Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
शिक्षा
  • Home
  • शिक्षा
  • चुनौतिपूर्ण परिस्थितिमा पनि राम्रो अवसर बन्न सक्छ 'होम स्कुलिङ'
चुनौतिपूर्ण परिस्थितिमा पनि राम्रो अवसर बन्न सक्छ 'होम स्कुलिङ'
नेपालकागज
नेपालकागज सोमबार, जेठ ३, २०७८

अन्जु गौतम योगी

चुनौतिपूर्ण परिस्थितिमा पनि राम्रो अवसर बन्न सक्छ 'होम स्कुलिङ'

कक्षा ८ मा अध्यनरत परिन शर्मा एकोहोरो आफ्नो मोबाइलमा घोरिएर बसिरहेका छन । किताव कापी छेउमा छरपस्ट छन् तर खोलेका भने छैनन् । आफ्नो अगाडिको सानो ल्यापटप टेवलको मुनि खुट्टा पसारेर भुईमा बसेका उनी  अनलाइन कक्षाका सहभागी हुन् । उनको ल्यापटप स्क्रिनमा देखिएका शिक्षक पूर्ण सामर्थ्य लगाएर पढाउन मै व्यस्त देखिन्छन् तर परिन भने वेव क्यामरा र माइक्रो फोन बन्द राखेर मोबाइलमा खेल खेल्न मै भुलेका छन् । भिडियो खोल परिन भनि शिक्षकले गरेको आग्रहलाई उनी बिग्रेको छ सर , सरी सर भनि सजिलै टार्छन |

त्यसै गरि कक्षा समयमा सुतेरै बिताउछन, ९ कक्षा मा अध्ययनरत छात्र समिर, हाजिरी जनाउन मात्र अनलाइन कक्षामा जोडिने उनी  त्यस पश्चात कक्षाबाट बाहिरिन्छन । कक्षा ५ की छात्रा जेनी पौडेलको अनुभव भने बेग्लै छ । हरेक कक्षामा सबै भन्दा पहिले जोडिने उनी शिक्षकले दिएका सम्पूर्ण पाठ्य सामाग्री आफ्नो कक्षाका साथीहरुलाई पठाउने लगाएत कक्षा प्रस्तुतीकरणमा सबै भन्दा अग्रपंतिमा छिन । शिक्षकले दिएका गृहकार्य फोटो खिचेर पठाउने, समुहमा साथिहरुलाई बिभाजन गरि बिभिन्न प्रस्तुतिहरुमा सहभागी हुन उनी सधैँ उत्साहित हुन्छिन । 

आफुलाई भर्चुअल कक्षा पनि भौतिक कक्षाहरु सरह रमाइलो लाग्ने गरेको बताउने उनी अनलाइन कक्षामा अझ धेरै बोल्ने अवसरहरु पाइरहेको मा खुशी छिन् । जेनी भन्छिन, "पढ्नलाई धेरै समय बच्ने, घरमै उपलब्ध बिभिन्न सामाग्रीलाई प्राक्टिकलको लागि प्रयोग गर्न  सजिलो हुने र शिक्षकको धेरै समय पाइने भएकोले अनलाइन कक्षा नै सजिलो र रमाइलो लाग्छ ।" 

वास्तवमा जेनीले दिएको जवाफले नेपालमा पनि  अनलाईन कक्षालाई विश्व का विकशित मुलुकमा जस्तै प्रभावकारी रूपमा सञ्चालन गर्न सकिन्छ भन्ने कुरा को संभावना लाई औंलाउँछ । नेपाल लगाएत विश्वका धेरै मुलुकहरु कोभिड -१९ को चपेटामा परिरहेको अवस्थामा शिक्षा क्षेत्र पनि निकै प्रवावित बनेको छ । 

मुलुक भित्रका सम्पूर्ण विधालयहरु गत बर्ष कोभिडको प्रथम लहर संगै भौतिक कक्षाहरु बन्द गरि बैकल्पिक शिक्षण बिधि अपनाउन बाध्य भएका थिए | कोभिड्को प्रभाव न्यून हुने क्रम संगै भौतिक कक्षा संचालन मा आई सकेका बिधालयहरु  पनि पुनः  दोश्रो लहर फैलिए संगै गत बर्ष झैँ अनलाइन तथा अन्य बिकल्प अपनाउन थालेका छन् भने क्याम्पसका संचालन हुदै गरेका परिक्षा समेत अनिश्चितकाल सम्मका लागि रोकिएका छन् ।
  
