Top Navigation
  • Home
  • About Us
    • History
    • Background
  • Advertisementes
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • History
    • Background
  • Advertisementes
  • Our Team
  • Contact
बुधबार, असोज १०, २०८० १२ : ०७ : २२
Logo
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Trending
  • #बर्दिया
प्रदेश
  • Home
  • प्रदेश
  • बाँके राष्ट्रिय निकुञ्जमा बाघका लागि सोलार जडित पानी पोखरी
बाँके राष्ट्रिय निकुञ्जमा बाघका लागि सोलार जडित पानी पोखरी
नेपालकागज
बिहीबार, वैशाख ७, २०८० नेपालकागज

नेपालगन्ज । बाँके राष्ट्रिय निकुञ्जले बाघ, चित्तललगायतका वन्यजन्तुको संरक्षणका लागि सोलार जडित कृत्रिम पानी पोखरी निर्माण गरेको छ । 

निकुञ्जको सीमामा रहेका राप्ती र बबई नदीमा पानी नभएको र निकुञ्जभित्र पनि करिब ४६ खहरे खोलामा पानी नभएकाले वन्यजन्तुका लागि त्यस्ता पानी पोखरी निर्माण गरिएको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहले जानकार दिनुभयो । 

“बिहान वा बेलुकाको समयमा वन्यजन्तु पानी खान तछाडमछाड गरेको दृश्य देख्न सकिन्छ”, उहाँले भन्नुभयो । उहाँले सुक्खा समयमा चुरेको घाँसे मैदान आसपासमा सामान्य पानी रहने र वन्यजन्तुलाई पानीको अभाव हुने भएकाले प्रत्येक वर्ष करिब चार पोखरी निर्माण गर्ने योजनाअनुसार ती पानी पोखरी बनाइएको बताउनुभयो । 

“सोलार जडित बोरिङबाट निरन्तर पानी आइरहन्छ र त्यसबाट आहार खाने विभिन्न प्रजातिका वन्यजन्तु पोखरीमा आएर प्यास मेटछन्”, प्रमुख संरक्षण अधिकृत शाह भन्नुहुन्छ । 

निकुञ्जभित्र विभिन्न ठाउँका १० स्थानमा सोलार जडित पोखरी निर्माण भएका छन । यसलाई निकुञ्जको भूगोलअनुसार अझ बढाएर सघनरुपमा चार सय ५० पानी पोखरी निर्माण गर्ने योजना रहेको निकुञ्ज प्रशासनले जनाएको छ । 

सीमसार क्षेत्रमा पानी भइरहने पोखरी चार स्थानमा रहेको छ । निकुञ्जभित्र खनेर बनाइएको ८० पोखरी छ जहाँ सुक्खायामा पानी हुँदैन जसका कारण वन्यजन्तुलाई पानीको अभाव हुने गर्छ । 

कतिपय ठाउँमा ३० मिटरमा पनि पानी आएको छ भने कतिपय ठाउँमा ६० मिटरमा पनि पानी नआएको उल्लेख गर्दै अधिकृत शाहले सोलार जडित पोखरी निर्माणका लागि रु १० लाख खर्च हुने जानकारी दिनुभयो । 

शाहले पोखरी निर्माणसँगै वन्यजन्तुका आहारका लागि घाँसे मैदानसमेत बनाउँदै जाने जानकारी दिँदै वन्यजतुको सङ्ख्या, प्रकार र विविधतालाई संरक्षण गर्ने योजनाअनुसारका काम भइरहेको बताउनुभयो । 

निकुञ्जभित्र प्रत्येक दुई किलोमिटरको ग्रिडभित्र बाघको अनुगमन र गणना गर्ने काम भएको छ । प्रत्येक ग्रिडमा एउटा पानी पोखरी, घाँसे मैदानको संयोजन गर्नसके वन्यजन्तुलाई लुक्ने स्थानको समेत विकास भएपछि वन्यजन्तु ग्रिड बाहिर जान नरुचाउने र उसमा कुनै विचलन नआउने उहाँ बताउनुहुन्छ । 

“यसले मानव र वन्यजन्तुबीचको द्वन्द्व चुनौतीको रुपमा रहेको छ, त्यसलाई पनि सम्वोधन गर्ने छ”, शाहले भन्नुभयो । वन्यजन्तुका लागि चाहिने विषय भनेकै आहारा, पानी र लुक्ने स्थान हो । 

वन्यजन्तुको लागि झाडी र जङ्गल क्षेत्रको विकास गर्नसके त्यसले वन्यजन्तु बाहिर जाने अवस्था नहुने  बताइएको छ । 

निकुञ्जभित्र घासे मैदान २० स्थानमा रहेको छ । बाघलगायतका वन्यजन्तुको संरक्षण गर्ने र पर्यापर्यटनलाई जोड्ने विषयलाई प्राथमिकतामा पारेकाले पोखरी निर्माण कार्य बजेटअनुसार बर्सेनि हुने निकुञ्ज प्रशासनले जानकारी दिएको छ । 

