Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
पालिका
  • Home
  • पालिका
  • रामबहादुर बम्जन अदालतमा उपस्थित, कारागार पठाउने वा तारेखमा छाड्ने भन्ने आदेश आउँदै
रामबहादुर बम्जन अदालतमा उपस्थित, कारागार पठाउने वा तारेखमा छाड्ने भन्ने आदेश आउँदै
नेपालकागज
नेपालकागज बिहीबार, पुस २६, २०८०

सर्लाही सम्वाददाता । रामबहादुर बम्जनलाई सर्लाही जिल्ला अदालतमा उपस्थित गराइएको छ । लिटिल बुद्ध भनेर कुनैबेला अन्तरास्ट्रिय मिडियाको मात्र नभएर नेपाली मिडिया तथा भक्तजनको ध्यान आकृष्ट गर्न सफल रामबहादुर बम्जन लाई केन्द्रिय अनुसन्धान ब्युरोको टोलीले मंगलबार राति काठमाडौंमा पक्राउ गरेर सर्लाही प्रहरीलाई जिम्मा लगाए पश्चाथ रामबहादुर बम्जनको जिल्ला अदालत सर्लाहीमा बयान सुरु भएको छ । 

बम्जनविरुद्ध पाँच परिवारको उजुरी छ । आश्रममा बस्दै आएका तीन युवती र दुई युवालाई बेपत्ता पारेको आरोपमा उनीविरुद्ध विभिन्न प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ ।
बुधबार राति स्थलमार्गबाट सर्लाही ल्याइएका बम्जनलाई अदालतमा उपस्थित गराउनुअघि प्रहरीले सरकारी वकिलको कार्यालयमा बयान गराएको थियो । 

अहिले जिल्ला न्यायाधीश विष्णुप्रसाद रेग्मीको एकल इजलासमा बयान चलिरहेको छ । आजै दिउँसो थुनछेक बहस हुने जिल्ला अदालत सर्लाहीले जनाएको छ । 

बहसपछि उनलाई कारागार पठाउने वा तारेखमा छाड्ने भन्ने आदेश आउनेछ । 

मंगलबार साँझ काठमाडाैंको बुढानीलकण्ठ नगरपालिका- ६ स्थित निवासबाट सिआइबीको टोलीले बम्जनलाई पक्राउ गरेको थियो । 

बम्जनविरुद्ध जिल्ला अदालत सर्लाहीमा नाबालिकामाथि जबर्जस्ती करणी तथा बाल यौनशोषणको मुद्दा दर्ता रहेको छ । उक्त मुद्दामा जिल्ला अदालत सर्लाहीले २१ असार ०७७ मा बम्जनविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । 

आफ्नै बाल अनुयायीमाथि यौनशोषण गरेको आरोपमा २३ माघ ०७६ मा जिल्ला प्रहरी कार्यालय सर्लाहीमा पीडितहरूले जाहेरी दिएका थिए । प्रहरीले अनुसन्धान सम्पन्न गरेर १८ असार ०७७ मा जिल्ला सरकारी वकिलको कार्यालयमा मिसिल दर्ता गरेको थियो ।

२० साउन ०७३ को राति ९ बजेर २० मिनेटको समयमा आश्रमस्थलमै आनी बनेर बसेकी एक बालिकालाई विभिन्न किसिमको प्रलोभन देखाई सुत्ने कोठामा जबर्जस्ती करणी गरी यौन सन्तुष्टि लिएको र पीडितलाई डर, धाक, धम्की देखाइएको दायर गरिएको मुद्दामा उल्लेख छ । 

घटना भएका वेला पीडित बालिका १५ वर्षकी मात्र थिइन् । उनी १८ वर्षकी भएपछि २३ माघ ०७६ मा जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको थियो ।

बम्जनले सर्लाहीको लालबन्दी नगरपालिका–१२ स्थित आश्रममा रहेको वेला नाबालिका अनुयायीहरूमाथि यौनशोषण गरेको आरोप छ । बाराको निजगढ नगरपालिका– १२ घर भएका रामबहादुर बम्जन भनिने रामलाल बम्जनविरुद्ध जिल्ला प्रहरी कार्यालय सर्लाहीले १० देखि १२ वर्षसम्मको कैद सजाय माग गरी मिसिल सरकारी वकिलको कार्यालयमा दर्ता गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको हो । 


प्रकाशित मिति: बिहीबार, पुस २६, २०८०  १३:५३
प्रतिक्रिया दिनुहोस्
थप पालिका
डुडुवा स्वास्थ्य क्षेत्रमा उत्कृष्ट
डुडुवा स्वास्थ्य क्षेत्रमा उत्कृष्ट मंगलबार, असोज १, २०८१
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा शुक्रबार, माघ २६, २०८०
बर्दियाको गुलरिया नगरपालिका क्षेत्रमा बाघले आक्रमण गर्दा दुइ जना घाइते, अस्पताल भर्ना गरियो
बर्दियाको गुलरिया नगरपालिका क्षेत्रमा बाघले आक्रमण गर्दा दुइ जना घाइते, अस्पताल भर्ना गरियो आइतबार, पुस १, २०८०
भूमि आयोगबाट जग्गा वितरण भएसँगै वडाबाट लालपुर्जाको निस्सा पाएपछि स्थानीयमा खुशीको लहर
भूमि आयोगबाट जग्गा वितरण भएसँगै वडाबाट लालपुर्जाको निस्सा पाएपछि स्थानीयमा खुशीको लहर शनिबार, मंसिर १६, २०८०
बर्दियाको मधुवन वडा ३ मा लूटतन्त्र, वन्यजन्तु पीडितलाई दिनुपर्ने लाइट वडा सदस्यको घर-घरमा भागवण्डा
बर्दियाको मधुवन वडा ३ मा लूटतन्त्र, वन्यजन्तु पीडितलाई दिनुपर्ने लाइट वडा सदस्यको घर-घरमा भागवण्डा आइतबार, मंसिर १०, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्