Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
प्रदेश
  • Home
  • प्रदेश
  • दाङमा सवारी दुर्घटना : ६ महिनामा २५ जनाले ज्यान गुमाए
दाङमा सवारी दुर्घटना : ६ महिनामा २५ जनाले ज्यान गुमाए
नेपालकागज
नेपालकागज बिहीबार, माघ १९, २०७९

नारायणी रजौरे, दाङ । गत कात्तिक २२ गते तुलसीपुरबाट सल्यानको कपुरकोटतर्फ गइरहेको रा१ज ४३८ नम्बरको जीप तुलसीपुर उपमहानगरपालिकाको वडा नं ४ श्रीखोलामा भएको  दुर्घटनामा परी चार जनाको घटनास्थलमै मृत्यु भयो । 

सो दुर्घटनामा परी आठ जना गम्भीर घाइते भए भने मृतक सबै सल्यानको कपुरकोट गाउँपालिका वडा नं ३ का एकै गाउँका थिए । 

त्यसैगरी गत असार १६ गते घोराहीबाट बेसाहीतर्फ गइरहेको रा ३ प २९१२ नंको मोटरसाइकलले घोराही उपमहानगरपालिका–७ को बेसाहीमा तीन वटा साइकललाई ठक्कर दिँदा साइकल चालक सोही ठाउँका १६ वर्षीय रितेष केसी र मोटरसाइकलमा सवार घोरही–७ कै ४४ वर्षीय गङ्गा कुँवरको घटनास्थलमा मृत्यु भयो । मोटरसाइकल चालक र अन्य दुई जना साइकल गम्भीर घाइते भए । 

यी दुईवटै दुर्घटना प्रहरीको गहन अनुसन्धानले जीप दुर्घटनाको मुख्य कारण यान्त्रिक गढबढी र चालकको कमजोरी बतायो भने मोटरसाइकलले ठक्कर दिनुका कारण मापसे गरी तीव्रगति सवारी चलाउनु नै रहेको दाङ ट्राफिक प्रहरीको एक अनुसन्धानले जनाएको छ । वास्तवमा यी त उदाहरण मात्र हुन् । 

जिल्लामा हुने सवारी दुर्घटनाका कारण यतिखेर नागरिकले अकालमै ज्यान गुमाउन पुगेका छन् । यसैबीच यस आर्थिक वर्षको साउनदेखि माघको १८ गतेसम्म साढे छ महिनाको जिल्लामा ६५  सवारी दुर्घटनामा २५ जनाको अकालमै मृत्यु भएको छ । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका वरिष्ठ प्रहरी हवल्दार काशीनाथ चौधरीले उपलब्ध गराएको तथ्याङ्कअनुसार ती दुर्घटनामा परी ४८ जना गम्भीर घाइते भएका छन् । 

ती दुर्घटनामा ८१ वटा सवारीसाधन संलग्न रहेका छन् । जसमा सबैभन्दा बढी दुर्घटना हुने सवारी साधनमा मोटरसाइकल ४१  वटा, बस सात, ट्र्याक्टर  सात जीप तथा कार चार रहेका छन् । त्यस्तै टेम्पो तथा अटोरिक्सा सात, ट्रक चार, टिपर  दुई, माइक्रोबस चार, साइकल पाँच, डोजर एक वटा अन्य रहेका छन् । 

गएको आर्थिक वर्ष २०७८÷८९ मा  दाङमा दुई सय तीन वटा सवारी दुर्घटना हुँदा ९५ जनाको मृत्यु भएको छ । 

आगामी दिनमा सवारी दुर्घटना न्यूनीकरण गर्नका लागि ट्राफिक प्रहरीले नागरिकसँग समन्वय गरी दुर्घटना न्यूनीकरण गर्नेका लागि चोसो दिन थालेका छन् । 

सडक सुरक्षा तथा ट्राफिक नियम सम्बन्धमा सचेतनामूलक कार्यक्रम पनि गदै आएका छन् । यहाँका बजारमा ट्राफिक प्रहरीले आफ्नो सक्रियता बढाएको छ । 

सडक वारपार गर्नेका लागि पैदल यात्रुलाई  सचेतना कार्यक्रम गरेको छ । चालकका लागि निःशुल्क जाँच, बजारमा जेब्राक्रसिङसमेत बनाएको छ । तर पनि जिल्लामा सवारी दुर्घटनाका घटना दिनहुँजसो घटिरहेका छन् । 

दुर्घटना घट्नुका कारण अनुसन्धान गर्दा सबैभन्दा बढी तीव्र गति, मादक पदार्थ सेवनगरी गाडी चलाउँदा चालकको लापरबाही, यात्रु गल्ती, सडकको अवस्थाका कारण, यान्त्रिक गढबढी मुख्य रहेको ट्राफिक प्रहरी कार्यालय दाङले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख छ । 

