Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
प्रदेश
  • Home
  • प्रदेश
  • दाङमा पुल नबन्दा नागरिकलाई सास्ती, अँझै बनेन कटुवा खोला र हापुर खोलाको पुल
दाङमा पुल नबन्दा नागरिकलाई सास्ती, अँझै बनेन कटुवा खोला र हापुर खोलाको पुल
नेपालकागज
नेपालकागज बुधबार, माघ ११, २०७९

दाङ । दाङमा निर्माणाधीन पुल समयमा सम्पन्न नहुँदा नागरिकले सास्ती भोग्नु परेको छ । 

घोराही–१७ को गैरागाउँ–घनीबगिया सडक खण्डको कुटवा खोलामा पुल बनाउन जमिनमुनी फलामको छड गाडेको दुई वर्ष भयो  । तर अझै निर्माण सम्पन्न भएको छैन् । 

तुलसीपुर उपमहानगरपालिका–१७ बघौसी र घोराही उपमहानगरपालिका–९ को मकुन्डाँडा जोड्ने पुल पनि समयमा निर्माण हुन सकेको छैन् ।

समयमा नै काम सम्पन्न गर्ने गरी २०७८ असार १४ मा ठेक्का सम्झौता गरेको महादेव खिम्ती–अन्जना–जलजला जेभी काठमाडाँैले अहिलेसम्म खोलाको दुई किनारमा ‘पाइलिङ फाउण्डेशन’को काम मात्रै गरेको छ ।

निर्माणको जिम्मा लिएको कम्पनीलाई स्थानीय प्रतिनिधिले बारम्बार ताकेता गर्दापनि आलटाल गरिरहेको पूर्वाधार विकास कार्यालय दाङले जनाएको छ । खोलाको दुई किनारमा नालासहितको सडक बनिसकेको छ तर खोलामा पुल बन्न नसकेको जनाइएको छ ।

सम्झौता पत्र अनुसार कामले निरन्तरता पाएको भए हालसम्म गैरागाउँ–घनीबगिया सडक खण्डको कुटवा खोला पुल र तुलसीपुर उपमहानगरपालिका–१७ को बगौसी र घोराही उपमहानगरपालिका–९ को मकुन्डाँडा जोड्ने पुल निर्माण सकिने थियो ।

कटुवा खोलामा पुलको काम पुस १३ गते सम्पन्न गरिसक्ने गरी म्याद थप भएको थियो । मकुन्डाँडा जोड्ने पुल भने २०८० पुस १३ मा सक्ने गरी सम्झौता भएको छ । 

तर निर्माण व्यवसायीको काम हेर्दा समयमा नै सम्पन्न हुनेमा आशङ्का रहेको कार्यालय प्रमुख मनिषकुमार अर्यालले बताउनुभयो । 

“सम्झौताको म्याद नाघेको छ, अबको कार्य सम्पादन हेरेर धरौटी जफत गर्नुपर्ने र कारबाही किन नगर्ने भनेर जवाफ पनि मागेका छौँ”, उहाँले भन्नुभयो ।

कटुवा खोलामा रू चार करोड १७ लाख २४ हजार र हापुर खोलामा रू आठ करोड ३६ लाख ८३ हजारमा पल निर्माण सक्ने गरी व्यवसायीसँग सम्झौता भएको थियो । 

तर डेढवर्षमा २५ प्रतिशत मात्रै काम भएको पूर्वाधार विकास कार्यालय दाङका प्रमुख इञ्जिनीयर अर्यालले जानकारी दिनुभयो । 

उहाँका अनुसार पुल निर्माण सन्तोषजनक नभएको र समय थप गर्दा पनि समयमा निर्माण सम्पन्न हुने अवस्था नदेखिएपछि निर्माण व्यवसायीलाई जरिवानाका लागि सम्झौता सकिएको मितिले दुई सय दिनको गणना सुरु गरिएको छ । 

कारबाहीका लागि कानुनी प्रक्रिया अघि बढाउनुपर्ने अवस्था आएपछि निर्माण कम्पनीलाई ताकेता गर्न थालिएको उहाँको भनाइ छ । 

प्रमुख अर्यालका अनुसार जिल्लामा दुई सय साठी आयोजना सञ्चालनमा छन् । जसमा ७० प्रतिशत आयोजनाको बजेट २५ लाख भन्दा कम छ । 

देउखुरीको राप्ती गाउँपालिका–५ मा रहेको दोलही खोला पुलको काम पनि म्याद थपेर २०७९ साउन १० सम्म सम्पन्न गर्नेगरी व्यवसायीलाई जिम्मा लगाइएपनि काम अलपत्र परेको छ । 

बिजौरीदेखि उत्तर नयाँ गाउँ जोड्ने दोलई खोलामा जयबुद्ध–विराटजेभी काठमाडौँले रू पाँच करोड २० लाख सात हजारमा २०७७ भदौ २१ मा निर्माणको जिम्मा लिएको थियो । 

दङ्गीशरणको गाउँपालिकाको माया खोला र पातु खोलामा भने पुल निर्माण सुचारु रहेको कार्यालयले जनाएको छ । 

पातुखोलाको २०८० असोज ३० सम्म म्याद थपिएको छ भने माया खोलाको २०८०  असार मसान्तसम्म थपिएको छ । 

जिल्लाभरी प्रदेश आयोजना धेरै भएपनि जनशक्ति अभावका कारण कार्यसम्पादनमा कठिनाई हुने गरेको पूर्वाधार विकास कार्यालय दाङले जनाएको छ । 

निर्माण कम्पनीले भने कोरोनालगायतका कारण देखाउदै जनशक्ति अभाव भएकाले समयमा नै निर्माण सम्पन्न गर्न नसकिएको जनाएका छन् ।


प्रकाशित मिति: बुधबार, माघ ११, २०७९  १५:३०
#दाङ
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य मंगलबार, भदौ १८, २०८१
चिसापानीको कर्णाली पुलमा भयङ्कर आगलागी, अनुसन्धानमा खुल्यो आगलागीको रहस्य....
चिसापानीको कर्णाली पुलमा भयङ्कर आगलागी, अनुसन्धानमा खुल्यो आगलागीको रहस्य.... मंगलबार, फागुन २९, २०८०
बर्दियाको चार्ज सम्हाले दुई एसपीले, रणनिती र कार्यनिती यस्तो छ......
बर्दियाको चार्ज सम्हाले दुई एसपीले, रणनिती र कार्यनिती यस्तो छ...... बिहीबार, फागुन १०, २०८०
प्रदेशमा प्रहरीलाई दुई ग्रेड थपको सुविधा दिने गृहको सोँच, प्रहरी नेतृत्वको पाँच ग्रेडमा अडान
प्रदेशमा प्रहरीलाई दुई ग्रेड थपको सुविधा दिने गृहको सोँच, प्रहरी नेतृत्वको पाँच ग्रेडमा अडान आइतबार, फागुन ६, २०८०
प्रभु बैंकका अप्रेसन इन्चार्ज नीरजविक्रम बेपत्ता, सवा करोड अपचलन भएको प्रहरीको भनाइ
प्रभु बैंकका अप्रेसन इन्चार्ज नीरजविक्रम बेपत्ता, सवा करोड अपचलन भएको प्रहरीको भनाइ आइतबार, माघ २८, २०८०
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा शुक्रबार, माघ २६, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्