Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
विकास निर्माण
  • Home
  • विकास निर्माण
  • स्वेच्छाचारिताको पराकाष्टा : अँझै बन्न सकेनन् हुलाकी सडक अन्तर्गतका १० वटा पुल 
स्वेच्छाचारिताको पराकाष्टा : अँझै बन्न सकेनन् हुलाकी सडक अन्तर्गतका १० वटा पुल 
नेपालकागज
नेपालकागज बिहीबार, भदौ १०, २०७८

चितवन । हुलाकी सडक अन्तर्गत माडीमा निर्माणाधीन १० वटा पुलको निर्माणमा ढिलाइ भएको छ । 

विभिन्न समयमा ठेक्का सम्झौता भई काम थालिएकोमा म्याद सकिन लाग्दासमेत कामले गति लिन सकेको छैन । पुल निर्माण नहुँदा यस सडकमा यात्रा गर्ने माडी र ठोरीवासी प्रत्यक्ष रुपमा प्रभावित भएका छन् । 

माडी नगरपालिकामा खहरे खोला नागदबेली भएर घुमेका छन् । वर्षात्सँगै ती खोला उर्लीएपछि यातायातका साधन सञ्चालन हुन नसक्ने अवस्था देखिएको छ ।

हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय वीरगञ्जका अनुसार माडी क्षेत्रमा निर्माणाधीन ११ वटा पुलमध्ये एउटाको मात्रै निर्माण सम्पन्न भएको छ भने अधिकांशको निर्माण काम १५ देखि ७० प्रतिशतसम्म मात्र सम्पन्न भएको छ ।

कार्यालयका इञ्जिनीयर सञ्जय ठाकुरका अनुसार विसं २०७४ मा सम्झौता भएर पुल निर्माणको ठेक्का पाएका व्यवसायीले विभिन्न समयमा म्याद थप गर्दासमेत निर्माण सम्पन्न गर्न नसकेको हो । विसं  २०७४ चैत २८ गते सम्झौता भएको रिखोलाको पुल हालसम्म पनि सम्पन्न हुनसकेको छैन । विसं २०७७ असोज २७ गते सम्पन्न गर्नुपर्ने गरिएको सम्झौता पटकपटक म्याद थप हुँदासमेत काम हुनसकेको छैन । पछिल्लो पटक विसं २०७८ माघ २३ गतेसम्मका लागि म्याद थप भएको छ ।

 रु १३ करोड ४२ लाख ६२ हजार ५३४ मा निर्माण सम्झौता भएको २५४ दशमलब ७५ मिटर लामो उक्त पुलको काम अहिलेसम्म २७ प्रतिशत मात्र सम्पन्न भएको इञ्जिनीयर ठाकुरले जानकारी दिनुभयो । यो पुल निर्माणका लागि लुम्बिनी प्रकृति जेभि काठमाडौँले ठेक्का सम्झौता गरेको छ । 

यो खोला माडी नगरपालिका-९ स्थित चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएकाले पुल निर्माणका लागि निकुञ्जले अवरोध गर्दै आएको उहाँको दाबी छ ।  बगाइ खोला पुलको निर्माण पनि ४५ प्रतिशत मात्र सम्पन्न भएको छ । सपना लोहनी जेभि काठमाडौँले विसं २०७४ असार २८ गते रु ८ करोड २४ लाख ९९ हजारमा ठेक्का सम्झौता गरेको भए पनि काम सम्पन्न हुनसकेको छैन ।

 पछिल्लाो पटक थप गरिएको म्यादसमेत सकिएको छ । विसं २०७८ साउन २५ गते दोस्रो पटक थप गरिएको समय पनि सकिएको र पुनः म्याद थपका लागि पत्राचार गरिएको छ ।

यो पुल १११ दशमलब १५ मिटर लामो रहेको छ । त्यस्तै घाघर खोलाको पुल १२७ दशमलब १ मिटर लामो रहेको छ । यो पुल निर्माण काम पनि ३० प्रतिशत मात्र सम्पन्न भएको छ । सपना लोहनी जेभि काठमाडौँले विसं २०७४ असार २८ गते रु आठ करोड ४२ लाख ६३ हजार ४०५ मा ठेक्का सम्झौता गरेको थियो । 

विसं २०७६ पुस ७ गते सम्पन्न गर्ने गरी सो ठेक्का लिएको र सो समयमा काम सम्पन्न नभएपछि २०७८ साउन २५ गते सम्मका लागि म्याद थप गरेको थियो । सो समयमा पनि कम्पनीले पुल निर्माण सम्पन्न गर्न सकेको छैन । यस पुलको पनि म्याद थपका लागि ठेकेदार कम्पनीले पत्राचार गरेको छ ।

