Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
विकास निर्माण
  • Home
  • विकास निर्माण
  • प्रस्तावित रेल्वे लिकका जग्गाधनी आन्दोलित : हचुवामा मुआब्जा तोकेको भन्दै जग्गाधनीहरु आन्दोलनमा    
प्रस्तावित रेल्वे लिकका जग्गाधनी आन्दोलित : हचुवामा मुआब्जा तोकेको भन्दै जग्गाधनीहरु आन्दोलनमा    
नेपालकागज
नेपालकागज शुक्रबार, भदौ ४, २०७८

महोत्तरी । पूर्वपश्चिम रेल र बर्दिबास–जनकपुर–जयनगर रेल्वे विस्तार परियोजनामा परेको जग्गाधनी उचित मूल्य निर्धारण नभएको भन्दै आन्दोलित भएका छन् ।

महोत्तरीको बर्दिबास १ र १४ का जग्गाको उचित मूल्य निर्धारण नभएको भन्दै उनीहरु आन्दोलित भएका हुन् । गत बुधबारमात्र प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको जग्गाको मुआब्जा (मूल्य) निर्धारण समितिले गरेको निर्णयमा उचित मूल्य नतोकिएको जग्गावालााको भनाइ छ ।

“हाम्रो जग्गा सात वर्षदेखि रोक्का राखेर कुनै कारोबार गर्न दिइएन, अहिले हाम्रो कुरा नै नसुनी समितिले हचुवा मूल्य तोकेको छ”, आज बर्दिबास रेल्वे जग्गा मुआब्जा पीडित सङ्घर्ष समितिले बर्दिबासमा आयोजना गरेको पत्रकार सम्मेलनमा जग्गावालाा डाकराज पोखरेलले भन्नुभयो, “पाइने मुआब्जाले अर्को ठाउँमा घर ठड्याउन सक्ने त हुन प¥यो नि !” कार्यक्रममा जग्गाधनीले मूल्य पुनरावलोकन नगरिए आन्दोलनको विकल्प नहुने बताएका छन् ।

“हामी रेल्वे विस्तारको प्रस्तावित आआफ्नो जग्गामा भोलि (शनिबार) कालो झण्डा गाड्ने छौँ”, कार्यक्रममा बर्दिबास रेल्वे जग्गा मुआब्जा पीडित सङ्घर्ष समितिका संयोजक राजु खड्काले भन्नुभयो, “जग्गावालाालाई एकवचन सोधीखोजी र वास्ता नगर्ने मूल्य निर्धारण समितिको निर्णय हामीलाई मान्य छैन ।” बर्दिबासमा मूल्य निर्धारण समितिले तोकेको न्यूनतम  रु सात लाख र अधिकतम रु ८० लाख प्रतिकट्ठाको मूल्याङ्कनलाई क्रमशः रु २० लाख र रु एक करोड २० लाख पु¥याउन पर्ने सङ्घर्ष समितिको माग छ ।

दुवैतर्फ (पूर्वपश्चिम रेल र बर्दिबास–जनकपुर–जयनगर रेल्वे) को साझा स्टेसन र लिक विस्तारका लागि बर्दिबास १ र १४ मा ५९ बिघा जग्गा नेपाल रेल्वे कम्पनीले सात वर्ष पहिलेदेखि नै रोक्का राख्दै आएको छ । मुआब्जा तोक्न सात वर्ष लगाउने निर्धारण समितिले अहिले जग्गाधनीलाई वास्तै नगरी रातारात हतारमा हचुवाको भरमा निर्णय गरेको बर्दिबास–२ का वडाध्यक्ष अभिराम प्याकुरेलले बताउनुभयो । मूल्य निर्धारण समिति, नेपाल रेल्वे कम्पनी र सरकारले भर्खरै तोकिएको मूल्य पुनरावलोकन गरिदिनु पर्ने प्याकुरेलको भनाइ छ ।

सङ्घर्ष समितिको मागमा महोत्तरी–१ ‘क’ बाट निर्वाचित प्रदेशसभा सदस्य शारदा थापा र बर्दिबास–१ का  वडाध्यक्ष चूडामणि पोखरेलले पनि समर्थन जनाउनुभयो ।  यसैबीच जिल्लास्थित जग्गा मूल्य निर्धारण समितिले भने मुआब्जा बुझ्ने प्रक्रिया थाली सकेको छ । “समितिको निर्णयानुसार सम्बन्धित जग्गावालाालाई निर्धारित मूल्यअनुसारको दाबी गर्न गोरखापत्रमा सूचना प्रकाशित भइसकेको छ”,  समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले भन्नुभयो, “अब यही प्रक्रियामा अघि बढ्नु सबैको हितमा छ ।” 

