Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • मैले पाएको मतको सम्मान गर्दै जनताको सेवामा समर्पित छु : युवा नेता रावल
मैले पाएको मतको सम्मान गर्दै जनताको सेवामा समर्पित छु : युवा नेता रावल
हरि गुरुङ
हरि गुरुङ आइतबार, मंसिर १८, २०७९

बर्दिया । आफुले पाएको जनताको अभिमतको पूर्ण सम्मान गर्दै बर्दिया जिल्लाको विकासमा अँंझै अग्रणी भुमिका खेल्ने युवा नेता विनय रावलले बताउनुभएको छ ।

लोकतन्त्रमा हार जित स्वभाविक भएपनी ३ महिना अघि मात्र राप्रपा प्रवेश गर्दा पर्याप्त समय नभएपनि १३ हजार जनताले आफुलाई भोट हालेकोमा हृदय देखि खुशी लागेको उहाँको कथन छ ।

उहाँले भन्नुभयो, "बर्दियामा राप्रपाको सांगठनिक पक्ष अत्यन्तै कमजोर छ, धेरै मत निर्वाचन आयोगले समयमै नमुना मतदान गराएर जनतालाई तालिम दिन नसकेपछि बदर भएका छन । ३ महिना अघि कांग्रेस छोडेर राप्रपा आउँदा म सँग केही थिएन तर आज १३ हजार जनता मेरो पछाडी पाएको छु । अब झनै कर्तव्यबोधताका साथ अगाडि बढ्छु र विकसित र व्यवस्थित बर्दिया बनाएरै थाल्ने मेरो अभियान छ ।"

उहाँले अगाडि भन्नुभयो, "निर्वाचन गराउने मुख्य जिम्मा निर्वाचन आयोगको हुन्छ । आयोगले सफलतापूर्वक निर्वाचन सम्पन्न गरेकोमा म बधाई दिन चाहन्छु । निर्वाचनलाई शान्तिपूर्ण र धाँधलीरहित वातावरणमा सम्पन्न गराएकोमा नेपाल सरकार र सम्वद्ध सबै सुरक्षा निकायप्रति पनि कृतज्ञता व्यक्त गर्दछु । तर, निर्वाचन आयोगको भूमिकालाई लिएर मेरा केही सवाल छन् । आयोगले निर्वाचनको मुखमा आएर मात्रै निर्वाचनसम्बन्धी गतिविधि गर्नु युक्तिसंगत होईन । यसपटकको निर्वाचनमा त्यस्तै त्रुटि आयोगबाट भएको छ । जुन ठूलो गल्ती हो । आयोगले अहिलेपनि मतदाता शिक्षालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न सकेको छैन् । निर्वाचनप्रति जनताको उत्साह जगाउन आयोगको पनि मुख्य भूमिका हुन्छ । आयोगका पदाधिकारीहरुले निर्वाचनमा मतदाताहरुको उच्च सहभागिताको लागि आगामी दिनमा सकारात्मक भूमिका निर्वाह गर्नैपर्छ ।"

युवा नेता तथा समाजसेवी विनय रावलले भन्नुभयो, "निर्वाचनमा विजय हुने उम्मेदवारहरु अहिलेपनि जनताको घरदैलोमा विजय र्याली लिएर पुग्ने गरेका छन् । पराजित उम्मेदवारहरु निराश छन् । तर, बर्दिया-२ मा राप्रपाका उम्मेदवार रहेको म भने निर्वाचनमा पराजय भोगेपनि खुशी छु । मलाई आभास भएको छ की करिब१३ हजार जनता मेरो पछाडी छन । अब म झनै जिम्मेवार भएर प्रस्तुत हुनेछु ।"

तर, कांग्रेसबाट राप्रपा प्रवेशको दुई महिनामात्रै भएको र निर्वाचनकै मुखमा खुट्टामा चोट लागेर काठमाडौंको ग्राण्डी अस्पताल बस्नु परेकोले उहाँले जति तयारी गर्नुपर्ने थियो, त्यति निर्वाचनको तयारी गर्न सक्नुभएन । उहाँ वैशाखीको सहारा लिएर निर्वाचनको केही दिन अघिबाट मात्रै जनताको घरदैलोमा पुग्नुभएको थियो ।