विश्वका बिभिन्न देशहरु अनलाइन शिक्षणमा धेरै अगाडि बढी सकेको सामय्मा नेपालमा भने अहिले संचालन गरिएको अनलाइन शिक्षण बिधि बाध्यात्मक परिस्थितिले श्रीजना गरेको चुनौती तथा अवसर दुवै मान्न सकिन्छ । हरेक चुनौती पूर्ण समयले केहि न केहि सकारात्मक संदेश अवश्य छोडेर गएको हुन्छ ।

अहिलेको बैकल्पिक शिक्षण प्रणालीमा देखिएका समस्याहरुलाई सच्चाउदै गएमा भर्चुल कक्षा शिक्षण भावी पुस्ताका निम्ति ठुलो अवसरका रुपमा परिणत गर्न सकिन्छ । अनलाइन शिक्षण विधिलाई  शिक्षकहरुले पनि नयाँ कुरा सिक्ने तथा प्रविधि सँग अभ्यस्त हुने अवसरका रुपमा लिनु  पर्दछ । सिकाइ त मानिस जन्मिए देखि नमरुन्जेल सम्म चलिरहने निरन्तर प्रक्रिया हो । 

अन्योलपूर्ण अवस्थामा सुरुवात गरिएको भएता पनि हाल अनलाईनमा आफूले धेरै कुराहरु सिकेको र आफ्नो काम प्रति उत्साहित रहेको कुरा लिटल एंजल स्कूल ललितपुर की शिक्षक शान्ता ढकाल बताउनु हुन्छ । किताबी ज्ञानलाई ब्यबहारिक ज्ञानसंगै जोडेर लैजाने , घर ब्यबहार का कुराहरु सिकाउँदै त्यसैलाई पाठ्यक्रमा जोड्न सके बिधार्थीहरुलाई बिभिन्न लाइफ स्किलका कुराहरु घरमै सिकाउन सकिन्छ ।

युएनआइसिईएफ नेपालले सन् २०२० अगस्तमा प्रकाशित गरेको रिपोर्टका अनुसार नेपालमा हाल दुईतिहाइ बिधार्थीहरु दुरशिक्षा अन्तर्गत संचालन गरिएका कक्षा  हरु लिनबाट बन्चित छन् |गरिबीको रेखामुनी रहेको जनसंख्याबाट जम्मा ५ % बच्चाहरु मात्र बैकल्पिक कक्षामा सहभागी भएका छन् भने ९५ % स्कुले केटाकेटी हरु यस अवसरबाट बन्चित छन् |
     
यसै गरि शिक्षा मन्त्रालयको गत बर्ष को रिपोर्ट अनुसार जम्मा १३ % सरकारी बिधालय हरु मा इन्टरनेट सुबिधा प्राप्त छन् भने जम्मा २० % बिधार्थिहरु मात्र अनलाइन् माध्यम बाट लिएको कक्षा को पहुचमा छन् |

कुनै पनि नयाँ कुरा को सुरुवात त्यति  सहज नहुनु लाई स्वाभाविक रूपमा नै लिनु पर्छ l सरकार द्वारा यस्ता ईन्टरनेटको सुविधा बाट वञ्चित बालबालिका हरु पहिचान गरी उनीहरू को लागी छुट्टै सुलभ इन्टरनेट को प्याकेजको सुविधा दिई उनीहरू लाई सिकाइ को प्रक्रियामा समावेस गर्न ढिलाइ गर्नु हुन्न । परिस्थिति जस्तो सुकै भएता पनि सकारात्मक सोचका साथ अगाडी बढ्दै नयाँ शैछिका शत्र अनलाईन विधि मार्फत शुरुआत गर्नु को  बिकल्प भने देखिदैन । 

निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) का सह- अध्यक्ष डी.के ढुंगानाका अनुसार प्राइभेट बिधालयमा हाल करिव ६५ % कक्षाहरु प्रभावकारी रुपमा संचालन भैरहेका छन् l ढुंगाना आउँदो शैक्षिक सत्र पनि अनलाइन विधिबाट सुरुवात गर्न आफुहरु तयार रहेको बताउनु हुन्छ l "अनलाइन शिक्षण बाध्यताले बिना तयारि नै शुरु गरिएको भएता पनि यसलाई प्रविधिसंग अभ्यस्त हुने एउटा अवसरका रुपमा लिन पर्छ र यसले नेपालमा डिजिटल लर्निंगको क्षेत्रमा निकै ठुलो परिवर्तन ल्याउन सक्छ ।"