सामुदायिक प्रहरी सेवा केन्द्र तुलसीपुरका सल्लाहकार एवं ज्येष्ठ नागरिक समाज दाङका अध्यक्ष खुमानन्द अधिकारीले दुर्घटनालाई न्यूनीकरण गर्नेका लागि चालक गम्भीर बन्नुपर्ने बताउनुहुन्छ । 

उहाँले जिल्लामा धेरै दुर्घटना चालकको लापरबाहीका कारण हुने गरेको भन्दै उनीहरुलाई संवेदनशील हुन आग्रह गर्नुभयो । 

उहाँले बाटोको अवस्थाबारेमा चालक जानकार नहुने, तीव्रगतिमा गाडी चलाउने र आफ्ना सवारीसाधन दुरुस्त अवस्था नराख्ने लगायतले दुर्घटना बढी रहेको बताउनुभयो ।

त्यसैगरी महिला अधिकारकर्मी राधा पाण्डेले दुर्घटना न्यूनीकरणका लागि चालक,   ट्राफिक प्रहरी र स्वयं गाडी धनी एकजुट हुनुपर्ने बताउनुभयो । 

उहाँले सवारी ऐन कार्यान्वयन नगर्ने जोकोहीलाई कारबाही गरिनुपर्ने बताउनुभयो । त्यस्तै चालकलाई दण्ड र पुरस्कारको व्यवस्था गर्नुपर्ने उहाँको सुझाव छ । उहाँले दुर्घटना पीडित सङ्गठित भएर सचेतना अभियान फैलाउनुपर्छ भन्नुभयो । 

दुर्घटनाको पीडा स्वयं पीडितलाई थाहा हुने भन्दै दुर्घटना पीडित सङ्गठित बनाएर सचेतना अभियान थाल्दा थप प्रभावकारी हुने उहाँको धारणा छ । 

जिल्ला ट्राफिक कार्यालय दाङका प्रमुख प्रहरी निरिक्षक किरण मल्लले तीव्र गतिमा गाडी चलाउन, सवारीसाधन चुस्तदुरुस्त नराख्नु, सडकको अवस्थाबारे जानकारी नलिनु, मापसे लगायतका कारणले दुर्घटना बढेको र नियन्त्रण गर्नेका लागि आफू गम्भीररुपमा लागि रहेको जानकारी दिनुभयो । 

सडक सुरक्षा तथा ट्राफिक नियम सम्बन्धमा चालक सहचालकलाई प्रशिक्षण तथा विद्यालयमा सचेतनामूलक कार्यक्रमलाई तीव्र पारिनेसमेत बताउनुभयो ।

ट्राफिक प्रहरी कार्यालयले चालु आवको साउनदेखि यही माघ १८ गतेसम्म अर्थात् साढे सात महिनाको अवधिमा ट्राफिक नियम पालना नगर्ने २१ हजार नौसय ५० वटा सवारी साधनलाई कारबाही गरेको जनाएको छ । 

उक्त सवारी साधनलाई कारबाही गर्दा रु एक करोड ४४ लाख ९८ हजार राजस्व सङ्कलन गरेको छ । सबैभन्दा बढी नियम पालना नगर्नेमा मोटरसाइकल चालक  छन् ।    


प्रकाशित मिति: बिहीबार, माघ १९, २०७९  १५:४६
#दाङ
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य मंगलबार, भदौ १८, २०८१
चिसापानीको कर्णाली पुलमा भयङ्कर आगलागी, अनुसन्धानमा खुल्यो आगलागीको रहस्य....
चिसापानीको कर्णाली पुलमा भयङ्कर आगलागी, अनुसन्धानमा खुल्यो आगलागीको रहस्य.... मंगलबार, फागुन २९, २०८०
बर्दियाको चार्ज सम्हाले दुई एसपीले, रणनिती र कार्यनिती यस्तो छ......
बर्दियाको चार्ज सम्हाले दुई एसपीले, रणनिती र कार्यनिती यस्तो छ...... बिहीबार, फागुन १०, २०८०
प्रदेशमा प्रहरीलाई दुई ग्रेड थपको सुविधा दिने गृहको सोँच, प्रहरी नेतृत्वको पाँच ग्रेडमा अडान
प्रदेशमा प्रहरीलाई दुई ग्रेड थपको सुविधा दिने गृहको सोँच, प्रहरी नेतृत्वको पाँच ग्रेडमा अडान आइतबार, फागुन ६, २०८०
प्रभु बैंकका अप्रेसन इन्चार्ज नीरजविक्रम बेपत्ता, सवा करोड अपचलन भएको प्रहरीको भनाइ
प्रभु बैंकका अप्रेसन इन्चार्ज नीरजविक्रम बेपत्ता, सवा करोड अपचलन भएको प्रहरीको भनाइ आइतबार, माघ २८, २०८०
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा शुक्रबार, माघ २६, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्