नयाँ पार्टी र निर्वाचन प्रचारप्रसारमा पर्याप्त समय दिन नसक्दापनि उहाँले जनताबाट लोभलाग्दो मत पाउनुभयो । उहाँले आफूले पाएको मतलाई जनताको अपार मायाको रुपमा लिनुभएको छ । हुन पनि उहाँले १३२९२ मत प्राप्त गर्नुभएको छ । उहाँले प्राप्त गरेको मतबाट पार्टी नेतृत्वपनि खुशी भएको छनक पाइसकेको अवस्था छ ।

राप्रपाको अत्यन्तै कमजोर संगठन, थाकेका जेष्ठ कार्यकर्ताहरुका बाबजुद पनि बर्दिया क्षेत्र नं. २ का बर्दियाली जनताले दिएको १३,२९२ जनमतलाई सदैव शिरोधार्य गरी वैधानिक रुपमा जनप्रतिनिधिको भूमिकामा नरहेपनि जनताको मनको प्रतिनिधिका रुपमा रहि दुःख सुखमा सदैव साथ दिने प्रतिवद्धता समाजसेवी नेता रावलले गर्नुभएको छ ।

बर्दियामा नेता रावलको व्यक्तित्व नै राजनीतिज्ञ भन्दापनि समाजसेवीको रुपमा बढि शानदार र लोकप्रिय छ । नेता रावल पनि आफूलाई राजनीतिज्ञ वा नेता भन्दापनि जनताको सेवकको रुपमा चिनाउने गर्नुहुन्छ । यतिवेला रावल काठमाडौंमा हुनुहुन्छ । उहाँ अहिलेपनि चिकित्सकको निगरानीमा हुनुहुन्छ र, बेड रेष्ट गरिरहनुभएको छ । 

काठमाडौं होस वा नेपाल बाहिरको बसाईमा उहँले बर्दियालाई मन र मस्तिष्कमा सजाएर राक्नुभएको छ । बर्दियाको समग्र विकासलाई अघि बढाउन आफू अहोरात्र खटिने उहाँकि प्रतिबद्धता छ । उहाँले बर्दियाको विकासको लागि ‘विकसित र व्यवस्थित् बर्दिया’ को नारा अघि सार्नुभएको छ जुन बर्दियाको भोलीको विकासको मार्गचित्र हो । 

उहाँले बर्दियामा कृषि र पर्यटनमा क्रान्ति ल्याएर छाड्ने उद्घोष गर्नुभएको छ । रावलले चुनावमा आफूले पाएको मतलाई ठूलो सफलता र जनताको मायाको उपहारका रुपमा लिनुभएको छ । 

युवा नेता तथा समाजसेवी विनय रावलले विजय प्राप्त नगरेपनि आउने दिनमा विजयको बिगुल फुकिसक्नु भएको छ ।


प्रकाशित मिति: आइतबार, मंसिर १८, २०७९  १०:५७
#बर्दिया
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै मंगलबार, असोज १, २०८१
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान मंगलबार, असोज १, २०८१
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन् मंगलबार, असोज १, २०८१
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा मंगलबार, भदौ १८, २०८१
विश्वप्रकाशलाई देउवाको जवाफ- कसैले भन्दैमा मैले प्रधानमन्त्री पद छोड्नुपर्छ भन्ने मलाई लाग्दैन
विश्वप्रकाशलाई देउवाको जवाफ- कसैले भन्दैमा मैले प्रधानमन्त्री पद छोड्नुपर्छ भन्ने मलाई लाग्दैन आइतबार, भदौ १६, २०८१
सहकारी ठगीको नालीबेली, हबिब बेहनाको सम्पत्तिमा रजाइँ गर्दा प्रशासन किन मौन ?(सिरिज-2)
सहकारी ठगीको नालीबेली, हबिब बेहनाको सम्पत्तिमा रजाइँ गर्दा प्रशासन किन मौन ?(सिरिज-2) शनिबार, जेठ १९, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्