Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
विकास निर्माण
  • Home
  • विकास निर्माण
  • विद्युत् प्राधिकरणको नाफा बढेर पुग्यो तीन अर्ब : ७१ अर्ब आम्दानी, ६८ अर्ब खर्च
विद्युत् प्राधिकरणको नाफा बढेर पुग्यो तीन अर्ब : ७१ अर्ब आम्दानी, ६८ अर्ब खर्च
नेपालकागज
नेपालकागज मंगलबार, भदौ १, २०७८

काठमाडौँ । उज्यालो नेपाल अभियानअन्तर्गत सबै घरपरिवारलाई विद्युत् सेवा उपलब्ध गराउने लक्ष्यका साथ अगाडि बढेको नेपाल विद्युत् प्राधिकरणका ग्राहक ४५ लाख ३० हजार पुगेका छन् ।

अघिल्लो आवमा ४२ लाख २२ हजार रहेकामा आव २०७७÷७८ मा ७.३७ प्रतिशतले ग्राहकको सङ्ख्यामा वृद्धि भएको हो । यस्तै, सामुदायिक संस्थातर्फ पाँच लाख ५० हजार पुगेका छन् । यस आधारमा देशभर विद्युत् उपभोग गर्ने ग्राहकको सङ्ख्या ५० लाख ८० हजार पुगेको छ ।

प्राधिकरणको ३६ औँ वार्षिकोत्सवको अवसरमा दिइएको विवरण अनुसार देशका ७४ जिल्लामा केन्द्रीय प्रसारण लाइनको बिजुली पुगेको छ । कर्णाली प्रदेशको कालीकोट र जुम्लामा आव २०७७÷७८ मा मात्रै केन्द्रीय प्रसारण लाइनको बिजुली पुगेको हो । सो प्रदेशको डोल्पा, मुगु र हुम्लामा आगामी दुई वर्षभित्र प्रसारण प्रणाली पु¥याउने योजनामा प्राधिकरण रहेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार हालसम्म देशको ९० प्रतिशत जनसङ्ख्यामा आधारभूतरूपमा ग्रीडको पहुँचसहितको विद्युत् पुगेको छ । बिजुली पु¥याएर मात्रै नहुने भन्दै उहाँले अब विश्वसनीय र प्रभावकारी बिजुली उपलब्ध गराउने चुनौती प्राधिकरणको सामु रहेको बताउनुभयो ।

कोरोनाले बढायो चुहावट

कोरोना कहरका कारण चुहावट नियन्त्रणमा प्रभावकारी कदम चाल्न नसकिएको प्राधिकरणले स्वीकार गरेको छ । एक प्रतिशत चुहावट बढ्दा झण्डै रु ७० करोड बराबरको नोक्सानी हुने देखिन्छ । आव २०७७÷७८मा झण्डै दुई प्रतिशत बराबरको चुहावट बढेको छ । यस आधारमा कूल रु एक अर्ब ४० करोड बराबरको नोक्सानी भएको छ ।

आव २०७७÷७८ मा विद्युत् चुहावट १७.१८ प्रतिशत थियो । जुन आव २०७६÷७७ को तुलनामा १.९१ प्रतिशतले बढी हो । विद्युत् खपतमा भएको वृद्घि, कोभिड–१९ का कारणले चुहावट नियन्त्रणको कार्यक्रम उल्लेख्य रुपमा सञ्चालन गर्न नसकिएको र नियमित मिटर रिडिङ हुननसकेका कारणले चुहावटमा वृद्घि हुन गएको प्राधिकरणको भनाइ छ । कार्यकारी निर्देशक घिसिङले चुहावट नियन्त्रणलाई प्रभावकारी रुपमा अगाडि बढाउने योजनामा आफूहरु रहेको जानकारी दिनुभयो ।

आव २०७७÷७८ मा साना विद्युत् गृहसहित प्राधिकरणका जलविद्युत् गृहबाट कूल दुई अर्ब ८१ करोड युनिट बिजुली उत्पादन भयो । आव २०७६÷७७ मा उत्पादन कूल तीन अर्ब दुई करोड युनिट उत्पादन भएको थियो । आव २०७६÷७७ मा निजी क्षेत्रका विद्युत् गृहबाट दुई अर्ब ९९ करोड युनिट विद्युत् प्राप्त भएकोमा गत आव मा ८.३६ प्रतिशतले बढ्न गई तीन अर्ब २४ करोड युनिट प्राप्त भएको थियो । 

