काठमाडौं । नेपालमा HUAWEI Consumer Products को राष्ट्रिय वितरक कल मोबिलिटी प्रालिले HUAWEI WATCH FIT 5 Pro आधिकारिक रूपमा सार्वजनिक गरेको छ। प्रिमियम डिजाइन, उन्नत स्वास्थ्य निगरानी, व्यावसायिक फिटनेस सुविधा तथा स्मार्ट फिचरहरू समेटिएको उक्त स्मार्टवाच नेपाली बजारमा आएको हो।
कम्पनीका अनुसार WATCH FIT 5 Pro खरिद गर्ने ग्राहकलाई सीमित अवधिको विशेष अफरअन्तर्गत रु. ५,४९० मूल्य पर्ने HUAWEI FreeBuds SE 2 निःशुल्क उपलब्ध गराइनेछ। WATCH FIT 5 Pro को नेपाली बजार मूल्य रु. ४३,९९० तोकिएको छ। यो स्मार्टवाच Black Fluoroelastomer, Orange Grey Nylon र White Fluoroelastomer स्ट्र्यापमा उपलब्ध छ। फरक–फरक स्ट्र्याप विकल्पमार्फत प्रयोगकर्ताले आफ्नो रुचिअनुसार स्मार्टवाचको लुक छनोट गर्न सक्ने कम्पनीले जनाएको छ।
स्मार्टवाचमा १.९२ इन्चको डिस्प्ले रहेको छ। यसमा १.८ मिलिमिटरको अल्ट्रा–स्लिम बेजेल र अधिकतम ३,००० निट्स पिक ब्राइटनेस रहेको छ। यसले प्रत्यक्ष सूर्यको प्रकाशमा समेत डिस्प्ले स्पष्ट र चम्किलो देखिने कम्पनीको दाबी छ।
फिटनेसतर्फ WATCH FIT 5 Pro मा Mini-Workout Mode समावेश गरिएको छ। यसमार्फत ३० सेकेन्डदेखि केही मिनेटसम्मका छोटा तथा निर्देशित व्यायाम गर्न सकिन्छ। यसले दैनिक व्यस्तताबीच पनि प्रयोगकर्तालाई शारीरिक रूपमा सक्रिय रहन सहयोग गर्ने कम्पनीको भनाइ छ।
आउटडोर गतिविधिमा रुचि राख्नेहरूका लागि Trail Run Mode उपलब्ध छ। यसमा सेग्मेन्टमा आधारित नेभिगेसन, उचाइमा हुने परिवर्तनको जानकारी तथा अनुमानित आगमन समय हेर्न सकिने सुविधा छ।
गोल्फ खेलाडीका लागि पनि स्मार्टवाचमा विशेष सुविधा राखिएको छ। यसमा विश्वभरका १७ हजारभन्दा बढी गोल्फ कोर्सका नक्सा, उन्नत Green View तथा Swing Analysis सुविधा उपलब्ध छन्।
स्वास्थ्य निगरानीतर्फ WATCH FIT 5 Pro मा A-fib तथा premature beat alerts, ECG र arterial stiffness detection जस्ता सुविधा समावेश छन्। त्यस्तै, महिलाको स्वास्थ्यसम्बन्धी निगरानीका लागि wrist temperature tracking सुविधा पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ। ब्याट्री क्षमताका हिसाबले हल्का प्रयोग गर्दा स्मार्टवाचले १० दिनसम्म र नियमित प्रयोग गर्दा ७ दिनसम्म ब्याट्री धान्ने कम्पनीको दाबी छ। यसले दैनिक जीवनमा बारम्बार चार्ज गर्नुपर्ने आवश्यकता कम गर्ने अपेक्षा गरिएको छ।
HUAWEI WATCH FIT 5 Pro अब नेपालभर रु. ४३,९९० मा उपलब्ध रहेको छ। यससँगै दिइने HUAWEI FreeBuds SE 2 निःशुल्क अफर भने सीमित अवधिका लागि मात्र उपलब्ध हुने कम्पनीले जनाएको छ।
HUAWEI का आधिकारिक जानकारी तथा खरिदका लागिhttps://www.facebook.com/HuaweimobileNP बाट समेत जानकारी लिन सकिनेछ। त्यसगरी, HUAWEI को Website: https://consumer.huawei.com/my/wearables/watch-fit5-pro/ , HUAWEI Tiktok: https://www.tiktok.com/@huawei_np र E-commerce: https://efix.com.np/brand/huawei मार्फत थप जानकारी पाइने कम्पनीले जनाएको छ।