Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
प्रदेश
  • Home
  • प्रदेश
  • दाङमा उम्मेदवार घोषणापत्रसँगै आफ्ना एजेण्डा लिएर मतदाताको घरदैलोमा
दाङमा उम्मेदवार घोषणापत्रसँगै आफ्ना एजेण्डा लिएर मतदाताको घरदैलोमा
नेपालकागज
नेपालकागज सोमबार, कात्तिक २१, २०७९

घोराही । आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिएसँगै राजनीतिक दल र स्वतन्त्र उम्मेदवार गाउँ–गाउँमा निर्वाचन प्रचारप्रसारमा व्यस्त छन् । 

प्रचारप्रसारमा हिँडेका उम्मेदवारले घरदैलोमा पुगेर मतदाताका कुरा सुन्दै आफ्ना कुराहरु उनीहरुलाई सुनाउँदै निर्वाचनमा आफू र आफ्नो पार्टीलाई मतदानका लागि आग्रह गर्ने गरेका छन् । 

तीन प्रतिनिधिसभा र ६ वटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको दाङमा राजनीतिक दल र स्वतन्त्र गरेर ८९ उम्मेदवार चुनावी मैदानमा छन् । 

निर्वाचन आउन केही दिन मात्रै बाँकी रहँदा अधिकांश उम्मेदवार घोषणापत्रसँगै आफ्ना एजेण्डा लिएर मतदाताको घरदैलोमा पुगिरहेका छन् । 

प्रचारप्रसारका क्रममा गाउँगाउँ पुगेका उम्मेदवारले  मतदातालाई रिझाउन काम गरेको ठाउँमा पुगेर धान काट्ने, खेत जोत्नेदेखि खन्ने समेतका काम गर्ने गरेका छन् । 

निर्वाचन प्रचारप्रसारसँगै राजनीतिक दलले मतदान गर्ने तरिका र चुनाव चिन्हको विषयमा मतदातालाई सिकाउने काम गरिरहेको नेपाली कांग्रेस दाङका सचिव क्षेत्र नं. २ का सचिव रमेश केसीले जानकारी दिनुभयो । 

क्षेत्रीय सचिव केसीका अनुसार गठबन्धनले चुनावी प्रसारप्रसारका क्रममा भेटघाट, घरदैलोसँगै मत बदर हुन नदिन मतदान गर्ने तरिका बारेमा सिकाउने गरिरहेका छन । 

“निर्वाचनका लागि घरदैलोसँगै मतदाता भेटघाटका कार्यक्रमहरु सवै निर्वाचन क्षेत्रहरुमा भैरहेका छन”, सचिव केसीले भन्नुभयो, “स्थानीय तह निर्वाचनमा गठबन्धनको धेरै मत बदर भएकाले यसपटक बदर मत घटाउनका लागि मतदातालाई सिकाउने काम भैरहेको छ ।”
 
एमालेले पनि सवै निर्वाचन क्षेत्रमा चुनावी प्रचारप्रसारका क्रममा भेटघाट तथा वडा भेला गरी उम्मेदवारले आफ्ना कुरा मतदातालाई राख्ने काम गरिरहेको नेकपा एमालेका जिल्ला सचिव मनोहर बुढाथोकीले जानकारी दिनुभयो । 

“मतदता भेटघाटसँगै वडास्तरीय भेलाको आयोजना गरेर उम्मेदवारहरु प्रचारप्रसारमा हुनुहुन्छ”, सचिव बुढाथोकीले भन्नुभयो । 

त्यसैगरी सत्ता गठबन्धन र एमालेसँगै निर्वाचनमा आफ्नो पक्षमा मत तान्न अन्य साना दलका उम्मेदवारपनि मतदाता भेटघाट र घरदैलोमा जुटेका छन् । 

यद्यपी जिल्लामा सत्ता गठबन्धन र एमालेका उम्मेदवारविच प्रमुख प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । 

