Top Navigation
  • Home
  • About Us
    • History
    • Background
  • Advertisementes
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • History
    • Background
  • Advertisementes
  • Our Team
  • Contact
बुधबार, असोज १०, २०८० १२ : ०७ : २२
Logo
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Trending
  • #बर्दिया
पालिका
  • Home
  • पालिका
  • ‘एक वर्षमा तीन जना कार्यालय प्रमुखसँग काम गर्नुपर्‍यो, सधैँ कर्मचारीकै पिरलो’
‘एक वर्षमा तीन जना कार्यालय प्रमुखसँग काम गर्नुपर्‍यो, सधैँ कर्मचारीकै पिरलो’
नेपालकागज
बुधबार, वैशाख २०, २०८० नेपालकागज

टीकाराम सुनार, चन्दन ठाकुर, जनकपुरधाम । धनुषाको धनौजी गाउँपालिकाका अध्यक्षले एक वर्षमा तीन कार्यालय प्रमुखसँग काम गर्नुभयो । अहिले उहाँले तेस्रो कार्यालय प्रमुखका रूपमा रञ्जितकुमार यादवसँग काम गरिरहनुभएको छ । यादव कार्यालय प्रमुखका रूपमा यहाँ आएको करिब तीन महिना हुन थालेको छ ।

“एक वर्षमा तीन जना कार्यालय प्रमुखसँग काम गर्नुपर्‍यो । चालु आर्थिक वर्षको योजना कार्यान्वयन नहुँदै दुई जना फेरिए । लगातार २० दिन काठमाडौँमै बसेर सबैतिर धाएपछि मात्रै अहिलेको प्रमुख ल्याउन सफल भएको हुँ”, गाउँपालिका अध्यक्ष राजकुमार साहले भन्नुभयो, “खै ! कर्मचारी धेरै बस्नै नमान्ने ? अनि कसरी काम गर्नु ?”

मङ्गलबार अध्यक्ष साहको कार्यकक्षमा पुग्दा उहाँ कसैसँग फोनमा कुरा गर्दै हुनुहुन्थो, “अब काम हुन्छ, पाँच–सात दिनपछि हाकिम आउनुहुन्छ अनि भेटौँ न ।” फोन राखेपछि अध्यक्ष साहले भन्नुभयो, “कार्यालय प्रमुख बिदामा हुनुहन्छ । एउटा कर्मचारी बिदामा बस्यो भने काम गर्न अर्को हुँदैन । कहिले कर्मचारीको अभाव, कहिले उपभोक्ता समितिको विवाद, फेरि चैत कटेपछि मात्र काम गर्ने परिपाटी । के गर्नु समस्यामाथि समस्या छन् ।”

अध्यक्ष साहका अनुसार धनौजी गाउँपालिकामा विकासका गतिविधि राम्ररी सुरु भएको करिब एक महिनामात्रै भएको छ । बाँकी समय अघिल्लो वर्षको भुक्तानी विवाद मिलाउनमै गएकाले नयाँ योजना कार्यान्वयनबारे ठोसरूपमा लाग्नै नपाएको साहको भनाइ थियो । 

“म निर्वाचित भएर आउँदा पहिलेको करिब रु पाँच करोड बक्यौता रकम थियो । पहिलेका दुई जना कार्यालय प्रमुखको समय त्यसैमा गयो । अहिलेको प्रमुख आएपछि विवाद र प्रक्रिया मिलाएर करिब रु चार करोड ५० लाख बक्यौता तिर्‍यौँ, अझै करिब रु ५० लाख तिर्न बाँकी छ”, अध्यक्ष साहले भन्नुभयो, “त्यही झमेलामा अल्झिएकाले समयमा अरु काम सुरु गर्न सकेनौँ । त्यसैले अहिले निकै चाप छ ।”

सो गाउँपालिकामा चालु आवमा करिब रु १२ करोड विकास बजेट छ । त्यसमध्ये अधिकांश योजना वडास्तरबाट सञ्चालन भइरहेका छन् । गाउँपालिका स्तरबाट अहिले एउटा बर्थिङ सेन्टर स्थापना, पाँच वडा कार्यालयमा रहेका स्वास्थ्यचौकीको स्तरोन्नति, गाउँपालिकामा रहेका आठवटा सामुदायिक विद्यालयमा बालविकास कक्षा सञ्चालनका लागि व्यवस्थापनलगायतका काम भइरहेका अध्यक्ष साहले जानकारी दिनुभयो ।

त्यसैगरी स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर एम्बुलेन्स खरिद, स्वास्थ्य परीक्षण प्रयोगशाला स्थापना र नागरिकको मागअनुसार शौचालय सरसफाइका लागि सेफ्टीट्याङ्की पनि सञ्चालन भइरहेको अध्यक्ष साहको भनाइ छ । 

उहाँले कृषि क्षेत्रको सुधारका लागि चालु आवमा पाँच कृषि सडक, सिँचाइ सुविधाका लागि बोरिङ सञ्चालन गर्न विद्युतीकरणको कामसमेत यसै आवमा गर्ने गरी सुरु हुने बताउनुभयो । 

