Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
विकास निर्माण
  • Home
  • विकास निर्माण
  • निर्धारित समयमा काम पूरा नहुँदा बसपार्क व्यवस्थापनमा समस्या : भ्यूटावर निर्माणको काम कछुवा गतिमा
निर्धारित समयमा काम पूरा नहुँदा बसपार्क व्यवस्थापनमा समस्या : भ्यूटावर निर्माणको काम कछुवा गतिमा
नेपालकागज
नेपालकागज बुधबार, भदौ ९, २०७८

काठमाडौँ । दृश्यावलोकन स्तम्भ (भ्यूटावर) निर्माणको काम निर्धारित समयमा पूरा नहँदा बसपार्क व्यवस्थापनमा समस्या भएको छ । साविकको बसपार्कलाई अन्यत्र स्थानान्तरण गरी विसं २०७३ साउनबाट निर्माण सुरु गरिएको उक्त टावरको काम अहिले कछुवा गतिमा भइरहेको छ ।

निर्माण सुरु गरिएको पाँच वर्षमा सक्ने गरी थालिएको उक्त काम हालसम्ममा ३५ प्रतिशत मात्र सकिएको काठमाडौँ महानगरपालिकाले जनाएको छ । निर्माण कम्पनीले समयमै काम सम्पन्न गर्न नसक्दा बसपार्क कहाँबाट सञ्चालन गर्ने भनेर अन्योल थप चुलिएको छ ।

टावर निर्माण भइरहेको स्थानबाट सञ्चालन भएको बसर्पाक खुलामञ्चमा सारिएको थियो । गत वैशाख १६ गतेदेखि उक्त स्थानबाट पनि बसपार्क हटाइएको छ । यातायात व्यवसायीले भने आफूहरुले साविकको स्थानबाटै बसपार्क सञ्चालन गर्न पाउनुपर्ने माग राख्दै आएका छन् । महानगरपालिकाले उपप्रमुख हरिप्रभा खड्गीको संयोजकत्वमा गठित समितिले तत्कालका लागि कामपा भएर चल्ने लामो दूरीको सार्वजनिक सवारी साधन सल्लाघारीबाट सञ्चालन गर्न सुझाएको छ ।

महानगरपालिकाको निजी साझेदारी एकाइका प्रमुख नुरनिधि न्यौपानेका अनुसार कामपाले निर्माणको जिम्मा दिन्न भन्ने अवस्था पनि छैन, जेनतेन काम गरिरहेको छ । सम्झौता भएअनुसार काम हुने हो भने अहिले कम्तीमा पनि ७५ प्रतिशत काम सकिसक्नुपर्ने हो, त्यो अवस्था भने छैन । 

निर्माणको कामअन्तर्गत अहिले पाँचौँ तलाको काम भइरहेको छ । समग्रमा ३५ प्रतिशतभन्दा बढी काम भएको छैन । स्तम्भ निर्माणका लागि महानगरपालिका तथा जलेश्वर, स्वच्छन्द र बिकोइ कम्पनीबीच २०७१ साल फागुन २२ गते सम्झौता गरिएको थियो । सम्झौतानुसार पाँच वर्षभित्र ती कम्पनीले आफ्नो लगानीमा भवन बनाएर ३० वर्षसम्म चलाउन पाउनेछन् । 

“भूकम्पपछि निर्माणसम्बन्धी फरक निर्णय हुँदा केही समय काम गर्ने वातावरण थिएन, पछि काम गर्ने वातावरण हुँदा पनि तीव्ररूपमा काम भएको पाइँदैन, अर्को कम्पनीलाई दिइहाल्ने अवस्था पनि छैन, कम्पनीले कामपालाई सुरुको समयदेखि नियमितरूपमा बुझाउनुपर्ने सम्झौताअनुरुपको कर दिइरहेको छ”, न्यौपानेले भन्नुभयो ।

सम्झौतानुसार निर्धारित समयमै काम नसकेमा एकपटक दुई वर्षका लागि समय थप्न मिल्छ । गोरखा भूकम्पपूर्वको योजना स्तम्भ २९ तला बनाउने थियो । भूकम्पपछि भवन निर्माणको मापदण्ड फेरबदल भएकाले पूर्णरूपमा भूकम्प प्रतिरोधात्मक र १२ तलाको बनाउने गरेर काम भइरहेको छ ।

स्तम्भको सबैभन्दा तल्लो तलामा बस पार्किङस्थल रहनेछ । त्यसको माथि दोस्रो तलामा हलुका, गाडीको पार्किङस्थल, व्यवस्थित चलचित्र घर, पौडीपोखरी, खाजाघर, बैंक तथा महानगरपालिकाको वडा कार्यालयसमेत रहनेछन् । स्तम्भका लागि २३ रोपनी पाँच आना जग्गा छुट्याइएको छ । सोमध्ये ४० प्रतिशत भूभागमा स्तम्भ बन्नेछ भने ६० प्रतिशत भाग खाली राखिनेछ । सो अग्लो घर नेपाली कला, संस्कृति झल्किने खालको हुनेछ । 