उहाँ विश्वमा प्रभावकारी 'होम स्कुलिङ' को अवधारणा १९८० को दशक बाट नै प्रचलन मा रहेता पनि नेपाल मा यो नयाँ प्रयोग भएको हुँदा यसमा शिक्षक , विद्यार्थी , अभिभावक , विद्यालय प्रशासन लगायत सम्पूर्ण सरोकार वालाहरु को साथ र सहयोगको आवस्यकता  छ।
 
परम्परागत शिक्षण सिकाइ ले शिक्षालाई  व्यावहारिक ज्ञान सँग जोड्न नसकेको, विश्व विद्यालबाट उच्च शिक्षा हासिल गरेका बक्तीहरु समेत 'लाइफ स्किल' का पक्षमा कमजोर रहने गरेका कयौ उदाहरणहरु हामी समक्ष छन् । 

यस्ता उदहरणहरु बाट पाठ सिकेर  घरमै बसिरहेका साना नानीहरुलाई दैनिक जीवन यापनका कुरा सँगै जोडेर पाठ्यक्रम परिमार्जन गर्न सकियो भने त्यो अझै उपलब्धि मुलक हुन जान्छ । उदाहरणको लागि, ५ कक्षा मा अध्यनरत बच्चालाई कफि कसरी बनाइन्छ लेख ? भनेर प्रश्न दिनु भन्दा तिमीले कफी कसरी बनाउँछौं भिडियो बनाएर हामीलाई पठाऊ भन्न सकिन्छ र त्यसै बाट उसको मूल्यांकन गर्न सकिन्छ । 

यसरी बिद्यार्थीहरु लाई घरमै व्यस्त राख्न सकियो भने उसले आफ्नो क्षमता विकास गर्नु का साथै दैनिक घर व्यवहार का कुरा हरु पनि सिक्दै जान्छ । विभिन्न सञ्चार माध्यम मा प्रसारण भैरहेका दुखत समाचारहरु, आफ्नो उमेर समूहका साथीहरुसँग भेट्ने बाहिर गएर खेल्ने अवसर नपाइरहेको अवस्थामा बच्चा नजानिँदो गरी मानसिक समस्याको शिकार पनि भइरहेको हुन सक्छ तसर्थ यस्ता कुराहरु बाट चनाखो रही बिद्यार्थीहरु लाई घरमै व्यस्त राख्न सकियो भने उसले आफ्नो क्षमता विकास गर्नु का साथै दैनिक घर व्यवहार का कुरा हरु पनि सिक्दै जान्छ । अतः यस्ता कुरामा चनाखो रही उनीहरू लाई खाना पकाउने कपडा धुने, नाच्ने ,गाउने, आफ्नो कोठा सफा गर्ने, कुचो लाउने जस्ता क्रियाकलापमा ब्यस्त राख्न सकियो भने यसले तनाव ब्यबस्थापनमा राम्रो सहयोग पुग्न सक्छ भने केटा केटिको सृजनात्मक क्षमता पनि विकास हुन्छ ।

घरमा बाबु आमा ले चिया पकाऊ बाबु भन्दा नटेर्ने बच्चाहरु पनि शिक्षकले त्यही कुरा 'प्राक्टिकल कक्षा' अथवा 'प्रोजेक्ट भनेर दिएमा रमाउँदै गर्ने खालका हुन्छन् । साना नानीहरूमा आफ्नो काम आफैं गर्ने संस्कारको विकास गराउन का निम्ति पनि अहिलेको अवस्थामा 'होम स्कूलिङ ' वरदान नै हुन सक्छ । 

अहिलेको समयमा सुचना र ज्ञानका निमित्त बिभिन्न अन्य माध्यमहरु पनि उपलब्ध भएको हुँदा शिक्षकको भूमिका मात्र पाठ्यक्रममा आधारित रही पाठ वर्णन गर्नु भन्दा पनि माथि उठेर त्यस बिषय बस्तु प्रति बिधार्थीहरुलाई रुची जगाउनु,उनीहरुलाई त्यस बारेमा खोज्न र सोच्न बाध्य बनाउनु महत्वपूर्ण कुरा हो ।

