Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
प्रदेश
  • Home
  • प्रदेश
  • दाङमा रासायनिक मलको प्रयोगले माटोको उर्वरा शक्तिमा ह्रास
दाङमा रासायनिक मलको प्रयोगले माटोको उर्वरा शक्तिमा ह्रास
नेपालकागज
नेपालकागज बुधबार, माघ ४, २०७९

घोराही । दाङमा रासायनिक मलको प्रयोगले माटोको उर्वरा शक्तिमा ह्रास ल्याएको छ । माटो परीक्षणबिना खेती गर्ने र जथाभावीरूपमा रासायनिक मल प्रयोगले माटोको उर्वरा शक्तिमा ह्रास हुँदै गएको कृषिविज्ञ बताउँछन् ।

मलको जथाभावी प्रयोगले नाइट्रोजन, फस्फोरस र पोटासको मात्रा माटोमा कम हुँदैगएको र उत्पादनमा ह्रास ल्याउने काम गरिरहेको कृषि ज्ञान केन्द्र घोराहीका कृषि अधिकृत देवा महरा बताउनुहुन्छ । 

कृषि उत्पादन बढाउने उद्देश्यले किसानले युरिया, डिएपीलगायतका रासायनिक मल अत्यधिक प्रयोग गर्ने र यसले बर्सेनि माटोको उर्वरा शक्तिमा कमी ल्याउने काम गरिरहेको उहाँको भनाइ छ ।

किसानले धान, मकै, तोरी, मसुरो, गहुँलगायतका बालीको उत्पादन बढाउनका लागि युरिया, डिएपीलगायत मलसँगै किटनाशक औषधि बढी प्रयोग गर्ने गरेका छन् । किसानले प्राङ्गारिक मलका रूपमा गाईवस्तुको गोबरसँगै केही उद्योगले उत्पादन गरेको प्राङ्गारिक मल प्रयोग गर्ने गरे पनि अधिकांशले रासायनिक मल प्रयोग गर्ने गरेका छन् । 

यसबाट माटोलाई आवश्यक पर्ने तत्व पूर्ति हुन नसक्दा उर्वरा शक्ति क्षीण बन्दै गएको अधिकृत महरा बताउनुहुन्छ ।

“अधिकांश किसानले रासायनिक मल प्रयोग गर्ने गरेका छन्”, उहाँले भन्नुभयो, “माटोको उर्वरा शक्तिमा बर्सेनि कमी आइरहेको छ ।” यसअघि जिल्ला कृषि विकास कार्यालय भएका बखत २०५७ सालमा दाङमा माटो परीक्षणका लागि मिनील्याब स्थापना भएको थियो । 

ल्याब स्थापनासँगै कार्यालयमा माटोविज्ञको दरबन्दी थियो । तर सङ्घीयता आएपछि कर्मचारी समायोजनका क्रममा माटोविज्ञको दरबन्दी कटौती गरेपछि कृषि ज्ञान केन्द्र माटोविज्ञविहीन छ । बर्सेनि हुने माटो परीक्षणमा समेत कमी आएको अधिकृत महराको भनाइ छ । 

“कृषि विकास समिति हुँदा माटो परीक्षणका लागि प्रत्येक वर्ष शिविर सञ्चालन हुन्थ्योे”, उहाँले भन्नुभयो, “अहिले कोही किसानले कार्यालयमा माटो ल्याएर आएमात्रै परीक्षण हुन्छ । माटो परीक्षणका लागि गाउँमा शिविर सञ्चालन हुनसकेका छैनन् ।” 

उहाँका अनुसार कार्यालयमा माटोविज्ञको व्यवस्था हुँदा वार्षिक करिब १२ सयसम्मको माटो परीक्षण हुने गरे पनि पछिल्लो समय वार्षिकरूपमा एक सय ५० जनासम्म किसानले ल्याएको माटो परीक्षण हुने गरेको छ । 

जिल्लामा माटो परीक्षण गरेर कृषि व्यवसाय गर्नेभन्दा पनि कृषि व्यवसायमा समस्या देखिएपछि मात्रै परीक्षणका लागि आउने किसान बढी छन् । 

“माटो परीक्षण गरेर कृषि व्यवसाय गर्नुपर्छ भन्ने किसानमा ज्ञान छैन”, महराले भन्नुभयो ।


प्रकाशित मिति: बुधबार, माघ ४, २०७९  ११:०५
#दाङ #संरक्षण
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य मंगलबार, भदौ १८, २०८१
चिसापानीको कर्णाली पुलमा भयङ्कर आगलागी, अनुसन्धानमा खुल्यो आगलागीको रहस्य....
चिसापानीको कर्णाली पुलमा भयङ्कर आगलागी, अनुसन्धानमा खुल्यो आगलागीको रहस्य.... मंगलबार, फागुन २९, २०८०
बर्दियाको चार्ज सम्हाले दुई एसपीले, रणनिती र कार्यनिती यस्तो छ......
बर्दियाको चार्ज सम्हाले दुई एसपीले, रणनिती र कार्यनिती यस्तो छ...... बिहीबार, फागुन १०, २०८०
प्रदेशमा प्रहरीलाई दुई ग्रेड थपको सुविधा दिने गृहको सोँच, प्रहरी नेतृत्वको पाँच ग्रेडमा अडान
प्रदेशमा प्रहरीलाई दुई ग्रेड थपको सुविधा दिने गृहको सोँच, प्रहरी नेतृत्वको पाँच ग्रेडमा अडान आइतबार, फागुन ६, २०८०
प्रभु बैंकका अप्रेसन इन्चार्ज नीरजविक्रम बेपत्ता, सवा करोड अपचलन भएको प्रहरीको भनाइ
प्रभु बैंकका अप्रेसन इन्चार्ज नीरजविक्रम बेपत्ता, सवा करोड अपचलन भएको प्रहरीको भनाइ आइतबार, माघ २८, २०८०
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा शुक्रबार, माघ २६, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्