यस्तै, आव २०७६÷७७ मा भारतबाट रु एक अर्ब ७३ करोड युनिट विद्युत् खरिद गरिएकोमा ऊर्जाको माग बढेको र प्राधिकरणको उत्पादन घटेकाले गत आवमा ६३.४५ प्रतिशत बढी अर्थात् दुई अर्ब ८२ करोड युनिट विद्युत् खरिद गरिएको प्राधिकरणले जनाएको छ ।

गत आवमा प्रणालीमा ८ अर्ब ८७ करोड ७९ लाख ५० हजार युनिट घन्टा विद्युत् उपलब्ध भएको तथ्याङ्क थियो । जुन, आव २०७६÷७७ मा ७ अर्ब ७४ करोड १० लाख युनिटको तुलनामा १४.६८ प्रतिशत बढी होे । कूल उपलब्ध ऊर्जामध्ये प्राधिकरणका विद्युतगृहको योगदान ३१.६६ प्रतिशत छ भने आयातित र निजी क्षेत्रबाट किनिएको विद्युत्को योगदान क्रमशः ३१.८३ प्रतिशत र ३६.५१ प्रतिशत छ । आव २०७७÷७८ मा कुल विद्युत् खपत ७ अर्ब ३१ करोड ९० लाख युनिट रहेको छ । जुन आव २०७६÷७७ को ६ अर्ब ५२ करोड ९० लाख युनिटको तुलनामा १२ प्रतिशतले बढी हो ।

७१ अर्ब आम्दानी, ६८ अर्ब खर्च

प्राधिकरणले आव २०७७÷७८ मा बिजुली बिक्री गरेर रु ७१ अर्ब २८ करोड आम्दानी गरेको छ । अघिल्लो आवको तुलनामा सो आवमा बिजुली बिक्रीको आम्दानी घटेको देखिन्छ । आव २०७६÷७७ मा कूल रु ७६ अर्ब ३१ करोड बराबरको बिजुली बिक्रीबाट आम्दानी भएको थियो । 

यस्तै, सञ्चालन खर्चमा समेत १०.९६ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आवमा रु ६१ अर्ब ८७ करोड बराबरको सञ्चालन खर्च भएकामा आव २०७७÷७८ मा रु ६८ अर्ब ४५ करोड पुगेको छ ।

नाफा घट्यो

प्राधिकरणले पछिल्लो एक वर्ष विशेष ध्यान दिन नसक्दा सञ्चालन मुनाफा घटेको छ । आव २०७६÷७७ मा रु ११ अर्ब ६८ करोड नाफा गरेको प्राधिकरणले आव २०७७÷७८ मा मात्रै तीन अर्ब ५१ करोड मात्रै भएको छ । लगातार नाफामा गएको प्राधिकरणले पछिल्लो एक वर्षमा प्रभावकारी काम गर्न नसक्दा मुनाफामा कमी आएको भन्दै आलोचना भएको छ । कार्यकारी निर्देशक घिसिङले संस्थागत सुशासन कामय गर्ने, चुहावट नियन्त्रण तथा अन्य सुधारात्मक काम अगाडि बढाएर चालु आवमा प्राधिकरणको नाफामा उल्लेख्य वृद्धि गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

“राइट म्यान,राइट प्लेस” अनुसार नेतृत्व परिवर्तनः मन्त्री भुसाल

कार्यक्रमलाई सम्बोधन गर्दै ऊर्जामन्त्री पम्फा भुसालले तत्कालीन ऊर्जामन्त्री पोष्टबहादुर बोगटीको कार्यकालमा प्राधिकरणको रु २८ अर्ब सञ्चित घाटालाई अपलेखन गरेर सुधारको काम शुरु भएको स्मरण गर्नुभयो । उहाँले आफ्ना पूर्ववर्ती मन्त्रीले प्राधिकरणको सुधारका लागि उल्लेख्य रुपमा काम गरेको बताउनुभयो ।

अबको दुई वर्षमा पूर्ण रुपमा विद्युतीकरण गर्ने योजना कार्यान्वयन गर्न उहाँले प्राधिकरणलाई योजनावद्ध रुपमा लाग्न निर्देशन दिनुभयो । उहाँले विभिन्न चरणको छलफलपछि आफूले २० युनिट बिजुली निःशुल्क दिने निर्णय गरेको स्पष्ट पार्नुभयो । प्राधिकरणको नेतृत्वमा प्रदेश नं २ बाहेकमा जलाशयुक्त आयोजना निर्माण गर्ने योजनामा आफूहरु लागिपरेको मन्त्री भुसालको भनाइ छ ।