पाठ्यक्रम भन्दा बाहिर गएर गरिएका छलफलमा उनीहरू धेरै रुचि राख्छन् । कहिले काँही उनिहरुलाईनै होस्ट बनाई कक्षा सञ्चालन गर्न दिएमा, लिडरशिप क्षमता को विकास हुँदै जान्छ । भौतिक कक्षामा ७/८ घण्टा बिधालय अध्ययनका निम्ति भनि मानसिक रुपमा तयार भएर विद्यालय जाने विद्यार्थीहरु  भर्चुअल कक्षा तथा त्यस पछि  स्वअध्ययन का निम्ति दिनको १०/१२ घण्टा पनि समय दिन सक्छन ।

तसर्थ उनीहरुलाई बिभिन्न शृजनात्मक क्रियाकलाप जस्तै युट्युब बाट सामाग्री खोज्ने, ससाना भिडियो बनाउने, गुगल जस्ता वेव साइटबाट नयाँ कुरा खोज्ने, शृजनात्मक क्रियाकलाप गर्ने, विभिन्न नयाँ खाने कुराहरु पकाउने, नाच्ने, गाउने, शारीरिक अभ्यास गर्ने, व्यक्तित्व विकास गर्ने, अभिभावकहरुलाई दैनिक काममा सघाउने जस्ता कार्यक्रममा उत्साहित गरि त्यसैबाट मुल्यांकन गर्ने पद्धतिको विकास गर्न सकेमा, अनलाइन कक्षामा जोडिएर बस्ने तर मोबाइल मा खेल खेलेर समय बिताउने बच्चाहरु लाई पनि विभिन्न जिममेवारी दिई व्यस्त राख्न सकेमा 'होम स्कुलिंग' अहिले को पुस्ताको लागि एउटा राम्रो अवसर पनि बन्न सक्छ ।

लेखक अन्जु गौतम योगी प्रशिक्षक, शिक्षक र अन्वेषक हुनुहुन्छ भने हाल उहाँ काठमाडौँ वर्ल्ड स्कुल भक्तपुरमा अध्यापनरत हुनुहुन्छ


प्रकाशित मिति: सोमबार, जेठ ३, २०७८  ०९:३६
#बिचार
प्रतिक्रिया दिनुहोस्
थप शिक्षा
अभिभावकको आकर्षणको केन्द्र बेवी ब्लुम मन्टेश्वरी स्कुल
अभिभावकको आकर्षणको केन्द्र बेवी ब्लुम मन्टेश्वरी स्कुल बुधबार, फागुन २, २०८०
कोहलपुर क्षेत्रमा उत्कृष्ट शिक्षा दिँदै अभिभावकको आकर्षणको केन्द्रबिन्दु बन्दै बेवी ब्लुम मन्टेश्वरी स्कुल
कोहलपुर क्षेत्रमा उत्कृष्ट शिक्षा दिँदै अभिभावकको आकर्षणको केन्द्रबिन्दु बन्दै बेवी ब्लुम मन्टेश्वरी स्कुल सोमबार, माघ १५, २०८०
'कक्षा १२ सम्म शिक्षा निःशुल्क, जो अनशन बसुन् राज्यले खुट्टा कमाउँदैन, चिकित्सा शिक्षा ऐन संशोधन हुन्छ'
'कक्षा १२ सम्म शिक्षा निःशुल्क, जो अनशन बसुन् राज्यले खुट्टा कमाउँदैन, चिकित्सा शिक्षा ऐन संशोधन हुन्छ' सोमबार, मंसिर २५, २०८०
जहाँ किताबी ज्ञान मात्रै होइन, व्यावहारिक सीप पनि सिकाइन्छ
जहाँ किताबी ज्ञान मात्रै होइन, व्यावहारिक सीप पनि सिकाइन्छ आइतबार, मंसिर २४, २०८०
धनौरामा शिक्षक भर्ना प्रकरण: भर्ना सम्बन्धि छानबिन गरिने
धनौरामा शिक्षक भर्ना प्रकरण: भर्ना सम्बन्धि छानबिन गरिने शुक्रबार, मंसिर २२, २०८०
दुर्गमको विद्यालयमा तीन दशक बिताउँदा...
दुर्गमको विद्यालयमा तीन दशक बिताउँदा... शनिबार, असोज ६, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्