उक्त निकुञ्ज जैविक विविधताको दृष्टिले आठ वटा इकोसिष्टम, एक सय चार वनस्पति, ३२ प्रजातिका स्तनधारी, तीन सयभन्दा बढी प्रकारका चरा, ५८ प्रजातिका माछा, २२ सरीसृप तथा छ प्रकारका उभयचर पाइन्छन् । 

बाघको सङ्ख्या अहिले २५ रहेको छ ।  यस क्षेत्रमा ११ प्रजातिका दुर्लभ तथा सङ्कटापन्न स्तनधारी र ५० प्रजातिका अन्तर्राष्ट्रियस्तरमै दुर्लभ चरा रेकर्ड गरिएको बताइएको छ ।  

नेपाल सरकारले बाघ संरक्षणका लागि अन्तर्राष्ट्रिय समुदायसँग गरेको प्रतिबद्धताअनुरूप बाघको वासस्थान र जैविक मार्ग संरक्षण गर्ने उद्देश्यले विसं २०६७ असार २८ गते  बाँके, दाङ र सल्यान जिल्लाको पाँचसय ५० वर्ग किलोमिटर क्षेत्र समेटी नेपालको दशौँ राष्ट्रिय निकुञ्जको रूपमा बाँके राष्ट्रिय निकुञ्जको स्थापना भएको थियो ।


प्रकाशित मिति: बिहीबार, वैशाख ७, २०८०, १०:१४:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्ज विमानस्थलबाट २६ लाखसहित कर अधिकृत पक्राउ
नेपालगञ्ज विमानस्थलबाट २६ लाखसहित कर अधिकृत पक्राउ सोमबार, भदौ २५, २०८०
पहिरोले गोरखा–आँबुखैरेनी सडक अवरुद्ध
पहिरोले गोरखा–आँबुखैरेनी सडक अवरुद्ध शुक्रबार, भदौ १५, २०८०
पहिरो खसेपछि घोराही–लमही सडक अवरुद्ध
पहिरो खसेपछि घोराही–लमही सडक अवरुद्ध मंगलबार, साउन २३, २०८०
दाङमा पाँच वर्षमा दुई सय २८ जनाको डुबेर मृत्यु
दाङमा पाँच वर्षमा दुई सय २८ जनाको डुबेर मृत्यु बुधबार, साउन १०, २०८०
भर्खरै
तस्कर राज र भ्रष्टाचार, तथाकथित 'घुमुवा डन'को आतंक
तस्कर राज र भ्रष्टाचार, तथाकथित 'घुमुवा डन'को आतंक सन्दिप नाथ योगी
चीनतर्फ पनि बिजुली व्यापारको ढोका खुल्यो, उच्च क्षमताको प्रसारण लाइन निर्माण हुने
चीनतर्फ पनि बिजुली व्यापारको ढोका खुल्यो, उच्च क्षमताको प्रसारण लाइन निर्माण हुने नेपालकागज
सुन तस्करीका घटनामा दोषीलाई कारबाही गराउने गरी आयोग गठन हुनुपर्छ : अध्यक्ष ओली
सुन तस्करीका घटनामा दोषीलाई कारबाही गराउने गरी आयोग गठन हुनुपर्छ : अध्यक्ष ओली नेपालकागज
दुई देशको सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ– चिनियाँ प्रधानमन्त्री
दुई देशको सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ– चिनियाँ प्रधानमन्त्री नेपालकागज
नेपालमा लगानी गर्न चिनियाँ लगानीकर्तालाई प्रधानमन्त्रीको आग्रह
नेपालमा लगानी गर्न चिनियाँ लगानीकर्तालाई प्रधानमन्त्रीको आग्रह नेपालकागज
लोकप्रिय समाचार
  • Week
  • Month
तस्कर राज र भ्रष्टाचार, तथाकथित 'घुमुवा डन'को आतंक
तस्कर राज र भ्रष्टाचार, तथाकथित 'घुमुवा डन'को आतंक
दुर्गमको विद्यालयमा तीन दशक बिताउँदा...
नेपालद्वारा विविएनजे सम्झौतामा हस्ताक्षर
चीनतर्फ पनि बिजुली व्यापारको ढोका खुल्यो, उच्च क्षमताको प्रसारण लाइन निर्माण हुने
काठमाडौँ महानगरका शिक्षकले सडकमै हाजिर गरे
तस्कर राज र भ्रष्टाचार, तथाकथित 'घुमुवा डन'को आतंक
तस्कर राज र भ्रष्टाचार, तथाकथित 'घुमुवा डन'को आतंक
गैह्रीगाउँ हत्या प्रकरण : चारमध्ये तीन जना एकै परिवारका, सबैको सनाखत
स्कुल नजिकैबाट दुई थान पेस्तोल र एक राउण्ड गोलीसहित माझी पक्राउ
भ्यानमा मरेका सात गाईसहित दुई व्यक्ति पक्राउ
पाँच वर्षभित्र प्रमाणपत्रमा उमेर, नाम र जात सच्याउन पाइने
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: ne[email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© Nepal Kagaj-2023 All rights reserved. Powered by: SoftNEP