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ का गठबन्धनका साझा उम्मेदवारको रुपमा रहनुभएका एकीकृत समाजवादीका नेता एवं सहरी विकासमन्त्री मेटमणि चौधरी र एमाले उम्मेदवार एवं निवर्तमान सांसद शान्ता चौधरीबीच मुख्य प्रतिस्पर्धा रहेको छ । यद्यपी उक्त क्षेत्र थारु बाहुल्य क्षेत्र हो ।

 सो क्षेत्रमा पूर्व सांसद गङ्गा चौधरी, रुक्मिनी चौधरी र नेपाली कांग्रेसबाट नागरिक उन्मुक्ति पार्टीमा गएर उम्मेदवार बन्नुभएका सुरेन्द्र चौधरी पनि प्रतिस्पर्धीका रुपमा रहनुभएको छ । 

क्षेत्र नं. २ मा गठबन्धनबाट उम्मेदवार नेकपा (माओवादी केन्द्र) की नेता रेखा शर्मा र नेकपा एमालेका महासचिव शङ्कर पोखरेल पनि चुनावी प्रचार–प्रसारका क्रममा व्यस्त हुनुहुन्छ । 

नेतृ शर्मा र एमालेका महासचिव समेत रहनुभएका पोखरेलबीचको प्रतिस्पर्धालाई यहाँ चासोका साथ हेरिएको छ । 

त्यसैले निर्वाचनमा आफ्नो पक्षमा मत बढाउनका लागि शर्मा र पोखरेल आफ्नो क्षेत्रमा विहानैदेखि मतदाता भेटघाट र वडास्तरका चुनावी सभामा सहभागी हुँदै आउनुभएको छ । 

क्षेत्र नं. ३ मा सत्ता गठबन्धनबाट उम्मेदवार बन्नुभएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दीपक गिरी र नेकपा एमालेबाट उम्मेदवार कोमल वली पनि प्रचारप्रसारका लागि घरदैलोमा जुट्नुभएको छ । 

जिल्लाको सवैभन्दा धेरै मतदाता रहेको उक्त क्षेत्रमा उम्मेदवारहरु मतदाता भेट्नका लागि घर पुग्नेदेखि वडाहरुमा कार्यक्रम गरेर आफ्ना एजेण्डाहरु राख्दै चुनाव प्रसारप्रसार गर्दै आउनुभएको छ । जिल्लामा ४ लाख बढी मतदाता छन् ।


प्रकाशित मिति: सोमबार, कात्तिक २१, २०७९  १७:२५
#दाङ
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य मंगलबार, भदौ १८, २०८१
चिसापानीको कर्णाली पुलमा भयङ्कर आगलागी, अनुसन्धानमा खुल्यो आगलागीको रहस्य....
चिसापानीको कर्णाली पुलमा भयङ्कर आगलागी, अनुसन्धानमा खुल्यो आगलागीको रहस्य.... मंगलबार, फागुन २९, २०८०
बर्दियाको चार्ज सम्हाले दुई एसपीले, रणनिती र कार्यनिती यस्तो छ......
बर्दियाको चार्ज सम्हाले दुई एसपीले, रणनिती र कार्यनिती यस्तो छ...... बिहीबार, फागुन १०, २०८०
प्रदेशमा प्रहरीलाई दुई ग्रेड थपको सुविधा दिने गृहको सोँच, प्रहरी नेतृत्वको पाँच ग्रेडमा अडान
प्रदेशमा प्रहरीलाई दुई ग्रेड थपको सुविधा दिने गृहको सोँच, प्रहरी नेतृत्वको पाँच ग्रेडमा अडान आइतबार, फागुन ६, २०८०
प्रभु बैंकका अप्रेसन इन्चार्ज नीरजविक्रम बेपत्ता, सवा करोड अपचलन भएको प्रहरीको भनाइ
प्रभु बैंकका अप्रेसन इन्चार्ज नीरजविक्रम बेपत्ता, सवा करोड अपचलन भएको प्रहरीको भनाइ आइतबार, माघ २८, २०८०
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा शुक्रबार, माघ २६, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्