बर्दिया । नेपाल प्रहरी बर्दिया, सशस्त्र प्रहरी बर्दियाले सुरक्षा गस्ती बढाउनुका साथै सुरक्षामा कडाइ गरेको छ ।
आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन सुरक्षीत र भयमुक्त तरिकाले सम्पन्न गराउन जिल्ला प्रहरी कार्यालय बर्दियाले मातहतका निकायलाई सुरक्षा गस्ती तथा सुरक्षामा कुनै कमीकमजोरी नहोस भनेर बर्दियाका ठाउँ ठाउँमा सुरक्षा गस्ति तथा सुरक्षा चेकिङलाई कडाइ गर्न आदेश दिएको छ भने सदरमुकाम गुलरियामा पनि सुरक्षामा कडाइ गरिएको छ ।
त्यस्तै सशस्त्र प्रहरी बर्दियाले पनि सिमानाकामा सुरक्षा सतर्कता बढाएको छ । सीमावर्ती क्षेत्रबाट हुनसक्ने अपराधलाई मध्यनजर गर्दै आउँदो निर्वाचन भयरहित तवरले सम्पन्न गराउन ठाउँ ठाउँमा सीमानाकामा सुरक्षा जाँच कडा पारिएको छ ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) बिरेन्द्र बहादुर शाहीका अनुसार निर्वाचनलाई भयरहित र शान्त तरिकाले सम्पन्न गराउन म्यादी प्रहरी लगायत जिल्लाबाट प्रहरी अधिकारीहरू फिल्डमा परिचालित गरिएको छ ।
त्यस्तै सशस्त्र प्रहरी बर्दियाका प्रमुख प्रहरी उपरीक्षक जहर सिंह बुढामगरका अनुसार निर्वाचनलाई शान्तपुर्ण वातावरणमा सम्पन्न गराउन, सीमावर्ती क्षेत्रबाट हुनसक्ने अवाञ्छित कृयाकलाप तथा अपराधलाई रोक्न कडाइका साथ सशस्त्र प्रहरी बर्दिया परिचालित भएको छ ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक ११, २०७९, २०:२६:००