Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
पालिका
  • Home
  • पालिका
  • पाल्पामा महिला सक्रियतामा भजन : हट्दै अल्छीपन, हलुङ्गिदै मन
पाल्पामा महिला सक्रियतामा भजन : हट्दै अल्छीपन, हलुङ्गिदै मन
नेपालकागज
नेपालकागज शनिबार, चैत २५, २०७९

रामपुर (पाल्पा) । भजनकिर्तनमा पुरुषको वर्चस्व पाइन्छ । पुरुष समूहमा सहभागी भएर विभिन्न स्थानमा भजन गाउने गर्छन् । महिला सहभागिता कमै देखिन्छ । 

वैष्णव सम्प्रदायको केन्द्रीय कार्यालय रहेको राधा दामोदर नेपाल निम्वार्क पिठ केलादीधाममा राधे भजनमा महिलाको सक्रियता छ । मन्दिर आसपास स्थानीय महिला समूहमा आबद्ध भएर भजन गाउछन् । 

महिला समूहमा सहभागी भएर भजनमा गाउने कार्य गरिरहेको विष्णुकान्ति भण्डारी बताउनुहुन्छ । यहाँ दैनिकजसो चारदेखि आठ जनासम्मको समूहमा भजनमा जुट्ने गरेको उहाँले बताउनुभयो । “भजनमा सामेल हुन थालेपछि शरीरमा फुर्तिलोपन आएको छ, घरको सबै कामकाज सबेरै सकाएर भजनलाई छुट्टै समय दिइरहेको छु, वाद्यवादनको तालमा गाइएको राधेश्याम, राधेकृष्ण भजनले भगवान्को नाममा ध्यान एकाग्र हुँदा मानव मनभित्रका वेदना, दुःख, तनाव सबैबाट मुक्ति मिलेको छ”, उहाँले भन्नुभयो । 

भजन पुरुषले नै गाउनुपर्छ भन्ने छैन । महिलाले पनि अखण्ड भजन गाउन सक्ने उहाँको अनुभव छ । महिलाले सीप सिक्न नखोज्नु र यसमा रुची कमैले राख्ने गरेकाले पुरुषको मात्रै संलग्नता समाजमा धेरै देखिएको भण्डारीको भनाइ छ । उमेरले ५३ पुग्नुभएकी भण्डारी जवानी उमेरमा नै पाकापुस्तासँग भजन गाउन सिकेर अहिले आफ्नै नेतृत्वमा सामूहिक भजनमा सहभागी हुने गरेको बताउनुहुन्छ । 

परम्परा र संस्कृति संरक्षण मात्र नभई भजनले मनका सारा पीडा दुःख भुलाउँछ । दैनिक दुई घण्टाको समय उहाँले भजनमा बिताउनुहुन्छ । केलादीधाममा भजन गाउने र मनलाई आनन्दित पार्न यहाँका स्थानीयको सक्रिय सहभागिता छ । घर नजिकै मन्दिर भएकाले भजन सिक्न सजिलो भएको छ । 

घर परिवारका पीडा सबै भजनमा सहभागी भएपछि भुल्दै गएको देवीमाया पौडेल बताउनुहुन्छ । उहाँ हरेक दिन मध्याह्न १२ बजेदेखि दिउँसो २ बजेसम्म भजनमा सहभागी हुनुहुन्छ । केलादी मन्दिरमा उहाँ सो समय गाउँका छिमेकी साथीको साथमा आफैँले बजाएको मादलको तालमा भजन गाउँदा अल्छीपन हट्नुका साथै पीडाले भरिएको मन हलुको हुँदै गएको अनुभव सुनाउनुहुन्छ । अरुले गाएको भजनबाट सीप सिकेर अहिले आफैँले भजन गाउन सक्ने दक्षता हासिल गरेर दैनिक भजनमा संलग्न रहदै आएको पौडेलले बताउनुभएको छ । 

