Top Navigation
  • Home
  • About Us
    • History
    • Background
  • Advertisementes
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • History
    • Background
  • Advertisementes
  • Our Team
  • Contact
मंगलबार, चैत १४, २०७९ १२ : ०७ : २२
Logo
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Trending
  • #दाङ
  • #बर्दिया
  • #बाँके
  • #संरक्षण
  • #सुरक्षा
  • #चौथो अंग
  • #अपराध
प्रदेश
  • Home
  • प्रदेश
  • अत्याधिक भीडका कारण धनकुटा महोत्सवमा ३० जना घाइते
अत्याधिक भीडका कारण धनकुटा महोत्सवमा ३० जना घाइते
नेपालकागज
आइतबार, माघ १५, २०७९ नेपालकागज

धनकुटा । शनिबार राति धनकुटा महोत्सवमा ठेलमठेल हुँदा ३० जना घाइते भएका छन् । 

ती मध्ये १८ जनालाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि पठाइएको प्रहरी उपरीक्षक लक्ष्मीराज अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार १२ जना धनकुटा अस्पतालमा सामान्य उपचारपछि घर फर्किएका छन् । प्रतिष्ठानमा उपचार हुन नसकी दुई बच्चालाई गोल्डेन अस्पताल विराटनगरमा उपचारका लागि पठाइएको उद्योग वाणिज्य सङ्घ धनकुटाका अध्यक्ष विजय सन्तोषी राईले जानकारी दिनुभयो ।

विराटनगर पठाइएका बच्चा र प्रतिष्ठानमा उपचारत छ जना बालबालिकासहित सबैको स्वास्थ्य सुधारउन्मुख रहेको उहाँले बताउनुभयो  । 

घाइते हुनेमा धनकुटा नगरपालिका –५ बस्ने ३१ वर्षीया विष्णु राई र उनकी छ वर्षीया छोरा आबिहाङ लिम्बू, ३० वर्षीया बिनिता लिम्बू, वर्ष १३ का सविन लिम्बू, वर्ष ११ का सुनिल लिम्बू, १२ वर्षीया श्रेया कटुवाल, धनपा–७ का प्रकट श्रेष्ठ, ३६ वर्षीया हिरा राणा, ३० वर्षकी आयुषा राई, वर्ष ५० का प्रकाश प्रधान र धनपा ४ का १२ वर्षीया प्रवेश राई रहेका छन् । 

यसैगरी अन्दाजी ४५ वर्षकी गोमा कार्की, २३ की अनिषा राई, वर्ष ४२ का नारायण राई, वर्ष ३४ की बुद्धिमायाँ लिम्बू, वर्ष १८ का सविन पौडेल, वर्ष ४२ का सन्दिप शाह, नाम नखुलेको करिब तीन÷चार वर्षका एक बालक रहेका छन् । 

सुरक्षाका कारण देखाउँदै महोत्सव स्थगन गर्न जिल्ला प्रशासन कार्यालयले सर्वपक्षीय बैठकको तयारी गरिरहेको निमित्त प्रमुख जिल्ला अधिकारी ममता अधिकारीले जानकारी दिनुभयो । 

आयोजक संस्था उद्योग वाणिज्य सङ्घका अध्यक्ष राईले सबैसँग छलफल गरेर विधिवत् रुपमा महोत्सवको स्थगन गरिने जानकारी दिनुभयो । 

गायक प्रमोद खरेलको प्रस्तुतिसँगै ‘हाउजी बिङ्गो’ खेलका कारण अत्याधिक भीड भएको महोत्सवको मुलगेटबाट मान्छे एकैचोटी प्रवेश गर्ने क्रममा उक्त घटना भएको प्रहरीले जानकारी दिएको छ । 

यही माघ ६ गतेदेखि जारीे प्रादेशिक औद्योगिक व्यापार तथा कृषि मेला एवं एभोकाडो धनकुटा महोत्सव थप दुई दिन थप्ने कार्यक्रम रहेको थियो ।