आफ्नै ठाउँमा हुने राष्ट्रिय महत्वको परियोजनामा स्थानीयले केही खप्ने र चित्त बुझाउने बाटोमा लाग्नु ठीक हुने भट्टराईको भनाइ छ । लामो समयपछि मूल्य निर्धारण हुँदा अब चैँ रेल्वे विस्तारको कामले गति लिन्छ भन्ने विश्वास पालेका सर्वसाधारण भने काम अल्झने चिन्ताले पिरोलिएका छन् । “खै अब त मुआब्जा विवाद टुङ्गियो, काम बढ्ला भनेको त उल्झन बाँकी नै रहेछ”, एक पाका व्यक्तिले भन्नुभयो, “काम बढाउने कुरामा अब झमेला नगरौँ, जग्गाधनी के भन्दैछन्, त्यो पनि हाकिमले सुनुन् ।”

बर्दिबासमा मुआब्जा निर्धारण ठीक नभएको जग्गाधनीले बताउन थालेपछि गत वर्ष नै मूल्य निर्धारण भएका किसाननगर र भङ्गहाका जग्गावाला पनि आन्दोलनतिर जोडिन थालेका छन् । “हाम्रा बस्तीका जग्गावाला पनि मूल्य कम भयो भन्दैछन्”, बर्दिबास–७ (साविक किसाननगर गाविस क्षेत्र) का वडाध्यक्ष फाल्गुण सुसलिङ मगरले भन्नुभयो, “अब हामी पनि यही आन्दोलनमा जोडिन पर्छ क्या रे !” किसाननगर र भङ्गहाको मूल्य निर्धारण समितिले एक वर्षअघि नै गरिसकेको छ । मूल्य निर्धारण भए पनि जग्गावालााले मुआब्जा दाबी भने गरेका छैनन् ।

बर्दिबासमा जग्गाको मूल्यबारे किचोला नसकिँदा बर्दिबास–जनकपुर–जयनगर रेल विस्तार परियोजनाको तेस्रो खण्ड (भङ्गाहा–५ स्थित बिजलपुरा स्टेसनदेखि बर्दिबाससम्म) को १८ किलोमिटर दूरीमा रेल लिक निर्माण कार्य अझै अन्योलमै पर्ने हो कि भन्ने यस भेगका सर्वसाधारणमा चिन्ता बढेको छ । यो परियोजनाको प्रथम खण्ड (जयनगरदेखि धनुषाको कुर्थासम्म) को ३४ किलोमीटर दूरीमा सबै निर्माण कार्य सम्पन्न भएर रेल सेवा सञ्चालनको तयारीमा छ  । 

त्यसैगरी दोस्रो खण्ड (कुर्थादेखि महोत्तरीको भङ्गाहा–५ बिजलपुरा स्टेसनसम्म) को १७ किमी दूरीमा पनि लिक र पुलपुलेसा निर्माण भइसकेर परीक्षणको तयारीमा छ ।   सन् २०१४ मा भारतीय सरकारको रु सात अर्ब २० करोड अनुदान सहयोगमा थालिएको जयनगर–जनकपुर–बर्दिबास रेल्वे स्तरोन्नतिको काम सन् २०१९ मै सकिनुपर्ने तालिका थियो । यद्यपि यसबीचका आन्दोलन (मधेश आन्दोलन), प्राकृतिक विपत्ति (भूकम्प र बाढी) र जग्गा मुआब्जा प्रक्रिया नटुङ्गिँदा परियोजना सम्पन्न गर्न ढिलाइ भएको रेल विभागले स्वीकार गरेको छ ।


