नै बग्ने गरेको छ । स्थानीयवासी सडकसमेत पार गर्न सक्दैनन् । 

हरेक वर्ष यस क्षेत्रमा बाढी आउने गरेको भए पनि नजिकैको स्थानीय सरकारले सो विषयमा थाहा पाएर पनि नपाएझैँ गर्ने गरेको स्थानीयवासीको आरोप छ । यहाँको यो समस्या समाधानका लागि कहिले उचित र छिटो काम होला भन्ने दिनगन्दै कपनवासी पर्खिरहेका छन् । 

सडकमा भएका ठूल्ठूला खाल्डासमेत भरिएर आउने बाढीका कारण मोटरसाइकल तथा अन्य सवारी साधनसमेत धेरै पटक दुर्घटनामा पर्ने गरेका छन् । भृकुटीचोकदेखि मिलनचोकमा प्राय यो घटना देखिने स्थानीयवासी हरिशरण दुलाल बताउनुहुन्छ  । 

घुँडासम्म आउने ढलको पानीमा सर्वसाधारण पैदल हिँड्न बाध्य छन् । हातमा जुत्ता बोकेर पैदल हिँड्नुपर्ने अवस्था छ । कतिपयलाई त सोही बाढीले बगाउने पनि गर्दछ । कपनवासीले यस्तो समस्या वर्षौंदेखि खेप्दै आएका हुन् । 

धेरैपटक स्थानीयवासीले सम्बन्धित निकाय तथा जनप्रतिनिधिसँग सडक मर्मत तथा स्तरोन्नतिका लागि माग नगरेका पनि  होइनन् तर हुन्छ भन्ने, काम नगर्ने प्रवृत्तिले हैरान भएको उनीहरुको गुनासो छ । 

ठूलो पानी पर्दा सडकमा खोला नै बग्छ । पानी र हिलोले पुरेको खाल्डोे कता छ भनेर थाहा नपाउँदा धेरैपटक साना केटाकेटी, वृद्धवृद्धा तथा युवासमेत खाल्डोमा चुर्लुम्म डुब्ने गरेका छन् । 

कपनको सडक हुँदै गुड्ने मोटरसाइकल, साइकल, स्कुटरमा यात्रा गर्नेलाई त निकै समस्या छ । कता खाल्डो छ भन्ने थाहा नपाउँदा दुर्घटनासमेत हुने गरेको छ । 

कपन मिलनचोक नजिक बस्ने दिलीप चौधरी सडकमा बगेको पानी देखाउँदै भन्नुहुन्छ, “यहाँ कहाँ सडक छ ? यहाँबाट पार कसरी गर्ने ? यस्तो दुर्दशा कहिलेसम्म सहने ? यी समस्या भन्दै गर्दा चौधरी चिन्तित देखिनुहुन्थ्यो ।” 

कपनको मिलनचोक, साततले, कपन प्रहरी प्रभाग, आकाशे धारा हुँदै बालुवाखानी पुग्ने सडकको अवस्था पनि नाजुक छ । 

लामो समयदेखि खनेको ढलको खाल्डो र यसैबाट बनेको हिलो र चिप्लोबाटो माथि बग्ने पानीको भलले यहाँका बासिन्दा आजित बनेका छन् । 

यातायातका साधन पनि प्राय अवरुद्ध हुने गर्दछ । कपन चौकी हुँदै मिलनचोक तरकारी बजारबाट साततले पानीको भेलले चार ठाउँमा सडक अवरुद्ध हुने गरेको छ । 

हरेक वर्ष बर्खा आउँछ, सडक बगाउँदा पनि  सरकारी बेवास्ताका कारण यहाँका व्यवसायी र स्थानीय चिन्तित बनेका छन् ।

यस्ता समस्याको समाधान नुहँदा व्यवसाय नै चौपट भएको उनीहरुको गुनासो छ । 

गुनासो भए पनि सुनेर माग सम्बोधन गर्ने कोही नभएपछि उनीहरुको आक्रोश झन् बढी देखिन्छ । 

सडकको सास्तीले दिनहुँ हैरानी खेप्नुपरेको स्थानीयवासीको समयमै सडक बनाएर ढलको उचित व्यवस्थापन गर्नुपर्ने र यस्ता समस्याको समाधान गर्नुपर्ने माग छ । 

जनप्रतिनिधिको बेवास्ताले कपनवासीको मागको सम्बोधन नभएको उनीहरुको गुनासो छ । 

सरकारले यस विषयमा उपयुक्त निर्णयका साथ उचित समाधान गर्नुपर्ने कपनवासीको तर्क छ ।


प्रकाशित मिति: मंगलबार, असार ७, २०७९  १३:३६
प्रतिक्रिया दिनुहोस्
थप विकास निर्माण
घर जग्गा लिलाम नगर्न र कालोसूचीमा नराख्न गरिएको निर्णय अभियानको आंशिक सफलता - प्रवक्ता पन्त 
घर जग्गा लिलाम नगर्न र कालोसूचीमा नराख्न गरिएको निर्णय अभियानको आंशिक सफलता - प्रवक्ता पन्त  मंगलबार, असार १२, २०८१
सरकारीस्तरबाट नै जापानमा कामदार जाने ढोका खुल्यो, यी १४ क्षेत्रमा दक्ष कामदार जापान जान पाउँछन्
सरकारीस्तरबाट नै जापानमा कामदार जाने ढोका खुल्यो, यी १४ क्षेत्रमा दक्ष कामदार जापान जान पाउँछन् सोमबार, फागुन १४, २०८०
मेलम्चीमा एक अर्ब ६३ करोड भ्रष्टाचार, एक खर्ब ४४ करोड बिगो दाबी, यसरी भएको थियो भ्रष्टाचार......
मेलम्चीमा एक अर्ब ६३ करोड भ्रष्टाचार, एक खर्ब ४४ करोड बिगो दाबी, यसरी भएको थियो भ्रष्टाचार...... सोमबार, फागुन ७, २०८०
सञ्चारमन्त्रीलाई सम्बोधन गर्दै टिकटकको नेपाल सरकारलाई पत्र, यस्तो छ पाँचबुँदे प्रतिबद्धता
सञ्चारमन्त्रीलाई सम्बोधन गर्दै टिकटकको नेपाल सरकारलाई पत्र, यस्तो छ पाँचबुँदे प्रतिबद्धता मंगलबार, फागुन १, २०८०
प्रभु बैंकका अप्रेसन इन्चार्ज नीरजविक्रम बेपत्ता, सवा करोड अपचलन भएको प्रहरीको भनाइ
प्रभु बैंकका अप्रेसन इन्चार्ज नीरजविक्रम बेपत्ता, सवा करोड अपचलन भएको प्रहरीको भनाइ आइतबार, माघ २८, २०८०
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा शुक्रबार, माघ २६, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्