Top Navigation
  • Home
  • About Us
    • History
    • Background
  • Advertisementes
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • History
    • Background
  • Advertisementes
  • Our Team
  • Contact
बुधबार, असोज १०, २०८० १२ : ०७ : २२
Logo
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Trending
  • #बर्दिया
प्रदेश
  • Home
  • प्रदेश
  • कञ्चनपुरमा रक्तचन्दन र श्रीखण्डको व्यावसायिक खेती
कञ्चनपुरमा रक्तचन्दन र श्रीखण्डको व्यावसायिक खेती
नेपालकागज
बिहीबार, वैशाख २८, २०८० नेपालकागज

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ भासीका विजयराज पन्त आठ वर्षदेखि श्रीखण्ड र रक्तचन्दनको व्यावसायिक खेती गर्दै आउनुभएको छ । उहाँ श्रीखण्ड र रक्तचन्दनको व्यावसायिक खेती गर्ने सुदूरपश्चिमकै पहिलो व्यक्ति हुनुहुन्छ ।

विसं २०५० यता झण्डै दुई दशकसम्म विभिन्न गैरसरकारी संस्थामा काम गर्नुभएका पन्त अहिले सबै काम छाडेर श्रीखण्ड, रक्तचन्दन र अगरउडको बिरुवा उत्पादनमा सक्रिय हुनुहुन्छ । “कृषिमा आधारित कुनै नयाँ व्यवसाय गर्ने सोचअनुसार अघि बढ्दै जाँदा यसमा राम्रो हुने देखेँ”, उहाँले भन्नुभयो । पन्तले २०७२ सालमा नेपाल चन्दन प्रालि फार्म खोल्नुभयो । वन विभागको अनुमति लिनुभएका पन्तले भन्नुभयो, “रक्तचन्दनको खेतीबारे यहाँका किसान जानकार छैनन ।”

काठमाडौँमा छँदा विभिन्न बालीका विषयमा अनुसन्धानसमेत गर्नुभएका पन्तले सन् २०१६ मा दक्षिण भारतबाट तालिमसमेत लिनुभयो । हाल उहाँले झण्डै डेढ बिघा जग्गामा श्रीखण्ड, रक्तचन्दन र अगरउडको खेती गर्नुभएको छ । 

“वार्षिक रु १८ लाखदेखि रु २० लाखसम्मको कारोबार हुन्छ”, पन्तले भन्नुभयो । महेन्द्रनगरेको भासीमा एक बिघा जमिन भाडामा लिएर उहाँले खेती गर्न थाल्नुभएको हो । पन्तले भन्नुभयो, “व्यवसाय बढाउन जिल्ला वन कार्यालयदेखि प्रदेश सरकारसम्म धाए पनि कुहीँकतैबाट सहयोग प्राप्त भएन ।”

सुदूरपश्चिममै पहिलोपटक श्रीखण्ड र रक्तचन्दनको व्यावसायिक खेती गर्न थाल्नुभएका पन्तले उत्पादन गर्नुभएका बिरुवा स्थानीय बजार, सङ्घसंस्थाका साथै वन कार्यालयले खरिद गर्ने गरेका छन् । “श्रीखण्डको भित्री काठ अहिले रु तीन हजार पाँच सयदेखि रु चार हजारसम्ममा बिक्री हुने गरेको छ”, उहाँले भन्नुभयो, “रक्तचन्दनको कारोबार भने हालसम्म यहाँ भएको छैन ।”

सुरुआतमा खेती गर्ने उद्देश्यले व्यवसाय थालिए पनि पछि जमिन नपाउँदा नर्सरी बनाएर बिरुवा उत्पादनमा लागेको पन्त बताउनुहुन्छ । “अहिले खेतीबाट भएको मुनाफाको ५० प्रतिशत दिने गरी जमिन भाडामा लिएको छु”, उहाँले भन्नुभयो । महेन्द्रनगरकै उल्टाखाममा अर्का एक किसानले पनि आठ कठ्ठामा यो व्यवसाय सुरुआत गरेका उहाँले जानकारी दिनुभयो । 

कृषिमा आधारित व्यवसाय गरेर आत्मसन्तुष्टि मिलेको उल्लेख गर्दै पन्तले कानुनीरूपमा स्वीकृति लिएर व्यवसाय गर्न कुनै समस्या नरहेको बताउनुभयो । उहाँले आफ्नो फार्ममा एक जनालाई रोजगार दिनुभएको छ । व्यावसायिक कृषिले आर्थिक अवस्थामा सुधार आउनसक्ने सम्भावना धेरै भए पनि त्यसतर्फ खासै ध्यान पुग्न नकसकेको उहाँको भनाइ छ । 

