Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
विकास निर्माण
  • Home
  • विकास निर्माण
  • सेतीको कटानले आठ गाउँ उच्च जोखिममा : वर्षेनी लाखौँ खर्च हुन्छ, समस्या जस्ताको त्यस्तै 
सेतीको कटानले आठ गाउँ उच्च जोखिममा : वर्षेनी लाखौँ खर्च हुन्छ, समस्या जस्ताको त्यस्तै 
नेपालकागज
नेपालकागज मंगलबार, साउन २६, २०७८

डोटी । सेती नदीको बाढीले वर्षेनी कटान गर्दा जिल्लाका आठव गाउँ उच्च जोखिममा पर्दै आएका छन् । नदी नियन्त्रणका लागि तालजालीको प्रयोग गरिए कटान रोकिएको छैन । कटानले जिल्लाका बारपाटा, गोपघाट, कालागाढ, सिरखोली सैन, दिपायल, घोलतडा तथा नारीदाङका बस्ती उच्च जोखिममा पर्दै आएका छन् । ती क्षेत्रमा बसोबास गर्ने नागरिक वर्षात्को समयमा घरमा राम्रोसँग सुत्नसमेत नसक्ने अवस्थामा रहेको स्थानीयवासीको गुनासो छ ।

जल उत्पन्न तथा प्रकोप नियन्त्रण कार्यालय दिपायल राजपुरले नदी नियन्त्रणका लागि वर्षेनी लाखौँ रकमका तारजाली लगाउने गरेको भए पनि समस्या समाधान हुन नसकेको दिपायल सिलगढी नगरपालिका–४ पिपल्लाका दीलबहादुर भण्डारीले बताउनुभयो । उहाँले भन्नुभयो, “नदी नियन्त्रणका लागि जलउत्पन्न कार्यालयले लाखौँका तारजाली त हाल्छ,  नदीको बाढीले असार–साउन महिनामै बगाउँछ, अनि जमिन फेरि कटान हुन सुरु गर्छ, हाम्रा पीडा उस्तै ।”

सेतीको बाढीले वर्षेनी आफ्नो धार परिर्वतन गर्दै बस्ती भएर बग्न थालेका कारण यहाँ वर्षेनी जोखिम बढ्दै गएको छ । पानीको बहाव पनि निकै बढ्ने भएकाले कतिबेला बाढीले बगाउने हो भन्ने चिन्ताले पिरोल्ने गरेको दिपायल सिलगढी–१ सिरखोलीसैनका स्थानीयवासी लक्ष्मण साउदले बताउनुभयो । जिल्लाको शिखर नगरपालिका–१० बनलेग र ११ बारपाटामा वर्षेनी वर्षाको समयमा बाढीपहिराले निकै दुःख दिने गरेको स्थानीवासी बताउँछन् । सेतीमा पानीको बहाव बढेसँगै रातभर जाग्राम बस्नुपर्ने बाध्यता रहेको स्थानीयवासीको गुनासो छ ।

शिखर नगरपालिका–२ कालागाढका रामबहादुर कर्कीले दिपायल, बानीडुग्रीसैन, सिरखोलीसैन, कालागाढ, रामपुर, गेरुपानी, घोलतडा नारिदाङलगायतका बस्तीमा जमिन नदीले कटान गर्न थालेको भए पनि  सम्बन्धित निकायले रोकथामका लागि ठोस पहल नगर्दा समस्या हुन थालेको गुनासो गर्नुभयो  । उहाँले भन्नुभयो, “नदीले धार परिवर्तन गरेर दैनिक खेतबारी बगाउँदै आएको छ, रोकथामका लागि ठोस पहल भएको छैन ।” 

यस वर्षको भारी वर्षात्कै कारण जिल्लाका ग्रामीण क्षेत्रका एक दर्जन बढी सडक अवरुद्ध भएका छन् । जिल्लाका विभिन्न २२ ठाउँलाई प्रकोपको हिसाबले उच्च जोखिममा राखेर प्रतिसमुदायमा १२ जनालाई उद्धारकर्ताको तालिम र आवश्यक सामग्री दिई आधारभूत खोज तथा उद्धार सामग्री केन्द्र स्थापना गरिएको नेपाल रेडक्रस सोसाइटी सुदूरपश्चिम प्रदेशका महासचिव देवबहादुर बोहराले जानकारी दिनुभयो ।

जिल्लाको कति प्रतिशत भूभाग पहिराको उच्च जोखिममा छ भन्ने यकिन तथ्याङ्क भने कुनै पनि निकायसँग छैन । जिल्लामा रहेका उच्च पहाडी तथा यसअघि हुँदै आएका दैवी प्रकोपका घटनाका आधारमा जोखिमयुक्त ठाउँ पहिचान गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी मधुकृष्ण पौड्यालले जानकारी दिनुभयो । जिल्लामा विसं २०७२ साउन २३ गते ठू्लो पानी पर्दा खसेको पहिराका कारण सायल गाउँपालिका–४ बावनसेनमा एकै परिवारका पाँचसहित छ जनाको ज्यान गएको थियो भने सयौँ रोपनी खेतीयोग्य जमिन, पशुचौपाया बाढीले बगाएको थियो । यस वर्ष बाढीपहिराका कारण साउनसम्म पाँच जनाको ज्यान गइसकेको प्रहरीले जनाएको छ ।


प्रकाशित मिति: मंगलबार, साउन २६, २०७८  ०९:३८
प्रतिक्रिया दिनुहोस्
थप विकास निर्माण
घर जग्गा लिलाम नगर्न र कालोसूचीमा नराख्न गरिएको निर्णय अभियानको आंशिक सफलता - प्रवक्ता पन्त 
घर जग्गा लिलाम नगर्न र कालोसूचीमा नराख्न गरिएको निर्णय अभियानको आंशिक सफलता - प्रवक्ता पन्त  मंगलबार, असार १२, २०८१
सरकारीस्तरबाट नै जापानमा कामदार जाने ढोका खुल्यो, यी १४ क्षेत्रमा दक्ष कामदार जापान जान पाउँछन्
सरकारीस्तरबाट नै जापानमा कामदार जाने ढोका खुल्यो, यी १४ क्षेत्रमा दक्ष कामदार जापान जान पाउँछन् सोमबार, फागुन १४, २०८०
मेलम्चीमा एक अर्ब ६३ करोड भ्रष्टाचार, एक खर्ब ४४ करोड बिगो दाबी, यसरी भएको थियो भ्रष्टाचार......
मेलम्चीमा एक अर्ब ६३ करोड भ्रष्टाचार, एक खर्ब ४४ करोड बिगो दाबी, यसरी भएको थियो भ्रष्टाचार...... सोमबार, फागुन ७, २०८०
सञ्चारमन्त्रीलाई सम्बोधन गर्दै टिकटकको नेपाल सरकारलाई पत्र, यस्तो छ पाँचबुँदे प्रतिबद्धता
सञ्चारमन्त्रीलाई सम्बोधन गर्दै टिकटकको नेपाल सरकारलाई पत्र, यस्तो छ पाँचबुँदे प्रतिबद्धता मंगलबार, फागुन १, २०८०
प्रभु बैंकका अप्रेसन इन्चार्ज नीरजविक्रम बेपत्ता, सवा करोड अपचलन भएको प्रहरीको भनाइ
प्रभु बैंकका अप्रेसन इन्चार्ज नीरजविक्रम बेपत्ता, सवा करोड अपचलन भएको प्रहरीको भनाइ आइतबार, माघ २८, २०८०
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा शुक्रबार, माघ २६, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्