माडीकै पतरे खोलाको पुल निर्माणको काम पनि १५ प्रतिशत मात्र भएको छ । ४१ दशमलब २ मिटर लामो यो पुल निर्माणको ठेक्का पाएका लोहनी एण्ड ब्रदर्स प्रालिले समयमा निर्माण सम्पन्न गर्न सकेको छैन् । रु तीन करोड ४० लाख ६२ हजारमा पुल निर्माण सम्झौता भएको थियो । 

विसं २०७४ असार ११ गते सम्झौता गरिएको सो पुलको निर्माण सम्पन्न गर्नुपर्ने समयावधि विसं २०७५ फागुन १० गते सकिएको थियो । पटकपटक सम्झौता थप गर्दा पनि समयमा काम नसकिएको इञ्जिनीयर ठाकुरले जानकारी दिनुभयो ।

थपिएको समयले विसं २०७७ असोज ९ गते काम सम्पन्न गर्नुपर्ने भए पनि काम नसकिएपछि पुनः समय थपका लागि कम्पनीले निवेदन दिएको कार्यालयले जनाएको छ ।  

भालु खोलाको पुल १७ मिटर लामो छ । सो पुल निर्माणको काम ४० प्रतिशत मात्र सम्पन्न भएको छ । निर्माणका लागि विसं २०७६ असोज ५ गते रु तीन करोड १६ लाख १२ हजार ३५ मा ठेक्का सम्झौता भएको थियो । यसको समयावधि विसं २०७८ असोज ४ गते सम्पन्न गर्नुपर्ने हुन्छ ।

सम्झौताको मिति सकिनै लाग्दा पनि ३० प्रतिशत मात्र काम भएको छ । यो पुल नार्गाजुन जेभिले ठेक्का सम्झौता गरेको थियो ।  टुनामुना खोलाको पुल निर्माणको काम ३५ प्रतिशत मात्र सम्पन्न भएको छ । निर्माणका लागि पछिल्लो पटक थप गरिएको म्यादको समय सकिसक्दा पनि काम पूरा भएको छैन ।

विसं २०७४ असार २९ गतेको सम्झौताले विसं २०७६ असार २८ गते सम्पन्न हुनुपर्ने थियो । तर अहिले सम्म सो काम सम्पन्न हुनसकेको छैन । ६४ दशमलब १५ मिटर लामो सो पुल निर्माणका लागि रु पाँच करोड ३० लाख सात हजार ५४५ मा लुम्बिनी प्राकृतिक जेभिसँग सम्झौता भएको हो । पछिल्लो पटक २०७७ साल फागुन ६ गते सम्मका लागि समय थप गरिएको भए पनि काम सम्पन्न हुननसकेपछि पुनः म्याद थपका लागि प्रक्रिया अघि बढाइएको छ ।

२६ दशमलब दुई मिटर लामो बाँदरमुढे खोलाको पुलको निर्माणकार्य ३६ प्रतिशत मात्र सम्पन्न भएको निर्देशनालयले जनाएको छ । रु चार करोड ३५ लाख ८५ हजार ५५८ मा विसं २०७४ असार १८ गते ठेक्का सम्झौता भएको थियो । विसं २०७६ असार १७ गते सम्पन्न गर्नुपर्नेमा अहिलेसम्म पनि प्रभावकारी रुपमा काम हुनसकेको छैन । सपना आरडी जेभिले पुल निर्माणका लागि पछिल्लो पटक थपिएको समय विसं २०७७ असार ३० गते सम्मका लागि हो । पुनः म्याद थपका लागि प्रक्रिया अघि बढाइएको छ ।  

रु पाँच करोड पाँच लाख ७४ हजार ६२७ को लागतमा निर्माण भइरहेको रतनी खोलाको पुलको काम हालसम्म ६५ प्रतिशत मात्र सम्पन्न भएको छ । विटी निर्माण सेवा काठमाडौँले विसं २०७६ भदौ २६ गते ठेक्का सम्झौता गरेको थियो । ठेक्का सम्झौता अनुसार विसं २०७८ भदौ २५ गतेभित्र काम सम्पन्न गरिसक्नुपर्ने हुन्छ ।

सपना लोहनी जेभि काठमाडौँले निर्माण गर्दै गरेको मुगई खोलाको पुलको काम ७० प्रतिशत सम्पन्न भएको छ । ९७ दशमलब १ मिटर लामो सो पुल निर्माणका लागि रु ६ करोड ५१ लाख एक हजार १९६ सम्झौता भएको थियो । विसं २०७४ असार २८ गते सम्झौता गरिएको सो पुल पछिल्लो पटक थप गरिएको म्यादले विसं २०७८साउन २५ गतेभित्र सम्पन्न गर्नुपर्ने थियो । काम सम्पन्न नभएपछि म्याद थपको प्रक्रिया अघि बढाइएको छ ।  