प्रकाशित मिति: शुक्रबार, भदौ ४, २०७८  १७:३८
प्रतिक्रिया दिनुहोस्
थप विकास निर्माण
घर जग्गा लिलाम नगर्न र कालोसूचीमा नराख्न गरिएको निर्णय अभियानको आंशिक सफलता - प्रवक्ता पन्त 
घर जग्गा लिलाम नगर्न र कालोसूचीमा नराख्न गरिएको निर्णय अभियानको आंशिक सफलता - प्रवक्ता पन्त  मंगलबार, असार १२, २०८१
सरकारीस्तरबाट नै जापानमा कामदार जाने ढोका खुल्यो, यी १४ क्षेत्रमा दक्ष कामदार जापान जान पाउँछन्
सरकारीस्तरबाट नै जापानमा कामदार जाने ढोका खुल्यो, यी १४ क्षेत्रमा दक्ष कामदार जापान जान पाउँछन् सोमबार, फागुन १४, २०८०
मेलम्चीमा एक अर्ब ६३ करोड भ्रष्टाचार, एक खर्ब ४४ करोड बिगो दाबी, यसरी भएको थियो भ्रष्टाचार......
मेलम्चीमा एक अर्ब ६३ करोड भ्रष्टाचार, एक खर्ब ४४ करोड बिगो दाबी, यसरी भएको थियो भ्रष्टाचार...... सोमबार, फागुन ७, २०८०
सञ्चारमन्त्रीलाई सम्बोधन गर्दै टिकटकको नेपाल सरकारलाई पत्र, यस्तो छ पाँचबुँदे प्रतिबद्धता
सञ्चारमन्त्रीलाई सम्बोधन गर्दै टिकटकको नेपाल सरकारलाई पत्र, यस्तो छ पाँचबुँदे प्रतिबद्धता मंगलबार, फागुन १, २०८०
प्रभु बैंकका अप्रेसन इन्चार्ज नीरजविक्रम बेपत्ता, सवा करोड अपचलन भएको प्रहरीको भनाइ
प्रभु बैंकका अप्रेसन इन्चार्ज नीरजविक्रम बेपत्ता, सवा करोड अपचलन भएको प्रहरीको भनाइ आइतबार, माघ २८, २०८०
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा शुक्रबार, माघ २६, २०८०
भर्खरै
नौबस्ता कारागारबाट भाएका कैदी नियन्त्रणमा,४ लाखको सामाग्री बरामद
नौबस्ता कारागारबाट भाएका कैदी नियन्त्रणमा,४ लाखको सामाग्री बरामद
भेरी अस्पतालमा थपिए ४ वटा डायलाइसिस मेसिन, बिरामीलाई सहज
भेरी अस्पतालमा थपिए ४ वटा डायलाइसिस मेसिन, बिरामीलाई सहज
'राष्ट्रद्रोही हिंसात्मक कुकर्ममा संलग्न जो कोही हुन, सबैलाई कडा कारबाही गरौं':पोखरेल
'राष्ट्रद्रोही हिंसात्मक कुकर्ममा संलग्न जो कोही हुन, सबैलाई कडा कारबाही गरौं':पोखरेल
३३ औं प्रहरी प्रमुख बन्न ४ एआईजीबीच प्रतिस्पर्धा
३३ औं प्रहरी प्रमुख बन्न ४ एआईजीबीच प्रतिस्पर्धा
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
लोकप्रीय
  • Week
  • Month
३३ औं प्रहरी प्रमुख बन्न ४ एआईजीबीच प्रतिस्पर्धा
३३ औं प्रहरी प्रमुख बन्न ४ एआईजीबीच प्रतिस्पर्धा
'राष्ट्रद्रोही हिंसात्मक कुकर्ममा संलग्न जो कोही हुन, सबैलाई कडा कारबाही गरौं':पोखरेल
'राष्ट्रद्रोही हिंसात्मक कुकर्ममा संलग्न जो कोही हुन, सबैलाई कडा कारबाही गरौं':पोखरेल
भेरी अस्पतालमा थपिए ४ वटा डायलाइसिस मेसिन, बिरामीलाई सहज
भेरी अस्पतालमा थपिए ४ वटा डायलाइसिस मेसिन, बिरामीलाई सहज
३३ औं प्रहरी प्रमुख बन्न ४ एआईजीबीच प्रतिस्पर्धा
३३ औं प्रहरी प्रमुख बन्न ४ एआईजीबीच प्रतिस्पर्धा
'राष्ट्रद्रोही हिंसात्मक कुकर्ममा संलग्न जो कोही हुन, सबैलाई कडा कारबाही गरौं':पोखरेल
'राष्ट्रद्रोही हिंसात्मक कुकर्ममा संलग्न जो कोही हुन, सबैलाई कडा कारबाही गरौं':पोखरेल
भेरी अस्पतालमा थपिए ४ वटा डायलाइसिस मेसिन, बिरामीलाई सहज
भेरी अस्पतालमा थपिए ४ वटा डायलाइसिस मेसिन, बिरामीलाई सहज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्