Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
पालिका
  • Home
  • पालिका
  • माओवादी केन्द्रलाई जनताको पार्टीको रूपमा स्थापित गर्छौँ : प्रधानमन्त्री दाहाल
माओवादी केन्द्रलाई जनताको पार्टीको रूपमा स्थापित गर्छौँ : प्रधानमन्त्री दाहाल
नेपालकागज
नेपालकागज शनिबार, भदौ २३, २०८०

गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)लाई जनताको पार्टीको रूपमा स्थापित गरेरै छाड्ने बताउनुभएको छ । 

वासु (सुरेश वाग्ले) स्मृति दिवसका अवसरमा गोरखाको अजिरकोट गाउँपालिकाको भच्चेकमा वाइसीएलको दोस्रो पालिकास्तरीय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले माओवादी केन्द्रले सुरु गरेको तीनमहिने रुपान्तरण अभियानले पार्टीलाई जनताको पार्टीको रूपमा स्थापित गर्ने बताउनुभयो ।

“माओवादी केन्द्रलाई फेरि जनताको बीचमा स्थापित गर्ने र राष्ट्रको जिम्मा लिने एकमात्र पार्टीको रूपमा स्थापित गर्छौँ, हामीले विचार पनि संश्लेषण गर्ने तथा शक्ति पनि आर्जन गर्ने उद्देश्य लिएका छौँ”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “गोरखाका नेता, कार्यकर्ता र जनसङ्गठनले पनि यसलाई राम्रोसँग बुझ्नुभएको छ ।” 

गोरखाबाट निर्वाचन जितेर गएपछि धेरै उतारचढावबीच देशको नेतृत्व गर्ने जिम्मेवारी प्र्राप्त भएको उल्लेख गर्दै उहााले अहिले जनतालाई प्रत्यक्ष राहत दिएर सरकारले सुशासनको थालनी गरेको उल्लेख गर्नुभयो । 

सरकारले सामाजिक सुरक्षा कोष सञ्चालन, राहदानी र यातायातको क्षेत्रमा देखिएका समस्या तथा भ्रष्टाचारविरोधी अभियान चलाएर नयाँ परिवर्तन थालनी गरेको प्रधानमन्त्री दाहालको भनाइ थियो ।

प्रधानमन्त्री दाहालले भ्रष्टाचारविरोधी अभियानले जनतामा उत्साह जागेको भए पनि भ्रष्टाचारमा रमाउनेहरू भने अत्तालिएको बताउनुभयो । 

सुशासन र समृद्धिलाई प्राथमिकता दिएर सरकार अगाडि बढेको उल्लेख गर्दै उहाँले सरकारको यो अभियान नरोकिने उल्लेख गर्नुभयो । 

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजना तथा कर्णाली चिसापानी जस्तो ‘गेमचेन्जर’ आयोजना सुरुआत गरिएको उहाँले बताउनुभयो । 

प्रधानमन्त्री दाहालले आफ्नो चीन भ्रमणका क्रममा नेपालको विकास तथा उत्तरी क्षेत्रका नाका खोल्नेलगायत विषयमा छलफल हुने जानकारी दिनुभयोे ।


प्रकाशित मिति: शनिबार, भदौ २३, २०८०  १६:२९
प्रतिक्रिया दिनुहोस्
थप पालिका
डुडुवा स्वास्थ्य क्षेत्रमा उत्कृष्ट
डुडुवा स्वास्थ्य क्षेत्रमा उत्कृष्ट मंगलबार, असोज १, २०८१
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा शुक्रबार, माघ २६, २०८०
रामबहादुर बम्जन अदालतमा उपस्थित, कारागार पठाउने वा तारेखमा छाड्ने भन्ने आदेश आउँदै
रामबहादुर बम्जन अदालतमा उपस्थित, कारागार पठाउने वा तारेखमा छाड्ने भन्ने आदेश आउँदै बिहीबार, पुस २६, २०८०
बर्दियाको गुलरिया नगरपालिका क्षेत्रमा बाघले आक्रमण गर्दा दुइ जना घाइते, अस्पताल भर्ना गरियो
बर्दियाको गुलरिया नगरपालिका क्षेत्रमा बाघले आक्रमण गर्दा दुइ जना घाइते, अस्पताल भर्ना गरियो आइतबार, पुस १, २०८०
भूमि आयोगबाट जग्गा वितरण भएसँगै वडाबाट लालपुर्जाको निस्सा पाएपछि स्थानीयमा खुशीको लहर
भूमि आयोगबाट जग्गा वितरण भएसँगै वडाबाट लालपुर्जाको निस्सा पाएपछि स्थानीयमा खुशीको लहर शनिबार, मंसिर १६, २०८०
बर्दियाको मधुवन वडा ३ मा लूटतन्त्र, वन्यजन्तु पीडितलाई दिनुपर्ने लाइट वडा सदस्यको घर-घरमा भागवण्डा
बर्दियाको मधुवन वडा ३ मा लूटतन्त्र, वन्यजन्तु पीडितलाई दिनुपर्ने लाइट वडा सदस्यको घर-घरमा भागवण्डा आइतबार, मंसिर १०, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्