अन्तरदेशीय प्रसारण लाइन निर्माणलाई अगाडि बढाउने योजनाका साथ सरकार लागिपरेको उल्लेख गर्नुभयो । ढल्केबर–मुजफ्फपुर अन्तरदेशीय प्रसारण लाइन सञ्चालनमा रहेको छ । यस्तै, न्यू बुटवल गोरखपुर अन्तरदेशीय प्रसारण लाइन निर्माणलाई तत्काल अगाडि बढाउने योजना उहाँले सुनाउनुभयो ।

देशभित्र निर्माण भइरहेका प्रसारण लाइन निर्माणमा देखिएको समस्या समाधानका लागि मन्त्रालयले पहल शुरु गरिसकेको जानकारी दिँदै उहाँले बिजुली खेर जाने अवस्थाको अन्त्य गरिने विश्वास दिलाउनुभयो । उहाँले प्राधिकरणमा सुशासन र पारदर्शीतामा कुनै सम्झौता नगरिने भन्दै ‘राइट म्यान, राइट प्लेस,’ को अवधारणाअनुसार प्राधिकरणको नेतृत्व परिवर्तन गरेको बताउनुभयो ।

मन्त्री भुसालले  कर्मचारीको सरुवामा हुने लेनदेन वा भनसुन देखिए त्यो आफूलाई सह्य नहुने भन्दै सोहीअनुसार गर्न कार्यकारी निर्देशक घिसिङलाई निर्देशन दिनुभयो । उहाँले संस्थागत सुशासन र प्रभावकारी कार्य सञ्चालन गरी राष्ट्रिय आकांक्षा पूरा गर्न प्राधिकरणको नेतृत्व सफल हुने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा ऊर्जा सचिव देवेन्द्र कार्कीले प्राधिकरणको बढ्दो साखलाई थप विस्तार गरेर सबल र सक्षम संस्थाको रुपमा विकास गर्न मन्त्रालयको तर्फबाट सदा सर्वदा सहयोग रहने बताउनुभयो । कार्यक्रममा विद्युत् नियमन आयोगका अध्यक्ष डिल्लीबहादुर सिंह,  स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल(इपान)का अध्यक्ष कृष्णप्रसाद आचार्य, सामुदायिक विद्युत् उपभोक्ता महासङ्घका अध्यक्ष नारायण ज्ञवालीलगायतले प्राधिकरणको थप सफलताको कामना गर्नुभयो ।  
 


प्रकाशित मिति: मंगलबार, भदौ १, २०७८  १६:३८
प्रतिक्रिया दिनुहोस्
थप विकास निर्माण
घर जग्गा लिलाम नगर्न र कालोसूचीमा नराख्न गरिएको निर्णय अभियानको आंशिक सफलता - प्रवक्ता पन्त 
घर जग्गा लिलाम नगर्न र कालोसूचीमा नराख्न गरिएको निर्णय अभियानको आंशिक सफलता - प्रवक्ता पन्त  मंगलबार, असार १२, २०८१
सरकारीस्तरबाट नै जापानमा कामदार जाने ढोका खुल्यो, यी १४ क्षेत्रमा दक्ष कामदार जापान जान पाउँछन्
सरकारीस्तरबाट नै जापानमा कामदार जाने ढोका खुल्यो, यी १४ क्षेत्रमा दक्ष कामदार जापान जान पाउँछन् सोमबार, फागुन १४, २०८०
मेलम्चीमा एक अर्ब ६३ करोड भ्रष्टाचार, एक खर्ब ४४ करोड बिगो दाबी, यसरी भएको थियो भ्रष्टाचार......
मेलम्चीमा एक अर्ब ६३ करोड भ्रष्टाचार, एक खर्ब ४४ करोड बिगो दाबी, यसरी भएको थियो भ्रष्टाचार...... सोमबार, फागुन ७, २०८०
सञ्चारमन्त्रीलाई सम्बोधन गर्दै टिकटकको नेपाल सरकारलाई पत्र, यस्तो छ पाँचबुँदे प्रतिबद्धता
सञ्चारमन्त्रीलाई सम्बोधन गर्दै टिकटकको नेपाल सरकारलाई पत्र, यस्तो छ पाँचबुँदे प्रतिबद्धता मंगलबार, फागुन १, २०८०
प्रभु बैंकका अप्रेसन इन्चार्ज नीरजविक्रम बेपत्ता, सवा करोड अपचलन भएको प्रहरीको भनाइ
प्रभु बैंकका अप्रेसन इन्चार्ज नीरजविक्रम बेपत्ता, सवा करोड अपचलन भएको प्रहरीको भनाइ आइतबार, माघ २८, २०८०
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा शुक्रबार, माघ २६, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्