लुम्बिनी प्रकृति जेभी रुपन्देहीले विसं २०७८ असोज ५ गते निर्माण सम्पन्न गर्ने गरी विसं २०७६ असोज ६ गते सम्झौता गरेको चिताई खोलाको पुल निर्माणको काम ३५ प्रतिशत मात्र सम्पन्न भएको छ । २७ दशमलब २ मिटर लामो सो पुल निर्माणका लागि रु पाँच करोड १९ लाख ७६ हजार १९० मा सम्झैता भएको थियो ।

सम्झौता अनुसारको समयअवधि सकिन लागे पनि पुलको काम हुन नसकेको हो । सँगै निर्माण थालिएको परवि खोलाको पुल भने सम्पन्न भएको छ । विसं २०७४ असार २८ गते सम्झौता गरिएको सो पुल गएको साउन १५ गते सम्पन्न भएको हो । ९७ दशमलब १ मिटर लामो सो पुल रु ६ करोड ५२ लाख १२ हजारमा सम्पन्न गरिएको हो । बिटि निर्माण सेवाले पुल निर्माणको काम सम्पन्न गरेको हो ।

माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालले ठूलो प्रयासपछि पुलको काम थालिएको भए पनि सोचे अनुरुप काम हुन नसकेको बताउनुभयो । निर्देशनालय र ठेकेदार कम्पनीलाई छिटो काम सक्न दबाब दिइँदै आएको उहाँको भनाइ छ । कठिनाई सल्टाउँदै काम गर्न लगाइएको ढकालले बताउनुभयो ।

यसै सडकअन्तर्गत निकुञ्ज क्षेत्रको बाटोलाई उच्चस्तरको बनाउने काम पनि भइरहेको उहाँको भनाइ छ । निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेकाले ती पुल निर्माणमा विभिन्न बाधा व्यवधान आउँदासमेत सहजीकरणको काम नगरपालिकाले गर्दै आएको प्रमुख ढकालको भनाइ छ । 

 


प्रकाशित मिति: बिहीबार, भदौ १०, २०७८  १३:३३
प्रतिक्रिया दिनुहोस्
थप विकास निर्माण
घर जग्गा लिलाम नगर्न र कालोसूचीमा नराख्न गरिएको निर्णय अभियानको आंशिक सफलता - प्रवक्ता पन्त 
घर जग्गा लिलाम नगर्न र कालोसूचीमा नराख्न गरिएको निर्णय अभियानको आंशिक सफलता - प्रवक्ता पन्त  मंगलबार, असार १२, २०८१
सरकारीस्तरबाट नै जापानमा कामदार जाने ढोका खुल्यो, यी १४ क्षेत्रमा दक्ष कामदार जापान जान पाउँछन्
सरकारीस्तरबाट नै जापानमा कामदार जाने ढोका खुल्यो, यी १४ क्षेत्रमा दक्ष कामदार जापान जान पाउँछन् सोमबार, फागुन १४, २०८०
मेलम्चीमा एक अर्ब ६३ करोड भ्रष्टाचार, एक खर्ब ४४ करोड बिगो दाबी, यसरी भएको थियो भ्रष्टाचार......
मेलम्चीमा एक अर्ब ६३ करोड भ्रष्टाचार, एक खर्ब ४४ करोड बिगो दाबी, यसरी भएको थियो भ्रष्टाचार...... सोमबार, फागुन ७, २०८०
सञ्चारमन्त्रीलाई सम्बोधन गर्दै टिकटकको नेपाल सरकारलाई पत्र, यस्तो छ पाँचबुँदे प्रतिबद्धता
सञ्चारमन्त्रीलाई सम्बोधन गर्दै टिकटकको नेपाल सरकारलाई पत्र, यस्तो छ पाँचबुँदे प्रतिबद्धता मंगलबार, फागुन १, २०८०
प्रभु बैंकका अप्रेसन इन्चार्ज नीरजविक्रम बेपत्ता, सवा करोड अपचलन भएको प्रहरीको भनाइ
प्रभु बैंकका अप्रेसन इन्चार्ज नीरजविक्रम बेपत्ता, सवा करोड अपचलन भएको प्रहरीको भनाइ आइतबार, माघ २८, २०८०
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा शुक्रबार, माघ २६, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्