वडा नं २ का अध्यक्ष उदयकुमार साहले चालु आवमा पाँचवटै वडामा चार–चार गरी २० बोरिङ थप्ने योजना रहेको सुनाउनुभयो । “अहिलेसम्म अघिल्लो वर्षको बक्यौता रकम भुक्तानी विवाद मिलाउनमै समय बित्यो, उपभोक्ता समितिबाट नयाँ काम गर्नै सकिएन”, वडाध्यक्ष साहले भन्नुभयो, “अब सकेसम्म उपभोक्ता समिति बनाउने, नभएमा सार्वजनिक खरिद ऐनको प्रावधानअनुसार कोटेशनमार्फत योजना कार्यान्वयन गर्ने गरी अगाडि बढेका छौँ ।”

धनौजीमा मात्रै होइन यहाँका अधिकांश स्थानीय तहमा कर्मचारीको अभाव, अघिल्लो वर्षको आर्थिक दायित्व, योजनामा नियतगत र प्रक्रियागत त्रुटि, राजनीतिकरूपमा बेमेललगायतका कारणले समयमै काम सुरु हुनसकेको छैन । 

“अघिल्लो कार्यकालमा वडा नं २ को अध्यक्ष भएर काम गरिसकेकाले त्यही अनुभवका आधारमा सबैलाई मिलाएर काम त गर्न सक्छु तर कर्मचारीको अभाव पूर्ति, योजना कार्यान्वयनका क्रममा हुने समस्या मेरोमात्रै नियन्त्रणको विषय रहेन । निकै दुःख गरेर ल्याएको अहिलेको कार्यालय प्रमुखले केही वर्ष हामीसँगै काम गर्नुहुनेछ र सङ्घीय सरकारले चाँडै कर्मचारीको अभाव पूर्तिको दीर्घकालीन उपाय ल्याउने छ भन्ने आशा छ । यति भएमा आगामी आवमा राम्ररी जनताका काम हुनेछन्”, अध्यक्ष साहले आशा व्यक्त गर्नुभयो ।


प्रकाशित मिति: बुधबार, वैशाख २०, २०८०, ११:३१:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
काठमाडौँ महानगरका शिक्षकले सडकमै हाजिर गरे
काठमाडौँ महानगरका शिक्षकले सडकमै हाजिर गरे बिहीबार, असोज ४, २०८०
सात सय अठतिस कर्मचारीको जागिर चट
सात सय अठतिस कर्मचारीको जागिर चट आइतबार, भदौ ३१, २०८०
माओवादी केन्द्रलाई जनताको पार्टीको रूपमा स्थापित गर्छौँ : प्रधानमन्त्री दाहाल
माओवादी केन्द्रलाई जनताको पार्टीको रूपमा स्थापित गर्छौँ : प्रधानमन्त्री दाहाल शनिबार, भदौ २३, २०८०
बञ्चरेडाँडामा फोहोर फाल्न स्थानीयको रोक
बञ्चरेडाँडामा फोहोर फाल्न स्थानीयको रोक सोमबार, साउन १, २०८०
भर्खरै
तस्कर राज र भ्रष्टाचार, तथाकथित 'घुमुवा डन'को आतंक
तस्कर राज र भ्रष्टाचार, तथाकथित 'घुमुवा डन'को आतंक सन्दिप नाथ योगी
चीनतर्फ पनि बिजुली व्यापारको ढोका खुल्यो, उच्च क्षमताको प्रसारण लाइन निर्माण हुने
चीनतर्फ पनि बिजुली व्यापारको ढोका खुल्यो, उच्च क्षमताको प्रसारण लाइन निर्माण हुने नेपालकागज
सुन तस्करीका घटनामा दोषीलाई कारबाही गराउने गरी आयोग गठन हुनुपर्छ : अध्यक्ष ओली
सुन तस्करीका घटनामा दोषीलाई कारबाही गराउने गरी आयोग गठन हुनुपर्छ : अध्यक्ष ओली नेपालकागज
दुई देशको सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ– चिनियाँ प्रधानमन्त्री
दुई देशको सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ– चिनियाँ प्रधानमन्त्री नेपालकागज
नेपालमा लगानी गर्न चिनियाँ लगानीकर्तालाई प्रधानमन्त्रीको आग्रह
नेपालमा लगानी गर्न चिनियाँ लगानीकर्तालाई प्रधानमन्त्रीको आग्रह नेपालकागज
लोकप्रिय समाचार
  • Week
  • Month
तस्कर राज र भ्रष्टाचार, तथाकथित 'घुमुवा डन'को आतंक
तस्कर राज र भ्रष्टाचार, तथाकथित 'घुमुवा डन'को आतंक
दुर्गमको विद्यालयमा तीन दशक बिताउँदा...
नेपालद्वारा विविएनजे सम्झौतामा हस्ताक्षर
चीनतर्फ पनि बिजुली व्यापारको ढोका खुल्यो, उच्च क्षमताको प्रसारण लाइन निर्माण हुने
काठमाडौँ महानगरका शिक्षकले सडकमै हाजिर गरे
तस्कर राज र भ्रष्टाचार, तथाकथित 'घुमुवा डन'को आतंक
तस्कर राज र भ्रष्टाचार, तथाकथित 'घुमुवा डन'को आतंक
गैह्रीगाउँ हत्या प्रकरण : चारमध्ये तीन जना एकै परिवारका, सबैको सनाखत
स्कुल नजिकैबाट दुई थान पेस्तोल र एक राउण्ड गोलीसहित माझी पक्राउ
भ्यानमा मरेका सात गाईसहित दुई व्यक्ति पक्राउ
पाँच वर्षभित्र प्रमाणपत्रमा उमेर, नाम र जात सच्याउन पाइने
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: ne[email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© Nepal Kagaj-2023 All rights reserved. Powered by: SoftNEP