म्हानगरपालिका र ठेकेदार कम्पनीबीच भएको सम्झौतानुसार कम्पनीले वार्षिक रु दुई करोड ३५ लाख तिर्नुपर्ने हुन्छ । यो वार्षिक दुई दशमलव पाँच प्रतिशतका दरले बढ्दै जान्छ । निर्माणको जिम्मा पाएको कम्पनीले अहिलेसम्म महानगरपालिकालाई करस्वरुप रु छ करोड बढी बुझाइसकेको छ । पाँच वर्षभित्र सम्पन्न गर्ने गरी २०७२ कात्तिक २५ गते उपराष्ट्रपति नन्दबहादुर पुनबाट भवनको शिलान्यास गरिएको थियो । 

बसपार्क व्यवस्थापनमा समस्या

हाल भ्यूटावर निर्माण भइरहेको स्थानबाट लामो तथा छोटो दूरीका सवारी साधन आवतजावत हुने गरेका थिए । साविक पुरानो बसपार्क काठमाडौँ भ्यूटावर निर्माण भए पनि निर्माणको कामले गति नलिएपछि बसपार्क व्यवस्थापनमा फेरी समस्या भएको छ ।

विसं २०७२ साउनबाट बसपार्कलाई खुल्लामञ्चमा स्थानान्तरण गरिएको थियो । पाँच वर्षमा भ्यूटावर निर्माणको काम सम्पन्न गर्ने र साविकै बसपार्क रहेको स्थानबाट थप व्यवस्थितरूपमा सवारी साधनलाई आवतजावत गराइने भने पनि हालसम्म पनि उक्त टावरको निर्माणको काम सम्पन्न नहुँदा थप समस्या भएको हो ।

खुलामञ्चको बसपार्क सारेर गत वैशाख १६ गतदेखि महानगरपालिकाले त्यस ठाउँका सबै संरचना हटाइसकेको छ । महानगरपालिकाले यहाँबाट सञ्चालन हुने सार्वजनिक सवारीलाई दुई विकल्प दिइएको छ । टिकट काउन्टर राखेर चलेका मध्यम दूरीका गाडी गोङ्गबु बसपार्कबाट सञ्चालन हुनेछन् । यस्तै छोटो दूरीका सवारी साधन पिक एण्ड ड्रप प्रणालीबाट चल्नेछन् ।


प्रकाशित मिति: बुधबार, भदौ ९, २०७८  १०:२२
प्रतिक्रिया दिनुहोस्
थप विकास निर्माण
घर जग्गा लिलाम नगर्न र कालोसूचीमा नराख्न गरिएको निर्णय अभियानको आंशिक सफलता - प्रवक्ता पन्त 
घर जग्गा लिलाम नगर्न र कालोसूचीमा नराख्न गरिएको निर्णय अभियानको आंशिक सफलता - प्रवक्ता पन्त  मंगलबार, असार १२, २०८१
सरकारीस्तरबाट नै जापानमा कामदार जाने ढोका खुल्यो, यी १४ क्षेत्रमा दक्ष कामदार जापान जान पाउँछन्
सरकारीस्तरबाट नै जापानमा कामदार जाने ढोका खुल्यो, यी १४ क्षेत्रमा दक्ष कामदार जापान जान पाउँछन् सोमबार, फागुन १४, २०८०
मेलम्चीमा एक अर्ब ६३ करोड भ्रष्टाचार, एक खर्ब ४४ करोड बिगो दाबी, यसरी भएको थियो भ्रष्टाचार......
मेलम्चीमा एक अर्ब ६३ करोड भ्रष्टाचार, एक खर्ब ४४ करोड बिगो दाबी, यसरी भएको थियो भ्रष्टाचार...... सोमबार, फागुन ७, २०८०
सञ्चारमन्त्रीलाई सम्बोधन गर्दै टिकटकको नेपाल सरकारलाई पत्र, यस्तो छ पाँचबुँदे प्रतिबद्धता
सञ्चारमन्त्रीलाई सम्बोधन गर्दै टिकटकको नेपाल सरकारलाई पत्र, यस्तो छ पाँचबुँदे प्रतिबद्धता मंगलबार, फागुन १, २०८०
प्रभु बैंकका अप्रेसन इन्चार्ज नीरजविक्रम बेपत्ता, सवा करोड अपचलन भएको प्रहरीको भनाइ
प्रभु बैंकका अप्रेसन इन्चार्ज नीरजविक्रम बेपत्ता, सवा करोड अपचलन भएको प्रहरीको भनाइ आइतबार, माघ २८, २०८०
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा शुक्रबार, माघ २६, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्