प्रकाशित मिति: आइतबार, माघ १५, २०७९, १०:०८:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आन्तरिक पर्यटक तान्दै घोराहीको चरिङ्गे दह
आन्तरिक पर्यटक तान्दै घोराहीको चरिङ्गे दह मंगलबार, चैत १४, २०७९
सिकार खेल्ने क्रममा भरुवा बन्दुकको छर्रा लागेर मृत्यु
सिकार खेल्ने क्रममा भरुवा बन्दुकको छर्रा लागेर मृत्यु मंगलबार, चैत १४, २०७९
बाँकेमा मिटर ब्याजीविरुद्ध २२ उजुरी
बाँकेमा मिटर ब्याजीविरुद्ध २२ उजुरी सोमबार, चैत १३, २०७९
'मुलुकको विकास र समृद्धिमा प्रेसको भूमिका महत्वपूर्ण छ'
'मुलुकको विकास र समृद्धिमा प्रेसको भूमिका महत्वपूर्ण छ' शनिबार, चैत ११, २०७९
भर्खरै
वर्तमान परिप्रेक्ष्यमा राष्ट्रिय सुरक्षाको विषय अत्यन्तै महत्वपूर्ण र संवेदनशील छ : प्रधानमन्त्री दाहाल
वर्तमान परिप्रेक्ष्यमा राष्ट्रिय सुरक्षाको विषय अत्यन्तै महत्वपूर्ण र संवेदनशील छ : प्रधानमन्त्री दाहाल नेपालकागज
आन्तरिक पर्यटक तान्दै घोराहीको चरिङ्गे दह
आन्तरिक पर्यटक तान्दै घोराहीको चरिङ्गे दह नेपालकागज
सिकार खेल्ने क्रममा भरुवा बन्दुकको छर्रा लागेर मृत्यु
सिकार खेल्ने क्रममा भरुवा बन्दुकको छर्रा लागेर मृत्यु नेपालकागज
बर्दिया मधुवनमा हात्ती गाउँ छिरेपछि...
बर्दिया मधुवनमा हात्ती गाउँ छिरेपछि... सन्दिप नाथ योगी
सात दिनभित्र सवारी अनुमति पत्र दिने कार्ययोजना बन्दैछ : उपप्रधानमन्त्री श्रेष्ठ
सात दिनभित्र सवारी अनुमति पत्र दिने कार्ययोजना बन्दैछ : उपप्रधानमन्त्री श्रेष्ठ नेपालकागज
लोकप्रिय समाचार
  • Week
  • Month
तुलसीपुरमा स्थानीयले पिपल फाल्न नदिएपछि...
तुलसीपुरमा स्थानीयले पिपल फाल्न नदिएपछि...
#बर्दिया
बर्दिया मधुवनमा हात्ती गाउँ छिरेपछि...
#बाँके
बाँकेको राप्तीसोनारीबाट सामुदायिक वन अध्यक्ष सहित आठजना पक्राउ
#बाँके
बाँकेमा मिटर ब्याजीविरुद्ध २२ उजुरी
वृद्धभत्ता पाउने उमेरमा नागरिकता !
तुलसीपुरमा स्थानीयले पिपल फाल्न नदिएपछि...
तुलसीपुरमा स्थानीयले पिपल फाल्न नदिएपछि...
#दाङ
पर्यटकको आकर्षक गन्तव्य बन्दै तुलसीपुरको छिल्लीकोट
#बर्दिया
बर्दियाको खैरापुरबाट २० लाख बराबरका भन्सार छलीका सामान सहित दुई जना पक्राउ 
#नेकपा (एमाले)
जनयुद्धका कारण मुलुकमा राजतन्त्रको अन्त्य भएको होइन : अध्यक्ष ओली
विदेशमा सीप सिकेर स्वदेशमा लगानी
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© Nepal Kagaj-2023 All rights reserved. Powered by: SoftNEP