बिरुवा उत्पादन भए पनि बजारको अभाव रहेको पन्तले बताउनुभयो । सुरुआतमा रु तीन लाखको लगानीमा खेती सुरु गर्नुभएका उहाँले बिरुवा उत्पादन बढाउँदै लैजाने योजना रहेको बताउनुभयो । छ वर्षअघि रोपेका चार सय रक्तचन्दन र श्रीखण्डका बिरुवा हाल हुर्किरहेका छन् । 

धार्मीक कार्यमा रक्तचन्दन र श्रीखण्डको बढीजसो प्रयोग गरिन्छ ।  रक्तचन्दनको बिरुवा रोपेको १८ वर्षमा तयार हुने पन्त बताउनुहुन्छ । एक बिरुवाको तौल तीन क्विन्टलदेखि पाँच क्विन्टलसम्म हुनुका साथै विभिन्न किसिमका आयुर्वेदिक औषधि उत्पादनमा यसको प्रयोग हुने गरेको छ । श्रीखण्डको डाँठ र जराबाट बहुमूल्य तेल उत्पादन गर्न सकिन्छ । 


प्रकाशित मिति: बिहीबार, वैशाख २८, २०८०, ०९:५९:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्ज विमानस्थलबाट २६ लाखसहित कर अधिकृत पक्राउ
नेपालगञ्ज विमानस्थलबाट २६ लाखसहित कर अधिकृत पक्राउ सोमबार, भदौ २५, २०८०
पहिरोले गोरखा–आँबुखैरेनी सडक अवरुद्ध
पहिरोले गोरखा–आँबुखैरेनी सडक अवरुद्ध शुक्रबार, भदौ १५, २०८०
पहिरो खसेपछि घोराही–लमही सडक अवरुद्ध
पहिरो खसेपछि घोराही–लमही सडक अवरुद्ध मंगलबार, साउन २३, २०८०
दाङमा पाँच वर्षमा दुई सय २८ जनाको डुबेर मृत्यु
दाङमा पाँच वर्षमा दुई सय २८ जनाको डुबेर मृत्यु बुधबार, साउन १०, २०८०
भर्खरै
तस्कर राज र भ्रष्टाचार, तथाकथित 'घुमुवा डन'को आतंक
तस्कर राज र भ्रष्टाचार, तथाकथित 'घुमुवा डन'को आतंक सन्दिप नाथ योगी
चीनतर्फ पनि बिजुली व्यापारको ढोका खुल्यो, उच्च क्षमताको प्रसारण लाइन निर्माण हुने
चीनतर्फ पनि बिजुली व्यापारको ढोका खुल्यो, उच्च क्षमताको प्रसारण लाइन निर्माण हुने नेपालकागज
सुन तस्करीका घटनामा दोषीलाई कारबाही गराउने गरी आयोग गठन हुनुपर्छ : अध्यक्ष ओली
सुन तस्करीका घटनामा दोषीलाई कारबाही गराउने गरी आयोग गठन हुनुपर्छ : अध्यक्ष ओली नेपालकागज
दुई देशको सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ– चिनियाँ प्रधानमन्त्री
दुई देशको सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ– चिनियाँ प्रधानमन्त्री नेपालकागज
नेपालमा लगानी गर्न चिनियाँ लगानीकर्तालाई प्रधानमन्त्रीको आग्रह
नेपालमा लगानी गर्न चिनियाँ लगानीकर्तालाई प्रधानमन्त्रीको आग्रह नेपालकागज
लोकप्रिय समाचार
  • Week
  • Month
तस्कर राज र भ्रष्टाचार, तथाकथित 'घुमुवा डन'को आतंक
तस्कर राज र भ्रष्टाचार, तथाकथित 'घुमुवा डन'को आतंक
दुर्गमको विद्यालयमा तीन दशक बिताउँदा...
नेपालद्वारा विविएनजे सम्झौतामा हस्ताक्षर
चीनतर्फ पनि बिजुली व्यापारको ढोका खुल्यो, उच्च क्षमताको प्रसारण लाइन निर्माण हुने
काठमाडौँ महानगरका शिक्षकले सडकमै हाजिर गरे
तस्कर राज र भ्रष्टाचार, तथाकथित 'घुमुवा डन'को आतंक
तस्कर राज र भ्रष्टाचार, तथाकथित 'घुमुवा डन'को आतंक
गैह्रीगाउँ हत्या प्रकरण : चारमध्ये तीन जना एकै परिवारका, सबैको सनाखत
स्कुल नजिकैबाट दुई थान पेस्तोल र एक राउण्ड गोलीसहित माझी पक्राउ
भ्यानमा मरेका सात गाईसहित दुई व्यक्ति पक्राउ
पाँच वर्षभित्र प्रमाणपत्रमा उमेर, नाम र जात सच्याउन पाइने
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: ne[email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© Nepal Kagaj-2023 All rights reserved. Powered by: SoftNEP