Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
प्रदेश
  • Home
  • प्रदेश
  • बर्दिया मालपोतमा बिचौलिया र दलालको बिगबिगी
बर्दिया मालपोतमा बिचौलिया र दलालको बिगबिगी
सन्दिप नाथ योगी
सन्दिप नाथ योगी सोमबार, असोज २२, २०८०

बर्दिया । के तँपाइलाई थाहा छ ? मालपोत कार्यालयका कर्मचारीहरूले जनतासँग असुलेर अकुत माल कमाएका छन । 'माल' सब्दलाई अन्यथा नलिनुहोला । माल भन्नाले जनताबाट विभिन्न तौरतरिकाले असुलिने रकम हो । यस्तो मालदारहरू अहिले मालपोतमा भेटिन्छन । 

सुन्नुस न हजुर जनताहरू ! २ घण्टामा निमिट्यान्न हुने काम एक हफ्ता लाग्छ भनेर खुलेआम आम सेवाग्राही जनतालाई कर्मचारी बिचौलियाले भनेपछि बाध्यतावस जनताले घुस दिनुपर्ने अवस्था छ । बर्दिया मालपोत त एउटा नमुना उदाहरण मात्र हो यस्ता निकृष्ट र तुच्छ हर्कत प्रत्यक मालपोत कार्यालयमा हुन्छन ।

हामी मालपोत कार्यालयमा पत्रकारिताको सर्वमान्य सिद्धान्तलाई पालना गर्दै आवाज बिहिनको आवाज बन्दै मालपोत कार्यालय बर्दिया छिरेका थियौँ । त्यहाँका प्रमुख बाल कृष्ण रानासँग भेट भयो । उहाँले निर्धक्क भन्नुभयो, "कुनै समस्या भए मलाई तुरुन्त फोन गर्नुस समाधान हुन्छ समस्याको ।"

टोकन सिस्टम किन नराखेको भन्दा उहाँले टोकन सिस्टमले झन समस्या पारेको उद्घोषण गर्नुभयो ।

मालपोत कर्मचारी जो दसकौँ देखि मालपोतमा बसेर रजगज गरेका छन, आफ्नै हाकिमलाई समेत टेर्दैनन । ती कर्मचारीहरूलाई हाम्रो प्रश्न, "के तँपाइका ८०-९० वर्षका बुढा बा-आमा, तँपाइका चेलीबेटी छोराछोरी २ घण्टामा काम हुने कार्यमा एक हफ्ता लाग्न गएमा तँपाईका कन्सरी तात्तेलान कि नाई ?" तपाईं आफै भ्र!आचारलाई संरक्षण गर्नुहुँदै छ किनकि भ्रष्टहरुले जनतालाई दुख दिनुभनेको आफैमा गम्भीर कुकृत्य हो, त्यस्तालाई नरोक्नु पनि अपराध नै हो । तपाईं केही कर्मचारी १ वर्ष बसेर जानुहुन्छ तर त्यो अवधिमा केही त गर्नुस । अनुगमन गर्नुस नियमन गर्नुस ।

सबै त नाई तर केही मालपोतका कर्मचारीहरू हाकाहाकी पैसा मागेर खान्छन भनेर केही सेवाग्राहीले गुनासो गरेको अवस्था छ । हावा नचलेर पात त हल्लिन्न, होइन र ? 

मालपोतमा जनताले नजराना दिनै पर्‍यो किनभने नदिए राजापुरबाट आएको ब्यक्तिको २ घण्टामा हुने काम ७ दिन लाग्छ; त्यसैले त काम छिटो हुन्छ भने पैसै दिएर भएपनि काम गराउँछन । कति गरिब जनताको घरमा चुल्हो बाल्न धौधौ छ । ऋण सापटी गरेर जग्गाको काम गराउन आउँछन, र ढोका ढोकामा अपमानित हुन्छन । 

त्यस्ता घुसखोर कमिसन खानेलाई किन कार्बाही हुँदैन । जनताले सँधै जिहजुर राजासाब भनेर प्रशासकलाई पुज्नुपर्ने हो ?