यहाँ महिलाहरुले आफै मादल, झ्याली, मुजुरा बजाउँदै भजनमा सक्रिय हुने गरेको पाइएको छ । समुह समुहमा पालैपालो घरको कामधन्दा सकाएर तीस वर्ष माथिका महिलाहरु भजनमा सहभागी हुने गरेका छन् । यस कार्यले धर्म, संस्कृति र परम्पराको संरक्षण मात्र नभई मनलाई आध्यात्मिक क्षेत्रमा रमाउने माध्यम बनेको छ । 

केलादीधाममा हाल दैनिक बिहान ६ देखि साँझ ६ बजेसम्म अखण्ड भजन भइरहेको नेपाल निम्वार्क पिठ राधा दामोदर मन्दिर केलादीधामका सचिव लेखनाथ खनाल बताउनुहुन्छ । 

उहाँका अनुसार एक समूहलाई दुई घण्टाको समय भजन गाउने वातावरण मिलाइएको छ । दिनमा छ समूहमा आफ्नो पालोअनुसार भजनमा सहभागी हुने गर्दछन् । 

“नयाँ पुस्ताले पुरानो संस्कृित बिर्सदै गएको र आधुनिकताको नाममा पुराना चलन अवलम्बन नहुँदा नयाँ पुस्ता भजनमा रुची देखाउँदैनन्”, उहाँले भन्नुभयो, “उनीहरुलाई पनि भजनबारे जानकारी दिन र परम्परा धान्न नियमित रुपमा भजन चलाइरहेका छौँ ।” 

२४ सै घण्टा अखण्ड भजन भइरहने गरेकोमा अहिले जनशक्ति अभावमा दिनको समयमा मात्रै नियमित भजन मन्दिरमा चलाइरहेको खनालले बताउनुभयो । 

यहाँ विसं २०३७ वैशाखदेखि हुँदै आएको अखण्ड भजन २०७६ वैशाख देखि १२ घण्टा मात्रै चलेको छ । रातको अखण्ड भजन बन्द छ । कालीगण्डकी नदीको तटमा रहेको यस केलादीधामले पाल्पा, स्याङ्जा, तनहुँ र नवलपुरलाई जोडेको छ । 


प्रकाशित मिति: शनिबार, चैत २५, २०७९  १०:१९
प्रतिक्रिया दिनुहोस्
थप पालिका
डुडुवा स्वास्थ्य क्षेत्रमा उत्कृष्ट
डुडुवा स्वास्थ्य क्षेत्रमा उत्कृष्ट मंगलबार, असोज १, २०८१
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा शुक्रबार, माघ २६, २०८०
रामबहादुर बम्जन अदालतमा उपस्थित, कारागार पठाउने वा तारेखमा छाड्ने भन्ने आदेश आउँदै
रामबहादुर बम्जन अदालतमा उपस्थित, कारागार पठाउने वा तारेखमा छाड्ने भन्ने आदेश आउँदै बिहीबार, पुस २६, २०८०
बर्दियाको गुलरिया नगरपालिका क्षेत्रमा बाघले आक्रमण गर्दा दुइ जना घाइते, अस्पताल भर्ना गरियो
बर्दियाको गुलरिया नगरपालिका क्षेत्रमा बाघले आक्रमण गर्दा दुइ जना घाइते, अस्पताल भर्ना गरियो आइतबार, पुस १, २०८०
भूमि आयोगबाट जग्गा वितरण भएसँगै वडाबाट लालपुर्जाको निस्सा पाएपछि स्थानीयमा खुशीको लहर
भूमि आयोगबाट जग्गा वितरण भएसँगै वडाबाट लालपुर्जाको निस्सा पाएपछि स्थानीयमा खुशीको लहर शनिबार, मंसिर १६, २०८०
बर्दियाको मधुवन वडा ३ मा लूटतन्त्र, वन्यजन्तु पीडितलाई दिनुपर्ने लाइट वडा सदस्यको घर-घरमा भागवण्डा
बर्दियाको मधुवन वडा ३ मा लूटतन्त्र, वन्यजन्तु पीडितलाई दिनुपर्ने लाइट वडा सदस्यको घर-घरमा भागवण्डा आइतबार, मंसिर १०, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्