मालपोत बर्दिया प्रमुखले नम्बर यो छ समस्या परे फोन गर्नुस भनेर पत्रकारलाई भन्नुभयो । अत्यन्तै सान्दर्भिक कुरा हो । यसकोलागी हामी धन्यवाद दिन्छौँ ।

कर्मचारीलाई लागेको होला एक वर्ष बर्दिया बस्छु जान्छु । अनि अधिकृत, उपसचिव, सहसचिव, सचिव हुन्छु रिटायर हुन्छु अनि रिटायर लाइफ बिताउँछु । तर तपाईंहरू पापको भारी मात्र नभएर जनताको श्राप पनि लिएर जाँदै हुनुहुन्छ। टोकन सिस्टम लागू गर्दा झनै समस्या हुन्छ भन्ने कुरा आयो । दलाल र भ्रष्टाचारीको पैसामा मोज गर्ने कर्मचारीले टोकन सिस्टम लागू गर्न दिन चाहन्न । किनकी टोकन सिस्टम हुनेबित्तिकै बिचौलिया र केही कर्मचारीको उठिबास लाग्छ । बिचौलियालाई पैसा दिएमा उत्तिखेरै काम हुन्छ नत्र....

हामीलाई थाहा छ टोकन सिस्टम नहुँदा सेवाग्राही जनताले अचाक्ली दुख पाएका छन । मालपोतका कर्मचारीका बिभिन्न बहानाले २ दिनमा हुने काम १५-२० दिन लाग्ने गर्छ । तर दलाल मार्फत गएमा त्यो काम तुरुन्तै हुन्छ । यो सबैलाई थाहा भएको तर भन्न नसकिएको 'ओपन सेक्रेट' हो ।

यस्ता कर्मचारीको अख्तियार र सम्पत्ति शुद्धिकरणले अनुसन्धान गर्नुपर्छ । तपाईं कर्मचारीहरू एक वर्ष बसेर जानुहुन्छ तर हाम्रो अनुरोध के छ भने ५ औँला बराबर नभए जस्तै सबैलाई एउटै तराजुमा राख्नुहुन्न । तपाईं केही कर्मचारी प्रशाशक ईमान्दार हुनुहुन्छ हामीलाई थाहा छ । हामीलाई यो पनि थाहा छ दलाल र बिचौलियाको नेक्सस माथी सम्मै छ । तँपाइले यो नेक्ससलाई भत्काउनुपर्छ । गाउँगाउँबाट आएकाहरूको छिटोभन्दा छिटो काम काम गरिदिएर उदाहरण पेश गर्नुपर्छ ।

मालपोत बर्दियामा ईमान्दार कर्तव्यबोध भएका निजामती कर्मचारी पनि छन तर केहि कर्मचारीको भ्रष्ट आचारले बर्दियावासी पिडित छ्न ।

अन्त्यमा हामी आजैबाट जनताको सेवामा लागौँ । हजार पाइलाको सुरुवात एक पाइलाबाट हुन्छ । त्यो पाइला बर्दिया मालपोतमा चाल्न जरुरी छ ।


प्रकाशित मिति: सोमबार, असोज २२, २०८०  ११:०३
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य मंगलबार, भदौ १८, २०८१
चिसापानीको कर्णाली पुलमा भयङ्कर आगलागी, अनुसन्धानमा खुल्यो आगलागीको रहस्य....
चिसापानीको कर्णाली पुलमा भयङ्कर आगलागी, अनुसन्धानमा खुल्यो आगलागीको रहस्य.... मंगलबार, फागुन २९, २०८०
बर्दियाको चार्ज सम्हाले दुई एसपीले, रणनिती र कार्यनिती यस्तो छ......
बर्दियाको चार्ज सम्हाले दुई एसपीले, रणनिती र कार्यनिती यस्तो छ...... बिहीबार, फागुन १०, २०८०
प्रदेशमा प्रहरीलाई दुई ग्रेड थपको सुविधा दिने गृहको सोँच, प्रहरी नेतृत्वको पाँच ग्रेडमा अडान
प्रदेशमा प्रहरीलाई दुई ग्रेड थपको सुविधा दिने गृहको सोँच, प्रहरी नेतृत्वको पाँच ग्रेडमा अडान आइतबार, फागुन ६, २०८०
प्रभु बैंकका अप्रेसन इन्चार्ज नीरजविक्रम बेपत्ता, सवा करोड अपचलन भएको प्रहरीको भनाइ
प्रभु बैंकका अप्रेसन इन्चार्ज नीरजविक्रम बेपत्ता, सवा करोड अपचलन भएको प्रहरीको भनाइ आइतबार, माघ २८, २०८०
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा शुक्रबार, माघ २६, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्